धर्मचक्र पर्वतनको पृष्ठभूमि-2

धर्मचक्र पर्वतनको पृष्ठभूमि

0 टिप्पणीहरू 351 आगन्तुकहरू

धर्मचक्र पवर्तन सुत्त प्रारम्भ हुन गइरहेको छ । झण्डै छ वर्षको निर्वाण साधनापश्चात् भगवान्ले आफ्नै प्रयासले जुन मध्यमार्गी सत्य मोक्ष साधनाविधि पहिल्याउनु भयो, जुन साधनाविधिद्वारा निर्वाण प्राप्त गर्नुभयो, त्यही प्रामाणिक निर्वाण विद्याको व्याख्या प्रारम्भ हुन गइरहेको छ ।

धर्मचक्रको मूल अर्थ हो आन्तरिक वा आध्यात्मिक रूपान्तरण । मानव जीवनसत्तामा क्रियाशील धम्म (प्रकृति) का जुन शाश्वत नियमले संस्कार विज (चित्तको संवेदना भोग गर्ने स्वभाव)हरु प्राप्त गर्दा मानिसमा जुन दुःखचक्र (प्रतिक्षण मनमा उत्पन्न हुने दुःख, निराशा, भय, अशान्ति, व्याकुलता आदि) लोकचक्र (जन्ममृत्युका कारण विभिन्न लोकमा घुमिरहनु आदि) र भवचक्र (पुनर्जन्म) उत्पन्न गरीरहेको छ । धम्मको तीनै शाश्वत नियमहरूमा आर्य अष्टाङ्गमार्ग साधनाको माध्यमद्वारा चित्तको समभावरूपी (संवेदनासँग नगर्ने संस्कार) विज छरेर प्रकृति वा धम्मको तिनै शाश्वत नियमलाई निर्वाणको पक्षमा क्रियाशील गराउँदै निर्वाण लक्ष्यतर्फ विचरण गर्नु नै धर्मचक्र हो । स्मरणरहोस् धम्म वा प्रकृतिका शाश्वत नियमहरूका व्याख्या परिशिष्टमा राखिएको छ ।

धर्मचक्र प्रवर्तन (उत्पति) चित्तका संस्कार विनाश गर्ने आध्यात्मिक रूपान्तरण हो । जब तपार्इँमा चित्तका संस्कार वा (इन्द्रिय र विषयहरूका मिलनबाट उत्पन्न हुने संवेदनालाई भोग गर्ने चित्तको स्वभाव ) नाश गर्ने प्रक्रिया प्रारम्भ हुन्छ तब तपाईँमा धर्मचक्र प्रवर्तन प्रारम्भ हुन्छ वा धर्मचक्र उत्पन्न हुन्छ ।

संसारमा जति पनि धर्महरू, आध्यात्मिक शास्त्रहरू, गुरुहरू, सम्प्रदायहरू, दर्शनहरू छन् अनि ती सबै धर्म, शास्त्र, गुरु, सम्प्रदायसँग जोडिएका जति पनि प्रचलित मोक्ष साधनाविधिहरू छन् ती सबैका लक्ष्य मानिसमा धर्मचक्र उत्पन्न गर्नु नै हो, चित्तमा सङ्ग्रहित संस्कार (संवेदनालाई भोग गर्ने स्वभाव) लाई नाश गरी मोक्ष प्रदान गर्नु नै हो ।

फेरि मानिसको जीवन सत्ताको अदृश्य चित्तक्षेत्रमा संवेदना भोग गर्ने स्वभावको रुपमा उपस्थित जून संस्कार छ, धम्म (प्रकृति) को नियमको कारण जसको उत्पत्ति र विस्तार भइरहेको छ, जो धम्मकै नियमका कारण क्रियाशील छ चित्तका तिनै संस्कार वा संवेदनालाई भोग गर्ने स्वभाव नाश गरी आफैँमा धर्मचक्र उत्पन्न गर्नु, तिनलाई सम्पादन गरी निर्वाण प्राप्त गर्नु अति कठिन साधना हो ।

करोडौँ निर्माणाभिलाषी साधकमा एकदुई साधकले मात्र यसलाई सिद्ध गर्न सफल भएबाट पनि यो कति दुरुह वा कठिन साधना हो भन्ने स्पष्ट हुन्छ । विरलै साधकहरुले यो साधना सिद्ध गर्न सक्षम हुनुको पछाडि धेरै कारण छन् । तिनमा मुख्य कारण सत्य मोक्ष साधनाविधि प्राप्त नहुनु नै हो ।

भगवान् बुद्धका समयमा जति पनि निर्वाण साधनाविधि प्रचलनमा थिए ती सबै अपूर्ण, आंशिक, मिथ्या, भ्रमपूर्ण प्रकृतिका नै थिए, जसले चित्तको क्षेत्रमा गढेका संस्कारलाई नष्ट गरी साधकलाई निर्वाण प्रदान गर्न सक्दैनथे । यसैले गर्दा बुद्ध जस्तो सांसारिक विषयबाट पूर्ण वैराग्य प्राप्त पुरुषलाई पनि झण्डै छ वर्षसम्म अनेक साधना सङ्घर्षमा फस्नुपर्‍यो, झण्डै मृत्युको समीप पुग्नुप¥यो ।

हाल जति पनि मोक्ष साधनाका विधि प्रचलनमा छन् अधिकांश सतही, आंशिक र भ्रमपूर्ण प्रकृतिका छन्, साधकका चित्तको विकार (संवेदनालाई भोग गर्ने स्वभाव) लाई नाश गरी निर्वाण प्रदान गर्न असमर्थ छन्, साधकमा धर्मचक्र उत्पन्न गर्न असमर्थ छन् । अझ कति साधना विधि त विपरीत परिणामदायी पनि छन् । यसैले गर्दा मोक्षको अभिलाषाले साधनामा प्रवेश गरेका कैँयौँ साधकले वर्षौँ साधना गर्दा पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छैनन्, चित्तका विकारलाई क्षय गर्न नसकी दुःखचक्र भोगिरहेका छन् । त्यस्तै कैँयौँ साधक साधनाको विपरीत फल प्राप्त गरी शारीरिक, मानसिक र आध्यात्मिकरूपमा विक्षिप्त बन्न पुगेका छन् ।

त्यसैले निर्वाण अभिलाषी साधकले भगवान् बुद्धको प्रथम धर्म देशना वा धर्मचक्र प्रवर्तन सुत्तमा प्रवेश गर्नुपूर्व उहाँको निर्वाण साधना सङ्घर्षप्रति स्पष्ट हुनु आवश्यक छ, आफ्नो साधनालाई बुद्धका सङ्घर्ष साधनासँग तुलना गर्नु आवश्यक छ । भगवान् बुद्धले निर्वाण प्राप्तिका लागि केकस्ता साधना गर्नुभयो, केकस्ता सङ्घर्ष भोग्नुभयो, केकस्ता शारीरिक र मानसिक अवस्था प्राप्त गर्नुभयो र कसरी मध्यमार्गी साधनाविधि पहिल्याएर आफैँमा धर्मचक्र उत्पन्न गरी निर्वाण लक्ष्य प्राप्त गर्नुभयो भन्ने जस्ता तथ्यप्रति स्पष्ट हुन साधनाका दृष्टिले अत्यन्त आवश्यक छ । यसैले यहाँ धर्मचक्र प्रवर्तन सुत्तको व्याख्यामा प्रवेश गर्नुपूर्व भगवान् बुद्धको दरवार त्यागदेखि धर्मचक्र प्रवर्तनसम्मको साधना यात्रालाई सारांशमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 526 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 397 0
सद्गुरुको खोजी 1/12/2023 447 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 403 0
गुरु अलार कालमसँग भेट 1/12/2023 476 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 414 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 396 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 313 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 367 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 369 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 361 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 941 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 382 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 407 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 418 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 421 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 441 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 439 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 500 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 486 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 456 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 404 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 549 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 369 0
दुःख समुदय आर्य सत्य 1/13/2023 449 0
दुःख निरोध आर्यसत्य 1/13/2023 388 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 434 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 557 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 429 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 403 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 458 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 362 0
आनापानसति 1/13/2023 458 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 447 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 360 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 395 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 433 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 364 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 347 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 420 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 458 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 413 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 505 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 390 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 350 0
दसौँचरण-अनित्य बोध 1/13/2023 357 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 360 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 480 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 431 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 387 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 398 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 391 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 520 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 444 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 389 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 455 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 496 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 531 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 703 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0