महावाक्य – विचार

0 टिप्पणीहरू 643 आगन्तुकहरू

ब्रह्म–आत्मा एकता वर्णित महावाक्यहरूको वर्णन तल गरिएको छ ।

तङ्खवं पदाभ्यामभिधीयमानयोर्ब्रह्मात्मनोः शोधितयोर्यदीत्थम् ।
श्रुत्या तयोस्तङ्खवमसीति सम्यगेकत्वमेव प्रतिपाद्यते मुहुः ।।२४३।।

‘तत्’ र ‘त्वम्’ पदबाट शोधित भएका पदहरूले बताएको ब्रह्म र आत्माको एकता नै श्रुतीले ‘तङ्खवमसी’ आदि महावाक्यद्वारा प्रतीपादन गरेको हो । ।।२४३।।

वेदका चार घोषणा छन् ती हुन ‘प्रज्ञानम् ब्रह्म’(ब्रह्म नै परमचेतन हो, ऋग्वेद), अहंम् ब्रह्मस्मि (म नै ब्रह्म हुँ, येजुर्वेद) ‘तङ्खवमसि अथ’(त्यो तिमी हो, सामवेद), अयम आत्मा ब्रह्मयो आत्मा ब्रह्म हो, अथर्वेद) । यी महान् वाक्यहरू भिन्नभिन्न देखिए पनि यिनीहरूको एक संकेत छ कि मात्र ब्रह्म सत्य हो । ‘मनुष्य स्वयं ब्रह्म हो’ ।

‘तत्’ को अर्थ‘उ’ वा जगत् आदि रचना गर्ने परमात्मा भन्ने बुझिन्छ ।‘त्वम’को अर्थ हो ‘तिमी’ वा जीव । ज्ञान प्राप्ति पछि ‘तत्’र ‘त्वम्’वीचको भेद हट्दछ त्यो क्षण ब्रह्म र आत्माको एकता स्थापित हुन्छ । श्रुती (सामवेद) ले आत्मा र जीव बीचको एकतालई (तत्वमसि) वा त्यो तत्व तिमी हौ’ भन्ने महावाक्यद्वारा प्रतिपादन गरेको छ ।

ऐक्यं तयोर्लक्षितयोर्न वाच्ययोः निगद्यतेऽन्योन्यविरुद्धधर्मिणोः ।
खद्योतभान्वोरिव राजभृत्ययोः कूपाम्बुराश्योः परमाणुमेर्वोः ।।२४४।।

सूर्य र जुनकीरी, राजा र सेवक, समुन्द्र र कुवा, सुमेरू (पर्वत) र परमाणु जस्तै परस्पर विरुद्ध धर्म भएका जीव र ब्रह्मको एकत्व वाच्यार्थमा नभई लक्ष्यार्थमा नै भनिएको हो ।।।२४४।।

शब्दको साधारण उच्चारण मात्रले अर्थको बोध हुन्छ, त्यसलाई “अविधावृत्ति” भानिन्छ । अभिधावृत्तिबाट जसको बोध हुन्छ त्यसलाई ‘वाच्यार्थ’ भनिन्छ । उदाहरणको लागि घैंटो शब्दको उच्चारण गर्ने वित्तिकै माटोबाट बनेको गोलो आकारको वस्तु भन्ने अर्थ सहजै बोध हुन्छ । यो वाच्यार्थ हो ।
तर कहिलेकाँही यस्तो हुन्छ की शब्दको साधारण उच्चारणले मात्र वस्तुको वास्तविक अर्थको बोध हुँदैन । शब्दको अविधाप्रायबाट वस्तुको वास्तविकता पत्ता लगाउन पर्छ । त्यसलाई “लक्षणावृत्ति” भनिन्छ । लक्षणावृत्तिबाट जस्को बोध हुन्छ त्यसलाई लक्ष्यार्थ भनिन्छ । ‘तत्वमसि’आदि महावाक्यहरूमा भनिएको जीव र ईश्वरको एकता वाच्यार्थबाट सहजै बुझ्न सकिन्न । यसलाई लक्षणाबाट बुझ्नु पर्दछ ।

साधारण दृष्टिले हेर्दा परमात्मा सर्वज्ञ, सर्वशक्तिमान, अपरिच्छिन्न मुक्त छ । जीव अल्पज्ञ, अल्पशक्तिमान, परिच्छिन्न र वद्ध छ । ईश्वर र जीव झट्ट हेर्दा सूर्य र जुनकीरी, राजा र सेवक, समुद्र र कुवा जस्तो परस्पर विरुद्ध धर्म भएका अनि नितान्त पृथक् देखिन्छन् । अनि स्वाभाविक प्रश्न उठ्दछ की फेरि यसरी पृथक् अनि परस्पर विरोधी स्वभावका जीव र ब्रह्म कसरी एक भए त?आदिगुरु भन्नुहुन्छ की जीव र ब्रह्माको एकत्व वाच्यार्थ (शब्दद्वारा अर्थ बुझ्नु) बाट नभई लक्ष्यार्थ (शब्दको अभिप्रायबाट अर्थ बुझ्नु) बाट बोध गरिनु पर्दछ ।

तयोर्विरोधोऽयमुपाधिकल्पितो न वास्तवः कश्चिदुपाधिरेषः ।
ईशस्य माया महदादिकारणं जीवस्य कार्यं शृणु पञ्चकोशम् ।।२४५।।

यी दुवैको यो विरोध उपाधिबाट कल्पित हो । स्वाभाविक होइन । महदादीकोे कारणरूपा माया ईश्वरको उपाधि हो । र कार्यरूप उपाधि जीव हो । त्यो कार्य के हो ? त्यो कोश पन्चक हो । ।।२४५।।

तत् र त्वम पदको वाच्यार्थ वा शब्दबाट अर्थ बुझ्दा पृथक्रूपमा बोध हुने जीव र ब्रह्माको बोध मात्र कल्पित हो । यो स्वाभाविक होइन । किनकि तत् र त्वम पृथक् देखिएपनि श्रुती प्रमाणले त्यसको एकत्व प्रमाणित गरेको छ (श्लोक २४३) । जीव र ब्रह्ममा भेद वा विरोध देख्नु वा देखिनु मात्र महदादी कारण वा महततङ्खव, अहंकार, पन्चतन्मात्रा आदि जुन कारणरूप माया छ त्यो उपाधीको कारणले हो ।

एतावुपाधी परजीवयोस्तयोः सम्यङ्निरासे न परो न जीवः ।
राज्यं नरेन्द्रस्य भटस्य खेटकः तयोरपोहे न भटो न राजा ।।२४६।।

(माया र पन्चकोश) यो दुवै परमात्मा र जीवको उपाधि हुन् । यी दुवै राम्रोसँग वार्घ (नाश) भएपछि न परमात्मा रहन्छ न जीवात्मा । जसरी राजाको उपाधि राज्य हो । सैनिकको उपाधि खेटक (ढाल तरवार, वारूद आदि) हो । यी नरहेमा न राजा रहन्छ न सैनिक । ।।२४६।।

माया ईश्वरको उपाधि हो । अन्नमय आदि पाँच कोश जीवको उपाधि हो । ‘नेह नानास्ति कीन्चन’ वा यहाँ ब्रह्ममा नाना केही पनि छैन । यहाँ कीन्चत पनि भेद छैन आदि अनेकन श्रुती वचन वा प्रमाणहरूद्वारा तत् र त्वम पदार्थको शोधन गरेर तिनीहरूको उपाधिलाई सम्यक् रूपमा नास गरिदिएपछि उपाधीकोे अभावमा न त परमात्मा रहन्छ न त जीवात्मा भेदरहन्छ ।

उपाधि नष्ट भएपछि दुवै चैतत्यस्वरूप हुन गई भेद नष्ट भई एकत्वमा स्थापित हुन्छन् । यस विषयमा उदारहण दिँदै भनिएको छ की राजाको उपाधि राज्य अनि शैनिकको उपाधि खेटकलाई हरायो भने दुवै उपाधि समाप्त भई दुवै
समान मनुष्यमा रूपान्तर हुन्छन् ।

“अर्थात् आदेशो नेति नेति”
अथाह आदेश इति श्रुतिः स्वयं निषेधति ब्रह्मणि कल्पितं द्वयम् ।
श्रुतिप्रमाणानुगृहीतयुक्त्या तयोर्निरासः करणीय इत्थम् ।।२४७।।

ब्रह्ममा कल्पित द्वैतलाई यो श्रुती स्वयंले निषेध गरेको छ । यसकारण
श्रुती प्रमाण अनुकूल युक्तिद्वारा उपयुक्त दुवै उपाधिहरूलाई वाध गर्नु पर्दछ । ।।२४७।।

श्लोक २४६ मा माया परमात्माको र पाँचकोश शरीर जीवको उपाधि भएकोले श्रुती प्रमाणहरूद्वारा यी उपाधिलाई हटाएपछि ब्रह्म र जीवबीचको एकत्व प्राप्त हुन्छ भनिएको छ । यो श्लोकमा ‘अथात आदेशो नेती नेती’ भनि वृहदारण्यकोपनिषद्को श्रुती प्रमाणलाई अगाडि सारिएको छ । प्रसंग यस्तो छ । वृहदारण्यकोपनिषद (द्वितीय अध्यायमा) ब्रह्मको मूर्त (पृथ्वी, जल, अग्नि) र अमूर्त (वायु, आकाश) दुईरूपको वर्णन गरिएको छ । ब्रह्मको दुईरूप असम्भव छ । त्यसैले दुवैको वर्णन गरिसकेपछि अन्तमा भनिएको छ की “आदेशो नेती, नेती”अर्थात् ब्रह्म मूर्त पनि होइन अमूर्त पनि होइन ब्रह्ममा द्वैत छँदै छैन । यो श्रुतीले ब्रह्ममा कल्पित सम्पूर्णद्वैततालाई निषेध गरेको छ । यो श्लोकमा भनिएको छ की यही श्रुती प्रमाणको आधारमा माया र पन्चकोशको उपाधिलाई बोध गर्नु पर्दछ । श्रुतीले नै जीव परमात्माको एकत्व स्वीकारेकोले यसलाई नै स्वीकार्नु पर्दछ ।

नेदं नेदं कल्पितङ्खवान्न सत्यं रज्जौ दृष्टव्यालवत्स्वप्नवच्च ।
इत्थं दृश्यं साधुयुक्त्या व्यपोह्य ज्ञेयः पश्चादेकभावस्तयोर्यः ।।२४८।।

डोरीमा प्रतीत हुने सर्प झैं, सपना माया र कोशपन्चक उपाधि (कल्पित) भएको कारण सत्य होइन । जुन दृश्य प्रपन्चलाई श्रुती अनुसार तर्कयुक्तिद्वारा वाध गरेपछि यी दुई ईश्वर र जीवको भेदभाव नष्ट हुन्छ । त्यो जान्नु पर्दछ । ।।२४८।।

माथिका श्लोकहरूमा वेद, उपनिषद् आदिका महावाक्यहरूका उदाहरणहरूलाई श्रुतीप्रमाणको रूपमा प्रस्तुत गरि ब्रह्म र जीवको एकत्वको व्याख्या गरि
सकिएको छ ।

डोरीमा प्रतीत हुने सर्पभ्रम वा असत्य भएझैं जीवको कोशपन्चक मिथ्या हो । यो कोशपन्चकको दृश्य प्रपन्चलाई श्रुती प्रमाण अनुसार तर्कयुक्तिद्वारा नष्ट गरेपछि ब्रह्म जीव भेद समाप्त भई एकता स्थापित हुन्छ । यसैले श्रुती प्रमाणको आधारमा पनि ब्रह्म–जीव एकत्व स्थापित गरिनुपर्दछ ।

ततस्तु तौ लक्षणया सुलक्ष्यौ तयोरखण्डैकरसत्वसिद्धये ।
नालं जहत्या न तथाऽजहत्या किन्तूभयार्थैकतयैव भाव्यम् ।।२४९।।

दृश्यको वाध गरेपिछ (जीव र ईश्वर) यी दुवैको लक्षणाद्वारा सम्यक् उपस्थापन गर्नु पर्दछ । जहती लक्षण अथवा अजहती लक्षणले यी दुइको एकता हुन सक्दैन । यहाँ जहत्या–जहती लक्षणा वा भाग– त्याग लक्षणा गर्नु पर्दछ । ।।२४९।।

परमात्माको माया अनि जीवको पंचकोश उपाधि यो दृश्य प्रपन्चलाई श्रुती अनुसार तर्कयुक्तिद्वारा वाध गरेपछि दृश्य प्रपन्च नष्ट हुन्छ । तर त्यतीले मात्र जीव र ब्रह्मा एकत्व भावको पूर्ण अनुभूति नहुने हुनाले यी दुवैको भाग त्याग लक्षणा गर्नु पर्दछ । शब्दद्वारा मात्र अर्थग्रहण नहुने हुनाले शब्दले संकेत गरेको अभिप्रायलाई ग्रहण गरि अर्थ बुझ्नु पर्दछ । (श्लोक २४४ पनि हेर्नुहोस् ।

स देवदत्तोऽयमितीह चैकता विरुद्धधर्मांशमपास्य कथ्यते ।
यथा तथा तङ्खवमसीति वाक्ये विरुद्धधर्मानुभयत्र हित्वा ।।२५०।।
संलक्ष्य चिन्मात्रतया सदात्मनोरखण्डभावः परिचीयते बुधैः ।
एवं महावाक्यशतेन कथ्यते ब्रह्मात्मनोरैक्यमखण्डभावः ।।२५१।।

‘त्यो देवदत्त यही हो’ । यो वाक्यमा ‘त्यो’ शब्दको परोक्ष र ‘यही’ शब्दको अपरोक्षत्व यी दुवै) विरुद्ध धर्माशलाई वाध गरेपछि जसरी देवदत्तको एकता सिद्ध हुन्छ त्यसैगरी ‘तत्वमसि महावाक्यमा पनि ‘तत्’ पदको वाच्य ईश्वरको उपाधि माया र ‘त्वम’ पदको वाच्य जीवको उपाधि अन्तरकण दुवैका विरुद्ध धर्मको वाध गरेर शुद्ध चैतन्य एकताको प्रतीपाद गरिन्छ । यस प्रकार सैकडो महावाक्यव्दारा ब्रह्म र आत्माको अखण्ड भाव रूप एकता दर्शाइएको छ । ।।२५०,२५१।।

मानौ पूर्वकालमा हामीले शहर ‘क’ मा जुन देवदत्तलाई देखेका थियौं, त्यही देवदत्तलाई अहिले हामीले अर्को शहर ‘ख’ मा देखिरहेका छौं । यहाँ देवदत्त उही नै हो । तर देश (स्थान) र काल भेद छ । अथवा भिन्न देशमा भिन्न कालमा देखिए पनि देश र काल विरुद्ध धर्मांशलाई छोडिदिएपछि देवदत्त एक मानिन्छ ।

त्यसैगरी “तत्वमसि” (त्यो तिमि नै हौ) यो महावाक्य पनि तत् (त्यो) र त्वम (तिमी) वीचको भेद (विरुद्ध धर्माश) लाई नष्ट गरेपछि जीव र ब्रह्म बीचको एकता सिद्ध हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 651 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 796 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 614 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 606 0
सद्गुरु लक्षण 633 0
शिष्य प्रार्थना 1/15/2023 693 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 574 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 628 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 921 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 795 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 559 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1190 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 500 0
सङ्खवगुण 1/15/2023 523 0
कारण शरीर 1/15/2023 588 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 502 0
अन्नमय कोश 1/15/2023 540 0
प्राणमय कोश 1/15/2023 556 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 594 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 629 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 463 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 793 0
ब्रह्मा–भावना 1/15/2023 640 0
वासना त्याग 1/15/2023 651 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 484 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 562 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 654 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 538 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 541 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 576 0
आत्म चिन्तनको उपदेश 1/15/2023 494 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 578 0
जीवनमुक्तको लक्षण 1/15/2023 567 0
प्रारब्ध कर्म विचार 598 0
प्रारब्ध निराकरण 1/15/2023 563 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 554 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 939 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0