संस्कार वा गूण प्रकटिकरणको नियम धम्म वा प्रकृतिको त्यो श्वाशत नियम हो, जुन नियमको कारण तँपाईको मूल गूण स्वतः प्रकट हुन्छ । वा तँपाईको मूल गूण (स्वभाव, प्रकृति) आदि स्वतः तँपाईको विचार, व्यवहार, कर्म आदिमा प्रकट हुनपुग्दछ । जब तँपाईमा सर्वप्रथम संस्कार वा विज संग्रहको नियमको कारण प्रथम संस्कार विजको संग्रह हुन्छ, जब तँपाईको प्रथम संस्कार विज विस्तारको नियमको कारण विस्तारित हुँदै जान्छ, त्यो संस्कार अत्यन्त शक्तीशाली बनी तँपाईको गूूण, बन्दछ, जब प्रथम साधारण संस्कार विज तँपाईको गूण बन्दछ त्यो क्षणमा प्रकृतिको गूण प्रकृटीकरण श्वाशत नियमको कारण तँपाईको यो गूण स्वतः तँपाईको विचार, कर्म, व्यक्तित्व आदिमा प्रकट हुन थाल्दछ । तँपाईले जबरजस्ती रोक्न प्रयास गरे पनि धम्मको यो नियमको कारण तँपाईको गूण स्वतः प्रकट भइरहन्छ ।
यर्थाथमा तँपाईको जिवनको केन्द्रमा यहि संस्कार वा विज प्रकटीकरणको नियम रहेको छ । तँपाईको जिवनको स्थिति नै यस्तो छ कि तँपाईको जिवनमा प्रतिक्षण गूण नै प्रकट भएरहेको छ । तँपाईको जिवनमा गूण→ गूण प्रकटीकरण→गूण अनुरुप विचार कर्म आदि→ पुन गूण विस्तार→ पुन गूण प्रकटीकरण→ पुन गूण अनुरुपको विचार, कर्म आदि……..को एक अन्तहीन चक्र चलीरहेको छ । यहि चक्रको कारण नै तँपाईले वर्तमान जिवनमा दुखचक्र र मृत्यु पश्चात भवचक्र, लोकचक्र आदि प्राप्त गरीरहनुभएको छ ।
निर्वाण साधना दृष्टिले पनि संस्कार वा गूण प्रकृटीकरण प्रकृतिका नियमको असाधारण महत्व छ किनकी जब तँपाई विपश्यना साधनालाई बारम्बार दोहो¥याइरहनुहुन्छ, यो श्वाशत नियमको कारण नै विपश्यना साधना नै तँपाईको मूल गूण बन्नपुग्दछ । जब विपश्यना साधना नै तँपाईको मूल गूण बन्दछ, त्यो स्थितिमा गूण प्रकृटिकरणको नियमको कारण तँपाई बारम्बार विपश्यना साधनामा प्रवेश गरीरहनुहुन्छ । अन्ततः प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाई निर्वाण लक्ष्यतर्फ शनै शनै बढ्नुहुन्छ । धम्मपदमा भगवान्ले प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिकरुपमा उल्लेख गर्नुभएका गूण प्रकटीकरण श्वाशत नियमको केही उदाहरुणहरु
सेलो यथा एकघनो, बातेन न समीरति ।
एवं निन्दापसंसासु, न समिञ्जन्ति पण्डिता ।।८१।।
जसरी साह्रो चट्टानको पहाड हुरी—बतासले डग्दैन हल्लिँदैन, त्यसरी नै (गूण प्रकटीकरण नियमको कारण) असली पण्डितहरु निन्दा र प्रशंसाबाट विचलित हुँदैनन् ।
यथापि रहदोे गम्भीरो, विप्पसन्नो अनाविलो ।
एवं धम्मानि सुत्वान, विप्पसीदन्ति पण्डिता ।।८२।।
पानीको गहिरो पोखरी वा रह जसरी शान्त र निर्मल हुन्छ त्यसरी नै (गूण प्रकटीकरण नियमको कारण नै) धर्मका कुरा सुनेर पण्डितहरु निश्चल शान्त रहन्छन् ।
गतद्धिनो विसोकस्स, विप्पमुत्तस्स सब्बधि ।
सब्ब गन्थप्पहीनस्स, परिलाहो न विज्जति ।।९०।।
जसले आफ्नो यात्रा र बाटो पूरा गरिसकेको छ, जो शोकरहित एवं सबै प्रकारले विमुक्त छ, जसले सबै बन्धन चुँडालिसकेको छ, (गूण प्रकटीकरण नियमको कारण) त्यस्तालाई राग द्वेष र सन्तापरुपी जरो आउँदैन ।
अत्तना व कतं पापं, अत्तजं अत्तसम्भवं ।
अभिमत्थति दुम्मेधं, वजिरं व्’स्ममयं मणिं ।।१६१।।
(संस्कार वा गूण प्रकटीकरण नियमको कारण) आफैमा उत्पन्न, आफैबाट निर्मित तथा आफैबाट परिपोषित पापले दुर्बुद्धिका मानिसलाई यसरी हुँडल्छ पिरोल्छ जसरी ढुङ्गाबाट बनेको वज्रले ढुङ्गाको मणिलाई रगेट्दछ टुक्रा पार्दछ ।
उय्य्ञ्जन्ति सतीमन्तो, न निकेते रकन्ति ते ।
हंसा व पल्ललं हित्वा, ओकमोकं जहन्ति ते ।।९१।।
गूण प्रकटीकरण नियमको कारण जागरुक स्मृतिमान् मानिसहरु प्रगतिको प्रयास गर्दछन् । उनीहरु घरमा रमाउँदैनन् । एक पछि अर्को घर त्याग्दै जान्छन् । जसरी हाँसहरुले तलाउ÷पोखरी छोडेर जाने गर्छन् ।
न वे कदरिया देवलोकं वजन्ति, बाला ह वे न–प्पसंसन्ति दानं ।
धीरो च दानं अनुमोदमानो, तेन्’एव सो होति सुखी परत्थ ।।१७७।।
गूण प्रकटीकरण नियमको कारण कन्जुस छुचा मान्छे देवलोक जाँदैनन्, मूर्खहरु निश्चय नै दानको प्रशंसा गर्देनन्, धैर्यवान् पण्डितहरु दानलाई अनुमोदन गरेकै कारण परलोकमा सुखी हुन्छन् ।
धम्मपदका अन्य श्लोकहरु साथै अन्य त्रिपीटक ग्रन्थहरुमा पनि भगवान्ले गूण प्रकटीकरणको नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिक रुपमा व्याख्या गर्नुभएको छ, निर्वाण अभीलाषी साधकहरु स्व अध्ययनद्धारा यो नियमप्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।