परिशिष्ट

चार आर्य सत्यका बाह्र आवृत्ति

0 टिप्पणीहरू 641 आगन्तुकहरू

दुख आर्य सत्य
प्रथम आवृत्ति– यो दुःख आर्य सत्य हो ।

दुःख आर्य सत्य साधनाको प्रथम आवृत्ति हो जीवनमा दुःखको यथार्थ अवस्थालाई स्वीकार गर्नु । जीवनमा दुःख छ भन्ने तथ्यलाई स्वीकार गर्नु । वृद्धावस्थाको दुःख, रोगको दुःख, मृत्युको दुःख, अप्रियसँग संयोगको दुःख, प्रियसँग बिछोडको दुःख आदि यी स्पष्टरूपमा प्रतीत हुने दुःख भएकाले यिनलाई दुःखको रूपमा जुनसुकै मानिसले पनि सहज तरिकाले स्वीकार गर्छ तर दुःखझैँ प्रतीत नहुने वा सुखझैँ प्रतीत हुने वैभव, समृद्धि, शक्ति, मृत्युपश्चात् स्वर्गलोक, देवलोक आदिका प्राप्ति पनि अनित्य भएकाले दुःख नै हुन् भन्ने यथार्थलाई धेरैले सहजरूपमा स्वीकार गर्न सक्दैनन् ।

जो मानिस वैभव, समृद्धि, शक्ति आदिलाई सफलता मान्छन् उसले यी वस्तु अनित्य भएकाले दुःख हुन् भन्ने यथार्थलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस साधनामा प्रवेश नै गर्दैनन् । त्यस्तै कुनै सम्प्रदाय, दर्शन, धर्म आदिसँग सम्बन्धित मानिस, जो स्वर्गलोक, देवलोक आदिका प्राप्तिलाई अत्यन्त महत्वपूर्ण प्राप्ति ठानिरहेका छन् त्यस्ता मानिस पनि ती लोक पनि अनित्य भएकाले दुःख हुन् भनेर कतै सुन्यो (श्रुतज्ञान) भयो भने पनि यस तथ्यलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस पनि प्रथम आवृत्तिमै साधनाबाट बाहिरिन्छन् तर जुन मानिसले जीवनमा दुःख छ, वैभव समृद्धि, सफलता, स्वर्गलोक आदि पनि अनित्य भएकाले दुःख हो भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ साधनामा प्रवेश गर्छ र साधक बन्छ ।

दोस्रो आवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञेय छ ।

श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्दैमा वा साधनाको प्रथम आवृत्ति (चरण) मा प्रवेश गर्दैमा कुनै पनि साधकले निर्वाण प्राप्त गर्न सक्दैन । त्यसैले जो साधक श्रुतज्ञानलाई सत्य मान्छ ऊ भने साधनाको दोस्रो आवृत्ति (चरण) चिन्तन ज्ञानमा प्रवेश गर्छ ।

दुःख आर्य सत्यको दोस्रो आवृत्ति हो– परिञ्ञेयं । अर्थात् यस आवृत्तिमा साधकले बुद्धिको स्तरमा यस्तो स्वीकार गर्छ कि निर्वाण प्राप्तिका लागि स्वअनुभूतिद्वारा दुःखक्षेत्रको सम्पूर्ण परिधिको परिपूर्ण ज्ञान प्राप्त गर्नुपर्छ । यस आवृत्तिमा साधक दुःखको क्षेत्र कहाँसम्म छ ? दुःखको अनुभूति कहाँसम्म फैलिएको छ ? आदि प्रश्न गर्छ । यस चरणमा साधक जुन श्रुतज्ञान प्राप्त भएको छ त्यस श्रुतज्ञानमाथि गहन चिन्तन, मनन प्रश्न, उत्तर आदि गर्छ । दुःखको क्षेत्रका बारेमा अनेक जानकारी सङ्ग्रह गर्छ, साधनाको सैद्धान्तिक पक्षलाई बलियो बनाउँछ । फेरि चिन्तन, मनन वा ज्ञानलाई बुद्धिको स्तरमा बुझेर मात्र साधकले दुःखको परिधिलाई बुझ्न सक्दैन र निर्वाण प्राप्त गर्न सक्दैन । यसैले साधनाको तेस्रो चरणमा साधक अनुभूति ज्ञान (वा प्रत्यक्ष आर्य अष्टाङ्गमार्ग साधना) मा प्रवेश गर्छ र दुःख आर्य सत्य हो भन्ने प्रामाणिक ज्ञान प्राप्त गर्छ ।

तेस्रो आवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञान भयो ।

दुःख आर्य सत्यको तेस्रो आवृत्ति हो– अनुभूतिको स्तरमै निर्वाणको परिपूर्ण ज्ञान । यस आवृत्तिमा साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । नाम (चित्त) र रूप (देह) को क्षेत्रमा सम्पूर्ण उदय र व्यय भइरहेका संवेदनाका गुण, स्वभाव र धर्मको यथाभूत अनुसन्धान गर्छ र दीर्घसाधनाद्वारा नाम र रूपको सम्पूर्ण क्षेत्र वा दुःखको क्षेत्रलाई अतिक्रमण गरेर रूपातीत, नामातीत, इन्द्रियातीत, अमृतमय निर्वाणको स्थितिलाई स्वयं साक्षत्कार गर्छ, प्रामाणिक निर्वाण अनुभूति प्राप्त गर्छ । जबसम्म इन्द्रियातीत ‘निर्वाण सुख’ को अनुभूति प्राप्त हुँदैन तबसम्म साधकले दुःखको परिधिलाई पार गरेको मानिँदैन वा साधकले दुःखको परिधिको परिपूर्ण ज्ञान प्राप्त गरेको मानिँदैन ।

दुःख समुदय आर्य सत्य

चित्तको (दुख उत्पत्तिका कारण) विषय र इन्द्रियका मिलनबाट उत्पन्न हुने सुखद वा दुःखद संवेदनाप्रति तृष्णा वा भोगइच्छा नै हो । स्मरणरहोस् यही नै दुख समुदय आर्य सत्य हो । तृष्णा विषयतृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा हो । संवेदनाका कारणले मात्र विषयप्रिय वा अप्रिय भएको हो । यदि संवेदना सुखद छ भने बढीभन्दा बढी परिणाममा विषय प्राप्त गर्ने मनको इच्छा र संवेदना दुःखद छ भने त्यो दुःखद संवेदना प्राप्त नहोस् भन्ने मनको इच्छा नै तृष्णा हो । यही तृष्णा नै दुःख उत्पत्तिको मूल कारण हो । मन वा चित्तको संवेदनालाई भोग गर्ने स्वभाव नै संस्कार निर्माणको केन्द्रविन्दु भएकाले दुख समुदय आर्य सत्य साधना यही तृष्णा (संवेदनाप्रतिको तृष्णा) माथि साधना गरिन्छ । जब कोही साधकले दुःख समुदय आर्य सत्यलाई साक्षात्कार गर्ने प्रयास गर्छ तब उसले पनि दुःख समुदय आर्य सत्यका तीन आवृत्तिलाई पार गर्छ, साधनामा उतार्छ ।

प्रथम आवृत्ति :– यो दुःख समुदय आर्य सत्य हो ।

दुःख समुदय आर्य सत्यको प्रथम आवृत्तिमा साधकले मानव जीवनमा दुःख उत्पत्तिको मूल कारण विषय (विषयबाट उत्पन्न हुने संवेदना) प्रतिको चित्तको तृष्णा हो भन्ने सत्यलाई स्वीकार्छ । स्मरणरहोस् यो संवेदनाप्रतिको भोग इच्छा मन वा चित्तको प्रकृतिका शाश्वत नियमहरूद्वारा सिर्जित प्राकृतिक स्वभाव हो । दुख समुदय आर्य सत्यमाथिको यस प्रथम आवृत्ति (चरण) साधनामा साधकले संवेदना (चाहे सुखद होस् चाहे दुखद होस्) प्रतिको चित्तको भोगइच्छा नै दुःखको मूल कारण हो भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार्छ । चित्त वा मनले संवेदनालाई भोग गर्ने स्वभाव (तृष्णा) कै कारण दुःख उत्पत्ति हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ ।

यस सन्दर्भमा महत्वपूर्ण पक्ष के छ भने प्रतिकुल विषयबाट मनमा उत्पन्न हुने दुःखद संवेदनाप्रतिको तृष्णा दुःख हो भन्ने यथार्थलाई साधकले सहजै बुझ्छ तर जुन मानिस जीवन भन्नु भोग गर्नु हो, आनन्द प्राप्त गर्नु हो, भोग गरेर मर्नु हो भन्ने जस्ता धारणा राख्छ, जुन मानिस कामवासना र अन्य भोगबाट प्राप्त हुने सुखद संवेदना पनि अन्ततः विकार उत्पत्तिको कारण भएकाले, मानिसको शारीरिक, मानसिक, बौद्धिक आदि पक्षका विनाशका कारण भएकाले यी सबै क्षणिक सुख पनि दुःखका कारण हुन् भन्ने सत्यलाई बुझ्न सक्दैन, स्वीकार गर्न सक्दैन । यस्ता मानिस दुःख समुदय आर्य साधनाको प्रथम साधना आवृत्ति (चरण) मै प्रवेश गर्दैन । अर्थात् ऊ साधनाको प्रथम चरणमै बाहिरिन्छ ।

त्यस्तै जो व्यक्ति आत्मा छ भन्ने मान्छ, आत्मा अमर छ भन्ने मान्छ, देह र चित्तका पाँच स्कन्धमध्ये कुनै एक स्कन्धलाई ‘आत्मा’ मानेकाले मृत्युपश्चात् पनि आत्मा अमर रहन्छ भन्ने ठानी स्वर्गलोक वा अन्य उच्च लोकमा जन्म प्राप्त गर्ने आशा राख्छ त्यस्ता मानिसले भवतृष्णा वा पुनर्जन्मको तृष्णालाई दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न सक्दैन । यस्ता मानिस पनि दुःख समुदय आर्य सत्य साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् । त्यसैगरी जसले मलाई ‘मुक्ति’ चाहियो, म ‘पुनर्जन्म’ चाहन्न भन्ने विभवतृष्णा राख्छ उसले विभवतृष्णामा ‘म’ को नाश नहुने भएकाले यो पनि दुःखको कारण हो भन्ने सत्यलाई स्वीकार गर्न असमर्थ रहन्छ र यस्तो मानिस पनि दुःख समुदय आर्य सत्य साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैन तर जो साधक कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण प्रकारका तृष्णा दुःखका कारण हुन् भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ ।

दुःख समुदयको दोस्रो आवृत्ति हो कामतृष्णा, भवतृष्णा, विभवतृष्णालाई प्रहार वा नष्ट गर्नुपर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्नु । साधनाको यस आवृत्ति वा चिन्तन ज्ञानमा साधकले दुःख समुदय आर्य सत्यको जुन श्रुतज्ञान प्राप्त भएको थियो त्यस श्रुतज्ञानमाथि गहन बौद्धिक चिन्तन गर्छ । चिन्तन ज्ञानको यस आवृत्तिमा साधक विभिन्न स्रोतबाट दुःख समुदय आर्य सत्यमाथि थप जानकारी सङ्ग्रह गर्छ । के दुःख समुदय आर्य सत्य यथार्थमा सत्य हो ? के दुःख आर्य सत्यमा विपश्यना साधना गरेको स्थितिमा निर्वाण प्राप्त हुन्छ ? जस्ता प्रश्नको उत्तर खोज्छ । उसले अनेक बौद्धिक प्रक्रियाद्वारा दुःख समुदय आर्य सत्यमाथि गरिने साधनाप्रति स्पष्ट हुने प्रयास गर्छ । यदि कुनै साधकले गुरुकृपा, ईश्वरकृपा, तारक ब्रह्मा वा अन्य विधिबाटै यी चित्तको संवेदना भोग गर्दै तृष्णा नष्ट हुन्छन्, यिनलाई नाश गर्न साधनामा प्रवेश गर्न आवश्यक छैन भन्ने मान्यता राख्छ भने ऊ दोस्रो आवृत्तिमा प्रवेश गर्दैन तर जुन साधकले कामतृष्णा, भवतृष्णा, विभवतृष्णा वा सम्पूर्ण तृष्णालाई साधनाद्वारा नष्ट गर्नुपर्छ भनेर स्वीकार गर्छ ऊ भने साधनाको दोस्रो आवृत्तिमा प्रवेश गर्छ ।

तेस्रो आवृत्ति :– यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।

दुःख समुदयको तेस्रो आवृत्ति हो– संवेदनाप्रति चित्तको भोगतृष्णा प्रहाण भयो, नष्ट भयो भन्ने स्पष्ट अनुभूति । बुद्धिको स्तरमा निर्वाण प्राप्तिका लागि तृष्णालाई नष्ट गर्नुपर्छ भन्ने स्वीकार गर्दैमा वा दुःख समुदय आर्य सत्यमाथि बौद्धिक चिन्तन मनन गर्दैमा अवचेतन, अर्धचेतन, चेतन मनमा छिपेका संवेदनाप्रतिका मनका भोगइच्छा वा तृष्णा समाप्त हुँदैन । चित्तका यी संवेदना भोग गर्ने तृष्णालाई उच्छेद गर्नका लागि चित्तको पुरानो स्वभावलाई पूर्णरूपमा नष्ट गर्नुपर्छ । यसैले दुःख समुदयको तेस्रो आवृत्तिमा साधक अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । उसले काय र चित्तमा उत्पन्न हुने संवेदनाप्रति द्रष्टा भावरूपी साधना प्रारम्भ गर्छ । स्मरणरहोस् दुःखद संवेदनाप्रति समभावमा स्थित रहन केही हदसम्म सहज छ तर जब साधना गहिरिँदै जान्छ, जब काय र चित्तको स्थूलपन नष्ट हुँदै जान्छ, जब मनमा संवेदनाका सुखद आनन्दपूर्ण धारा प्रवाहित हुन थाल्छ, जब साधनामा भङ्ग, प्रश्रब्धि, प्रिति, प्रमोद जस्ता आनन्दपूर्ण, सुखपूर्ण स्थिति उत्पन्न हुन थाल्छ त्यस्तो स्थितिमा साधक समभावबाट च्युत हुन सक्छन् । तथापि ती सुखद संवेदनालाई भोग गर्ने प्रवल सम्भावना रहन्छ ।

यी स्थितिप्रति पनि सचेत साधक जब दीर्घसाधनाद्वारा सुखद र दुखद तृष्णाहरूका कारण यस भयानक महासागरलाई पार गर्छ तब ऊ निर्वाणको क्षेत्रमा पुग्छ, इन्द्रियातीत क्षेत्रमा पुग्छ । यतिबेला ऊ त्यस्तो क्षेत्रमा पुग्छ, जहाँ मनको तृष्णा (संवेदना भोग गर्ने इच्छा) पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा मनले संवेदनालाई भोग गर्दैन । यही निर्वाण अनुभूतिको आधारमा ऊ भन्छ कि तृष्णा प्रहाण भयो ।

दुःख निरोध आर्यसत्य

दुःख निरोध (निर्वाण) आर्यसत्य त्यस्तो अवस्था हो, जुन अवस्थामा साधकमा दुःख पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा चित्त पूर्णरूपमा शुद्ध हुने भएकाले मन वा चित्तमा संवेदनाप्रति तृष्णा उत्पन्नै हुँदैन । यदि कतै इन्द्रिय र विषयको मिलनका कारण संवेदना उत्पन्न भयो भने पनि निरोध वा निर्वाणको स्थिति प्राप्त गरेकाले त्यस्ता पुरुषका समभावी मनले यी संवेदनामाथि रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्दैन ।

प्रथम आवृति :– यो दुःख निरोध आर्य सत्य हो ।

दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति हो दुःख निरोध वा निर्वाणको स्थिति छ भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्नु । आफ्नै जीवनको सम्पूर्ण दुःख निरोध हुन सक्छ भन्ने तथ्यलाई स्वीकार्नु । दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति (श्रुतज्ञानमा) साधकले मानव जीवनमा दुःख सत्य भए जस्तै निर्वाणको स्थिति पनि सत्य हो भनेर स्वीकार गर्छ । आफ्नै जीवनमा पनि बुद्ध, कृष्ण जस्तै दुःख नभएको समभावी निर्वाणको स्थिति प्राप्त गर्न सम्भव छ भनी स्वीकार गर्छ । निर्वाण (मोक्ष, मुक्ति) कुनै मिथ्या वा भ्रमपूर्ण कल्पना होइन अपितु शुद्ध चित्तरूप जीवनस्थिति हो भनी स्वीकार गर्छ । जब साधनाद्वारा तृष्णा (मनको संवेदना भोग्ने स्वभाव) नाश हुन्छ तब अवश्य दुःख निरोधको अवस्था प्राप्त हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ तर केही मानिस यस्ता छन्, जो मनको विषय संवेदनाप्रतिको तृष्णालाई दुःखको कारणको रूपमा स्वीकारै गर्दैनन् । जो चित्त वा मनको संवेदना भोग गर्ने तृष्णालाई पूर्णरूपमा नाश गर्न सकिन्छ भन्ने तथ्यलाई नै स्वीकार गर्दैन र आफ्नै दार्शनिक मान्यताका आधारमा गुरुकृपा, ईश्वरकृपा आदिका कारण निर्वाण प्राप्त हुन्छ भन्ने धारणा राख्छन् ।

तथापि अन्य केही यस्ता मानिस पनि छन्, जसको चेतना यति न्यून छ कि आध्यात्मिक विकास प्रक्रियाद्वारा निर्वाणरूपी अमृत पद प्राप्त गर्न सकिन्छ भन्ने सत्यमाथि विश्वासै गर्दैनन् र निर्वाण जीवनको स्थितिलाई भ्रम मिथ्या कल्पना मात्र ठान्छन् । यस्ता मानिस दुःख निरोधको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् वा साधनामै प्रवेश गर्दैनन् तर जो साधक निर्वाण वा मोक्षको अवस्था पनि छ र मनको तृष्णालाई साधनाद्वारा परिवर्तन गरेर त्यस्तो स्थिति प्राप्त गर्न सकिन्छ भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने दुःख निरोध आर्य सत्य साधनाको प्रथम आवृत्तिमा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्यलाई साक्षात्कार गर्नुपर्छ

दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्ति हो– बुद्धिद्वारा दुःख निरोध निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भनेर स्वीकार गर्नु । दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्तिमा साधक मनको संवेदनाप्रतिको तृष्णालाई पूर्णरूपमा नाश गरेर निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्छ । साधनाको यस आवृत्तिमा साधकले श्रुतज्ञानमाथि चिन्तन, मनन, बौद्धिक विश्लेषण गर्छ । श्रूतज्ञानमाथि विभिन्न स्रोतबाट थप जानकारी सङ्ग्रह गर्दै साधनाका विधिप्रति थप सैद्धान्तिक ज्ञान प्राप्त गर्छ तर बुद्धिको स्तरमा गरिएको स्वीकार वा चिन्तनबाट मात्र निर्वाण प्राप्ति सम्भव हुँदैन । त्यसैले साधक साधनाको तेस्रो आवृतिमा प्रवेश गर्छ ।

तेस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो

दुःख निरोध आर्य सत्यको तेस्रो आवृत्ति हो– साधनाको अनुभूतिद्वारा निरोध अवस्थाको साक्षात्कार । यस आवृत्तिमा साधक आर्य अष्टाङ्ग साधनामा प्रवेश गर्छ, देह र चित्तको सत्यको अनुसन्धान गर्छ, देह र चित्तको क्षेत्रमा सतत उत्पन्न संवेदनाको उदय–व्यय धारालाई समभावी बनेर अवलोकन गर्छ । यसरी तटस्थ भावले संवेदनालाई अवलोकन गर्दै मनको संवेदनालाई भोग्ने स्वभावलाई परिवर्तन गर्छ, जन्म–जन्मान्तरदेखि सञ्चित विकारलाई क्षय गर्छ र यही साधना प्रक्रियाद्वारा देह र चित्तको क्षेत्रभन्दा बाहिरको शाश्वत, ध्रुव, अमृत पदको अनुभूति प्राप्त गर्छ । यसरी क्रमशः सोतापन्न, सकृतागामी, अनागामी हुँदै अन्ततः अरहंत स्थिति प्राप्त गर्छ । यही अनुभवका आधारमा प्रामाणिकरूपमा उसले भन्छ कि दुःख निरोध अवस्थाको साक्षात्कार भयो ।

दुःख निरोध गामिनी प्रतिपदा

दुःख निरोध गामिनीप्रतिपदा भगवान् बुद्धद्वारा विकास गरिएको आठ अङ्गको त्यस्तो पूर्ण साधनाविधि हो, जहाँ साधक प्रत्येक साधनाको अङ्गमा सम्यक स्थितिमा रहन्छ, समभावी स्थितिमा रहन्छ । साधकले दुःखको मूल कारण मनमा उत्पन्न हुने संवेदनाका तृष्णाप्रति समभावी बन्दै अन्ततः निर्वाणको स्थिति प्राप्त गर्छ । दुःख निरोध गामिनी प्रतिपदाका सम्पूर्ण साधना अङ्गहरूका व्याख्या माथि गरिसकिएको छ । त्यसैले यहाँ यस मार्गको प्रथम आवृत्ति (चरण) बाट व्याख्या प्रारम्भ गरिएको छ ।

प्रथम आवृत्ति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य हो ।

दुःख निरोध गामिनी प्रतिपदाको प्रथम आवृत्तिमा साधकले भगवान्ले प्रतिपादन गर्नुभएको आर्य अष्टाङ्ग मोक्ष साधनाविधिले अवश्य मोक्ष प्रदान गर्छ भन्ने कुरा स्वीकार गर्छ । आर्य अष्टाङ्ग साधनाविधि आंशिक, अपूर्ण, भ्रामक, असत्य साधनाविधि नभई सत्य निर्वाण दायिनी साधनाविधि हो भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ।

यदि कुनै मानिस ईश्वर, गुरु, धर्म, सम्प्रदाय, मान्यता आदिमा विश्वास गर्छ, मोक्ष ईश्वरकृपा, गुरुकृपा आदिबाट प्राप्त हुन्छ भन्ने विश्वास गर्छ भने उसले धर्म, ईश्वर, आत्मा आदि पूर्णरूपमा अनुपस्थित यस साधनाविधिलाई अस्वीकार गर्छ । त्यस्तो स्थितिमा उसले यस साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैन तर जुन साधकले भगवान्द्वारा प्रतिपादित दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई सत्य मान्छ ऊ भने साधनामा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति : यो दुख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई भावना गर्नुपर्छ ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको दोस्रो आवृत्ति हो– बुद्धिको स्तरमा यस्तो स्वीकार गर्नु कि यस साधनाविधिलाई भावना गर्नुपर्छ, अनुभूतिमा उतार्नुपर्छ । यस आर्य सत्यको दोस्रो आवृत्तिका साधकले आठ अङ्ग भएको यस साधनाविधिका प्रत्येक अङ्गलाई साधनामा उतारेर प्रत्यक्ष अनुभूतिको स्तरमा भावित गर्नुपर्छ भन्ने कुरालाई स्वीकार गर्छ । साधनाको यस आवृत्तिमा साधकले यस मार्गमाथि चिन्तन, मनन्, बौद्धिक अवलोकन आदि प्रक्रियाद्वारा साधनाको सैद्धान्तिक पक्षलाई पुष्ट गर्छ, चिन्तन ज्ञान प्राप्त गर्छ तर बुद्धिको स्तरमा गरिएको स्वीकार र बौद्धिक चिन्तनबाट मात्र निर्वाण प्राप्त हुँदैन । त्यसैले ऊ साधनाको तेस्रो आवृत्तिमा प्रवेश गर्छ ।
तेस्रो आवृत्तिः– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको तेस्रो आवृत्ति हो– अनुभूतिमा भावित (थाहा) हुनु । दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको तेस्रो आवृत्तिका साधक साधनामा प्रवेश गर्छ, आर्य अष्टाङ्गमार्गका प्रत्येक मार्ग वा अङ्गलाई पटकपटक अनुभूतिमा उतार्छ, पटकपटक भावित गर्छ, शील, समाधि, प्रज्ञालाई साधनाद्वारा पुष्ट गर्छ । जब चार आर्य सत्यका सम्पूर्ण अवस्थालाई अनुभूतिमा भावित गर्छ तब यही अनुभूतिका आधारमा घोषणा गर्छ कि दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

सारांशमा भन्नुपर्दा यी चार आर्य सत्यको पहिलो आवृत्ति वा श्रुतज्ञानलाई श्रद्धाको स्तरमा सत्य मानेर स्वीकार गर्दा साधकले साधनाको प्रथम कदमलाई अगाडि बढाउँछ । उसले भगवान् बुद्धले प्रतिपादन गर्नुभएको मोक्ष विद्या सत्यलाई स्वीकार गर्छ । जीवनमा सत्य अन्वेषणको ढोका खोल्छ । जीवनको दुःखको परिधिलाई पार गरेर भवचक्र, लोकचक्रलाई समाप्त गर्ने सम्भावनाको ढोका सृजना गर्छ तर जसले चार आर्य सत्यको पहिलो आवृत्तिलाई नै स्वीकार गर्दैन, भगवान्को चार आर्य सत्यको सिद्धान्तलाई नै स्वीकार गर्दैन ऊ सांसारिक भोगपूर्ण जीवनको दुःखपूर्ण परिधिभित्र व्याकुल भएर बाँच्छ । मृत्युपश्चात् अनेक लोकका लागि पृष्ठभूमि तयार पार्छ । त्यस्तो मानिसले जीवन मुक्तिको सम्पूर्ण सम्भावनाका द्वारलाई बन्द गर्छ ।

जब साधकले चार आर्य सत्यको दोस्रो आवृत्तिलाई स्वीकार गर्छ उसले साधनाको दोस्रो कदमलाई अगाडि बढाउँछ, चार आर्य सत्यको चिन्तन मनन गर्दछ ? चार आर्य सत्य के हो ? यसले कसरी निर्वाण प्रदान गर्छ ? भन्नेबारे अन्वेषण गर्छ । यही अन्वेषण प्रक्रियाद्वारा साधनाको सैद्धान्तिक पक्षप्रति स्पष्ट बन्छ ।

जब साधकले चार आर्य सत्यको तेस्रो अङ्गलाई स्वीकार गर्छ ऊ स्पष्टरूपमा आर्य अष्टाङ्ग साधनामा प्रवेश गर्छ । उसले मनुष्य जीवनको चरम विकासको सम्भावना वा बुद्धत्वलाई प्राप्त गर्ने सम्भावनाको द्वार खोल्छ । जन्म–जन्मान्तरको दुःखचक्र, भवचक्र, लोकचक्रलाई नाश गरेर सधैँका लागि मुक्त भएर जाने मार्गमा विचरण गर्न थाल्छ । भगवान्ले यी चार आर्य सत्यका तीन आवृत्तिबाट गुज्रिएर नै निर्वाण प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 438 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 512 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 469 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 503 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 487 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 482 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 442 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 773 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 571 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 563 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 507 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 463 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 551 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 515 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 537 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 549 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 518 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 468 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 592 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 537 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 486 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 833 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 872 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 712 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 472 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 479 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 583 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 416 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 533 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 699 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 562 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 484 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 513 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 535 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 552 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 517 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 427 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 494 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 547 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 466 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 525 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 482 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 569 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0