धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

आनापानसति साधनाको निरन्तरता

0 टिप्पणीहरू 302 आगन्तुकहरू

अब तपाईँ आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् । यस क्रममा आसन ग्रहणपश्चात् जब तपाईँ आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ तब यस साधनालाई ४–५ मिनेटसम्म निरन्तरता दिइरहनुहनुहोस् । (स्मरणरहोस् विपश्यनाको १० दिवसीय साधना शिविरमा आनापानसति साधना लगातार तीन दिनसम्म गरिन्छ । तत्पश्चात् साधक विपश्यना साधनामा प्रवेश गर्छ )।

तँपाई जागरुक भएर श्वास लिनुहोस् र जागरुक भएर श्वास छोड्नुहोस् । लामो श्वास आउँदा मात्र लामो श्वास आइरहेकोे छ भनेर जान्नुहोस् । लामो श्वास जाँदा लामो श्वास गइरहेको छ भनेर यथाभूतरूपमा जान्नुहोस् । छोटो श्वास भित्र आउँदा छोटो श्वास आइरहेको छ भनेर जान्नुहोस् । छोटो श्वास बाहिर जाँदा छोटो श्वास गइरहेको छ भनेर जान्नुहोस् । दाँया नासिकाबाट श्वास आउँदा वा जाँदा दाया नासिकाबाट श्वास आइरहेको छ, गइरहेको छ भनेर राम्रोसँग जान्नुहोस् ।
बाँया नासिकाबाट श्वास आउँदा वा जाँदा बायाँ नासिकाबाट श्वास आइरहेको छ र गइरहेको छ भनेर जान्नुहोस् । नासिकाबाट तातो वा चिसो श्वास आउँदा वा जाँदा तातो वा चिसो श्वास आइरहेको वा गइरहेको छ भनेर जान्नुहोस् । श्वासप्रश्वासका यी सम्पूर्ण प्रक्रियालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्नुहोस् । श्वासप्रश्वासका यी स्थितिमा कुुनै पनि किसिमको हस्तक्षेप नगर्नुहोस् ।

जब श्वासले लय समात्छ तब श्वासले लय समातिरहेको छ भनेर जान्नुहोस् । जब श्वासको लय नष्ट हुन्छ तब श्वासको लय नष्ट भएको छ भनेर जान्नुहोस् । नदी किनाराका यात्रीले नदीको प्रवाहलाई अवलोकन गरे जस्तै तटस्थ भावले अवलोकन गर्नुहोस् । जब आनापानसतिमा मन चञ्चल भई ध्यान भङ्ग हुन्छ तब मेरो साधना भङ्ग भएको छ भनेर यथाभूतरूपमा जान्नुहोस् तर त्यस्तो क्षणमा निराश, व्याकुल आदि नबन्नुहोस् । अपितु चञ्चल मनलाई पुनः श्वासप्रश्वासमा केन्द्रित गराउनुहोस् । श्वासप्रश्वासका सम्पूर्ण स्थितिमा बोधपूर्ण बन्नुहोस् । कुनै प्रतिक्रिया नगरी मात्र बोध गर्नुहोस् ।

आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस्

जब तँपाई यसरी श्वासप्रश्वासप्रति जागरुक र समभावी बनिरहनुहुन्छ त्यतिबेला धम्मका शाश्वत नियमहरूका कारण तँपाईको चित्तमा जागरुक, समभाव आदि साधनाबीज सङ्ग्रहित र विस्तारित भइरहेका हुन्छन् । त्यसैले तपाईँको बेहोश भई विषयहरूमा डुलिरहने मनको स्वभाव शनैःशनैः क्षय भइरहेको छ भन्ने तथ्यप्रति सचेत हुनुहोस् र आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् ।

जब तपाईँ यसरी आनापानसति साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब पेट, छाती वा कायका अङ्गहरू फुल्दै र खुमचिँदै गएको जस्ता अनुभूति प्राप्त गर्नुहुन्छ । काय र चित्त शान्त हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । यतिबेला कायका अनेक भागमा अनेक प्रकार संवेदना (चिलाएझैँ, पोलेझैँ, शीतल भएझैँ आदि) उत्पन्न भइरहेको अनुभूति पनि प्राप्त गर्नुहुन्छ तर काय क्षेत्रका यी अनुभूतिप्रति कुनै किसिमको प्रतिक्रिया नजनाउनुहोस् । राम्रो वा नराम्रो भनेर विभाजन नगर्नुहोस् । खुसी र दुखी हुने पनि नगर्नुहोस् । मात्र प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रति साक्षीभावपूर्ण भइरहनुहोस् । धम्म (प्रकृति) का शाश्वत नियमहरूले जब कुनै साधनाबीज प्राप्त गर्छन् त्यस बीजलाई कसरी सङ्ग्रह गर्छन्, कसरी विस्तार गर्छन् आदि तथ्यप्रति स्पष्ट हुनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 390 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 252 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 285 0
सद्गुरुको खोजी 1/12/2023 277 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 285 0
गुरु अलार कालमसँग भेट 1/12/2023 346 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 274 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 280 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 213 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 247 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 245 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 289 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 282 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 247 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 739 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 274 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 350 0
उपक आजीवनसँग भेट 1/13/2023 283 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 322 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 301 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 285 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 319 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 339 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 387 0
चार आर्य सत्य 1/13/2023 411 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 340 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 300 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 282 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 429 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 273 0
दुःख समुदय आर्य सत्य 1/13/2023 335 0
दुःख निरोध आर्यसत्य 1/13/2023 284 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 310 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 443 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 298 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 284 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 307 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 237 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 336 0
आसन ग्रहण 1/13/2023 273 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 240 0
आनापानसति 1/13/2023 298 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 319 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 277 0
कायानुपश्यना 1/13/2023 246 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 303 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 316 0
चित्तानुपश्यना 1/13/2023 317 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 238 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 265 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 292 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 263 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 305 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 292 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 297 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 292 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 286 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 238 0
दसौँचरण-अनित्य बोध 1/13/2023 255 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 322 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 234 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 352 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 307 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 267 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 270 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 255 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 374 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 294 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 243 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 256 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 267 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 332 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 314 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 545 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 415 0