तलका चार श्लोकमा ब्रह्मको वर्णन गरिएको छ ।
अतः परं ब्रह्म सदद्वितीयं विशुद्धविज्ञानघनं निरञ्जनम् । प्रशान्तमाद्यन्तविहीनमक्रियं निरन्तरानन्दरसस्वरूपम् ।।२३९।।
निरस्तमायाकृतसर्वभेदं नित्यं ध्रुवं निष्कलमप्रमेयम् ।
अरूपमव्यक्तमनाख्यमव्ययं ज्योतिः स्वयं किञ्चिदिदं चकास्ति ।।२४०।।
परंब्रह्म सत् अद्वितीय, विशुद्ध, विज्ञानधन, निर्मल, निरञ्जन, प्रशान्त, आदि– अन्तरहित, अक्रिय, सदानन्दस्वरूप, कलारहित, नित्य, धु्रब, अप्रमेय, सम्पूर्ण मायी भेदरहित, अरूप, अव्यक्त नामरहित, र स्वयं ज्योती तेज जो स्वयं प्रकाशित भइरहेको छ । ।।२३९,२४०।।
अधिष्ठान भएकोले सत्, विजातीय भेद रहती भएकोले अद्वितीय, विषयरहित विज्ञान शरीर भएकोले विशुद्ध विज्ञानघन, क्लेश रहित भएकोले निर्मल, अज्ञान रहित भएकोले निरन्जन, परिणाम रहित भएकोले प्रशान्त, जन्म र नाश रहित भएकोले आदि अन्तरहित, कूटस्थ भएकोले धु्रब, अमूर्त भएकोले अक्रिय, स्वरूपमा नै नित्य आनन्द भएकोले सदानन्दरूप, प्रमाण आदिको अविषय भएकोले अप्रमेय, अन्तहीन भएकोले नित्य, रूप रहती भएकोले अरूप, चक्षुबाट ग्रहण गर्न नसकिने भएकोले अव्यक्त, वाणीको विषय नभएको
कारण नामरहित, स्वयंज्योती परब्रह्म जो स्वयं प्रकाशित भएर समस्त जगत्लाई भासित गरिरहेको छ । यहाँ ब्रह्म भन्दा केही छैन । आरोपित वस्तुको सत्ता प्रतीति मात्र हो । दुई सत्ता एकैसाथ सत्य हुन सक्दैनन् ।
ज्ञातृज्ञेयज्ञानशून्यमनन्तं निर्विकल्पकम् ।
केवलाखण्डचिन्मात्रं परं तङ्खवं विदुर्बुधाः ।। २४१ ।।
ज्ञाता, ज्ञान, ज्ञेय (त्रिपुटी) बाट रहित, अनन्त, निर्विकल्प र केवल अखण्ड चैतन्यमात्र यो परम तङ्खवलाई ज्ञानीहरू जान्दछन् । ।।२४१।।
ब्रह्मको स्वरूपलाई विभिन्न विशेषणद्वारा व्याख्या गरि परमात्मामा निश्चल बुद्धि स्थापना गर्न आदिगुरु प्रयास गरिरहुन भएको छ । यो श्लोकमा भन्नुहुन्छ की जान्नेलाई ज्ञाता, जसलाई जान्नु छ त्यसलाई ज्ञान (प्रमाण), अनि जुन वस्तुलाई जानिन्छ, त्यसलाई ज्ञेय भनिन्छ ।
ज्ञाता, ज्ञान र ज्ञेय नामक त्रिपुटी (तीन वस्तु समूह) रहित, यो ब्रह्मतङ्खव अन्ततः निर्विकल्प र केवल अखन्ड चैतन्य स्वरूपमात्र छ । यो परमतत्व ब्रह्मलाई आत्मा साक्षात्कार प्राप्त गरेका आत्मज्ञानीहरूले मात्र बुझ्दछन्, जान्दछन् । अज्ञानी मनुष्यहरूले ब्रह्मको स्वरूपको बारेमा सुन्दछन् तर आत्म साक्षात्कार नभएकोले यो तङ्खवलाई चिन्न, बुझ्न र जान्न सक्तैनन् ।
अहेयमनुपादेयं मनोवाचामगोचरम् ।
अप्रमेयमनाद्यन्तं ब्रह्म पूर्णं महन्महः ।।२४२।।
त्यो ब्रह्म अत्याज्य, अग्राह, मन र वाणी अगोचर, अप्रमेय, आदि अन्त रहती, पूर्ण, महान् र जोती स्वरूप छ । ।।२४२।।
ब्रह्म सम्पूर्ण प्राणीकोे आत्मा भएकोले त्याग गर्न नसकिने (अत्याज्य), ग्रहण गर्न नसकिने भएकोले आग्रह, मन र वाणिद्वारा प्राप्त गर्न असम्भव भएकोले मन वाणी अगोचर, प्रमाको विषय नभएकोेले अप्रमेय, देश–काल र वस्तु नामक तीन परिच्छेद (सीमा) रहित भएकोले अनादि, विकल्प रहित भएकोले निर्विकल्प सूर्य, चन्द्र, तारा आदिको पनि भासक भएकोले महान्् र स्वप्रकाश भएकोले ज्योतीस्वरूप छ ।