रज, तम र सङ्खव गुणका कार्यको व्याख्या रजोगुणबाट गरिएको छ ।
विक्षेपशक्ती रजसः क्रियात्मिका यतः प्रवृत्तिः प्रसृता पुराणी ।
रागादयोऽस्याः प्रभवन्ति नित्यं ंदुःखादयो ये मनसो विकाराः ।।११३।।
रजोगुणको विक्षेपशक्ति क्रियात्मक छ, जसबाट अनादिकालदेखि नै समस्त क्रियाहरू हुँदै आएका छन् । यसबाट राग, दुःख आदि जस्ता मनका विकारहरू सधैं उत्पन्न भइरहन्छन् । ।।११३।।
रज, तम, सङ्खव गुणको कारण जगत््मा अनेकन क्रियाहरू
सम्पन्न हुन्छन्, अघिल्लो श्लोकमा भनिसकिएको छ । विक्षेप भन्नाले चञ्चलता भन्ने बुझिन्छ । विक्षेपशक्ति रजोगुणको शक्ति हो । यो क्रियात्मक छ । जब रजोगुणको वृद्धि हुन्छ, मनुष्यमा विभिन्न प्रकारका विक्षेप (चञ्चलता) हरू उत्पन्न हुन्छन् । यही रजोगुणको विक्षेपशक्तिद्वारा अनादिकालदेखि नै जगतमा सम्पूर्ण क्रियाहरू हुँदैआएका छन् । यही रजोगुणको विक्षेपशक्तिको कारण मनमा दुःख, हर्ष, तृष्णा, क्रोध आदि विकारहरू जन्मिरहन्छ । यी रजोगुणी मनका विकारहरू आत्माका होइनन् । आत्मादृष्टा, उपाधिशुन्य, निगुण, क्रियाहित र शान्त छ ।
कामः क्रोेधो लोभदम्भाभ्यसूयाहङ्कारेष्र्यामत्सराद्यास्तु घोराः ।
धर्मा एते राजसाः पुम्प्रवृत्तिर्यस्मादेषा तद्रजो बन्धहेतुः ।।११४।।
काम, क्रोध, लोभ, दम्भ, असुया (गुणहरूमा दोष खोज्नु), अभिमान, ईष्र्या, डाह आदि घोर धर्म रजोगुणका हुन् । यसले गर्दा (रजोगुणी) पुरुष यी कर्ममा प्रवृत्त हुन्छ । यसैले रजोगुण बन्धनको कारण हो । ।।११४।।
विषयको इच्छालाई काम, विषयइच्छा पूर्तिको प्रतिकूलतामा मनमा सिर्जना हुने वृत्तिलाई क्रोध, धन वा अन्य सांसारिक वस्तुप्रतिको आशक्तिलाई लोभ, अहंकारको प्रदर्शनलाई दम्भ, अरूको गुणहरूमा दोषमात्र खोज्नुलाई अशुया अनि अर्काको प्रगतिप्रतिको जलनलाई ईष्र्या, डाह भनिन्छ । जब मनुष्यमा रजोगुणको वृद्धि हुन्छ तब मनुष्यको मनमा, काम, क्रोध, लोभ, दम्भ आदि जस्ता विकारहरूले जन्म लिन्छन् ।
गीता (१४/२२) मा पनि श्रीकृष्णले भन्नुभएको छ कि हे अर्जुनः रजोगुण वृद्धि हुँदा मनुष्यमा लोभ प्रवृति, स्वार्थवृद्धि, अशान्ती, विषयभोग आदि प्रति लालसा उत्पन्न हुन्छ । अनि यही रजोगुणको कारण पुरुष बाह्य जगत्मा प्रवृत्त हुन्छन्, यसैले रजोगुण बन्धनको कारण हो । मनुष्यमा निहित रजोगुणको कारणले गर्दा उ प्राकृततः वा विवश भएर काम, क्रोध, लोभ आदि कर्ममा प्रवृत्ति हुन्छ । मनको यो प्रवृत्ति बन्धन हो । रजोगुण यो बन्धनको कारण हो । मोक्षका साधनहरूको प्रयास नै रजोगुणसहित सम्पूर्ण गुणहरूलाई नष्ट गरी गुणमुक्त हुनु हो ।



