ब्रह्मा–भावना

0 टिप्पणीहरू 639 आगन्तुकहरू

निषेधरूपमा जीव–ब्रह्मा एकत्वको प्रतीपादन गरिएको छ ।

अस्थूलमित्येतदसन्निरस्य सिद्धं स्वतो व्योमवदप्रतक्र्यम् ।
अतो मृषामात्रमिदं प्रतीतं जहीहि यत्स्वात्मतया गृहीतम् ।
ब्रह्माहमित्येव विशुद्धबुद्ध्या विद्धि स्वमात्मानमखण्डबोधम् ।।२५२।।

अस्थूल इत्यादि श्रुतीद्वारा यो असत् (स्थूल शरीर आदि) को वाध गरेर, आकाश समान, अर्तकनिय स्वतः सिद्ध ब्रह्म म नै हुँ यस्तो विशुद्ध बुद्धिद्वारा स्वयंको अखण्डबोध रूप स्वयंको आत्मालाई जान । अनि अज्ञानद्वारा प्रतीत मिथ्याभूत यो स्थूल शरीर आदिको मोहमा रमाई छोड । ।।२५२।।

हे शिष्य ! तिमीले आत्मबुद्धिको कारण जुन स्थूल शरीरलाई ग्रहण गरेर ‘म शरीर हुँ’ भन्ने दृढ भाव बोकेर हिँडेका छौं । त्यो मिथ्या हो । तिमी अस्थूल इत्यादि श्रुती ‘अस्थूलमनण्वह’् ‘स्वमदिर्घम’(यो आत्मा, न स्थूल हो, न अणु हो, न ह्रस्व हो, न दीर्घ हो)आदि भन्ने श्रुतीद्वारा यो असत् स्थूल शरीरको वाध (नाश) गरेर आकाश झैं,स्वतसिद्ध, अतर्कनिय, अखण्डबोध जुनब्रह्म छ । त्यो आत्मालाई चिन । अज्ञानजनित यो मिथ्या स्थूल देहको मोहलाई छोड ।

मृत्कार्यं सकलं घटादि सततं मृन्मात्रमेवाभित–
स्तद्वत्सज्जनितं सदात्मकमिदं सन्मात्रमेवाखिलम् ।
यस्मान्नास्ति सतः परं किमपि तत्सत्यं स आत्मा स्वयं
तस्मात्तत्त्वमसि प्रशान्तममलं ब्रह्माद्वयं यत्परम् ।।२५३।।

जसरी माटोको कार्य घैंटो आदि सम्पूर्ण पदार्थहरू सँधै सम्पूर्ण रूपमा माटो नै हुन्छ । त्यस्तै सत् (ब्रह्म) बाट उत्पन्न सत् स्वरूप सम्पूर्ण जगत्सत (ब्रह्म) मात्र हुन्छ । किनभने सत् (ब्रह्म) भन्दा भिन्न केही छैन । त्यही एक मात्र सत्य र स्वयं आत्मा पनि हो । यसैले त्यो शान्त, निर्मल र अद्वितीय ब्रह्म तिमी नै हौ । ।।२५३।।

जसरी माटोको कार्य घैंटो आदि सम्पूर्ण वस्तुहरू सधैं तीनकाल (उत्पतीपूर्व, उत्पतीपश्चात्, नास भएपश्चात) मासम्पूर्ण रूपमा माटो थिए, माटो हुन् । माटो नै रहन्छन् । (श्लोक २३०,२३१) । माटोबाट घैंटो आदि सम्पूर्ण वस्तुहरू बने भैंm सत् ब्रह्मबाट यो सम्पूर्ण जगत् उत्पन्न भएकोले, यो सम्पूण जगत् पनि सत् ब्रह्म मात्र हो । यहाँ सत् (ब्रह्म) भन्दा पृथक् केही छैन । त्यो सत् (ब्रह्मा) मात्र एकमात्र सत्य र स्वयं आत्मा पनि हो । मनुष्य पनि त्यही शान्त, निर्मल र अद्वितीय ब्रह्म हो ।

निद्राकल्पितदेशकालविषयज्ञात्रादि सर्वं यथा मिथ्या
तद्वदिहापि जाग्रति जगत्स्वाज्ञानकार्यत्वतः ।
यस्मादेवमिदं शरीरकरणप्राणाहमाद्यप्यसत्
तस्मात्तत्त्वमसि प्रशान्तममलं ब्रह्माद्वयं यत्परम् ।।२५४।।

जसरी सपनामा निद्राको कारण कल्पित देश, काल, विषय, ज्ञाता आदि सम्पूर्ण मिथ्या हो । त्यसैप्रकार यो जाग्रतवस्थामा पनि अज्ञान को कार्य भएको कारण यो जगत्् मिथ्या हो । त्यसकारण देखिएको यो शरीर, इन्द्रिय, प्राण, अहंकार आदि सम्पूर्ण असत् हुन् । यसैले जुन शान्त, निर्मल अद्वितइी, ब्रह्मा छ, त्यो नै तिमी हौ । ।।२५४।।

निद्रा विउँझिएपछि नष्ट हुने निद्रावस्थामाभासित देश, काल, विषय आदि सम्पूर्णलाई मिथ्या मानिन्छ । त्यस्तै अज्ञानको कारण सिर्जित अनि ज्ञानप्राप्ति पछि समाप्त हुने भएकोले जागृत अवस्थामा प्रतीत भइरहेको यो जगत् पनि भ्रम वा मिथ्या मानिन्छ । जगत् नै मिथ्या भएको र यो देह जगत्कै एक अंश भएकोले यो शरीर, इन्द्रिय, मन, बुद्धि, प्राण, अहंकार आदि सम्पूर्ण स्वतः मिथ्या हुन् । जुन शान्त, निर्मल, अद्वितीय ब्रह्म छ, त्यो तिमी नै हौ ।

जातिनीतिकुलगोत्रदूरगं नामरूपगुणदोषवर्जितम् ।
देशकालविषयातिवर्ति यद् ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२५५।।

जाती, निती, कूल, गोत्रबाट पर, नाम, रूप, गुण र दोष रहित, देश, काल र विषयबाट पर जुन ब्रह्म छ त्यो तिमी नै हौ । आफ्नो अन्तःरकरण (बुद्धि)मा यस्तो भावना गर ।।।२५५।।

ब्राम्हण, क्ष्ोत्रीय आदि जाती, समय अनुकूल व्यवहाररूपी निति, कूल, गोत्र आदि जस्तो स्थूल र सूक्ष्म शरीरमा आश्रित भाव, नाम, रूप, गुण आदिबाट दोषरहित, अनि देश, काल, र वस्तु नामक तीन परिच्छेदबाट रहित यस्तो जुन–ब्रह्म छ, त्यो तिमी नै हो । आफूलाई ‘म शरीर हुँ’ वा ‘यो शरीर म हुँ’ यस्तो तुच्छ भावना नगरि ‘म ब्रह्म हुँ’ भन्ने दृढ भावना सधैं अन्तकरणमा गर ।

यत्परं सकलवागगोचरं गोचरं विमलबोधचक्षुषः ।
शुद्धचिद्घनमनादिवस्तु यद् ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२५६।।

जो सर्वोत्कृष्ट, समस्तवाणीको अविषय, निर्मल ज्ञान चक्षुद्वारा जान्न सकिने, शुद्ध चिद्धन (चेतनायुक्त) र अनादि वस्तु ब्रह्म छ । त्यो तिमी नै हौ । आफ्नो बुद्धिमा यस्तो भावना गर । ।।२५६।।

जो सबैभन्दा उत्कृष्ट छ । जो समस्त वाणीकोे अविषय छ । फेरि जसलाई ज्ञान चक्षु वा आत्मज्ञानबाट जान्न सकिन्छ । यस्तो विकाररहित, शुद्ध चेतनायुक्त अनादि ब्रह्म जुन छ । त्यो सर्वोत्कृष्ट, निर्मल, विशुद्ध, नित्य चेतनायुक्त अनादि ब्रह्मा तिमी नै हो । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर । तिमी आफूलाई ‘म शरीर हुँ’ वा ‘यो शरीर म हुँ’ यस्तो भावना कहिल्यै नगर ।

षड्भिरूर्मिभिरयोगि योगिहृद्भावितं न करणैर्विभावितम् ।
बुद्ध्यवेद्यमनवद्यभूति यत् ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२५७।।

भोक, प्यास आदि छ उर्मि (तर·) हरूले रहित, योगीजनहरू जसलाई हृदयमा ध्यान गर्दछन् । जसलाई इन्द्रियबाट ग्रहण गर्न सकिँदैन । जो बुद्धिबाट अगम्य, स्तुत्य र एैश्वर्यशाली ब्रह्म छ, त्यो तिमी हौ । तिमी आफ्नो बुद्धिमा यस्तो भावना गर । ।।२५७।।

भोक, प्यास, शोक, मोह, वृद्धावस्था र मृत्युलाई संसार समुन्द्रका छ उर्मि (तरंग) भनेर भनिन्छ । यी छ तरङ्गहरू प्राण, मन र शरीरमा आश्रित छन् । भोक र प्यास प्राणको, शोक र मोह मनको, बुढौली र मृत्यु शरीरसँग सम्वन्धित तरङ्ग हुन् । विशुद्ध ब्रह्म यी प्राण, मन र शरीरसँग सम्बन्धीत नभएकोले यिनीहरूको धर्मबाट पनि रहित छ । भोक, प्यास आदि छ तरङ्गबाट रहित यो तङ्खव जसलाई योगीहरूले हृदयमा श्रद्धापूर्वक ध्यान गर्दछन् । शब्द, स्पर्श, रूप, रस र गन्धरहित भएकोले जसलाई इन्द्रियबाट ग्रहण गर्न सकिँदैन । यस्तो स्तुत्य, ऐश्वर्यपूर्ण ब्रह्म नै तिमी हो । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।

भ्रान्तिकल्पितजगत्कलाश्रयं स्वाश्रयं च सदसद्विलक्षणम् ।
निष्कलं निरुपमानमृद्धिमद् ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२५८।।

भ्रान्तिबाट कल्पित जगत्रूपी कलाको आश्रय, स्वआश्रयमा स्थित, सत् र असत् दुवैबाट विलक्षण (भिन्न), निरवयव, उपमारहित परम ऐश्वर्यशक्ति जुन ब्रह्म छ । त्यो तिमी नै हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर । ।।२५८।।

अज्ञान सिर्जित भ्रान्तिबाट कल्पित जगत्को आश्रय (अधिष्ठान), जो स्वयंस्वयंको आधार छ (वा अधिष्ठान भएकोले जसको अन्य कुनै आधार छैन), जो प्रत्यक्ष (सत्) र अप्रत्यक्ष (असत्) बाट भिन्न छ । निरयव वा निष्फल छ । जुन परमात्माको अन्य दोश्रो कुनै उपमा छैन । जो परम ऐश्वर्य सम्पन्न छ । त्यो ब्रह्म नै तिमी हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।

जन्मवृद्धिपरिणत्यपक्षयव्याधिनाशनविहीनमव्ययम् ।
विश्वसृष्ट्यवनघातकारणं ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२५९।।

जन्म, वृद्धि, परिणती, अपक्षय, व्याधि र नासरहित, अव्यय, विश्वको रचना, पालन र संहारको कारणजुन ब्रह्म छ, त्यो तिमी नै हौ । आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर । ।।२५९।।

उत्पती नभएकोले जन्मरहित, नवढ्ने हुनाले वृद्धिरहित, नवदलिने हुनाले अपरिणती, क्षय नहुने हुनाले अक्षय, नाश नहुने भएकोले नाशरहित, स्वयं वा अन्यबाट परिवर्तित नहुने हुनाले अव्यय, यस्तो ब्रह्म जसबाट जगत्पर्यन्त सम्पूर्ण प्राणी उत्पन्न हुन्छन् । उत्पन्न भएपछि जसको कारण वा आश्रयले सम्पूर्णको पालन हुन्छ । प्रलयकालमा जसमा यो सम्पूर्ण जगत् लीन हुन्छ । त्यस्तो ब्रह्म तिमी नै हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।

अस्तभेदमनपास्तलक्षणं निस्तर·जलराशिनिश्चलम् ।
नित्यमुक्तमविभक्तमूर्ति यद् ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२६०।।

भेदरहित, चिन्हरहित, तर· विनाको समुन्द्र समान निश्चल नित्य, मुक्त, र अखण्ड स्वरूप जुन ब्रह्म छ । त्यस्तो ब्रह्म तिमी हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।।।२६०।।

ब्रह्मभेद रहित छ । चिन्हरहित छ । चिन्हरहित भएको कारण अव्यक्त छ । असंग र अक्रिय भएकोले यो ब्रह्म तरङ्ग विनाको समुन्द्र समान निश्चल छ । सदा सर्वदा बन्धनरहित भएको कारण नित्यमुक्त छ । हे साधक ! तिमी भेदरहित, चिन्हरहित, निश्चल, नित्यमुक्त अखण्ड ब्रह्म हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।

एकमेव सदनेककारणं कारणान्तरनिरासकारणम् ।
कार्यकारणविलक्षणं स्वयं ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२६१।।

जो एक भएर पनि सबैको कारण रूप छ । अनेक कारणको निषेधको कारण तर स्वयं समस्त कार्य कारणबाट विलक्षण (भिन्न) जुन ब्रह्म छ । त्यो तिमी हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना गर ।।।२६१।।

ब्रह्म एक तङ्खव हो । यो तङ्खवमा कुनै विविधता छैन । जगत्का सम्पूर्ण वस्तुहरूको अधिष्ठान भएकोले एक भएरसबैको कारण रूप छ । त्यस्तै स्वयं साक्षी भएर सम्पूर्ण असत दृश्य पदार्थलाई ‘नेती नेती’ भन्दै निषेध गर्न सक्ने तर स्वयं कुनै पनि प्रकारका कार्य कारणबाट पृथक् ब्रह्म छ । तिमी त्यो ब्रह्मा हौ । तिमी आफ्नो बुद्धिमा सधैँ यो भावना राख ।

निर्विकल्पकमनल्पमक्षरं यत्क्षराक्षरविलक्षणं परम् ।
नित्यमव्ययसुखं निरञ्जनं ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२६२।।

विकल्पशून्य, महान्, अविनाशी, क्षराक्षरविलक्षण, सर्वोत्कृष्ट, नित्य, व्ययरहित (स्थीर) सुखदायीक, र निरन्जन जो ब्रह्मा छ त्यो तिमी नै हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना राख । ।।२६२।।

सम्पूर्ण विकल्पबाट रहित भएकोले विकल्पशून्य, भूमा (व्यापक) भएकोले महान्, नाशरहित भएकोले अविनाशी, अक्षर भएकोले नित्य, जगत् र मायारहित भएकोले क्षराक्षरविलक्षण, सत्य भएकोले सर्वोत्कृष्ट, अविनाशी भएको कारण नित्य, अखण्ड सुखदायक भएको व्ययरहित (स्थिर) सुखदायी, अज्ञानरहित भएकोले निरन्जन त्यस्तो ब्रह्म जुन छ । त्यो अन्य कोही होइन, त्यो तिमी हौ । तिमी सदैव आफ्नो बुद्धिमा म विकल्पशून्य, महान्, अविनाशी, मायारहित, सर्वोकृष्ट, नित्य निरन्जन, बोधरूप ब्रह्म हुँ भन्ने भावना गर ।

यद्विभाति सदनेकधा भ्रमान्नामरूपगुणविक्रियात्मना ।
हेमवत्स्वयमविक्रियं सदा ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२६३।।

जो सत् (परमात्मा) सुन झै सदा निर्विकार छ । भ्रमको कारण, नास, रूप, गुण र क्रिया आदि विकार रूपले भासमान हुन्छ । त्यो ब्रह्म तिमी नै हौ । आफ्नो बुद्धिमा यस्तो भावना सधैं राख । ।।२६३।।

जसरी सुनको विकाररूप वाला, कुण्डल आदि अनेकरूपी गहना भएपनि, मूलरूप सुन सदैव एक रहन्छ । त्यस्तै सधैं एकरूप ब्रह्म पनि अज्ञान सिर्जित भ्रमको कारणले गर्दा जगत्मा अनेक नाम, रूप, गुण क्रिया आदि विकार रूपले विभिन्न दृष्यमा भाषित भइरहेको छ । जगत्का यी अनेकन दृश्य प्रपन्चहरूमात्र मिथ्या वा आरोपित हुन् । आरोपित वस्तुको सत्ता अधिष्ठानदेखि भिन्न नहुने हुनाले (श्लोक २३३) । तिमी पनि त्यही ब्रह्म हौ । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भाव राख ।

यच्चकास्त्यनपरं परात्परं प्रत्यगेकरसमात्मलक्षणम् ।
सत्यचित्सुखमनन्तमव्ययं ब्रह्म तङ्खवमसि भावयात्मनि ।।२६४।।

यो ब्रह्मा अनपर (अर्थात जुन भन्दा पर अर्को कुनै छैन), प्रकृतीभन्दा पनि पर, प्रत्यक, एकरस, सबैको अन्तरआत्मा, सचिदानन्द स्वरूप, अनन्त र अव्यय छ । त्यो तिमी नै हो । तिमी आफ्नो बुद्धिमा यस्तो भावना राख । ।।२६४।।

यो ब्रह्म भन्दा पर अर्को कुनै वस्तु छैन । यो ब्रह्म अव्यक्त प्रकृतीभन्दा पनि पर छ । सम्पूर्ण जीवको अन्तरस्वरूप रहेको यो आत्मा एकरस,सच्चिदानन्द स्वरूप, अनन्त तथा नित्य भएकोले अव्यय छ । यस्तो ब्रह्म अरू कोही होइन, त्यो त तिमी नै हो । तिमी आफ्नो बुद्धिमा सधैं यस्तो भावना राख ।

उक्तमर्थमममात्मनि स्वयं भावय प्रथितयुक्तिभिर्धिया ।
संशयादिरहितं कराम्बुवत् तेन तङ्खवनिगमो भविष्यति ।।२६५।।

पूर्वोक्त विषयलाई आफ्नो निर्मल अन्तःकरण र वेदान्तका प्रसिद्ध युक्तिहरूद्वारा आफ्नो बुद्धिमा स्वयं विचार गर । यसबाट हातको अंजुलीमा लिएको पानी जस्तै शंसय रहित तङ्खवबोध हुन जान्छ । ।।२६५।।

माथिका विभिन्न श्लोकहरूमा व्याख्या गरिएका ब्रह्म र जीव एकत्वको व्याख्यालाई तिमी निर्मल अन्तःकरणमा वेदान्तका युक्तिहरूद्वारा विश्लेषण, विचार, र मनन गर । यसबाट तिम्रा द्विविधाहरू हटी अर्थात् तिम्रो संशय (संदेह) विपर्यय (प्रतीकूलता), सम्भावना (हुन सक्ने)नष्ट भई तिमीलाई हातको अंजुलीमा लिएको पानी जस्तै शंसय आदि रहित स्पष्ट तङ्खवबोध प्राप्त हुनेछ ।

सम्बोधमात्रं परिशुद्धतङ्खवं विज्ञाय सङ्घे नृपवच्च सैन्ये ।
तदाश्रयः स्वात्मनि सर्वदा स्थितो विलापय ब्रह्मणि विश्वजातम् ।।२६६।।

सेनाको विचमा रहने राजाजस्तै शरीर आदिको माझमा रहेको यो विशुद्ध बोधस्वरूप तङ्खव, आफ्नो आत्मालाई जानेर विशुद्ध अन्तःकरणद्वारा सदैव स्वरूपनिष्ठ भएर ब्रह्ममा सम्पूर्ण दृश्यवर्गलाई विलीन गर । ।।२६६।।

सेनाको केन्द्रमा रहेको राजाजस्तै शरीर, इन्द्रिय, मन, प्राण अहंकार आदिको माझमा अझ मुख्यत बुद्धिमा अवस्थित यो विशुद्ध, स्वयं प्रकाश आत्मा तिम्रो स्वरूप हो । यो विशुद्ध तङ्खव ‘आत्मा’लाई साधना, श्रुतीयुक्ति, र सद्गुरुवचनको श्रवण, मनन, चिन्तन आदि उपायद्वारा प्राप्त गरी विशुद्ध अन्तःकरणमा लिई सधैं आत्मस्वरूप निष्ठ भएर ब्रह्ममा विलीन भई मोक्ष प्राप्ति गर ।

बुद्धौ गुहायां सदसद्विलक्षणं ब्रह्मास्ति सत्यं परमद्वितीयम् ।
तदात्मना योऽत्र वसेद् गुहायां पुनर्न तस्या·गुहाप्रवेशः ।।२६७।।

सत् र असत्बाट विलक्षण (भिन्न), सत्य र अद्वितीय, परब्रह्म परमात्मा बुद्धिरूपी गुफामा अवस्थित छन् । हे शिष्य ! उ सँग एकरूप (एकाकार) भएर जो यो बुद्धिरूपी गुफामा निवास गर्दछ । उसको पुनः शरीररूपी गुफामा प्रवेश हुँदैन । अथवा उ मुक्त हुन्छ । ।।२६७।।

सत् (कार्य) र असत (कारण) बाट भिन्न ब्रह्म जुन स्वयंमा सत्य र अद्वितीय छ । यो ब्रह्म बुद्धिरूपी गुफामा निवास गर्दछ । (श्लोक १३४ पनि हेर्नुहोस्) (छान्दोग्योपनिषदमा पनि ‘स वा एवं आत्मा छदी’ (निश्चय नै त्यो आत्मा हृदयमा छ) भनिएकोले यो श्रुतीबाट पनि यो प्रमाणिक हुन्छ । हे शिष्य ! जब कोही
साधक चतुष्ट्य साधन विधि अनि सद्गुरुवचन, श्रवण, मनन आदि गरि बुद्धिलाई निर्मल, शुद्ध वा गुणरहित वनाई जब उ स्वयंमा स्थित सदानन्दरूप आत्मासँग जब एकाकार हुन पुग्दछ । ब्रह्म वा आत्मासँगै पूर्ण एकाकार वा विलयको अवस्था प्राप्त भएको स्थितीमा उ स्वयं नै ब्रह्म हुने हुनाले ब्रह्म वा आत्माको जन्म, पूर्वजन्म आदि नहुने हुनाले उ जन्म मरणको चक्रबाट मुक्त हुन्छ उसलाई यो अज्ञान सिर्जित देह पुनःप्राप्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 651 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 796 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 614 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 606 0
सद्गुरु लक्षण 633 0
शिष्य प्रार्थना 1/15/2023 693 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 628 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 921 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 795 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 559 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1190 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 498 0
सङ्खवगुण 1/15/2023 523 0
कारण शरीर 1/15/2023 588 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 502 0
अन्नमय कोश 1/15/2023 540 0
प्राणमय कोश 1/15/2023 556 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 594 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 629 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 463 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
वासना त्याग 1/15/2023 649 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 484 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 562 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 654 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 541 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 576 0
आत्म चिन्तनको उपदेश 1/15/2023 494 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 578 0
जीवनमुक्तको लक्षण 1/15/2023 567 0
प्रारब्ध कर्म विचार 598 0
प्रारब्ध निराकरण 1/15/2023 563 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 554 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 939 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0