आत्मा–निरूपण

0 टिप्पणीहरू 407 आगन्तुकहरू

अनात्मको व्याख्या गरेपछि आत्मतङ्खवको निरूपण (व्याख्या) यहाँ गरिन्छ ।

अथ ते सम्प्रवक्ष्यामि स्वरूपं परमात्मनः ।
यद्विज्ञाय नरो बन्धान्मुक्तः कैवल्यमश्नुते ।।१२६।।

परमात्माको स्वरूपलाई जानेपछि मनुष्य बन्धनबाट मुक्त भएर कैवल्य पद प्राप्त गर्दछ । त्यो परमात्माको स्वरूपको बारेमा तिमीलाई बताउँछु । ।।१२६।।

मोक्षको अन्तिम लक्ष्य स्व–स्वरूपलाई साक्षात्कार गरेर कैवल्य पद प्राप्त गर्नु हो । परमात्माको स्वरूपलाई साक्षात्कार गरेपछि साधक अहंकारदेखि देहपर्यन्तका
सम्पूर्ण बन्धनबाट मुक्त भएर सर्वउपाधिरहित कैवल्य पद (सम्बन्ध शून्य केवल दृष्टारूप) प्राप्त गर्दछ । त्यो परमात्माको स्वरूप कस्तो हुन्छ ? परमात्मा कस्तो हुन्छ ? म तिमीलाई व्याख्या गर्दछु ।

अस्ति कश्चित् स्वयं नित्यमहंप्रत्ययलम्बनः ।
अवस्थात्रयसाक्षी सन्पञ्चकोशविलक्षणः ।।१२७।।

स्वयं अहंवृत्तिको आश्रय, जाग्रत आदि तीनै अवस्थाहरूको साक्षी, पञ्चकोशभन्दा विलक्षण (पृथक््) ऊ नित्य वस्तु हो । ।।१२७।।

जसको आभाषले गर्दा अन्तःकरण आदिमा ‘म’ भन्ने अहंवृत्ति जमिन्छ, जागृत, सपना र सुषुप्ति आदि अवस्थाहरूको साक्षी छ । प्राणमय, मनोमय, विज्ञानमय,
र आनन्दमय पाँच देहकोशभन्दा अलग छ । नित्य छ । अमर छ । अटल छ । त्यही आत्मा हो ।

यो विजानाति सकलं जाग्रत्स्वप्नसुषुप्तिषु ।
बुद्धितद्वृत्तिसद्भावमभावमहमित्ययम् ।।१२८।।

जो जाग्रत, स्वप्न र सुषुप्ति तीनै अवस्थाहरूमा बुद्धि र त्यसका वृत्तिको भाव र अभावलाई जान्दछ, त्यही प्रसिद्ध आत्मा हो ।।।१२८।।

जाग्रत अवस्था स्थूल शरीर, सपना अवस्था सूक्ष्म शरीर, सुषुप्ति अवस्था कारण शरीरको अभिव्यक्ति (प्रतीति) को अवस्था हो भनी माथि व्याख्या गरिसकिएको छ । जागृत र सपना अवस्थामा बुद्धि र बुद्धिका वृत्तिहरू सक्रिय हुने हुनाले मनुष्यमा कर्ता,र भोक्ता भावको जन्म हुन्छ । मनुष्य ‘म देख्दछु, ‘म जान्दछु’ आदि कर्ता, भोक्ता भाव प्रकट गर्दछ । सुषुप्ति अवस्थामा बुद्धि र बुद्धिका वृत्तिहरूको अभाव रहन्छ । त्यसैले प्रायशः मानिसहरू प्रगाढ निद्रापछाडि ‘ओहो ! म त कस्तोसँग निदाएछु, मैले त केही थाहा पाइनछु’ भन्दछन् ।

यसरी जागृत अवस्था, सपना अवस्थामा बुद्धिका वृत्तिहरू अनि सुषुप्ति अवस्थामा (जहाँ मानिसले ‘ओहो ! मैले त केही थाहा पाएनछु’ भन्दछन्), त्यो पनि थाहा पाउने प्रसिद्ध आत्मा हो ।

यः पश्यति स्वयं सर्वं यं न पश्यति किञ्चन ।
यश्चेतयति बुद्ध्यादिं न तत् यं चेतयत्ययम् ।।१२९।।

जो स्वयं सबैलाई देख्दछ, तर उसलाई कसैले देख्न सक्दैन । जो बुद्धि आदिलाई चेतन बनाउँदछ, तर बुद्धि आदि जसलाई चेतन बनाउन सक्दैन् – त्यो आत्मा हो । ।।१२९।।

आत्मा तङ्खव मात्र एक चेतन तङ्खव हो । आत्माबाहेक जगत््का सम्पूर्ण पदार्थहरू (देह, मन, बुद्धि, आदि) प्रकृतिबाट उत्पन्न भएका कारण जड हुन् । जड भएका कारण यिनीहरू स्वयं प्रकाशित हुन सक्दैनन् । यसैले आत्मा चेतनतङ्खव भएकाले ऊ द्रष्टा प्रकृतिको छ (वा स्वयं सम्पूर्णलाई देख्दछ, तर उसलाई कसैले देख्न
सक्दैन), आत्मा जड अन्तःकरण बुद्धि आदिलाई चेतन बनाउँदछ ।

आत्मा रूपरहित भएकाले चक्षुबाट देख्न सकिँदैन । अवाच्य भएकाले वाणीबाट व्याख्या गर्न सकिँदैन । अतिन्द्रिय भएकाले शरीरका पाँच इन्द्रियद्वारा अनुभूति गर्न सकिन्न । स्वयं चेत्स्वरूप भएकाले अनि देह, बुद्धिलगायतका सम्पूर्ण जडपदार्थहरू यही चिदांशको तेजले चेतन भएकाले उसलाई बुद्धि आदि जड वस्तुले कसरी चेतन बनाउन सक्दछ ? सक्दैन ।

येन विश्वमिदं व्याप्तं यन्न व्याप्नोति किञ्चन ।
आभारूपमिदं सर्वं यंं भान्तमनुभात्ययम् ।।१३०।।

जोद्वारा यो विश्व व्याप्त छ, तर जसलाई कसैले व्याप्त गर्न सक्दैन । अप्रकाशरूप (जड) यो जगत्् आत्मभासित भएकाले भासमान हुन्छ । त्यही आत्मा हो । ।।१३०।।

स्वयंमा अधिष्ठान (वास्तविक सत्ता) भएकाले, जगत््मात्र आरोपित सत्ता (प्रतीति) भएकाले आत्माद्वारा यो विश्व व्याप्त छ । जब ऊ (आत्मा) द्वारा विश्व व्याप्त छ भने उसलाई कसले व्याप्त गर्ने भन्ने प्रश्न नै उठ्दैन । त्यस्तै, स्वरूपमा चेतनआत्माको प्रकाशका कारण सम्पूर्ण जडपदार्थ भाषित भएर प्रकाशवान् देखिन्छ । जब जगत््आत्मा प्रकाशका कारण भासवान् छ भने, जडपदार्थहरूले आत्मालाई प्रकाशित गर्ने भन्ने प्रश्न नै उठ्दैन् ।

यस्य सन्निधिमात्रेण देहेन्द्रियमनोधियः ।
विषयेषु स्वकीयेषु वर्तन्ते प्रेरिता इव ।।१३१।।

जसको सम्पर्क मात्रबाट देह, इन्द्रिय, मन र बुद्धि आ–आफ्नो विषयमा प्रेरित भएर लाग्दछन्, त्यही नै आत्मा हो ।।।१३१।।

देह, इन्द्रिय, मन र बुद्धि सम्पूर्ण जडपदार्थ हुन् । यिनीहरू स्वयंमा प्राणहीन छन् । जब शरीर (वाणी, हात, खुट्टा आदि पाँच कर्मेन्द्रिय), इन्द्रिय (आँखा, कान आदि पाँच ज्ञानेन्द्रिय), मन र बुद्धि आदि जड हुँदाहुँदै पनि यिनीहरू चेतनआत्माको सम्पर्कमा आउँदछन् । आत्माको चिदाभासको कारणले यिनीहरूले चेतना प्राप्त गरी स्वभावत् आ–आफ्नो विषयमा लाग्दछन् । सम्पूर्ण जडपदार्थमा जुन चेतनतङ्खव निहित छ, त्यही आत्मा हो । जब यी वस्तुहरूको सम्पर्क आत्मासँग छुट्दछ । यिनीहरु पुनः जडतामा नै फर्किन्छन् । पञ्चमहाभूतमा परिणत भई नष्ट हुन्छन् । यसको प्रमाण मृतदेह हो ।

अहङ्कारादिदेहान्ता विषयाश्च सुखादयः ।
वेद्यन्ते घटवद्येन नित्यबोधस्वरूपीणा ।।१३२।।

जुन नित्य ज्ञान (बोध) स्वरूपद्वारा अहंकारदेखि लिएर देहपर्यन्त पाँच कोष, शब्दादि विषय र दुःख–सुखादि आँखाअगाडिको घडाजस्तै स्पष्ट जान्न सकिन्छ । यही आत्मा हो ।।१३२।।

नित्य चेतनस्वरूप भएकाले आत्मो जाग्रत, सपना, सुषुप्ति तिनै अवस्थाको बोधकर्ता साक्षी हो (श्लोक १२७) । नित्य चेतन वा बोधस्वरूप द्रष्टा आत्माद्वारा अहंकारदेखि लिएर पाँच देहकोश (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय, आनन्दमय), पाँच विषयहरु (शब्द, स्पर्श, रूप, रस, गन्ध) बाट प्राप्त हुने दुःख–सुख आदि स्पष्टसँग जान्न सकिन्छ । अथवा स्थूल, सूक्ष्म र कारण शरीरमा जति पनि दुःख–सुखादि वृत्तिहरू छन् । सम्पूर्णको बोधकर्ता आत्मा हो ।

एषोऽन्तरात्मा पुरुषः पुराणो निरन्तराखण्डसुखानुभूतिः ।
सदैकरूपः प्रतिबोधमात्रो येनेषिता वागसवश्चरन्ति ।।१३३।।

जसको सन्निधि (सम्पर्क) मात्रबाट वाणी र प्राण चल्दछ यो अन्तरआत्मा, पुरुष, सनातन, निरन्तर, अखण्ड सुखानुभूति स्वरूप, सधैँ एकरूप र बोध स्वरूप छ । ।।१३३।।

अन्नमय आदि कोषहरूभित्र भएकाले अन्तरआत्मा, पूर्ण भएकाले पुरुष, आदि तथा अन्त नभएकाले सनातन, नित्य भएकाले निरन्तर, खण्डित नभएकाले अखण्ड, निरन्तर सुखद अनुभूति स्वरूप, सदा एकरूप र बोधस्वरूपको यस्तो तङ्खव जसको चेतनशक्तिको सम्पर्कबाट देह, इन्द्रिय, मन र बुद्धि आदि जडवस्तु वाणी प्राण पनि चल्दछन् । त्यही तङ्खव आत्मा हो ।

अत्रैव सङ्खवात्मनि धीगुहायामव्याकृताकाश उशत्प्रकाशः ।
आकाश उच्चै रविवत्प्रकाशते स्वतजेसा विश्वमिदं ंप्रकाशयन् ।।१३४।।

सङ्खवगुण प्रधान बुद्धिरूपी गुफामा रहेको अव्यक्त आकाशमा परमप्रकाशमय परमात्मा, सम्पूर्ण विश्वलाई प्रकाशित गर्दै सूर्यझैं सर्वोकृष्ट रूपमा प्रकाशित भइरहेको छ । ।।१३४।।

माथि विभिन्न श्लोकहरूमा व्याख्या गरिसकिएको छ – तमोगुणको आवरण शक्ति र रजोगुणको विक्षेपशक्तिले आत्मालाई पूर्णरूपमा प्रकट हुन दिँदैन । यो श्लोकमा भनिएको छ – जसरी उच्च आकाशमा स्थित भएर सूर्य सम्पूर्ण विश्वलाई प्रकाशित गर्दछ, त्यस्तै मनुष्य शरीरभित्र सङ्खवगुण प्रधान बुद्धि (गुफा) मा स्थित अव्यक्त आकाश (माया) मा आत्मा प्रकाशित हुन्छ ।

साधकको लक्ष्य नै रजोगुण र तमोगुणलाई नष्ट गरेर सङ्खवगुण प्राप्त गरेर स्वयंको अन्तर्गहिराइमा स्थित परमप्रकाशवान् आत्मासँग साक्षात्कार गर्नु हो ।

ज्ञाता मनोऽहङ्कृतिविक्रियाणां देहेन्द्रियप्राणकृतक्रियाणाम् । अयोऽग्निवत्ताननुवर्तमानो न चेष्टते नो विकरोति किञ्चन ।।१३५।।

यो आत्मा मन र अहंकाररूपी विकारहरू तथा देह, इन्द्रिय र प्राणका क्रियाहरूको ज्ञाता हो । आगोमा तताएको फलामको डल्लोले आगोको (तातो, रातो) गुणसँग तादाम्य गरेजस्तै, आत्मा न कुनै चेष्टा गर्दछ न त विकारलाई प्राप्त गर्दछ । ।।१३५।।

जो स्वयंमा नित्य पदार्थ छ, जो तिनै अवस्थाहरूको साक्षी छ (श्लोक १२७), जसको प्रकाशले सारा जडरूप जगत्् प्रकाशमान हुन्छ (श्लोक १३०), आदि श्लोकको पुरकरूपमा यो श्लोक आएको छ । यो श्लोकमा भनिएको छ – सर्वव्यापी साक्षी आत्मा मनका संकल्प, विकल्प, अहंकाररूपी अनेकन विकारहरू तथा शरीर, इन्द्रिय, प्राणमा घट्ने अनेकन क्रियाहरूको नित्य बोधकर्ता हो । फेरि आत्मा नित्य ज्ञाता हुँदाहुँदै पनि असंग, विकाररहित छ । जसरी फलामको डल्लोलाई आगोमा तताउँदा रातो र तातो देखिए पनि स्वधर्म, स्वगुण परिवर्तन हुँदैन । त्यस्तै, देह, इन्द्रिय, प्राण, मन आदिका विकारहरूलाई आत्माले कहिल्यै ग्रहण नगरी यो सर्वदा शुद्ध वा विकाररहित नै रहन्छ ।

न जायते नो म्रियते न वर्धते न क्षीयते नो विकरोति नित्यः ।
विलीयमानेऽपि वपष्ुयमुष्मिन्न लीयते कुम्भ इवाम्बरं ंस्वयम् ।।१३६।।

नित्य आत्मा न उत्पन्न हुन्छ न मर्दछ । न बढ्दछ न क्षीण हुन्छ । न विकारलाई प्राप्त नै गर्दछ । घडा फुटे पनि घटाकाश (घडाभित्रको आकाश) ननासिएझैं, यो शरीर मरे पनि आत्मा लीन हुँदैन वा मर्दैन । ।।१३६।

यो आत्मा नित्य शाश्वत भएकाले, (क्षय) विनाश आदिबाट विकाररहित भएकाले बढ्ने–घट्ने क्रियारहित अनि उत्पतिको स्थितिको अभावको कारण अन्तरहित छ । जसरी घडा (गाग्रो) फुटेपछि पनि गाग्रोभित्रको आकाश नष्ट नभई महाकाशमा विलय हुन्छ, त्यस्तै शरीर नष्ट भएपछि पनि अजर, अमर, नित्य, शाश्वत आत्मा नष्ट हुँदैन । यो जड शरीर मरे पनि नित्य आत्मा मर्दैन ।

प्रकृतिविकृतिभिन्नः शुद्धबोधस्वभावः
सदसदिदमशेषं भासयन्निर्विशेषः ।
विलसति परमात्मा जाग्रदादिष्ववस्था
स्वहमहमिति साक्षात् साक्षिरूपेण बुद्धेः ।।१३७।।

प्रकृति र विकृति (प्रकृतिका विकार) बाट भिन्न, शुद्धबोध स्वभाव भएका, सम्पूर्ण सत् र असत् सत्तालाई प्रकाशित गर्दै, यो निर्विशेष परमात्मा जागृत आदि अवस्थामा बुद्धिको साक्षीका रूपमा ‘म ’को रूपमा सक्षात् प्रकाशित हुन्छ । ।।१३७।।

प्रकृति सत्, रज, तमयुक्त त्रिगुणीय मायाबाट बनेको छ । प्रकृतिले सत्, रज, तम गुणअनुसार विभिन्न सजातीय र विजातीय विकारलाई प्राप्त गर्दछ । सृष्टि प्रकृतिको सजातीय अवस्था (जहाँ प्रकृतिका तीन गुण समस्थितिमा रहन्छ) बाट विजातीय अवस्थामा परिणत हुनु हो । प्रलय प्रकृतिको विजातीय अवस्थाबाट सजातीय अवस्थामा परिणत हुनु हो । तर आत्मा सत्, रज र तम गुणरहित भएकाले यो प्रकृति र प्रकृतिका कार्यहरूबाट पूर्ण भिन्न छ । वा कुनै पनि कार्य र कारणबाट पृथक्् छ । स्व–स्वरूपबाट चेतन भएकाले, बोधरूप पूर्ण आत्मा यो जगत््को सम्पूर्ण सत् र असत् सत्तालाई प्रकाशित गर्दै जाग्रत अवस्थामा इन्द्रिय र सपना अवस्थामा वृद्धिका विभिन्न वृत्तिहरूको साक्षीको रूपमा प्रकाशित हुन्छ ।

नियमितमनसामुं त्वं स्वमात्मानमात्म– न्ययमहमिति
साक्षाद्विद्धि बुद्धिप्रसादात् । जनिमरणतर·ापारसंसारसिन्धुं
प्रतर भव कृतार्थो ब्रह्मरूपेण संस्थः ।।१३८।।

तिमी एकाग्र चित र निर्मल बुद्धिद्वारा “त्यो आत्मा म हुँ” भनी अन्तःकरणमा साक्षात अनुभव गर । जन्म–मरणरूपी तरंगपूर्ण अपार संसार–सागरलाई पार गरेर ब्रह्मारूपमा स्थित भएर कृतार्थ बन । ।।१३८।।

जब साधक विशुद्ध अन्तःकरण पूर्ण बबन्दछ तब विशुद्ध मन र वृद्धिद्वारा आत्मालाई साक्षात्कार गर्न सक्दछ । यो श्लोकमा भनिएको छ – हे साधक ! तिमी साधन चतुष्टयद्वारा बुद्धिका रजोगुण, तमोगुण आदिलाई नष्ट गरी विशुद्ध बुद्धि प्राप्त गरी स्वयंमा आत्मासँग साक्षात्कार गर । आत्मास्वरूपको स्वयं साक्षात अनुभव गर । अनि तिमी त्यही तङ्खवको नित्य चिन्तन गरी निर्विकल्प समाधि प्राप्त गरी ब्रह्मरूपमा स्थिर बन । जब तिमी यो स्थिति (ब्रह्मरूप) प्राप्त गर्ने छौ तब तिम्रो अन्तःकरणको सम्पूर्ण क्लेशहरू (वासनाहरू) पूर्णरूपमा नष्ट भई तिमी यो जगत्् भवसागर अनि जन्म–मरणरूपी चक्रलाई पार गर्ने छौ । त्यो ब्रह्मास्वरूप स्थिति धन्य स्थिति हो । तिमी त्यो स्थितिलाई प्राप्त गरी स्वयं कृतार्थ बन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 488 0
मंगलाचरण 1/15/2023 515 0
मुक्तिको दुर्लभता 1/15/2023 422 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 630 0
विचारको महङ्खव 1/15/2023 407 0
शिष्य लक्षण 1/15/2023 478 0
साधन–चतुष्टय 1/15/2023 1195 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 427 0
सद्गुरु लक्षण 463 0
शिष्य प्रार्थना 1/15/2023 527 0
गुरु कर्तव्य 1/15/2023 583 0
1/15/2023 401 0
शिष्य प्रशंसा 1/15/2023 438 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 404 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 452 0
अपरोक्षानुभवको आवश्यकता 426 0
स्थूल शरीरको व्याख्या 1/15/2023 631 0
विषयविन्दा 1/15/2023 459 0
देहाशक्तिको निन्दा 1/15/2023 441 0
स्थूल शरीर निन्दा 1/15/2023 526 0
दश इन्द्रियहरू 1/15/2023 750 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 413 0
पञ्चप्राण 1/15/2023 538 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 571 0
प्राणको धर्म 1/15/2023 368 0
अहंकार 1/15/2023 389 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 326 0
माया वर्णन 1/15/2023 1004 0
रजोगुण 1/15/2023 402 0
तमोगुण 1/15/2023 354 0
सङ्खवगुण 1/15/2023 377 0
कारण शरीर 1/15/2023 408 0
अध्यास 1/15/2023 464 0
आवरण र विक्षेपशक्ति 1/15/2023 506 0
बन्ध निरूपण 1/15/2023 360 0
अन्नमय कोश 1/15/2023 410 0
प्राणमय कोश 1/15/2023 394 0
मनोमय कोश 1/15/2023 371 0
विज्ञानमय कोश 1/15/2023 414 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 485 0
आनन्दमय कोश 1/15/2023 334 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 339 0
आत्मस्वरूप निरूपण 1/15/2023 405 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 337 0
जगत्को मिथ्यात्व 1/15/2023 421 0
ब्रह्म निरूपण 1/15/2023 605 0
महावाक्य – विचार 1/15/2023 464 0
ब्रह्मा–भावना 1/15/2023 508 0
वासना त्याग 1/15/2023 493 0
अध्यास निराकरण 1/15/2023 392 0
अहंपदार्थ निरूपण 1/15/2023 410 0
अहंकार – मुख्यवाधा 1/15/2023 330 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 368 0
प्रमाद – निन्दा 1/15/2023 447 0
अविद्याको स्थिति 1/15/2023 414 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 413 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 397 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 480 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 396 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 374 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 393 0
ध्यान विधि 1/15/2023 400 0
आत्म दृष्टि 1/15/2023 429 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 424 0
आत्म चिन्तनको उपदेश 1/15/2023 348 0
शरीर उपेक्षा 1/15/2023 333 0
आत्मज्ञानको फल 1/15/2023 438 0
जीवनमुक्तको लक्षण 1/15/2023 421 0
प्रारब्ध कर्म विचार 436 0
प्रारब्ध निराकरण 1/15/2023 387 0
नानात्व – निषेध 1/15/2023 467 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 468 0
बोधोपलब्धी 1/15/2023 416 0
शिष्यको अनुभव 1/15/2023 467 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 600 0
गुरुको अन्तिम उपदेश 1/15/2023 787 0
आत्माको अविनाशिता 1/15/2023 801 0
परमार्थता 1/15/2023 1114 0
शिष्य बिदाइ 1/15/2023 1058 0
अनुवन्ध – चतृष्टय 1/15/2023 34347 0