अर्थात् कायको भित्री–बाहिरी क्षेत्रको कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रहरूमा संवेदनाका अनुभूति प्राप्त हुनु ।
विपश्यना साधनाको यस चरणको साधना हो कायको भित्र, बाहिर सर्वत्र उत्पन्न संवेदनहरूमाथिको साधना । यस चरणमा तपाईँ कायको भित्री वा बाहिरी भाग (सर्वत्र) संवेदनाहरूको बोध प्राप्त गर्नुहुन्छ । जब साधनामा कायको सम्पूर्ण बाह्य क्षेत्र र सम्पूर्ण भित्री क्षेत्रमा संवेदना उत्पन्न हुन्छन् यस्तो स्थितिमा पनि जब तपार्इँ साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब शनैःशनैः कायको भित्र, बाहिर, सर्वत्र स्थूलपना वा जडपन नष्ट भएर संवेदनाहरू उत्पन्न भएको बोध प्राप्त गर्नुहुन्छ ।
शरीरमा जब यसरी कायको भित्रीबाहिरी भाग (सर्वत्र) मा एकैसाथ संवेदनाहरू उत्पतिको बोध हुन्छ यस्तो स्थितिमा तपाईँ यी संवेदनाप्रति मात्र जागरुक र मात्र स्मृतिवान् बन्नुहुन्छ । यसरी तपाईँ कायको भित्र, बाहिर सर्वत्र विपश्वी भएर विहार गर्नुहुन्छ ।