धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.४

गुरु अलार कालमसँग भेट

0 टिप्पणीहरू 483 आगन्तुकहरू

निर्वाण प्राप्त सद्गुरु खोजको क्रममा भगवान् गुरु आलार कालमको आश्रममा पुग्नुभयो । गुरु कालम त्यस समयका उत्तरी भारतका प्रसिद्ध गुरु हुनुहुन्थ्यो । उहाँको ध्यान विद्याको चर्चा टा–टाढासम्म फैलिएको थियो । उहाँ वैशाली नगर (वर्तमान विहार राज्यमा) तीनसय शिष्यसँग बस्नुहुन्थ्यो । जब भगवान्ले आलार कालमलाई भेट्नुभयो तब गुरु कालमले कुनै परम्परागत शास्त्र वा मोक्ष विद्याको व्याख्या गर्नु भएन । कुनै ईश्वरकृपा, गुरुकृपा, बाह्य श्रद्धा, भक्ति, विश्वास आदिमा पनि जोड दिनुभएन । उहाँले निर्वाण प्राप्तीको लागि मूलतः ध्यान पक्षमा जोडदिनुभयो । उहाँले यस कुरामा जोड दिनुभयो कि कुनै पनि निर्वाण साधनाविधि त्यस अवस्थामा मात्र सत्य हुन सक्छ जब साधकले मृत्युपश्चात् नभई वर्तमान जीवनमै निर्वाणको प्रामाणिक अनुभूति प्राप्त गर्छ ।

साथै उहाँले यस तथ्यमा पनि जोड दिनुभयो कि कुनै पनि तीक्ष्ण बुद्धि र लगनशील साधकले छोटो समयमै उहाँद्वारा निर्देशित ध्यान विधिद्वारा निर्वाण प्राप्त गर्न सक्छ, निर्वाणको प्रामाणिक अनुभूति प्राप्त गर्न सक्छ । गुरु कालमका वचनहरू नितान्त नवीन थिए । गुरु कालम ध्यान केन्द्रमा रहेको प्रामाणिक निर्वाण अनुभूतिमै जोड दिइरहनुभएको थियो । उहाँ मृत्युपश्चात् प्राप्त हुने निर्वाणको कुरा गरिरहनुभएको थिएन । त्यसैले लामो यात्रापश्चात् आउनुभएका भगवान्लाई विश्वसनीय प्रतीत हुने गुरु प्राप्त भइरहेको थियो ।

भगवान् गुरु कालमबाट प्रभावित हुनुभयो । लामो यात्रामा थाकेको प्यासी यात्रीले जसरी शीघ्र जल ग्रहण गर्छ त्यसैगरी भगवान्ले गुरु कालमको शिष्यत्वलाई ग्रहण गर्नुभयो र छोटो समयमै गुरु कालम निर्देशित ध्यानको सातौँ तहमा पुग्नुभयो । ध्यानको यस उच्च स्थितिमा भगवान्ले चित्तको गहन एकाग्रताका कारण समाधिस्थिति प्राप्त गर्नुभयो । सातौँ ध्यानबाट प्राप्त यस गहन समाधिस्थितिमा भगवान्ले चित्तबाट रागद्वेष नाश भएको, स्वयं इन्द्रियका क्षेत्रबाट बाहिर निस्किएको, देहबोध छुटेको, चित्त शान्त सरोवरझैँ स्थिर भएको, आफू मात्र बोध तत्वको रूपमा शेष रहेको आदि अनेक साधना अनुभूति प्राप्त गर्नुभयो ।

यस समाधि साधनालाई निरन्तरता दिएपछि भगवान् त्यस्तो स्थितिमा पुग्नुभयो, जहाँ व्यक्तिले आफूलाई द्रष्टाको रूपमा मात्र अनुभूति गर्छ । यही द्रष्टाभावस्थिति नै गुरु कालमको ध्यान साधनाले प्रदान गर्न सक्ने उच्च आध्यात्मिक स्थिति थियो । गुरु कालमले यही द्रष्टाभावस्थितिलाई नै निर्वाणस्थिति हो भन्नु भएको थियो तर निर्वाण भनिएको सातौँ ध्यानको यस द्रष्टाभाव अनुभूति अविनाशी थिएन । यो इन्द्रियातीत क्षेत्रको अनुभूति थिएन । सातौँ ध्यान साधनाको द्रष्टाभाव अनुभूति पनि साधनाबाट बाहिर आएको केही समयपश्चात् बिस्तारै लुप्त भएर जान्थ्यो, विलाएर जान्थ्यो ।

भगवान्को खोज इन्द्रियातीत अविनाशी अनुभूतिको थियो । निर्वाण अनुभूति अविनाशी र इन्द्रियातीत हुन्छ भनिएको थियो । जब निर्वाण भनिन्छ शुद्ध वा विकार बिहीन चित्त स्थिति एक अनिवार्य आवश्यकता मानिन्थ्यो । निर्वाणस्थितिमा चित्त पूर्णरूपमा संस्कारहरूबाट मुक्त हुनुपथ्र्याे तर भगवान्लाई विशुद्घ चित्तस्थिति प्राप्त भएको थिएन । उहाँलाई आफ्नै चित्तमा अनेक संस्कार उपस्थित छन्, ती पूर्णरूपमा नष्ट भएका छैनन् भन्ने स्पष्ट बोध थियो ।

चित्तमा अझै उपस्थित अनेक संस्कार समय समयमा प्रकट भएर भगवान्लाई व्याकुल बनाइरहन्थे । यसले के स्पष्ट पारेको थियो भने गुरु कालमको मोक्ष साधनाविधि सत्य मोक्ष साधनाविधि थिएन । यो समाधि वा द्रष्टाभाव स्थितिसम्म प्रदान गर्न सक्ने आंशिक, अपूर्ण मोक्ष साधना विधि थियो । साथै गुरु कालम उहाँले दावी गरेजस्तै निर्वाण प्राप्त गुरु हुनुहुन्नथ्यो । उहाँ साधनाको लघु समाधि अनुभूतिलाई नै निर्वाणको अनुभूति हो भनी भ्रममा हुनुहुन्थ्यो । अनि यही आंशिक वा अपूर्ण निर्वाण साधनाविधिलाई सत्य मोक्ष साधनाविधि भनी प्रचार गरिरहनु भएको थियो, मोक्ष अभिलाषी साधकलाई बाँडिरहनुभएको थियो ।

जब भगवान्लाई निश्चय भयो कि गुरु कालमको अपूर्ण ध्यानविधि क्लेश नाश गर्न, दुखः नाश गर्न, अविनाशी शान्ति, अन्तरदृष्टि र निर्वाण प्रदान गर्न असमर्थ छ । त्यसपछि उहाँले गुरु कालमलाई छोड्ने निर्णय गर्नुभयो र गुरु कालमको अनुनय विनयपश्चात् पनि उहाँले आश्रमलाई छोड्नुभयो । स्पष्ट थियो– मोक्ष प्राप्त सद्गुरु प्राप्त गर्नु स्वयंले मोक्ष प्राप्त गर्नुजस्तै दुरुह कार्य थियो । जुन गुरुहरू आपूmलाई मोक्ष प्राप्त गुरु हुँ भनी दावी गरिरहनुभएको थियो उहाँहरू आफैँ मोक्ष प्राप्त गुरु हुनुहुन्नथ्यो । मोक्षको संसार आंशिक, अपूर्ण, भ्रामक, सतही साधनाविधिले भरिएको थियो ।
मोक्ष विद्याको प्रशिक्षण दिइरहेका गुरुहरू आफैँ यस तथ्यप्रति अनभिज्ञ हुनुहुन्थ्यो । मोक्षको संसारमा उपस्थित यस अन्धकारमा सत्य मोक्षमार्ग प्राप्त गर्नु अत्यन्त दुरुह थियो । तथापि भगवान् निराश हुनुभएन र पुनः मोक्ष प्राप्त सद्गुरुको खोजीलाई निरन्तता दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 453 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 406 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 373 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 425 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 404 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 365 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 951 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 388 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 415 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 445 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 506 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 509 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 494 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 555 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 394 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 435 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 409 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 368 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 399 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 355 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 451 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 394 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 460 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 490 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 526 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0