धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

आर्य सत्यका तीन आवृत्ति

0 टिप्पणीहरू 493 आगन्तुकहरू

भगवान्ले चार आर्य सत्यको व्याख्या समाप्त गर्नुभएको छ । साधकले यी चार आर्य सत्यलाई अझ राम्रोसँग बुझुन् र साधनामा सहजतापूर्वक उतार्न सकुन् भन्ने ध्येयले भगवान्ले पुनः प्रत्येक आर्य सत्यलाई तीनतीन चरण (भाग) मा विभाजित गर्नुभएको छ । चार आर्य सत्यलाई साधनामा उतार्ने साधकले प्रत्येक आर्य सत्यको तीनतीन आवृत्ति (चरण) माथि साधना गर्नुपर्छ । चार आर्य सत्यका बाह्र आवृत्तिलाई पार गर्नुपर्छ । सर्वप्रथम प्रश्न उठ्छ कि कुनकुन हुन् चार आर्य सत्यका बाह्र आवृति ? जून उत्तर निम्न प्रकार छन्–

दुःख आर्य सत्य

प्रथमआवृति :– दुःख आर्य सत्य वा यो दुःख आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख आर्य सत्य परिज्ञेय छ ।
तेस्रोआवृति :– यो दुःख आर्य सत्य परिज्ञान भयो ।

दुःख समुदय आर्य सत्य

प्रथमआवृति :– यो दुःख समुुदय आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख समुदय आर्य सत्य प्रहाण गर्नुपर्छ ।
तेस्रो आवृति :– यो दुःख समुदय आर्य सत्य प्रहाण भयो ।

दुखः निरोध आर्य सत्य

प्रथमआवृति :– यो दुःख निरोध आर्य सत्य हो ।
दोस्रोआवृति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार गर्नु पर्छ ।
तेस्रोआवृति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो ।

दुःख निरोध गामिनी प्रतिपदा
प्रथमआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्यसत्य हो ।
दोस्रोआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई भावना गर्नुपर्छ ।
तेस्रोआवृति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

यी चार आर्य सत्यका तीनतीन आवृत्तिमा प्रथम आवृत्तिलाई ‘श्रुतज्ञान’, दोस्रो आवृत्तिलाई ‘चिन्तन ज्ञान’, तेस्रो आवृत्तिलाई ‘प्रत्यक्ष ज्ञान’ पनि भन्न सकिन्छ । प्रथम आवृत्ति (चरण) मा साधकले यी आर्य सत्यका बारेमा श्रुत ज्ञान प्राप्त गर्छ । यस श्रुत ज्ञानलाई सत्य मानेर स्वीकार गर्छ । यस श्रुत ज्ञान वा प्रथम आवृत्ति (चरण) मा साधकले यी आर्य सत्यलाई स्व–अनुभूतिमा उतारेको हुँदैन ।

मात्र श्रुत ज्ञानले कुनै साधक आर्य बन्दैन, निर्वाण प्राप्त गर्न सक्दैन । यसैले निर्वाण अभिलाषी साधक साधनाको दोस्रो आवृत्ति ‘चिन्तन ज्ञान’ मा प्रवेश गर्छ । साधनाको यस चरणमा साधकले यी आर्य सत्यमाथि पुनः बौद्धिक चिन्तन, मनन् गर्छ । जुन श्रुतज्ञान उसले प्राप्त गरेको छ त्यस श्रुतज्ञान माथि चिन्तन, मनन गर्छ । बुद्धिको स्तरमा यी आर्य सत्यलाई अनुभूतिमा उतार्नुपर्ने तथ्य स्वीकार गर्छ ।

बौद्धिक चिन्तन वा चिन्तन ज्ञानकै कारण कोही पनि साधक आर्य बन्न सक्दैन, निर्वाण प्राप्त गर्न सक्दैन । यसैले मोक्ष अभिलाषी साधक साधनाको तेस्रो आवृत्तिमा प्रवेश गर्छ । साधनाको यस तेस्रो चरणमा साधक, आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गरेर यी चार आर्यसत्यलाई साधनामा उतार्ने प्रारम्भ गर्छ र अन्ततः साधना प्रक्रियाद्वारा सत्य साक्षात्कार वा निर्वाण प्राप्त गर्छ ।

प्रत्येक आर्य सत्यका ती तीन आवृत्तिले कुनै पनि मोक्ष अभिलाषी साधकले साधनामा प्रत्यक्ष प्रवेश गर्नुपूर्व ‘श्रुतज्ञान’ सर्वप्रथम स्विकार गर्नुपर्ने, त्यस श्रुतज्ञानमाथि गहन चिन्तन, मनन, गर्नुपर्ने वा चिन्तन ज्ञान प्राप्त गर्नुपर्ने र श्रुतज्ञानमाथि चिन्तन ज्ञान प्राप्त गरेर साधनाको सैद्धान्तिक पक्षप्रति सम्पूर्णरूपमा स्पष्ट भएपछि मात्र साधनामा प्रवेश गर्नुपर्ने आवश्यकतालाई दर्शाउँछ । हाल साधना भन्ने बित्तिकै साधनाको सैद्धान्तिक पक्षप्रति नै स्पष्ट नभई आसन ग्रहण गरिहाल्ने, आँखा चिम्लिहाल्ने, ध्यानमा प्रवेश गरिहाल्ने जुन प्रचलन छ यस्तो साधना प्रक्रिया भगवानका यी शब्दका पृष्ठभूमिमा त्रुटीपूर्ण देखिन्छ ।

यस्तो स्थितिमा के प्रश्न उठ्छ भने साधकहरू कतै साधनाको सम्पूर्ण सैद्धान्तिक पक्षप्रति स्पष्ट नभइकनै साधना भन्ने बित्तिकै आखा चिम्लिएर ध्यान प्रारम्भ गर्ने कारणले गर्दा साधनामा असफल त भइरहेका छैनन् ? जेहोस् चार आर्य सत्यका बाह्र आवृत्ति निम्न प्रकार छन्–

दुख आर्य सत्य

प्रथमआवृत्ति– यो दुःख आर्य सत्य हो ।

दुःख आर्य सत्यको प्रथम आवृत्ति हो जीवनमा दुःखको यथार्थ अवस्थालाई स्वीकार गर्नु । जीवनमा दुःख छ भन्ने तथ्यलाई स्वीकार गर्नु । वृद्धावस्थाको दुःख, रोगको दुःख, मृत्युको दुःख, अप्रियसँग संयोगको दुःख, प्रियसँग बिछोडको दुःख आदि स्पष्टरूपमा प्रतीत हुने दुःख भएकाले यसलाई दुःखको रूपमा जुनसुकै मानिसले पनि सहज तरिकाले स्वीकार गर्छ तर दुःखझैँ प्रतीत नहुने वा सुखझँै प्रतीत हुने वैभव, समृद्धि, शक्ति, मृत्युपश्चात् स्वर्गलोक, देवलोक आदिका प्राप्ति पनि अनित्य भएकाले दुःख नै हुन् भन्ने यथार्थलाई धेरै सहजरूपमा स्वीकार गर्न सक्दैनन् ।

जो मानिस वैभव, समृद्धि, शक्ति आदिलाई सफलता मान्छन् उसले यी वस्तु अनित्य भएकाले दुःख हुन् भन्ने यथार्थलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस साधनामा प्रवेश नै गर्दैनन् । त्यस्तै कुनै सम्प्रदाय, दर्शन, धर्म आदिसँग सम्बन्धित मानिस, जो स्वर्गलोक, देवलोक आदिका प्राप्तिलाई अत्यन्त महत्वपूर्ण प्राप्ति ठानिरहेका छन् त्यस्ता मानिस पनि ती लोक पनि अनित्य भएकाले दुःख हुन् भनेर कतै सुन्यो (श्रुतज्ञान) भयो भने पनि यस तथ्यलाई अस्वीकार गर्छ । यस्तो स्थितिमा त्यस्ता मानिस पनि प्रथम आवृत्तिमै साधनाबाट बाहिरिन्छन् तर जुन मानिसले जीवनमा दुःख छ, वैभव समृद्धि, सफलता, स्वर्गलोक आदि पनि अनित्य भएकाले दुःख हो भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ साधनामा प्रवेश गर्छ र साधक बन्छ ।

दोस्रोआवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञेय छ ।

श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्दैमा वा साधनाको प्रथम आवृत्ति (चरण) मा प्रवेश गर्दैमा कुनै पनि साधकले निर्वाण प्राप्त गर्न सक्दैन । त्यसैले जो साधक श्रुतज्ञानलाई सत्य मान्छ ऊ भने साधनाको दोस्रो आवृत्ति (चरण) चिन्तन ज्ञानमा प्रवेश गर्छ ।

दुःख आर्य सत्यको दोस्रो आवृत्ति हो– परिञ्ञेयं । अर्थात् यस आवृत्तिमा साधकले बुद्धिको स्तरमा यस्तो स्वीकार गर्छ कि निर्वाण प्राप्तिका लागि स्वअनुभूतिद्वारा दुःखक्षेत्रको सम्पूर्ण परिधिको परिपूर्ण ज्ञान प्राप्त गर्नुपर्छ, दुःखको क्षेत्र कहाँसम्म छ ? दुःखको अनुभूति कहाँसम्म फैलिएको छ ? आदि प्रश्नहरु गर्छ । यस चरणमा साधक जुन श्रुतज्ञान प्राप्त भएको छ त्यस श्रुत ज्ञानमाथि गहन चिन्तन, मनन गर्छ । दुःखको क्षेत्रका बारेमा अनेक जानकारी सङ्ग्रह गर्छ, साधनाको सैद्धान्तिक पक्षलाई बलियो बनाउँछ । फेरि चिन्तन, मनन वा ज्ञानलाई बुद्धिको स्तरमा बुझेर पनि साधकले दुःखको परिधिलाई बुझ्न सक्दैन र निर्वाण प्राप्त गर्न सक्दैन । यसैले साधनाको तेस्रोचरणमा साधक अनुभूति ज्ञान (वा प्रत्यक्ष आर्य अष्टाङ्गमार्ग साधना) मा प्रवेश गर्छ र दुःख आर्य सत्य हो भन्ने प्रामाणिक ज्ञान प्राप्त गर्छ ।

तेस्रोआवृत्ति :– यो दुःख आर्य सत्य परिज्ञान भयो ।

दुःख आर्य सत्यको तेस्रो आवृत्ति हो– अनुभूतिको स्तरमै दुःखको परिधिको परिपूर्ण ज्ञान । यस आवृत्तिमा साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ । नाम (चित्त) र रूप (देह) को क्षेत्रमा सम्पूर्ण उदय र व्यय भइरहेका संवेदनाका गुण, स्वभाव र धर्मको यथाभूत अनुसन्धान गर्छ र दीर्घसाधनाद्वारा नाम र रूपको सम्पूर्ण क्षेत्र वा दुःखको क्षेत्रलाई अतिक्रमण गरेर रूपातीत, नामातीत, इन्द्रियतीत, अमृतमय निर्वाणको स्थितिलाई स्वयं साक्षत्कार गर्छ, प्रामाणिक निर्वाण अनुभूति प्राप्त गर्छ । जबसम्म इन्द्रियातीत ‘निर्वाण सुख’ को अनुभूति प्राप्त हुँदैन तबसम्म साधकले दुःखको परिधिलाई पार गरेको मानिँदैन वा साधकले दुःखको परिधिको परिपूर्ण ज्ञान प्राप्त गरेको मानिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 453 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 482 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 406 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 373 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 404 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 365 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 951 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 388 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 445 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 507 0
चार आर्य सत्य 1/13/2023 657 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 555 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 561 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 435 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 409 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 399 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 355 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 451 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 394 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 526 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0