साधनाको प्रमाणिक अनुभूति नै ज्ञान हो । धर्मचक्षुमा जुन अनुभूतिलाई सत्यको रूपमा उतारिन्छ त्यही नै ज्ञान हो । जब साधकले आर्य अष्टाङ्गमार्गमा प्रवेश गर्छ, जब उसले देह र चित्त क्षेत्रका अनुसन्धान प्रारम्भ गर्छ, जब उसले यी क्षेत्रलाई टुक््रयाउँदै लगेर देह र चित्तको गुण, धर्म र स्वभावको यथार्थस्वरूप (परमाणुको तह) सम्म पुगेर देह र चित्तको यथार्थ स्वरूप मात्र तरङ्ग नै तरङ्ग हो भन्ने सत्यलाई साक्षात्कार गर्छ । अनि यस क्षेत्रलाई पनि पार गरेर जब साधक निर्वाण क्षेत्रसम्म पुग्छ तब यस साधना प्रक्रियामा प्रामाणिकरूपमै बोध हुने स्थिति जस्तै अष्टकलाप, प्रिति प्रमोद, प्रश्रब्धि, अनित्यबोध, अनात्मबोध, दुःख दर्शन, आदि श्रुतज्ञान नभई यथार्थ ज्ञान बन्छ र यो सम्यक ज्ञान बन्न पुग्छ । भगवान्लाई आर्य अष्टाङ्ग साधनाबाट अन्ततः निर्वाणरूप अन्तिम ज्ञान प्राप्त भयो अर्थात् यस्तै सम्पूर्ण ज्ञान उत्पन्न भयो ।
प्रज्ञा उत्पन्न भयो, कस्तो प्रज्ञा उत्पन्न भयो ?
प्रामाणिक ज्ञान नै प्रज्ञा हो । जब साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ, जब साधकले शील, समाधि र प्रज्ञालाई साधनामा उतार्न थाल्छ, जब उसले संवेदनामाथि नै समभावपूर्ण साधना गर्छ तब साधक विपश्यना साधनाका विभिन्न बाह्र चरणबाट प्रामाणिकरूपमा गुज्रिएर निर्वाण प्राप्त गर्छ । आफ्नै अनुभूतिमा उतारिएको यस्तो प्रामाणिक ज्ञानलाई नै प्रज्ञा भनिन्छ । महासतिपट्ठान सुत्तमा भगवान्ले व्याख्या गर्नुभएअनुसार साधकले तलका बाह्र चरणका प्रामाणिक ज्ञान (प्रज्ञा) गर्छ ।
प्रथमचरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती
अर्थात् कायको बाहिर क्षेत्रको कायानुपश्यना अथवा कायको बाहिरी क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
दोस्रोचरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री क्षेत्रको कायानुपश्यना अथवा कायको भित्री क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
तेस्रोचरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
चौथोचरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् समुदय धर्मको अनुपश्यना अथवा संवेदनाहरू समुदय (उत्पत्ति) को अनुभूति प्राप्त हुनु ।
पाँचौचरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् व्ययधर्मको अनुपश्यना अथवा संवेदनाहरू व्ययको अनुभूति प्राप्त हुनु ।
छैठौँचरण :– समुदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् समुदय व्ययधर्मको अनुपश्यना अथवा संवेदनाहरू समुदय र व्यय भएको अनुभूति प्राप्त हुनु ।
सातौँचरण :– सब्वकायपटि संवेदी
अर्थात् साधकको सम्पूर्ण शरीरमा उत्पन्न भएका संवेदनाहरूको अनुभव हुनु ।
आठौँचरण :– पस्सम्भयं कायरसङ्खार
अर्थात् कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तपन अनुभव हुनु ।
नवौँचरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् यो काय हो भन्नेमा स्मृति प्रतिष्ठापित हुनु ।
दसौँचरण :– काय परमाणुको पुञ्ज मात्र हो वा काय अनित्य हो भन्ने भाव पुष्ट हुनु ।
एघारौँचरण :– अनात्म बोध वा साधकको अहं रूपी ‘म’ र ‘मेरो’ भाव नाश हुनु ।
बाह्रौँचरण :– निर्वाण वा साधकलाई इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुनु, ‘म’ अनुपस्थित मात्र दर्शन (द्रष्टा होइन) शेष रहनु ।
जतिबेला भगवान्ले गुरु आलार कालाम र उद्धक रामपुत्तबाट उच्च ध्यानविद्या प्राप्त गर्नुभएको थियो त्यहाँ चित्तको गहन एकाग्रता वा समाधि पनि स्थिति उपस्थित थियो तर देह र चित्तको क्षेत्रमा उत्पन्न हुने संवेदनाका गुण, धर्म र स्वभावप्रतिको सम्प्रज्ञानयुक्त जागरुकता उनुपस्थित थियो । यसैले ती ध्यानविधि साधकमा आन्तरिक रूपान्तरणको प्रामाणिक अनुभूति अनुपस्थित थिए, निर्वाणको विभिन्न चरणका प्रज्ञा उत्पन्न गर्न असमर्थ थिए तर जब भगवान्ले यस नयाँ (आर्य अष्टाङ्गमार्ग) साधनाविधिमा संवेदनाहरूमाथि समभावी अवलोकन प्रारम्भ गर्नुभयो तब धम्मका नियमहरूले समभावलाई विस्तारित गरिदिँदा संवेदनाका सतत उदय र व्ययधारा उत्पति भयो र यस साधनाले चित्तविकारलाई नष्ट गरी आध्यात्मिक रूपान्तरणको प्रामाणिक ज्ञान प्रदान ग¥यो, भगवान्मा प्रज्ञा स्पष्टरूपमा उत्पन्न भयो ।