शिष्य प्रार्थना

0 टिप्पणीहरू 692 आगन्तुकहरू

भक्तिपूर्वक गुरुलाई कसरी प्रार्थना गरिन्छ र जिज्ञाशा राखिन्छ ?

स्वामिमिन्नमस्ते नतलोकबन्धो कारुण्यसिन्धो पतितं भवाब्धौ ।
मामुद्धरात्मीयकटाक्षदृष्ट्या ऋज्ब्यातिकारुण्यसुधाभिवृष्ट्या ।। ३७ ।।

हे प्रभु ! हे शरणागतका वन्धु ! हे दयासागर ! हजुरलाई नमस्कार छ । यो संसाररूपी सागरमा डुबेको मलाई आफ्नो सरल तथा अत्यन्तकरूणामयी अमृतको वर्षाजस्तो कृपादृष्टिबाट उद्धार गर्नुहोस् । ।।३७।।

यो श्लोकमा संसाररूपी भवसागर जहाँ वासनासिर्जित दुःख, चिन्ता, व्याधी, रोग, जन्म, मृत्यु आदि अनेकौं अनर्थहरूले भरिएर सम्पूर्ण मनुष्य आक्रान्त छन् । यो भवसागरबाट सधैंका लागि मुक्त हुने गहन अभिष्ट राख्दै मुमुक्षु सद्गुरुलाई भन्दछ — हे गुरु ! हे स्वामी ! हे शरणमा आएका सम्पूर्ण भक्तहरूका प्रेम, दया र करूणासागर ! सर्वप्रथम म हजुरलाई दुई हात जोडी शिर झुकाएर प्रणाम गर्दछु । (शास्त्रअनुसार नमस्कारको अर्थ म तपाईंमा निहित आत्मालाई सम्मान गर्दछु भन्नु हो ।) ।

हे प्रभु ! म यो संसाररूपी दुःखको महासागरमा डुबेर व्यथित भएको छु । म सधैंको लागि यो भवसागरबाट मुक्त भएर जन्म–मृत्युको चक्रबाट छुटकारा पाउन चाहन्छु । हे गुरुदेव ! कृपया गरी मलाई शरणमा लिनुहोस् । कृपा गरी मलाई मार्ग प्रदर्शन गर्दै यो भवसागरबाट मुक्त गर्नुहोस् । म यहाँको आश्रयमा आएको छु । श्लोक ३३ मा पनि मोक्षका साधकहरूले साधन चतुष्ट्य सिद्धि गरिसकेपछि मात्र सद्गुरुको शरणमा गएर पूर्ण ब्रह्मतङ्खव बोध नभएसम्म साधनालाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ । सद्गुरुको सहयोगले लक्ष्यप्राप्ति अत्यन्त सहज बन्दछ ।

दुर्वारसंसारदवाग्नितप्तं दोधूयमानं दुरदृष्टवातैः ।
भीतं प्रपन्नं परिपाहि मृत्योः शरण्यमन्यं यदहं न जाने ।। ३८ ।।

अनिवारणीय संसाररूपी दानाबल (डढेलो) बाट दग्ध तथा पापरूपी प्रबल आँधीबाट कम्पित अनि मृत्यबाट भयभीत भई हजुरको शरणमा आएको मलाई मृत्युबाट रक्षा गर्नुहोस्, म हजुरबाहेक अन्य रक्षकलाई जान्दिनँ । ।।३८।।

माथिको श्लोकले मुमुक्षुको हृदयबाट निस्किएको चित्कारपूर्ण प्रार्थना र मोक्षप्रतिको तीव्र इच्छालाई प्रतिबिम्बित गर्दछ । यस श्लोकमा मुमुक्षुले सद्गुरुलाई विनम्रतापूर्वक नमस्कार गर्दै गुरु शरणमा गई आश्रय र मार्ग प्रदर्शन गर्न हृदयदेखि नै व्याकुल भएर प्रार्थना गर्दै भन्दछ – हे गुरुदेव ! म निवारण गर्न असम्भव (अनिवारणीय) चारैतर्फ वनको डढेलोझैं फैलिई जीवनलाई दग्ध गरिरहेको संसाररूपी वासनाहरू र मेरो मनभित्र उर्लिरहेका पापरूपी प्रबल वासनाको अाँधीहरूद्वारा अत्तालिएर, निस्सासिएर कम्पित भइरहेको छु । म जीवनका इच्छाहरू र वासनाहरूबाट थकित, व्यथित अनि सताइएको छु । लाग्दछ, यिनै इच्छा–वासनाहरूबाट प्रताडित हुँदै यिनैबाट मेरो मृत्यु हुनेछ । म भयभीत भई हजुरको शरणमा आएको छु । प्रभु ! म यो अवस्थाबाट मुक्ति चाहन्छु ।
हजुरको सद्वचन, उपदेश र मार्गप्रदर्शन विना सांसारिक वासना, इच्छाहरूको कहिल्यै ननिभ्ने अग्निबाट मुक्ति हुन असम्भव छ । हे प्रभु ! हजुरबाहेक कसैले मलाई यो जीवनरूपी वासनामय मृत्युमय खाडलबाट निकाल्न सक्दैन । हजुरको शरणमा पर्दछु, म हजुरबाहेक अर्को कुनै रक्षकलाई जान्दिनँ ।

शान्ता महान्तो निवसन्ति सन्तो वसन्तवल्लोकहितं चरन्तः ।
तीर्णाः स्वयं भीमभवार्णवं जनानहेतुनान्यानपि तारयन्तः ।। ३९ ।।

जो स्वयं भयंकर संसारसागरबाट तरिसक्नु भएको छ, अनि विनाकारण (करूणावश) अन्य मनुष्यलाई पनि भवसागर तारिदिँदै, वसन्त ऋतुजस्तै लोकहितको आचरण गर्दैै शान्त सज्जन पुरुषझैं निवास गर्नुहुन्छ । ।।३९।।

वसन्त ऋतुमा वृक्षहरूको पुर्नजन्म हुन्छ । वृक्षहरूमा हरिया लताहरू, फूल, फल अनि वातावरणमा शीतल कान्ति तथा मधुर वास्नाहरू फैलिन्छन् । वसन्त ऋतुले वृक्षहरूलाई पुर्नजन्म दिएर, वातावरणमा नयाँ कान्ति सिर्जना गरेर लोकहित गर्दछ, यो कार्य अन्य ऋतुहरूले गर्न सक्दैनन् । यो श्लोकमा सद्गुरुको स्वभाव वर्णन गरिएको छ । भनिएको छ – सद्गुरु जो स्वयं मोक्ष साधनाद्वारा भवसागर तरेर ब्रम्हलीन भइसक्नु भएको छ ।

ब्रह्मलीन भएकै कारण हृदयमा करूणाको निर्झर झरना झरिरहेको छ । मुक्तपुरुष भएकाले उहाँको लोककर्तव्य केही शेष रहँदैन । फेरि संसारको भवसागरमा दुःख, चिन्ता, व्यथा, व्याकुलता, रोग, बुढ्यौली, व्याधि अनि जीवन–मृत्युको चक्रमा अज्ञानले फसिरहेका मनुष्यको विह्वल स्थिति देखेर करूणामय भई मनुष्यहरूलाई अनेकन उपदेश, आत्मज्ञानरूपी विद्या दिँदै वसन्त ऋतुले वृक्षलाई पुर्नजन्म दिएजस्तै मनुष्यजनलाई पुर्नजन्म दिई संसारको भवसागरदेखि तार्नुहुन्छ । इतिहासका कृष्ण, राम, बुद्ध, जिसस् आदि महापुरुषहरूले मुक्त भएपछि करूणाप्रेरित भएर मानव जातिलाई आत्मज्ञानको शिक्षा बाँडेका थिए । वेद, उपनिषद्, गीता र आदि शंकराचार्यको किर्ति, विवेक, चुडामणि पनि मनुष्यको कल्याण होस् भनी करूणाले प्रेरित भएर लेखिएका पुस्तकहरू हुन् ।

अयं स्वभावः स्वत एव यत्परश्रमापनोदप्रवणं महात्मनाम् ।
सुधांशुरेष स्वयमर्ककर्कशप्रभाभितप्तामवति क्षितिं किल ।।४०।।

सूर्यको प्रचण्ड तेजद्वारा तप्त पृथ्वीलाई चन्द्रमाले शीतल पारेझैं महात्मा (ज्ञानी) हरूको स्वभाव नै स्वतः (व्यग्र भई) अरू (शरणागत मुमुक्ष) को दुःखकष्ट निवारण गर्छ । ।।४०।।

स्वभावको अर्थ निहित प्राकृतिक गुण हुन्छ । सूर्यको किरणहरू स्वभावले रापिला, तेजिला, प्रकाशमय छन् । त्यस्तै चन्द्रमा वा चन्द्रकिरण प्राकृतत् स्वभावले नै शीतल छन् । स्वभावले नै अग्निले पोल्दछ, जलले भिजाउँछ । स्वयंमा निहित गुणले गर्दा (चाहेर, नचाहेर) चन्द्रमाका शीतल किरणहरूले सूर्यद्वारा तप्त धरतीलाई शितलता प्रदान गर्दछ ।

जसमा जस्तो स्वभाव छ, त्यो स्वतः प्रतिबिम्बित हुन्छ, प्रकट हुनबाट रोक्न सकिँदैन । सूर्यको प्रचण्ड तेजले तप्त धरतीलाई चन्द्रमाले शीतलता प्रदान गरेझैं आफ्नै स्वभावले महात्माले पनि शरणागत भक्तलाई आश्रयमा लिई संसारका सम्पूर्ण दुःखकष्टबाट मुक्त गर्दछन् ।

ब्रह्मानन्दरसानुभूतिकलितैः पूतैः सुशीतैः सितै– र्युष्मद्वाक्कलशोज्झितैः श्रुतिसुखैर्वाक्यामृतैः सेचय ।
सन्तप्तं भवतापदावदहनज्बालाभिरेनं प्रभो धन्यास्ते भवदीक्षणक्षणगतेः पात्रीकृताः स्वीकृताः ।।४१।।

हे प्रभु ! प्रचण्ड सांसारिक दानावल (डढेलो) को ज्बालाबाट सन्तप्त यो दुःखीलाई हजुरले आफ्नो ब्रह्मनन्द रसको अनुभवसम्पन्न निर्मल, पवित्र, एवं कर्णप्रिय वचनअमृतद्वारा सिञ्चित (शान्त) गरिदिनुहोस् । ती साधकहरू धन्य हुन् जसमाथि हजुरको करूणा दृष्टि पर्दछ, अनि हजुरले शिष्यको रूपमा स्वीकार गर्नुहुन्छ । ।।४१।।

यो श्लोकमा मुमुक्षुको मोक्षप्रतिको तीव्र चाहना र गुरुप्रतिको गहिरो श्रद्धा झल्किन्छ । साधक भन्दछन् – हे प्रभु ! म संसाररूपी डढेलोको ज्बालाबाट दग्ध भएर, यो संसारको अन्तहीन व्यथासागरबाट आकुलव्याकुल भएर हजुरको शरणमा आएको छु । म दुःखी छु, प्रभु ! मेरो कल्याण गर्नुहोस् ।

हजुर स्वयं ब्रह्मनन्द अवस्था प्राप्त गरेर, ब्रह्मरसको अनुभूतिले पूर्ण हुनुहुन्छ । यो दीनदुःखी सांसारिक यातनाबाट व्यथित भएर शरण पर्न आएको छ । प्रभु ! मलाई हजुरको निर्मल, पवित्र, कर्णप्रिय ज्ञानका अमृत वचनहरूद्वारा सिञ्चित गर्नुहोस् । हजुरका वचनहरूलाई मैले आत्मसात गर्न सके भनेँ मेरो कल्याण सम्भव छ । ती साधकहरू जोप्रति हजुरको कृपादृष्टि प¥यो, ज—जसलाई हजुरले शिष्यको रूपमा स्विकार्नु भयो, तिनीहरू भाग्यमानी हुन् । जीवनमा सबै पुरुषलाई महापुरुषको सानिध्य प्राप्त हुँदैन ।

कथं तरेयं भवसिन्धुमेतं का वा गतिर्मे कतमोऽस्त्युपायः ।
जाने न किञ्चित्कृपयाव मां भोः संसारदुःखक्षतिमातनुष्व ।।४२।।

म यो संसार सागर कसरी तर्न सक्दछु ? मेरो के गति होला ? संसार सागर तर्ने उपायहरू के के हुन् ? मलाई केही थाहा छैन । हे प्रभु ! कृपा गरी मेरो रक्षा गर्नुहोस् । सांसारिक दुःखलाई क्षरण गर्ने उपाय बताउनुहोस् । ।।४२।।

शिष्य अत्यन्त दीनहीन हुँदै, द्रवित हृदय लिएर गुरुका अगाडि प्रार्थना गर्दै भन्दछन् – प्रभु ! म संसार–सागरको भूमरीमा परेर प्रतिपल निस्सासिएको छु् । छट्पटिएको छु । कसरी यो संसार–सागर तर्न सक्दछु ? यदि संसारको भवसागरबाट तर्न सकिनँ भने मेरो के गति होला ? सायद म यसरी नै प्रताडित हुँदाहुँदै मर्नेछु । म अज्ञानीलाई केही थाहा छैन । हे प्रभु ! के गरेर यो संसार–सागर तरी यी अनिवारणीय दुःख, यातनाबाट मुक्ति पाइन्छ ? कृपा गरेर मलाई उपायहरू बताउनुहोस् । मेरो रक्षा गर्नुहोस् । म हजुरको शरणमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 647 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 794 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 919 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 557 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 498 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 588 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 627 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 638 0
वासना त्याग 1/15/2023 649 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 652 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 574 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 552 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0