भगवानद्वारा धर्मचक्र प्रवर्तन गर्ने निर्णय- ३.१

निर्वाणपश्चात् भगवानको स्थिति

0 टिप्पणीहरू 387 आगन्तुकहरू

निर्वाणको झण्डै सात सप्ताहसम्म भगवान् मुक्तिको दिव्य सुखको अनुभूति गरिरहनुभयो । अविनाशी परमशान्ति, परमआनन्दको जुन मूल जीवनको आन्तरिक प्रदेशमा फुटिरहेको थियो त्यो अकल्पनीय थियो । ती दिनमा भगवान्ले धम्मका शाश्वत नियमहरू मूलतः प्रतित्यसमुत्पादको अदृश्य रहश्यमय चक्रीय नियम र अविद्याका कारण मानिसले प्राप्त गरिरहेका दुःखचक्रमाथि बारम्बार दृष्टि दिइरहनु भयो । धम्मको शाश्वत नियमका कारण उत्पन्न दुःख चक्रमा पिल्सिएर प्रतिपल दुःखी, व्याकुल बनिरहेका मानिस र ती मानिसका जीवनमा छिपेको निर्वाणको सम्भावना, चार आर्य सत्य, अष्टाङ्गमार्ग आदि विषयमाथि पटकपटक चिन्तन गरिरहनुभयो । अन्ततः भगवान् यी सम्पूर्ण विषयहरूप्रति पूर्णरूपमा स्पष्ट हुनुभयो ।

निर्वाणपश्चात्का यी दिनमा भगवान्का मनमा दुःखमा डुबिरहेका संसारका सम्पूर्ण मानिसप्रति प्रेम, करुणा र दयाका भाव उर्लिरहेका थिए । भगवान् यस आर्य अष्टाङ्गमार्गरूपी सत्य मोक्ष विद्यालाई जति सम्भव हुन्छ त्यति चाँडो मानिसहरूका माझ बाँड्न चाहनुहुन्थ्यो । उहाँ यथाशीघ्र धर्मचक्र प्रवर्तन गर्न चाहनुहुन्थ्यो । मानिसहरू दुःखबाट मुक्त भएको हेर्न चाहनुहुन्थ्यो । उता भगवान्को मनमा द्विविधाका भावहरू पनि उठिरहेका थिए किनकि यो विद्या अत्यन्त सूक्ष्म थियो । यस साधनाविधिलाई साधारण मानिसले बुझ्न र साधनामा उतार्न अत्यन्त कठिन थियो । यो आन्तरिक साधना यात्रा थियो । साधनाद्वारा जब आन्तरिक रूपान्तरणको प्रक्रिया प्रारम्भ हुन्थ्यो तत्पश्चात आन्तरिक रूपान्तरणको प्रक्रियालाई बुझ्न वा ठम्याउन अत्यन्त कठीन थियो । साधनाका अनुभूतिलाई आधार बनाएर साधनालाई मध्यमार्गमा डोर्‍याउँदै अन्तिम लक्ष्यसम्म पुर्‍याउन अत्यन्त दुरुह थियो । यस निर्वाण साधनाको सफलताका लागि सूक्ष्म आन्तरिक दृष्टि चाहिन्थ्यो, दीर्घकालीन धैर्य र साहस चाहिन्थ्यो ।

साधना सूक्ष्म वा गहन हुनुमात्र निर्वाण साधनाको समस्या थिएन । निर्वाण साधनाका अन्य बाधा पनि थिए । यि बाधाहरु पाइला पाइलामै थिए । ती वाधा आफ्नै निर्वाणप्रतिका धारणाहरूदेखि साधनाकालमा जन्मने अनेक प्रकारका अनुभूति नै थिए । यी सम्पूर्ण भाष वा दलदलका माझ साधनालाई जोगाएर निर्वाणको लक्ष्यमा पु¥याउन सहज थिएन । साधकहरू जागरुकता र प्रज्ञाको स्थितिबाट कुनै पनि क्षण च्युत हुन सक्थे । प्रतित्यसमुत्पादको नियम साधनाकालमा पनि दुःखचक्र, भवचक्र, लोकचक्रकै पक्षमा क्रियाशील हुन सक्थ्यो ।

निर्वाणपश्चात्का ती दिनमा भगवान् एकातर्फ सम्पूर्ण प्राणीप्रति करुणा र अर्कोतर्फ साधनाको सूक्ष्मता, जटिलता, मानिसहरूको सांसारिक विषयहरूप्रतिको आशक्ति आदिका माझ द्विविधापूर्ण स्थितिमा परिरहनुभयो । यसरी द्विविधापूर्ण भएको अवस्थामा भगवान् सोच्नुहुन्थ्यो कि मैले एक गम्भीर, दूरदर्शी, दुुज्र्ञेय, शान्त, उत्तम तर्कबाट अप्राप्य, निपुण पण्डितद्वारा मात्र जान्न योग्य यस धर्मलाई प्राप्त गरेको छु । यो जनता (मानिसहरू) जो काम तृष्णामा रमण गर्ने स्वभावका छन् । कामभोगमा रत (लागेका) छन् । पूर्णतः सांसारिक वृत्तिका छन् । काममा रमण गर्ने यी मानिसले यस्तो जटिल कार्य–कारण–कार्यरूपी प्रतित्यसमुत्पादको शाश्वत नियमलाई सजिलैसँग बुझ्न सक्ने छै्रनन् । सम्पूर्ण संस्कार शमन (विनाश), सम्पूर्ण तृष्णाको परित्याग, साधनाद्वारा तृष्णा क्षय, वितराग, वितद्वेष, वितमोह र निर्वाण प्राप्ति पनि अत्यन्त कठिन प्रकृतिको छ । यो कठीन साधनालाई सिद्ध गर्न दीर्घकालीन परिश्रम, जागरुकता र प्रज्ञाभावको आवश्यकता पर्छ । यदि मैले यस सत्य धर्मको उपदेश दिएँ र मानिसले यस धर्मलाई बुझ्न सकेनन् भने मेरा लागि अत्यन्त पीडाजनक कार्य हुनेछ । योभन्दा त राम्रो यही हुनेछ कि आफैँ निर्वाणको आनन्दमा डुबिरहुँ ।

बुद्ध साहित्यहरूमा भनिएको छ कि यसरी भगवान् द्वन्द्वपूर्ण मनस्थितिबाट गुज्रिरहनुभएको समयमा ब्रह्मलोकबाट समापति ब्रह्मा स्वयं उपस्थित भएर भगवान्सँग प्रार्थना गर्दै भन्नु भएको थियो कि हे भगवान् ! यो सत्य धर्मको उपदेश दिनुहोस् । किनकि यस संसारमा चित्तमा अल्पमल (विकार) भएका मानिस पनि छन्, तीक्ष्ण बुद्धि भएका साधकहरू पनि छन्, विद्या ग्रहण गर्न सक्षम विद्वान्हरू पनि छन् । मोक्ष साधनामा वर्षौँदेखि प्रयासरत उच्चस्तरका साधकहरू पनि छन् । सत्य धर्मलाई नसुनेमा यी साधकहरू नष्ट हुनेछन् । केही साधक त यस्ता पनि छन् कि जसको अन्धकार (अविद्या) को पर्दा निकै पातलो छ । तिनीहरूले यस सत्य धर्मलाई तुरुन्तै बुझ्नेछन्, ग्रहण गर्नेछन् । उनीहरूको उद्धार हुनेछ । भगवान् आफैँ पनि साधनाको लामो सङ्घर्षपूर्ण मार्गबाट निर्वाणको स्थितिसम्म आइपुग्नुभएको थियो । उहाँ स्वयंले पनि तीक्ष्ण, जागरुक, उच्चस्तरका साधकलाई भेट्नुभएको थियो । गुरु कालम, उद्धक रामपुत्त आदि यही श्रेणीका साधक हुनुहुन्थ्यो ।

अन्ततः भगवान्बाट धर्मचक्र प्रवर्तन गर्ने निर्णय

अन्ततः भगवान् द्विविधाबाट बाहिर आउनुभयो करुणामय नेत्रले संसारलाई हेर्नुभयो । दुःख, व्याकुलता, भय, आँसुमा डुबिरहेका मानिसहरुको जीवनलाई हेर्नुभयो । दुःखचक्र, भवचक्र, लोकचक्रमा पिल्सिरहेका मानिसका आर्तनादमाथि ध्यान दिनुभयो । मनुष्यमा छिपेको बुद्धत्वको सम्भावनाप्रति पनि दृष्टि दिनुभयो । अन्ततः एक लामो चिन्तनपश्चात् भगवान्ले धर्मचक्र प्रवर्तन गर्ने निर्णय गर्नुभयो । जब भगवान्ले धर्मचक्र प्रवर्तन गर्ने निर्णय लिनुभयो तब उहाँले ब्रह्मालाई भन्नुभयो– ‘कान हुने (सुन्ने) हरूका लागि अमृतको द्वार खुलेको छ ।’

भगवान्द्वारा धर्म ग्रहण गर्न योग्य पात्रका खोजी

धर्मचक्र प्रवर्तनको निर्णयसँगै भगवान्को दृष्टि यस विद्या ग्रहण गर्न योग्य पात्रहरूप्रति गयो । निर्वाण अत्यन्त सूक्ष्म विद्या थियो । यस विद्यालाई गहिराईमा बुझेर विधिपूर्वक साधनामा उतार्न साधकमा अत्यन्त कुशाग्र बुद्धि, तीक्ष्ण दृष्टि र आध्यात्मिक पात्रत्वको आवश्यकता पथ्र्यो । भगवान् धर्मचक्र प्रवर्तनका लागि योग्य ती पात्रहरूप्रति दृष्टि दिन थाल्नुभयो, जो यो विद्या (साधनाविधि) को अर्थ, मर्म आदिलाई बुझ्न र ग्रहण गर्न समर्थ थिए, जो निर्वाण साधनामा वर्षौँदेखि साधनारत थिए, जसले आध्यात्मिक सम्पदा विस्तार गरे पनि सत्य मोक्षमार्ग पहिल्याउन नसकेका कारण निर्वाण प्राप्त गर्न असमर्थ थिए, जसले गहन विधिलाई साधनामा उतारेर निर्वाण प्राप्त गर्न सक्ने पात्रत्व वा क्षमता विकास गरिसकेकोे थिए, जसलाई यस सत्य विद्या प्राप्त भए कल्याण हुन सक्थ्यो वा निर्वाण प्राप्ति हुन सक्थ्यो । यस क्रममा सर्वप्रथम भगवान्को मनमा गुरु आलार कालमको सम्झना भयो, जो ध्यानको सातौँ वा उच्चतहका साधक हुनुहुन्थ्यो, तैपनि मोक्ष प्राप्त गर्न असमर्थ हुनुहुन्थ्यो ।

भगवान्को मनमा यस्तो विचार उठ्यो कि यी पण्डित, चतुर, मेधावी, उच्च साधक, अनि चीरकालदेखि अल्प चित्तविकारयुक्त छन् । त्यसैले पहिले किन यिनैलाई धर्म उपदेश नदिउँ ? जब भगवान्ले अन्तर्दृष्टिद्वारा गुरु कालमलाई खोज्नुभयो तर गुरु कालमको एक सप्ताह अगावै मृत्यु भइसकेको थियो । उहाँको स्थूल देह संसारबाट सधैँको लागि विलीन भइसकेको थियो । वहाँ अरूप ब्रह्मलोकमा जन्मिसक्नुभएको थियो । अरुप ब्रह्मलोकका प्राणीहरूमा देह हुँदैनथ्यो । भगवान्ले प्रतिपादन गर्नुभएको आर्य अष्टाङ्गमार्ग (विपश्यना) साधनाका लागि देहको आवश्यकता थियो किनकि यो साधना देह र चित्तको क्षेत्रमा उत्पन्न हुने संवेदनामाथि गरिन्थ्यो ।

जब भगवान्लाई गुरु कालमको मृत्यु भइसकेको तथ्य अवगत भयो तब वहाँले उद्धक रामपुत्तलाई सम्झिनुभयो । प्रथम धर्म उपदेशका लागि गुरु रामपुत्त योग्य हुनुहुन्थ्यो किनकि उहाँ ध्यानको उच्च अवस्था वा आठौँ ध्यानको स्थिति प्राप्त साधक हुनुहुन्थ्यो । उहाँमा भगवान्को धर्मलाई सहजै बुझ्ने र साधनामा उतार्ने क्षमता विकास भइसकेको थियो । भगवान्ले जब अन्तदृष्र्टिले उद्धक रामपुत्तलाई खोज्नुभयो तब उहाँलाई बोध भयो कि उद्धक रामपुत्तको पनि एक रात अगाडि नै मृत्यु भइसकेको थियो । उहाँ पनि अरूप ब्रह्मलोकमा जन्मिसक्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 453 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 482 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 406 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 373 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 404 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 365 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 951 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 445 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 507 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 492 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 555 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 435 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 409 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 399 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 355 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 451 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 394 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 526 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0