आत्माको आनन्दङ्खवको युक्तिद्वारा व्याख्या गरिन्छ ।
आत्मार्थत्वेन हि प्रेयान् विषयो न स्वतः प्रियः ।
स्वत एव हि सर्वेषामात्मा प्रियतमो यतः ।।१०८।।
किनकि विषय स्वतः प्रिय हुँदैन तर आत्माको निमित्त प्रिय हुन्छ । यसकारण सबको स्वतः प्रियतम त आत्मा नै हुन्छ ।।।१०८।।
विषय स्वतः विषयरूप भएका कारणले कसैको प्रिय हुँदैन । यदि विषय स्वतः प्रिय हुने भए विषयको प्रियतामा कहिल्यै परिवर्तन आउन हुने थिएन । तर यथार्थतामा के देखिन्छ भने, विषयहरूलाई ग्रहण गरिसकेपछि पनि कैयन पुरुषहरूले विषयदोषको यथार्थबोध भएपछि विषयहरूलाई त्याग गरेका छन् । धन, पुत्र, पुत्रादि अनेकन विषयहरूको त्याग गरेर नित्य आनन्दको खोजीको प्रयास गरेका छन् । यदि विषय स्वतः मनुष्यलाई प्रिय हुने भए यस्तो अवस्था सिर्जना हुने थिएन । यथार्थमा सम्पूर्ण मनुष्यको प्रिय त आत्मा नै हुन्छ । विषयको आनन्द क्षणिक र परिवर्तनशील हुन्छ । आत्माको आनन्द नित्य छ ।
तत आत्मा सदानन्दो नास्य दुःखं कदाचन ।
यत्सुषुप्तौ निर्विषय आत्मानन्दोऽनुभूयते ।
श्रुतिः प्रत्यक्षमैतिह्यमनुमानं च जाग्रति ।।१०९।।
(यसकारण) आत्मा सदा आनन्दस्वरूप छ । उसमा दुःख कहिल्यै हुँदैन । किनकि सुषुप्तिमा विषयको अभाव भए पनि आत्मानन्दको अनुभूति हुन्छ । आत्माको सदानन्दरूपको बारेमा, श्रुति प्रत्यक्ष ऐतिहासिक र अनुमान प्रमाण विद्यमान छन् । ।।१०९।।
स्वरूपको कारणले नित्य आनन्द आत्मामा कहिल्यै कुनै दुःख हुँदैन । दुःख, सुख आदि मनका विषयहरू हुन् । आत्मामा नित्य आनन्द अनुभूति हुन्छ भन्ने प्रमाण सुषुप्ति अवस्थामा प्राप्त हुने आनन्दबाट प्रमाणित हुन्छ । सुषुप्तिमा विषयको अभाव भए पनि आनन्द अनुभूति हुन्छ । सुषुप्ति अवस्थामा जुन आनन्दको अनुभूति हुन्छ त्यो आत्माको आनन्द हो । यदि आत्मा दुःखमय वा स्वरूपले नै दुःखदायी भएको भए सुषुप्ति अवस्थामा आनन्द सम्भव थिएन । आत्मा सदानन्द स्वरूप छ भन्ने बारेमा श्रुति (वेद, उपनिषद् आदि), प्रत्यक्ष अनुभूति (सुषुप्ति, समाधि वा मोक्ष स्थितिको आनन्द अनुभूति), ऐतिहासिक (मोक्ष प्राप्त पुरुषहरूको वचन वा जीवनी) आदि विद्यमान छन् ।