अहंपदार्थ निरूपण

0 टिप्पणीहरू 557 आगन्तुकहरू

शरीर आदिलाई पृथक् गरि ज्ञानको दृढताको लागि अहंपदार्थको वर्णन तल गरिन्छ ।

सर्वात्मना दृश्यमिदं मृषैव नैवाहमर्थः क्षणिकत्वदर्शनात् ।
जानाम्यहंसर्वमिति प्रतीतिः कुतोऽहमादेः क्षणिकस्य सिध्येत् ।।२९४।।

यो दृश्य क्षणिक भएको कारण सम्पूर्ण प्रकारबाट मिथ्या हो । यो अहम् पदार्थ आत्मा होइन । “म सम्पूर्ण कुरा जान्दछु”, यस्तो प्रतीति क्षणिक अहंकार आदिलाई कसरी हुनसक्छ ? ।।२९४।।

अहम् पदार्थको अर्थ हुन्छ आत्मा । कैयन श्लोकहरूमा माथि उल्लेख गरिएको छ की अहम पदार्थ (आत्मा) सत्य, नित्य, अक्रिय, अपरवर्तनशील आदि छ । फेरि अविद्या सिर्जित देह अहंकारले गर्दा मनुष्यले “म शरीर हुँ” यो शरीर मेरो हो आदि भाव राख्दछ । स्वयंलाई शरीर मानेकोले उसमा कर्ता, भोक्ता आदि भावहरू सिर्जित हुन्छ । जहाँ जहाँ अहं वृत्तिको सम्बन्ध छ, त्यहाँ त्यहाँ उ अहंकारबाट प्रेरित भएर म (म खान्छु, म देखिरहन्छु, म सबै कुरा जान्दछु …)आदि कर्ता, भोक्ता भाव प्रकट गर्दछ । आत्मा एक भएको कारण, यसमा अनेकौं अहंभाव (म खान्छु …) आदि हुन सम्भव नहुने हुनाले आत्मा क्षण क्षणमा परिवर्तन नहुने हुनाले यो अहंभाव, अहं पदार्थ होइन आत्मा हुन सक्दैन ।

अहंपदार्थस्त्वहमादिसाक्षीनित्यं सुषुप्तावपि भावदर्शनात् ।
ब्रूते ह्यजो नित्य इतिश्रुतिः स्वयं तत्प्रत्यगात्मा सदसद्विलक्षणः ।।२९५।।

अहं पदार्थ (आत्मा) अहंकार आदिको साक्षी र नित्य छ । किनभने उसको सत्ता सुषुप्तिमा पनि देखिएको छ । श्रुती स्वयंले ‘अजो नित्यः’ भन्दछ । अतः प्रत्यगात्मा सत् र असत्बाट विलक्षण (पृथक्) छ । ।।२९५।।

श्लोक २९४ मा भनिएको छ की क्षणिक प्रतीति भएको कारण अहंकार आदि अहं पदार्थ (आत्मा) हुन सक्दैन । यो श्लोकमा भनिएको छ की, अहंकार आदिको साक्षी (बोधकर्ता) नित्य पदार्थ अहंपदार्थ आत्मा हो । सुषुप्ति (गहिरो निद्रा) मा देह, मन, इन्द्रिय निद्रामा लय भई जब देह अहंवृत्तिको अभाव हुन्छ । त्यस्तो अवस्थामा मनुष्यले “म आनन्द साथ निदाएछु”, भन्ने बोध गर्दछ । त्यो गहिरोसँग आनन्दपूर्वक निदाएको बोधकर्ता अहं पदार्थ हो आत्मा हो । श्रुती स्वयं ईश्वरको वाणीबाट रचित धर्मग्रन्थहरूले पनि “अजो नित्य” (त्यो नित्य छ) आत्मा शाश्वत पुरातन, देह नष्ट भएपनि नष्ट नहुने तङ्खव भनेका छन् । यसैले प्रत्यगात्मा (सचिदानन्दस्वरूप आत्मा) अहंकार असत वस्तुहरूबाट भिन्न छन् ।

विकारिणां सर्वविकारवेत्ता नित्योऽविकारो भवितुं समर्हति ।
मनोरथस्वप्नसुषुप्तिषु स्फुटं पुनः पुनर्दृष्टमसङ्खवमेतयोः ।।२९६।।

विकारी वस्तुहरूको सम्पूर्ण विकारको ज्ञाता, नित्य छ । त्यो अविकारी हुनुपर्दछ । मनोरथ (मनका कल्पना) स्वप्न, सुषुप्तिमा शरीर र अहंकार दुवैको वारम्वार स्पष्ट अभाव देखिएको छ । ।।२९६।।

विकारी यो देह जन्मदेखि मृत्युसम्म देह, मन, बुद्धि, प्राण अनित्य वस्तुमा सिर्जना हुने सम्पूर्ण विकारको नित्य ज्ञाता (बोधकर्ता) अनित्य वस्तु हुनै सक्दैन । किनकि अनित्य वस्तुले नित्य बोध गर्न सक्दैन । त्यो पदार्थ अविकारी नै हुनुपर्दछ ।

मन कल्पनाहरूमा डुबेको, सपना देखिरहेका,सुषुष्तिमा गहिरोसँग निदाएको अवस्थामा शरीर र देहमा अहंकार (कर्ता, भोक्ता, आदि) भावको अभाव हुन्छ । एउटा तङ्खव छ जसले मनले के के कल्पना ग¥यो ? सपनामा के के दृश्य घटनाहरू देखियो ? सुषुप्तिमा कस्तो आनन्द प्राप्त भयो आदि थाहा पाउँछ त्यो आत्मा हो ।

अतोऽभिमानं त्यज मांसपिण्डे पिण्डाभिमानिन्यपि बुद्धिकल्पिते । कालत्रयाबाध्यमखण्डबोधं ज्ञात्वा स्वमात्मानमुपैहि शान्तिम् ।।२९७।।

यसैले यो मांसपीण्ड (शरीर) अनि बुद्धि कल्पित देह अहंकारको अभिमान त्याग गर । तीनै कालमा अवाधित, अखण्ड, ज्ञानस्वरूप, आत्मालाई चिनेर तिमी शान्ति प्राप्त गर । ।।२९७।।

यो अनित्य, विकारी, मलमुत्र पिण्डरूपी देह, अविद्या सिर्जित देहअहंकार जसको कारणले तिमीलाई यो जगत्रूपी भवसागर जन्म मरणको चक्र प्राप्त भएको छ । साधनाद्वारा स्व–स्वरूपलाई प्राप्त गरी तिमी यो देह अभिमानलाई नष्ट गर । अनि कालातीत, नित्य ज्ञान स्वरूप, आत्मालाई प्राप्त गरेर मुक्तिको परम सुखलाई प्राप्त हुनेछौ ।

त्यजाभिमानं कुलगोत्रनामरूपाश्रमेष्वार्द्रशवाश्रितेषु ।
लि·स्य धर्मानपि कर्तृतादींस्त्यक्त्वा भवाखण्डसुखस्वरूपः ।।२९८।।

गीलो लाशतुल्य यो शरीरमा आश्रित कुल, गोत्र, नाम, रूप र आश्रमको अभिमानलाई त्याग गर । यसै प्रकार कर्ता, भोक्ता भाव आदि शुक्ष्म शरीरको धर्मलाई पनि त्यागेर अखण्ड आनन्द स्वरूपको अनुभव गर । ।।२९८।।

मात्र प्राणले यो शरीरलाई शव हुनबाट जोगाएको छ । जुन दिन प्राण जान्छ । त्यो क्षण प्राणमात्र जाँदैन मनिसले जीवपर्यन्त अभिमान गर्व गर्ने गरेको मेरो शरीर, मेरो उच्च गोत्र, मेरो सुन्दर रूप, मेरो नाम, मेरो विशिष्ट आश्रम, यी
सम्पूर्ण ‘म मेरो रूपी’ पदार्थहरू तत्क्षण समाप्त हुन्छन् ।

गुरुदेव भन्नुहुन्छ हे साधक, गीलो लाश समान यो देह अज्ञानको कारण सिर्जना भएको तिम्रा यी कथित कुल, गोत्र, नाम, रूप, आश्रम, जाती, धर्म आदि अनेकन अभिमानहरू शरीर देहसँग सम्बन्धित छन् । मृत्युमा यी सम्पूर्ण छुट्नेछन् । तिमी यसलाई अहिल्यै त्याग । मृत्युसँग नष्ट हुने भएकाले यी सम्पूर्ण देह र देहसँग जोडिएका वस्तु मिथ्या हुन्,अनित्य हुन् । अर्थहीन हुन् । त्यसैले तिमीले साधनद्वारा स्थूल देह र सूक्ष्म देह (कर्ता, भोक्ता) लाई त्यागेर अखण्ड आनन्द स्वरूपको अनुभव गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 647 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 794 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 558 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 917 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 569 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 555 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 498 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 722 0
आवरण र विक्षेपशक्ति 1/15/2023 722 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 627 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 463 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 585 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 650 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 570 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 572 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0