स्थूल देह, सूक्ष्म देह, विषयहरू, तिनीहरूको धर्म र असंग आत्मा आदिको व्याख्यापछि कारण शरीरको निरूपण गर्न, मायाको वर्णन तल गरिन्छ ।
अव्यक्तनाम्नी परमेशशक्तिरनाद्यविद्या त्रिगुणात्मिका परा ।
कार्यानुमेया सुधियैव माया यया जगत्सर्वमिदं प्रसूयते ।।११०।।
परमेश्वरको शक्ति, अव्यक्त नाम गरेको, अनादि, अविद्या, तीन गुण (सङ्खव, रज, तम) भएको जुन माया छ, त्यसबाट नै सारा जगत्् उत्पन्न हुन्छ । विद्वान््हरू यस कार्यबाट नै यसको अनुमान गर्दछन् । ।।११०।।
स्थूल शरीर विषय, सूक्ष्म शरीर आदिको विस्तारपूर्वक व्याख्या गरिसकेपछि अब मायाको व्याख्या आरम्भ गरिएको छ । वेदान्तमा मायाको विशिष्ट महङ्खव छ । मायाका तीन गुणहरू (रज, तम, सङ्खव) मायाको स्वरूप मानिन्छ । मायालाई नै सृष्टिको कारण भनिन्छ ।
सर्वप्रथम, माया के हो ?
यो त्यस्तो शक्ति हो जसको चिन्तन (व्याख्या) गर्न असम्भव छ । प्रत्यक्षरूपमा प्राप्त नहुने हुनाले यसलाई अव्यक्त, आदि (सुरूवात) थाहा नभएकोले अनादि, कुनै सत्ता नभएकाले अविद्या मानिन्छ । मायाका (सङ्खव, रज, तम) तीन गुणहरू छन्, जुन यसको स्वरूप हो । यो नै सृष्टिको कारण हो । प्रत्यक्ष गोचर नभए पनि जसरी शब्द आदिबाट आकाश आदिको ज्ञान प्राप्त हुन्छ त्यस्तै यसको कार्य (सृष्टि) बाट नै मायाको अनुमान गर्नुपर्दछ । वेदान्त दर्शनअनुसार यदि मायालाई न मान्ने हो भने सृष्टिको व्याख्या गर्न सकिन्न ।
सन्नाप्यसन्नाप्युभयात्मिका नो भिन्नाप्यभिन्नाप्युभयात्मिका नो ।
सा·ाप्यन·ाप्युभयात्मिका नो महद्भुताऽनिर्वचनीयरूपा ।।१११।।
माया न सत् हो न असत् । यो न भिन्न हो, न अभिन्न, न (भिन्दाभिन्दै) दुई रूपको नै हो । यो न अंगसहित हो, न अंगरहित हो । यो अत्यन्त अद्भुत रूप हो । ।।१११।।
अघिल्लो श्लोकमा प्रारम्भ गरिएको मायाको व्याख्यालाई निरन्तरता दिँदै आदिगुरु भन्नुहुन्छ – यो माया (वा सङ्खव, रज, तम, गुणले बनेको) परम्ब्रह्माको शक्ति जुन सृष्टिको कारण हो) न त सत् हो न असत् नै हो । न त सत्–असत् दुवै हो । यो न ब्रह्मबाट भिन्न हो न ब्रह्मसँग अभिन्न हो । न त भिन्न–अभिन्न दुवै हो । अथवा यो अद्भुत र व्याख्या गर्न नसकिने रूप हो । यो अत्यन्त आश्चर्यरूप हो ।
शुद्धाद्वयब्रह्मविबोधनाश्या सर्पभ्रमो रज्जुविवेकतो यथा ।
रजस्तमसङ्खवमिति प्रसिद्धा गुणास्तदीयाः प्रथितैः स्वकार्यैः ।।११२।।
जसरी डोरीको ज्ञान भएपछि भ्रमपूर्ण सर्प लुप्त हुन्छ त्यसैगरी माया शुद्ध ब्रह्माको ज्ञानबाट नष्ट हुन्छ । मायाको तीनसङ्खव गुणहरू आ–आफ्नो कार्यबाट प्रसिद्ध छन् । ।।११२।।
साँझमा सर्पजस्तो देखिएको डोरीबाट प्रकाशको उपस्थितिमा सर्पभ्रम हटे जस्तै जब निर्गुण, अभेदरूप, शुद्ध ब्रह्मसँग मुमुक्षुको साक्षात्कार हुन्छ, जब शुद्ध ब्रह्मतङ्खवको ज्ञान प्राप्त हुन्छ, तब माया नष्ट हुन्छ । माया तम, रज र सङ्खव आ—आफ्नो धर्म (गुण) अनुसारको कर्मबाट प्रसिद्ध छन् । पछिल्ला श्लोकहरूमा मायाका यी तीन गुणहरूको गुण र यिनीहरूको कर्मको बारेमा विस्तृत व्याख्या गरिएको छ ।



