धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.१२

अन्ततः बुद्धत्व प्राप्ति

0 टिप्पणीहरू 366 आगन्तुकहरू

यसरी प्रतिक्षण काय र चित्त क्षेत्रका संवेदनाहरूका उदय र व्यय प्रक्रियाप्रति सतत जागरुकता र सम्यक दृष्टिको अभ्यास गर्दागर्दै भगवान्को चित्त र देह क्षेत्रका सम्पूर्ण विकार पूर्णरूपमा नष्ट भई चित्त पूर्णरूपमा शुद्ध हुन थालिसकेको थियो । चित्त, शरीर र श्वासप्रश्वास एकाकार भइसकेका थिए । उहाँमा चित्तलाई एकाग्र गरेर काय र चित्त क्षेत्रका अणुहरूको सूक्ष्म निरीक्षण गर्न सक्ने अद्भूत जागरुक शक्ति विकास भइसकेको थियो । समयसमयमा उहाँलाई संवेदनाहरू उदय र व्ययको क्षेत्रभन्दा बाहिर इन्द्रियातीत अमृतमय निर्वाण क्षेत्रको साक्षात्कारको झलकसमेत प्राप्त हुन थालिसकेका थियो ।

जब भगवान्लाईं आन्तरिक अनुभूतिका कारण यस्तो स्पष्ट बोध भयो कि अब उहाँ निर्वाणको अत्यन्त नजिक पुग्नुभएको छ । उहाँले एक दिन बोधिवृक्षमुनि पद्मासनमा बसी यस्तो सङ्कल्प गर्नुभयो कि जबसम्म मलाई सम्बोधि प्राप्त हुने छैन तबसम्म आसनबाट उठ्ने छैन । अन्ततः वैशाख पूर्णिमाको दिन भगवान्लाई महानिर्वाण प्राप्त भयो । उहाँ निर्वाणको त्यस इन्द्रियातीत क्षेत्रमा पुग्नुभयो, जसलाई न इन्द्रियहरूद्वारा बुझ्न सकिन्छ, न शब्दहरूमा व्याख्या गर्न सकिन्छ ।
निर्वाण प्राप्तिपश्चात् भगवान्ले प्रथम चरणमा पूर्वजन्मको ज्ञान, मध्यम चरणमा दिव्य चक्षु प्राप्ति र अन्तिम चरणमा प्रकृतिमा छिपेका प्रतित्यसमुत्पादको श्वाशत नियमबारे ज्ञान प्राप्त गर्नुभयो । धम्म (प्रकृतिको) प्रतित्यसमुत्पाद नियमको ज्ञानसँगै भगवान्लाई चार आर्य सत्य (दुःख, दुःखको कारण, दुःख निरोधको अवस्था र दुःख निरोध गामिनी प्रतिपदा वा दुःख निरोधतर्फको आयाम) पनि स्पष्ट बोध भयो ।

जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो तब आफ्नै आदि वा प्रथम जन्म मात्र नभई पत्ता लगाउनै असम्भव अनगिन्ती पूर्वजन्मलाई समेत सहसा देख्नुभयो । तत्पश्चात् भगवान्को मुखारविन्दबाट अनायासै केही यस्ता शब्द प्रकट भए–

अनेक जातिसंसारं सन्ध्याविस्सं अनिब्बिसं ।
गहकारकं गवेसन्ता दुक्खा जाति पुनप्पुनं ।।
गहकारकं ! दिट्ठोसि पुन गेहं न काहसि ।
सब्बा ते फासुका भग्गा गहकूटै विसङ्खितं ।।
विसाङ्खारगतं चितं तण्हानं. खयमज्झगा ।।

अर्थात् यस संसारमा अनेक पटक जन्मेँ र केही पनि प्राप्त नगरी नरोकिएर यसको खोेजीनीति गरी नै रहँे, दौड लगाई रहँे, घर निर्माताको खोजी गर्दै अर्थात् यस्तो खोजीमा लागेँ कि प्रत्येक मृत्युमा अर्को जन्मका लागि नयाँ शरीरको निर्माण कसले गर्छ ? जन्म–मरणरूपी सृष्टिको रचियता को हो ? तर यस्तो कुनै श्रष्टा व्यक्ति (ईश्वर) को निरर्थक र निष्फल खोजीमा पटकपटक दुःखमय जन्म लिइरहेँ, अर्थात् भवसागरमा भौँतारिने काम समाप्त भएन । हे घर निर्माता वा पुनर्जन्मदाता ! अब तँ देखिई सकिस् । अब तैँले पुनः मेरा लागि घर बनाउन सक्ने छैनस्, किनकि तेरा सबै कडी भत्किसकेका छन् । घरको कूटस्थ स्तम्भ टुटिसकेको छ ।
निर्वाणपश्चात्का दिनहरू

भगवान्ले निर्वाण प्राप्तिको हप्ता दिनसम्म बोधिवृक्ष मुनि बसेर विपुल आनन्द लिनुभयो । निर्वाणको परमआनन्दको अनुभूतिले उहाँको मुखारविन्दबाट अनायासै ‘अहो सुख ! अहो सुख !’ शब्द उच्चारण भइरहेका थिए । जीवनमा जुन आन्तरिक रूपान्तरण भएको थियो त्यो असाधारण, अकल्पनीय र अवर्णनीय थियो । पुनर्जन्म भएजस्तै जीवन पूर्णरूपमा रूपान्तरित भएको थियो । जन्म जन्मान्तरका विकार (चित्तका संवेदनाहरू भोग्ने स्वभाव) पूर्णरूपमा नष्ट भएर चित्त पूर्ण शुद्ध र निर्मल भएको थियो । पूर्वजीवनका सम्पूर्ण स्वभाव, वृत्ति नष्ट भई एउटा अर्कैै नवजीवन प्राप्त भएजस्तो प्रतीत भइरहेको थियो । परमशान्ति, परमआनन्द, परमसुखका जुन अनुभूति मनमा फुटिरहेका थिए ती अनुभूति अविनाशी थिए । ती गुरु कालम र उद्धक रामपुत्तको ध्यान साधनाबाट प्राप्त समाधिको अनुभूति जस्तो क्षणिक र विनाशी प्रकृतिका थिएनन् । आफूभित्रको ‘म’ रूपी अहं पनि पूर्णरूपमा विलय भएको थियो । देहबोध पूर्णरूपमा अनुपस्थित थियो । मात्र दृश्य, ज्ञान वा बोध शेष थियो ।

आश्चर्यचकित भगवान्को स्थिति र जगतको यथार्थ

निर्वाण प्राप्तिपश्चात् भगवान् स्वयं निर्वाण क्षेत्रको यस अलौकिक र अवर्णनिय जीवन स्थितिबाट सुखदरूपमा आश्चर्यचकित भइरहनुभएको थियो । यो यति रहश्यमय थियो कि चित्त र देह क्षेत्रका संवेदनाहरूप्रति मनमा न राग न द्वेष (समभावी) विकास स्वभावको गर्न सकेको खण्डमा जीवनका सम्पूर्ण दुःख सँधैका लागि समाप्त भएर जान सक्थ्यो, जीवनमा निर्वाण प्राप्त भई सतत परमानन्दको स्थिति उपस्थित हुन सक्थ्यो, जीवनप्रति कृतज्ञताको हर्षाश्रु मात्र बगिरहने अवस्था प्राप्त हुन सक्थ्यो, प्रत्येक मनुष्य बुद्ध हुने सम्भावना थियो ।

फेरि जगतको यथार्थ पृथक थियो, जगतका प्रत्येक मानिसको जीवनको यथार्थ पृथक थियो । संसारका हरेक मानिस प्रतिपल दुःखी, व्याकुल र अश्रुपूर्ण थिए । सबै रोइरहेका थिए, संसार दुःखमय थियो । सबै आ–आफ्नो जीवनमा आ–आफ्नै कारण दुःखी थिए । प्रकृतिको प्रतित्यसमुत्पाद नियमको बोध सँगै भगवान्लाई (प्रकृति) का शाश्वत नियमहरूका कारण मानिसले चित्तमा संस्कारहरूको उत्पत्ति र विस्तार प्राप्त गरिरहेका छन् । प्रतिक्षण दुःख प्राप्त गरिरहेका छन् । दुःखचक्र, भवचक्र (पुनर्जन्म) लोकचक्र (मृत्युपश्चात् विभिन्न लोकको यात्रा) प्राप्त गरिरहेका छन्, आदि सत्यको स्पष्ट बोध भयो ।

यो अत्यन्त मर्मस्पर्शी थियो कि धम्मका शाश्वत नियमहरू मृत्युपश्चात् पनि चित्तमा उपस्थित विकारहरू क्रियाशील रहन्थे । मानिसको मृत्युपश्चात् पनि दुःखचक्रको अन्त थिएन । चित्तका विकारहरू पूर्णरूपमा नष्ट नभएसम्म अनेक कल्पसम्म मनुष्यको जीवनस्थिति दुःखपूर्ण नै थियो । योे स्थिति अत्यन्त भयावह प्रतीत हुन्थ्यो ।

निर्वाणको प्रथम सप्ताह भगवान्ले बन्धन र निर्वाणको दृष्टिले अत्यन्त महत्वपूर्ण धम्मको शाश्वत नियम प्रतित्यसमुत्पादको पटकपटक अवलोकन, विश्लेषण र चिन्तन गरिरहनुभयो किनकि यस नियम र प्रकृतिका अन्य शाश्वत नियमलाई नबुझी बन्धन र निर्वाणको प्रक्रिया बुझ्नै असम्भव थियो, निर्वाण साधनाका साधकलाई निर्वाण प्राप्त गर्न असम्भव थियो ।

अन्ततः पटकपटकको चिन्तनपश्चात् निर्वाणको प्रथम सप्ताहमा भगवानले दुःख र दुःखको कारण (प्रतित्यसमुत्पादको अनुलोम सत्य) तथा दुःख निरोध र दुःख निरोधको मार्गरूपी (प्रतित्यसमुत्पादको प्रतिलोम सत्य) प्रति पूर्णरूपमा स्पष्ट हुनुभयो । प्रतित्य समुत्पादको अनुलोम र प्रतिलोम सत्यप्रति स्पष्ट भएपछि भगवान्लाई यो जगतको कुनै पनि मानिसले देह र चित्तमा उत्पन्न हुने संवेदनालाई नभोगीकन, यि संवेदनाप्रति समभावी स्वभावको विकास गर्न सक्यो भने धम्मका श्वाशत नियमहरुको कारण अवश्य निर्वाण प्राप्त गर्न सक्दछ भन्ने सत्यको पनि स्पष्ट बोध भयो ।

यो क्षण भगवान्ले सम्बोधि प्राप्त गर्नुभएको क्षण मात्र थिएन अपितु संसारमा लुप्त भएको सत्य मोक्ष विद्यालाई पुनः सम्यक सम्बुद्धले निकै गहिराइबाट खोजेर निकाल्नुभएको क्षण थियो । संसारमा कैँयौँ युगपश्चात् सत्य मोक्ष विद्याको पुनर्जन्म भइरहेको क्षण थियो । निर्वाण अभिलाषी असङ्ख्य साधकलाई संसारको एक मात्र सत्य मोक्ष साधनाविधि (विपश्यना) को पुर्नप्राप्ती भएको क्षण थियो । निर्वाण साधनामा सत्य साधनामार्ग नै पहिल्याउन नसकी समय र जीवन बर्बाद हुनुपर्ने स्थितिको अन्त्य भएको क्षण थियो । यो एक युगान्तकारी घटना थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 532 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 453 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 484 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 408 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 373 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 425 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 406 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 951 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 388 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 415 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 426 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 445 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 506 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 509 0
चार आर्य सत्य 1/13/2023 659 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 494 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 555 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 459 0
दुःख निरोध आर्यसत्य 1/13/2023 394 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 435 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 409 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 397 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 368 0
आनापानसति 1/13/2023 464 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 368 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 399 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 355 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 428 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 453 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 394 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 460 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 368 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 490 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 437 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 528 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 395 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 537 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 573 0