प्रतित्यसमुत्पाद तपाईँको जीवनमा क्रियाशिल धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जून नियमले तपाईँको जीवन सत्तामा रोपीएको एउटा कारण (बीज)को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त नभई यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरी कारण–परिणाम–कारण–परिणाम वा बीज–फल–बीज–फल रुप एक श्रृङ्खला वा चक्र उत्पन्न गर्दै तपाईँको जीवनमा अनेक परिणाम दिँदै जान्छ । प्रतित्यसमुत्पाद नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यस्तै फल प्राप्त हुने नियम पनि भनिन्छ ।
प्रतित्यसमुत्पादको शाश्वत नियम क्रियाशील रहेको जीवनमा जब तपाईँले छ वटा इन्द्रियहरू र तिनका विषयहरूका मिलनबाट उत्पन्न हुने दुःखद संवेदना (दुःखः, पिर, भय, निराशा, पश्चात्ताप आदि) र सुखद संवेदना (खुसी, हर्ष, आशा, सफलता आदि) लाई भोग गर्नुहुन्छ तब चित्तमा छिपेको धम्मको शाश्वत नियमका कारण तपाईँमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) को जन्म हुन्छ ।
जब यसरी तपाईँमा संस्कारबीज उत्पत्ति हुन्छ तब तपाईँको चित्तमा छिपेको प्रतित्यसमुत्पादको शाश्वत नियमले यस संस्कारबीजलाई प्राप्त गर्छ । जब यस नियमले यसरी संस्कारबीज प्राप्त गर्छ तब यस नियमले एउटा संस्कारबीजको अनेक परिणाम चक्रीयरूपमा प्रदान गर्दै जान्छ । फलतः तपाईँ अन्तहीन दुःखचक्र, लोकचक्र र भवचक्रमा फसिरहनुुहुन्छ । र प्रतित्यसमूत्पादको यहि नियमले शुद्ध सम चित्तको संस्कार विज प्राप्त गर्दा निर्वाण चक्र उत्पन्न गर्दछ । यो तथ्यको व्याख्या अध्याय दुईमा गरीसकिएकोले यहाँ पुन व्याख्या गरीएको छैन ।
तल भगवान्ले धम्मपदका विभिन्न श्लोकहरुमा उल्लेख गर्नुभएको प्रतीत्य समूत्पादको श्वाशत नियम वा जे विज रोप्यो त्यहि अनुरुपको फल प्रदान गर्ने नियमको केही उदाहरणहरु राखीएका छन् ।
कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।
जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ, त्यसरी नै राम्ररी ग्रहण नगरीएको श्रामण्यले प्रतित्य समूत्पाद नियमको कारण नरकतिर लैजान्छ ।
अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।
जून कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्दछ त्यसमा लाज नमान्न, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्ति गर्दछन् ।
अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।
जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्दछ त्यसमा डर नमान्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्त गर्दछ ।
अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।
जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्त गर्दछन् ।
वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।
वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने प्राणीले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण सद्गति प्राप्त गर्दछन् ।
मधु’वा मञ्ञति बालो, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ बालो दुक्खं निगच्छति ।।६९।।
पापकर्महरु परिपक्व भएर तिनको परिणाम नआउँदासम्म मूर्खले पापकर्मलाई महजस्तै गुलियो ठान्दछ । प्रतित्य समूत्पाद नियमको कारण पापका नतिजाहरु आउन÷देखिन हुन थालेपछि त्यो मूर्ख दुक्खले सन्तप्त हुन्छ ।
पेमतो जायती सोको, प्रेमतो जायती भयं,
पेमतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१३।।
प्रतित्य समूत्पाद नियमको कारण माया/प्रेमबाट शोक उत्पन्न हुन्छ, माया÷प्रेमबाट भय उत्पन्न हुन्छ । जो माया/प्रेमबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डरं ?।
रतया जायती, रतीया जायती भयं ।
रतिया विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१४।।
प्रतित्य समूत्पाद नियमको कारण रति÷आसक्तीबाट शोक उत्पन्न हुन्छ, रति÷आसक्तिबाट भय उत्पन्न हुन्छ । जो रति/आसक्तिबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डर ?।
कामतो जायती सोको, कामतो जायती भयं ।
कामतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१५।।
प्रतित्य समूत्पाद नियमको कारण काम–वासनाबाट शोक उत्पन्न हुन्छ, काम–वासनाबाट भय उत्पन्न हुन्छ । जो काम–वासनाबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डर ?।
तण्हाय जायती सोको, तण्हाय जायती भयं ।
तण्हाय विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१६।।
प्रतित्य समूत्पाद नियमको कारण तिर्सनाबाट शोक उत्पन्न हुन्छ, तिर्सनाबाट भय उत्पन्न हुन्छ । जो तिर्सनाबाट विमुक्त छन् तिनलाई गूण प्रकटीहरणको कारण कुनै शोक हुँदेन अनि फेरि कहाँको डर ?।
अयसा व मलं समुट्ठितं, तदुट्ठाय तम् एव खादति ।
एवं अतिधोनचारिनं, सककम्मानि नउन्ति दुग्गतिं ।।२४०।।
प्रतित्य समूत्पाद नियमको कारण जसरी खियाले फलामबाट उब्जेर फलामलाई नै खाइदिन्छ त्यसै गरी सदाचारको उल्लङ्घन गर्ने व्यक्तिलाई आफैबाट भएका कर्मले आफैलाई खाई दुर्गतिमा पु¥याउँदछन् ।