धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या-४

धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

0 टिप्पणीहरू 420 आगन्तुकहरू

‘‘एवं मे सुत्तं– एकं समयं भगवा बाराणसियं विहरति इसिपतने मिगदाये । तत्र खो भगवा पञ्चवग्गिये भिक्खू आमन्तेसि ।’’

अर्थात् मैले यस्तो सुनेँ । एक समय भगवान् वाराणसीको ऋषिपतन मृगदायमा विहार गर्नुहुन्थ्यो । त्यहाँ भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।

प्रसङ्गलाई ऋषिपतन मृगदायको अर्थबाट नै अघि बढाऊँ । आखिर किन यस स्थानलाई ऋषिपतन मृगदाय भनिएको थियो ? यो स्थानलाई कुन अर्थमा ऋषिपतन भनिएको थियो भने यहाँ पहिले ऋषिमुनिहरू, सम्यक सम्बुद्धहरू, जसले बुद्धत्व वा निर्वाण प्राप्त गरेका थिए, सिद्धि प्राप्त गरेका थिए, जो आकाशमार्गमा विचरण गर्ने क्षमता राख्थे ती ऋषिमुनिहरू विभिन्न लोकबाट समयसमयमा जब यस पृथिवी लोकमा आउँथे तब उनीहरू यही पवित्र स्थानमा उत्रन्थे । ऋषिहरूको पतन वा उत्रने स्थान भएकोले यो स्थान ऋषिपतनको नामले प्रसिद्ध भयो ।

बुद्धत्व प्राप्त ऋषिहरूको उपस्थितिको स्थान भएकाले यस क्षेत्रका जमिन, पर्वत, जङ्गल, वृक्ष, नदी वा समग्र वातावरणमा आध्यात्मिक उर्जाको तरङ्ग यति घना थियो कि हिंस्रक जनावरहरूसमेत यो भूमिमा आफ्नो स्वभाविक प्रवृत्तिलाई बिर्सेर विचरण गर्थे, शान्त र चुपचाप बस्थे । मृगहरू पनि भयरहित भई यत्रतत्र विचरण गर्ने स्थान भएकोले यस स्थानलाई मृगदाय पनि भनिन्थ्यो । त्यस पवित्र आध्यात्मिक स्थानमा भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम धर्म उपदेशका लागि आमन्त्रण गर्नुभयो र उनीहरूलाई सम्बोधन गर्दै भन्नुभयो–

‘‘द्वेमे, भिक्खवे, अन्ता पब्बजितेन न सेवितब्बा ।’’

अर्थात् हे भिक्षुहरू ! यी दुई अतिलाई प्रजवितहरूले सेवन गर्नुहुँदैन ।

जब भगवान् निर्वाण प्राप्त गुरुको खोजीमा एकपछि अर्को गर्दै अनेक गुरु, सम्प्रदाय, आश्रम आदि स्थानको भ्रमण गरिरहनुभएको थियो । ती दिनमा भगवान्ले प्रजवित जीवन ग्रहण गरेर विभिन्न सम्प्रदायमा आबद्ध भई आश्रममा रहेर गृहस्थी जीवनको सुख भोगिरहेका धेरै साधकलाई देख्नुभएको थियो । ती साधकहरूले गृहस्थी छाडेका थिए तर गृहस्थी जीवनका सुखलाई भने छाडेका थिएनन् ।

ती साधकहरू आश्रममा रहेर पनि गृहस्थी जीवनमा जस्तै सांसारिकसुख, कामसुख आदिमा डुबिरहेका थिए । उनीहरू बाह्य आवरणमा सन्यासी त थिए तर लुकीलुकी वा खुलारूपमै पनि गृहस्थीसुख, कामसुख, मांसाहार, मादक वस्तु आदि सेवन गर्थे । प्रजवित जीवनमा पनि मनमा विकारको सङ्ग्रह र विस्तार गरिरहेका थिए । यी साधक जुन उद्देश्यले घर, गृहस्थी त्याग गरेका थिए त्यसबाट धेरै टाढा थिए । यही नै प्रथम अति थियो । यो प्रजवित जीवनको एक विषम स्थिति थियो ।

दोस्रो अति थियो निर्वाण साधनाका नाममा दुष्कर देहपीडक तपस्या । जुन अतिमा साधकहरू देह, इन्द्रिय र मनलाई नियन्त्रण गर्न शरीरलाई अनेक पीडा, कष्ट दिइरहेका थिए । उनीहरूमध्ये कोही अत्यन्त अल्पहारी थिए, शरीरको प्राकृतिक आवश्यकताअनुरूप पनि भोजन ग्रहण गर्दैनथे । कोही साधक जाडो र गर्मी केही नभनी नग्न बस्थे । कोही निर्वाण साधनाको नाममा काँडामा सुत्ने, अग्निले शरीरलाई तताउने, हिउँमा खुला स्थानमा नुहाउने, एक खुट्टाले लामो समयसम्म उभिरहने जस्ता अत्यन्त पीडादायक साधना गर्थे।

यी दोस्रो अतिका साधक मोक्ष प्राप्तिका नाममा अनेक प्रकृतिका देहपीडक साधनामा व्यर्थ कष्ट उठाइरहेका थिए, शारीरिक, मानसिक पीडाको अतिको स्थिति सृजना गरेर आफैँलाई कष्ट दिइरहेका थिए । भगवान् आफैँ पनि यस्तो देहपीडक तपस्याको भयानक अवस्थाबाट गुज्रिनुभएको थियो । अति दुष्कर तपस्याले कस्तो शारीरिक र मानसिक परिणाम दिन्छ भन्ने तथ्यप्रति उहाँ पूर्णरूपमा परिचित हुनुहुन्थ्यो । उहाँ आफैँ पनि मृत्युको समीप पुगेर फर्किनुभएको थियो ।

जब भगवान्ले मध्यमार्गी साधनाबाट निर्वाण प्राप्त गर्नुभयो, जब भगवान्लाई प्रतित्यसमुत्पादको नियम स्पष्ट बोध भयो तब उहाँलाई यी दुई अति साधनाका स्थितिमा धम्मका नियमहरूले कस्तो परिणाम प्रदान गर्छन् भन्ने कुराको स्पष्ट ज्ञान भयो । स्पष्ट थियो निर्वाण साधनामा यी दुई अतिका परिणाम अत्यन्त भयावह थियो । यी दुवै अति साधनाका स्थितिमा साधकले धम्मको शाश्वत नियमका कारण बन्धन प्राप्त गर्दथे । तिनै बन्धनलाई झन्झन् बिस्तार गर्थे । आफ्नै लागि दुःखचक्र, भवचक्र, लोकचक्र सिर्जना गर्थे ।

जब भगवान्ले भन्नुभयो सत्य खोजमा प्रजवित भएका साधकले दुई अतिका अवस्थालाई सेवन गर्नुहँुदैन तब पञ्चवर्गीय भिक्षुहरूमा स्वभाविकरूपमा यस्तो प्रश्न उठ्यो कि कुन दुई अति ? त्यसपछि उनीहरूले सामूहिक स्वरमा भने–

‘‘कतमे द्वे ?’’
अर्थात् कुन दुई अति भन्ते ?

त्यसपछि उनीहरूको प्रश्नको उत्तर दिँदे भगवान्ले भन्नुभयो–

‘यो चायं कामेसु कामसुखल्लिकानुयोगो हीनो गम्मो पोथुज्जनिको अनरियो अनत्थसंहितो ।’’
अर्थात् एक हीन, ग्रामीण (मूढ), पृथक जन, अनार्यसेवित, अनर्थले युक्त कामवासना, कामसुखमा लिप्त हुनु हो ।

संसारका सम्पूर्ण सुखभोग व्यर्थ हुन्, मन र इन्दियभोगका कामना व्यर्थ हुन् । इन्दियभोगका कामनाहरूमा कामवासना र कामसुख झन् व्यर्थ हो । निर्वाण प्राप्तिका मूल अवरोध हुन् आदि विचारद्वारा प्रेरित भएर साधकले जब निर्वाणको महान् लक्ष्य प्राप्त गर्न गृहस्थी जीवनलाई त्याग गर्छ वा गृहस्थी जीवनको सुखलाई छाडेर प्रजवित बन्छ । यसरी संसारलाई छोडिसकेका साधक जब एक हीन, मूढ, अज्ञानी ग्रामीण मानिस, जो धर्ममार्गबाट पृथक जीवन बिताइरहेको छ, त्यस साधारण ग्रामीण मानिस जस्तै कामसुखको विचार, चिन्तन र कर्ममा प्रवेश गर्छ, कामभोगमा डुब्छ, जुन कामसुखलाई निर्वाण साधनाको मूल अवरोध ठानेर प्रजवित जीवन ग्रहण गरेको थियो त्यही कामशक्तिद्वारा पराजित हुन पुग्छ, भगवान् भन्नुहुन्छ कि यही नै निर्वाण साधनाका साधकहरूको एक अतिको स्थिति हो ।

स्मरणरहोस् भगवान्को समयमा जब साधकहरू निर्वाण प्राप्तिको ध्येयले घर, गृहस्थी त्याग गर्थे त्यसको लक्ष्य काम सुखको त्याग मात्र थिएन, गृहस्थी वा संसारका सम्पूर्ण प्रकारको सुख सुविधाका त्याग पनि थियो । यसरी प्रजवित बनेका साधकहरू साधारण जीवन यापन गर्थे । साधारण वस्त्र लगाउँथे, साधारण भोजन गर्थे, साधारण जीवन यापन गर्थे । ती साधकहरू गृहस्थीका सबै सुखलाई बाह्यरूपमै त्याग गर्थे, मनसहित सम्पूर्ण इन्द्रियका तृष्णा त्यागमा जोड दिन्थे । निर्वाण साधनाको शीलपक्षलाई इमान्दारिपूर्वक पालना गर्ने प्रयास गर्थे । साधनाको अविरल प्रयासद्वारा शीलपक्षलाई पुष्ट गर्थे । साधनाको शीलपक्ष पुष्ट नभएको स्थितिमा साधक साधनामा च्युत हुन्छ भन्ने तथ्यप्रति होशपूर्ण हुन्थे । भगवान् आफैँले साधक साधिकाका शील पुष्ट होस् भन्ने उद्देश्यले सयौँ शील निर्माण गर्नुभएको थियो । सबै साधकका जीवनमा इन्द्रियभोग, कामसुख त्याग आदि साधना उपस्थित थिए ।

जब तँपाई वर्तमान समयको आश्रम वा साधना स्थलहरुलाई अवलोकन गर्नुहुन्छ, यस्तो प्रतित हुन्छ कि प्रजवित जीवनको यस मूल मर्मलाई बिर्सन थालिएको छ । निर्वाण साधनाका नाममा जुन विहार, गुम्बा, मठ, आश्रम बनाइएका छन् त्यस्ता कैँयौँ साधना केन्द्रमा गृहस्थी जीवनका सबै सुविधा उपलव्ध हुने गरेका मात्र नभई विलासी जीवनका सुविधा पनि उपलब्ध छन् । कैँयौँ भिक्षु, सन्यासी, साधकहरू गृहस्थी त्यागपश्चात् यस्ता सुविधापूर्ण साधना केन्द्रमा बसेर गृहस्थीका सम्पूर्ण सुख सुविधालाई भोग गर्दै साधनारत छन् ।

यस्तो विलासीपूर्ण साधना भगवान्को आदर्श र प्रजवित जीवनको मूल ध्येय, लक्ष्यबाट विचलित भएको प्रतीत हुन्छ । निवार्ण साधनाको विपरीत मार्गतर्फको गमनझैँ प्रतीत हुन्छ । गृहस्थी त्यागिएको तर गृहस्थी जीवनका सुविधालाई त्याग नगरिएको यस्तो विलासपूर्ण साधना पनि एक अतिझैँ प्रतीत हुन्छ ।

‘‘यो चायं अत्तकिलमथानुयोगो दुक्खो अनरियो अनत्थसंहितो ।’’
अर्थात् यो दुःखमय, अनार्य, अनर्थले युक्त कायक्लेश (देहपीडा) मा लाग्नु नै दोस्रो अति हो ।

प्रजवित जीवनमा कामसुख र गृहस्थी जीवनका अनेक सुखप्रति मनमा तृष्णा जगाइराख्नु, सांसारिक मानिसझैँ कामसुखमा लिप्त हुनु प्रजवित साधकको एक अति भए झैँ प्रजवित जीवनको अर्को अति हो निर्वाण साधनाको नाममा देहलाई कठोर यातना दिनु । यस अतिमा सधकले निर्वाण साधनाको नाममा देह, इन्द्रिय र मनलाई दमन गरी नियन्त्रणमा ल्याउन कठोर प्रयास गर्छ । अल्पाहार, वस्त्रत्याग, अग्नितप, काँडामा शयन, एक खुट्टाले लामो समयसम्म उभिरहने, लामो समयसम्म हात आकाशमा उठाइरहने जस्ता देहलाई पीडादिने बाह्य साधनामा संलग्न हुनपुग्छ ।
जब साधनाको नाममा शरीरलाई यातना दिन प्रारम्भ गरिन्छ तब प्रकृति वा शाश्वत धम्मका नियमहरूले यस्ता हठ वृत्तिलाई संस्कारहरूमा परिणत गरिदिने भएकाले साधक झन्झन् यस्तैयस्तै हठ साधनामा संलग्न हुन पुग्छ, जसको परिणामस्वरूप ऊ विना आध्यात्मिक उपलब्धि झन्झन् दुर्बल, कमजोर, रोगी बन्दै गएर चाँडै नै मृत्युको समीप पुग्छ ।

भगवान् बुद्ध पनि यस्तै देहपीडक अति साधनाको कारण मृत्युको समीप पुग्नुभएको थियो । भगवान् भन्नुहुन्छ मोक्ष साधनाको नाममा यस्ता देहलाई यातना दिने साधना प्रजवित जीवनको दोस्रो अति हो । स्मरणरहोस् पञ्चवर्गीय भिक्षुहरूले भगवान्लाई शारीरिक पीडापूर्ण तपस्या त्यागेका कारण नै त्यागेका थिए । अहिले भगवान्ले त्यस विधिलाई एक अति साधनाविधिको रूपमा व्याख्या गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 526 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 350 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 397 0
सद्गुरुको खोजी 1/12/2023 447 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 401 0
गुरु अलार कालमसँग भेट 1/12/2023 476 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 414 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 396 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 311 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 365 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 367 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 361 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 941 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 382 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 490 0
उपक आजीवनसँग भेट 1/13/2023 407 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 418 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 441 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 439 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 500 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 486 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 454 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 404 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 549 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 367 0
दुःख समुदय आर्य सत्य 1/13/2023 449 0
दुःख निरोध आर्यसत्य 1/13/2023 388 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 434 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 557 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 429 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 403 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 458 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 362 0
आनापानसति 1/13/2023 458 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 447 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 417 0
कायानुपश्यना 1/13/2023 360 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 395 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 433 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 364 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 347 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 420 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 456 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 411 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 505 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 390 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 350 0
दसौँचरण-अनित्य बोध 1/13/2023 357 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 360 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 480 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 431 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 387 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 398 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 391 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 520 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 444 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 389 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 455 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 496 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 531 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 701 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0