आनन्दमय कोश

0 टिप्पणीहरू 469 आगन्तुकहरू

(पंचकोशमध्ये अन्तिम कोश आनन्दमय कोशको वर्णन तलको श्लोकमा गरिन्छ ।)

आनन्दप्रतीबिम्बचुम्बिततनुर्वृत्तिस्तमोजृम्भिता
स्यादानन्दमयः प्रियादिगुणकः स्वेष्टार्थलाभोदयः ।
पुण्यस्यानुभवे विभाति कृतिनामानन्दरूपः स्वयं
भूत्वा नन्दति यत्र साधु तनुभृन्मात्रः प्रयत्नं विना ।।२०९।।

आनन्दस्वरूप आत्माको प्रतीविम्विबाट व्याप्त तमोगुणबाट उत्पन्न वृती आनन्दमय कोश हो । यो प्रिय आदि (प्रिय, मोद, प्रमोद) तीन गुणबाट युक्त छ । र आफ्नो अभिष्ट पदार्थ प्राप्त हुँदा प्रकट हुन्छ । भाग्यशाली पुरुषलाई पुन्यकर्म फलको परिपाक कालमा (यो आनन्(दमय कोश) स्पष्ट रूपमा भासित हुन्छ । त्यो समय सम्पूर्ण देहधारी विना प्रयत्न स्वयं आनन्दरूप प्राप्त गरेर आनन्दित हुन्छन् । ।।२०९।।

आनन्दस्वरूप आत्माको प्रतीबिम्बबाट व्याप्त, अविद्यारूपी तमोगुणबाट उत्पन्न वृत्ति नै आनन्दमय कोश हो । रज, तम, सत, गुण सम्पूर्ण रूपमा नष्ट भएपछि वा आत्मा साक्षात्कार भएपछि परम आनन्द पुरुषले प्राप्त गर्दछ । त्यो आत्मा स्वरूपको नित्य आनन्द हो ।

तर मनुष्यले मोक्ष प्राप्त नगरेको अवस्थामा आफ्नो अमिष्ट प्रिय वस्तु (पुत्र, मित्र आदि, शब्द, रस आदि विषय) प्राप्त हुँदा वा सफलता प्राप्त गर्दा जुन गहिरो आनन्दको अनुभूति हृदयमा जन्मिन्छ । त्यो आनन्दमय कोशको कारणले हो । यो नित्य आत्माको स्वरूप आनन्द होइन । यो त मात्र आनन्दस्वरूप आत्माको प्रतीबिम्बबाट व्याप्त तमोगुणबाट उत्पन्न वृत्ति मात्र हो । जुन कर्मफल (सफलता, अभिष्ट वस्तु प्राप्ति) आदि पछि आनन्दमय कोशको रूपमा स्पष्ट रूपमा भासित हुन्छ । त्यो समय देहधारी विना प्रयत्न नै आनन्दित हुन्छ ।

आनन्दमयकोशस्य सुषुप्तौ स्फूर्तिरुत्कटा ।
स्वप्नजागरयोरीषदिष्टसन्दर्शनादिना ।।२१०।।

आनन्दमय कोशको तीव्र स्फूरण सुषुप्तिमा हुन्छ । यद्यपि इष्ट वस्तु दर्शन (तथा प्राप्ति) आदिले जागृत तथा सपना अवस्थामा यसको अल्प अनुभूति हुन्छ । ।।२१०।।

सुषुप्ति अवस्थामा मननिद्रासँगै लयवद्ध हुने हुनाले आनन्दमय कोशको उत्कृष्ट स्फूरण सुषुप्तिमा हुन्छ । त्यो अवस्थामा जुन सुख प्राप्त हुन्छ त्यो दुःखबाट रहित हुन्छ ।

जागृत तथा सपना अवस्थामा इष्ट दर्शन, काम, भोग आदि वस्तु प्राप्त हुँदा आनन्दमय कोशको अल्प अनुभूति प्राप्त हुन्छ । तर यी अवस्थाहरूमा मन एक इष्ट वस्तु प्राप्त गरेपछि अर्को इष्ट वस्तु भोग प्राप्तिकोे प्रयास गर्ने हुनाले यो आनन्द अनुभूति क्षणिक र अल्प हुन्छ ।

नैवायमानन्दमयः परात्मा सोपाधिकत्वात्प्रकृतेर्विकारात् ।
कार्यत्वहेतोः सुकृतक्रियाया विकारसङ्घातसमाहितत्वात् ।।२११।।

सोपाधिक, प्रकृतिकोे विकार, शुभकर्मको कार्य, र विकार समूहबाट उत्पनन भएको कारण आनन्दमय कोश मुख्य आत्मा होइन । ।।२११।।

श्लोक २०९ मा आनन्दमय कोशलाई आत्माको प्रतीबिम्बबाट व्याप्त र तमोगुणबाट सिर्जित वृत्तिमात्र भनेर आनन्दमय कोश आत्मा होइन भन्ने संकेत गरिएको थियो ।

यो श्लोकमा आत्मा र आनन्दमय कोशको थप व्याख्या गर्दै भनिएको छ कि इष्टवस्तु प्राप्त गरेपछि प्राप्त हुने अनुभूति (उपाधि), मूल प्रकृति (अविद्या वा तमोगुण) सिर्जित विकार, शुभ पुण्यकार्यको परिणाम, इष्टवस्तुको दर्शन, लाभ, भोग (जसलाई प्रिय, मोद, प्रमोदको–रूपमा चिनिन्छ)आदि विकार समूहबाट प्राप्त सुख भएको कारणले यो नित्य, शाश्वत् आत्माको स्वरूपबाट प्राप्त हुने आनन्द नभएकोले आनन्दमय कोश मुख्य आत्मा होइन ।

पञ्चानामपि कोशानां निषेधे युक्तितः कृते ।
तन्निषेधावधिः साक्षी बोधरूपोऽवशिष्यते ।।२१२।।

यी पाँच कोशलाई श्रुतीको अनुकूल युक्तिहरूबाट निषेध गरेपिछ त्यो निषेधको सीमा र ज्ञानरूप केवल साक्षी (आत्मा) बचिरहन्छ । ।।२१२।।

अन्नमय, प्राणमय, मनोमय, विज्ञामय र आनन्दमय कोशहरूको अनित्यता र दोष चिन्तन गर्दै यी कोशहरू आत्मा होइन भनी सूक्ष्मरूपमा विचार गर्दै अनित्य निराकरण गर्दै गएपछि यो निषेधको सीमाको अन्तमा यी पाँच कोशबाट पृथक् यी सम्पूर्ण कोशहरूको द्रष्टा आत्मामात्र शेष रहन्छ ।

योऽयमात्मा स्वयंज्योतिः पञ्चकोशविलक्षणः ।
अवस्थानत्रयसाक्षी सन्निर्विकारो निरञ्जनः ।
सदानन्दस्स विज्ञेयः स्वात्मत्वेन विपश्चिता ।।२१३।।

यो आत्मा जुन स्वयं ज्योती छ । जागृत आदि तीनै अवस्थाको साक्षी भएर पाँचकोशबाट विलक्षण (भिन्न), निर्विकार, निरञ्जन (निर्मल वा दोष रहित), सदानन्दरूप छ । यसैलाई विद्वान् पुरुषले आफ्नो वास्तविक आत्मा हो भनेर सम्झिनु पर्दछ । ।।२१३।।

शरीरलाई पन्चकोशलाई पृथक् गरेर प्रत्येक कोशको दोष विश्लेषण गर्दै किन यी कोशहरू आत्मा होइनन् भनेर निरूपण वा समाधान गरिसकेपछि आत्मा के हो ? भन्न जिज्ञासा समाधान गर्दै यो श्लोकमा भनिएको छ कि यी सम्पूर्ण पन्चकोशबाट भिन्न स्वयंको प्रकाशले प्रकाशित, शरीरका जागृत, सपना, सुषुप्ति आदि तीनै अवस्थाको साक्षी, विकाररहित, निर्मल, नित्यआनन्द–रूपी जुन तङ्खव छ, त्यो नै वास्तविक आत्मा हो । यसैलाई विद्वान् पुरुषले आफ्नो वास्तविक आत्मा हो भनेर भन्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 651 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 796 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 618 0
साधन–चतुष्टय 1/15/2023 1589 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 608 0
सद्गुरु लक्षण 633 0
शिष्य प्रार्थना 1/15/2023 695 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 574 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 628 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 921 0
विषयविन्दा 1/15/2023 616 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 738 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 795 0
प्राणको धर्म 1/15/2023 488 0
अहंकार 1/15/2023 559 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 458 0
माया वर्णन 1/15/2023 1194 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 500 0
सङ्खवगुण 1/15/2023 529 0
कारण शरीर 1/15/2023 594 0
आत्मा–निरूपण 1/15/2023 560 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 506 0
अन्नमय कोश 1/15/2023 544 0
प्राणमय कोश 1/15/2023 556 0
मनोमय कोश 1/15/2023 517 0
विज्ञानमय कोश 1/15/2023 594 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 629 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 463 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 795 0
महावाक्य – विचार 1/15/2023 646 0
ब्रह्मा–भावना 1/15/2023 642 0
वासना त्याग 1/15/2023 651 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 484 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 562 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 654 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 538 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 543 0
ध्यान विधि 1/15/2023 538 0
आत्म दृष्टि 1/15/2023 579 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 576 0
आत्म चिन्तनको उपदेश 1/15/2023 494 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 578 0
जीवनमुक्तको लक्षण 1/15/2023 567 0
प्रारब्ध कर्म विचार 598 0
प्रारब्ध निराकरण 1/15/2023 563 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 650 0
बोधोपलब्धी 1/15/2023 556 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 939 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1482 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35545 0