धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि-६.२

पञ्चशील ग्रहण गर्नुहोस्

0 टिप्पणीहरू 241 आगन्तुकहरू

शील साधना मूलत सदाचार साधना हो । शील साधनाको मुख्य ध्येय बाह्यरूपमै त्यस्ता निच कर्मलाई त्याग गर्नु हो, जुन कर्मले तपाईँका जीवनमा निकृष्ट संस्कारलाई प्रवेश गराउँछ । शील साधनाको दोस्रो उद्देश्य समाधि साधना र प्रज्ञा साधनालाई पुष्ट गर्नु हो । जुन क्षणसम्म तपाईँ बाह्यरूपमै निच कर्मलाई त्याग गर्नुहुन्न अर्थात् जतिबेलासम्म तपार्इँ निच सांसारिक कर्महरूप्रति आकर्षित भइरहनु हुन्छ तबसम्म तपाईँको ध्यान साधनाले लय समात्न सक्दैन ।

त्यस्तै जबसम्म तपाईँको ध्यान साधनाले लय समात्न सक्दैन तबसम्म तपाईँको समाधि साधना पुष्ट हुन सक्दैन । त्यसैगरी जबसम्म तपाईँको समाधि साधना पुष्ट हुँदैन तबसम्म तपाईँमा प्रज्ञा (संवेदना उदय र व्ययका कारण प्राप्त हुने आन्तरिक रूपान्तरणको प्रामाणिक ज्ञान) उत्पन्नै हुँदैन ।

यस्तो स्थितिमा तपाईँ वर्षौँ त के कल्पौँसम्म साधनारत रहे पनि साधनामा असफल हुन पुग्नुहुन्छ । त्यस्तै जब तपाईँ शील साधनालाई बारम्बार भङ्ग गर्नुहुन्छ तब तपाईँको सङ्कल्प शक्ति क्षय हुन पुगी ग्लानीले भरिन पुग्नुहुन्छ । जब तपाईँमा सङ्कल्प शक्ति कमजोर हुन्छ तब निर्वाण जस्तो दुरुह साधना सफल हुनै सक्दैन ।

त्यसैले धर्मचक्र साधनाको प्रारम्भिक चरणमा तपाईँले पञ्चशील ग्रहण गर्नुपर्ने हुन्छ । अर्थात् हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुठ नबोल्ने र मादक पदार्थ सेवन नगर्ने कर्महरूप्रति सङ्कल्प लिनुपर्ने हुन्छ ।

जब तँपाई बुद्धसाहित्यलाई अध्ययन गर्नुहुन्छ तँपाई देख्नुहुन्छ कि जतिजति साधकले साधनामा प्रगति गर्दै जान्छ त्यतित्यति शीलहरू पनि थपिँदै जान्छन् । यसैले गर्दा बुद्धसाहित्यमा आठ शील, दस शील आदि उल्लेख गरिएको पाइन्छ । भगवान् बुद्धले भिक्षुहरूलाई २२७ शील र भिक्षुणीहरूलाई ३११ अनुशासन वा शीलका नियम प्रदान गर्नुभएको कुरा विनय पिटकमा उल्लेख गरिएको छ । भगवान्ले नै साधक साधिकालाई यति धेरै शीलका नियम प्रदान गर्नुभएकाले निर्वाण साधनामा शील साधनाको कति बढी महत्व छ भन्ने कुरा आफैँ प्रष्ट हुन आउँछ । स्पष्ट छ– जबसम्म तपाईँ शील र सदाचारलाई जीवनमा उतार्न असमर्थ रहनुहुन्छ अर्थात् जबसम्म तपाईँ अनियन्त्रितरूपमा निकृष्ट सांसारिक कर्महरूमा विचरण गरिरहनुहुन्छ तबसम्म तपाईँमा धर्मचक्र उत्पत्ति हुनै सक्दैन, तपार्इँ साधनामा सफल हुनै सक्नुहुन्न । त्यसैले सर्वप्रथम पञ्चशीललाई ग्रहण गर्नुहोस् । भगवान्ले निषेध गर्नुभएका कर्महरू नगर्ने प्रतिज्ञा गर्नुहोस् । पञ्चशील ग्रहणपश्चात् तपाईँ प्रत्यक्ष धर्मचक्र साधनामा प्रवेश गरीरहनुभएको छ भने तथ्यप्रति स्पष्ट हुनुहोस् ।

शील साधनाको चर्चा गर्दा यदि तँपाई निर्वाण साधनाको गम्भीर साधक हुनुहुन्छ भने तपाईँ सम्यक कर्म, सम्यक वाणी, सम्यक आजिविकामा छिपेका मर्मप्रति उदासीन रहन सक्नुहुन्न । तसर्थ जब बिहानबेलुका एकएक घण्टा गरिने साधनालाई समाप्त गर्नुहुन्छ तत्पश्चात् पनि कर्म, वाणी र आजिविका सम्पूर्ण क्षणमा साधनारत रहने प्रयास गर्नुहोस् । निर्वाण प्राप्त गर्ने असाधारण साधकले कर्म, वाणी र आजिवकाका सम्पूर्ण क्षणमा सम्यक वा न राग न द्वेषको स्थितिमा रहन सकेकाले नै त्यस्तो अवस्था प्राप्त गर्न सकेका हुन् भन्ने तथ्यप्रति स्पष्ट हुनुहोस् ।

पञ्चशील ग्रहण धर्मचक्र साधनाको प्रथम कदम हो । यस क्षणबाट नै तपाईँ आर्य अष्टाङ्गमार्ग साधनाका आठ साधनामध्ये तीन साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजिविका) जीवनमा उतार्न थालिसक्नुभएको छ भन्ने तथ्यप्रति पनि सचेत हुनुहोस् । आफूले धम्मका शाश्वत नियमहरूमा साधनाका संस्कारबीज छर्न थालेको छु भन्ने तथ्य बोध गर्नुहोस् । पञ्चशील ग्रहणपश्चात् धर्मचक्र साधनाको प्रारम्भमा आसन ग्रहण गरिन्छ । त्यसैले आसन ग्रहणका लागि तयारी गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 390 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 252 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 285 0
सद्गुरुको खोजी 1/12/2023 279 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 285 0
गुरु अलार कालमसँग भेट 1/12/2023 346 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 276 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 280 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 213 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 247 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 245 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 289 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 282 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 247 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 739 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 274 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 350 0
उपक आजीवनसँग भेट 1/13/2023 283 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 322 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 303 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 285 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 319 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 339 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 387 0
चार आर्य सत्य 1/13/2023 413 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 340 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 300 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 282 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 429 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 275 0
दुःख समुदय आर्य सत्य 1/13/2023 337 0
दुःख निरोध आर्यसत्य 1/13/2023 286 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 310 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 443 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 298 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 284 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 307 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 272 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 237 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 336 0
आसन ग्रहण 1/13/2023 273 0
आनापानसति 1/13/2023 300 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 319 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 303 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 279 0
कायानुपश्यना 1/13/2023 248 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 303 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 316 0
चित्तानुपश्यना 1/13/2023 319 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 240 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 265 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 294 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 263 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 265 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 305 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 294 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 299 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 292 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 286 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 240 0
दसौँचरण-अनित्य बोध 1/13/2023 257 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 322 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 234 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 352 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 309 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 267 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 270 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 255 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 374 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 294 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 243 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 256 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 267 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 332 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 314 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 545 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 415 0