अविद्याको स्थिति

0 टिप्पणीहरू 561 आगन्तुकहरू

यतिरसदनुसन्धिं बन्धहेतुं विहाय
स्वयमयमहमस्मीत्यात्मदृष्ट्यैव तिष्ठेत् ।
सुखयति ननु निष्ठा ब्रह्मणि स्वानुभूत्या हरति
परमविद्याकार्यदुःखं प्रतीतम् ।।३३४।।

यति (सन्यासी) हरूले बन्धनको कारण असत् वस्तुको अनुसन्धान (चिन्तन) लाई छोडेर ‘यो ब्रह्म मै हुँ’ भन्ने आत्मदृष्टिमा स्थिर रहनु पर्दछ । किनकि ब्रह्मनिष्ठामा आत्म–अनुभूतिको आनन्द प्राप्त हुन्छ । पूर्वमा प्रतीत हुने अविधा र उसको कार्य दुःख पूर्णरूपमा नाश हुन्छ । ।।३३४।।

परमात्मा प्राप्तिका लागि संसारसँग सम्पूर्ण नाता तोडिदिएका सन्यासीहरूले बन्धन, जन्मपर्यन्त दुःख, व्याधी, मृत्युपश्चात् जन्म–मरणको कारण मिथ्या असत् वस्तु प्राप्तिको चिन्तनलाई पूर्णरूपमा त्यागेर ‘यो ब्रह्म मै हुँ’ भन्ने दृढ भावना लिई ब्रह्मबाहेक अन्य चिन्तन त्य(ागेर ब्रह्ममा नै स्थिर रहनुपर्दछ ।

नित्य ब्रह्मनिष्ठाको चिन्तनले ब्रह्मस्वरूपको नित्य आनन्द प्राप्त भई अन्ततः पुरुष ब्रह्ममा विलय हुन्छ । यही मोक्ष हो । जब मोक्ष प्राप्त हुन्छ अविद्या उसको कार्य दुःख, जन्म, मरणको सत्ता रहन सक्दैन ।

बाह्यानुसन्धिः परिवर्धयेत्फलं दुर्वासनामेव ततस्ततोऽधिकाम् ।
ज्ञात्वा विवेकैः परिहृत्य बाह्यं स्वात्मानुसन्धिं विदधीत नित्यम् ।।३३५।।

विषयको चिन्तनले दुर्वासनरूपी फललाई नै उत्तरोत्तर रूपमा बढाउँदछ । यसैले विवेकपूर्वक उसलाई (आत्मा) चिनेर बाह्य विषयलाई छोडेर नित्य आत्म–अनुसन्धान गर । ।।३३५।।

विषयको चिन्तनले वासनावृक्षलाई मलजल गरी अनेकन अनर्थरूपी फलहरू प्रदान गरी मनुष्यलाई नष्ट गर्दछ । यो पूर्वश्लोकहरूमा पनि उल्लेख छ । त्यसैले मोक्षका साधकहरूले विवेकपूर्वक जगत्का यी अर्थहीन, मिथ्या भोग विषयप्रति दृष्टिसम्म पनि नदिई स्व–आत्म अनुसन्धानमा निरत रही ब्रह्मपद प्राप्त गर्नुपर्दछ ।

बाह्ये निरुद्धे मनसः प्रसन्नता मनःप्रसादे परमात्मदर्शनम् ।
तस्मिन्सुदृष्टे भवबन्धनाशो बहिर्निरोधः पदवी विमुक्तेः ।।३३६।।

बाह्य विषयलाई निरोध (निषेध) गरेपछि मनमा प्रशन्नता प्राप्त हुन्छ । मन प्रसन्न भएपछि परमात्मासँग साक्षात्कार हुन्छ । सम्यक् साक्षात्कार प्राप्त भएपछि भवरूपी जगत् बन्धन नाश हुन्छ । यसैले बाह्य (वस्तुको) निरोध नै मुक्तिको मार्ग हो । ।।३३६।।

मनुष्यका ईच्छाहरू अनन्त छन् । इच्छा प्राप्त नभएको अवस्थामा प्रायशः मन ती वस्तुहरूको चिन्ता गर्दछ (चिन्ता एक अर्थमा दुःखपूर्ण भाव हो । इच्छा गरेको वस्तु प्राप्त हुन्छ मनुष्यको मन पुनः प्रशन्न (क्षणिक) हुन्छ । इच्छाहरू अनन्त भएकाले एकइच्छा पूरा भएपछि अर्को इच्छाको सिर्जना हुने गर्दछ । जीवन पर्यन्त तृष्णपूर्ण मनुष्य दुःखी मन लिएर बाँच्दछ । जब बाह्य विषय वा ईच्छालाई मिथ्या ठानेर निषेध गरिन्छ । मनमा ईच्छा प्राप्तिक्रमका सिर्जना हुने चिन्ता, संघर्ष, प्राप्त भए वा नभएपछि मनमा जन्मने अनेकन भाव स्वभावत् नष्ट भई मनमा प्राकृततः आनन्द वा प्रसन्नता जन्मिन्छ । सपना र सुषुप्ति अवस्थामा मनका प्रपन्च घट्ने वा इच्छा नरहने हुनाले यी अवस्थामा मनुष्यमन शान्त, प्रसन्न, आनन्दित अवस्थामा रहन्छ । जब बाह्य विषय निषेधित मन प्रसन्न हुन्छ, मनुष्यले स्व–स्वरूपको आनन्दरूपी परमात्मासँग साक्षात्कार गर्दछ । जबसम्यक् साक्षात्कार प्राप्त हुन्छ, त्यो अवस्थामा मनका सम्पूर्ण प्रपञ्च नष्ट हुन्छन् । यसैले विषय चिन्तनको निषेध मुक्तिको मार्ग हो ।

कः पण्डितः सन् सदसद्विवेकीश्रुतिप्रमाणः परमार्थदर्शी ।
जानन् हि कुर्यादसतोऽवलम्बं स्वपातहेतोः शिशुवन्मुमुक्षुः ।।३३७।।

परमार्थदशी, श्रुति प्रमाणलाई मान्ने, सत् र असत् वस्तु, विवेकी, पण्डित र मुमुक्षु भएर पतनको कारण बुझेपछि बालक झैं (अज्ञानी) असत्का् अवलम्वन को गर्दछ ?।।३३७।।

परमार्थ (परमतङ्खव ब्रह्म) दर्शनको विशिष्ट लक्ष्य लिएको, वेद श्रुति वा ईश्वर वचनलाई श्रद्धा गर्ने, ती वचनलाई प्रामाणीक मानी, विश्वास÷सम्मान गर्ने, सत्
र असत् वस्तु छुट्याई असत्लाई त्याग्ने, विवेकी, शास्त्रज्ञाता (पण्डित) अनि मोक्षमात्र एक लक्ष्य लिएको मुमुक्षु भएर अज्ञान, केही थाहा नपाएको बालक झैं मिथ्या असत् जगत् र विषयवस्तुको चिन्तन ग्रहण कोही गर्दछ भने यो भन्दा ठूलो अनर्थ के होला ?साधकको यो भन्दा ठूलो पतन के होला?

हादिसंसक्तिमतो न मुक्तिर्मुक्तस्य देहाद्यभिमत्यभावः ।
सुप्तस्य नो जागरणं न जाग्रतः स्वप्नस्तयोर्भिन्नगुणाश्रयत्वात् ।।३३८।।

देह आदि अनात्मामा आसक्ति राख्ने पुरुषको कहिल्यै मुक्ति हुँदैन । जुन पुरुष मुक्त हुन्छ उसमा देहाभीमान रहँदैन । जसरी सुतेको पुरुषलाई जागृतवस्था र जागेको पुरुषलाई सपना अवस्थाको अनुभव हुँदैन । यी दुवै अवस्थाहरू भिन्न भिन्न गुणहरूमा आश्रित छन् । ।।३३८।।

देहमा आसक्ति मोक्ष नितान्त दुईपृथक् अवस्था हुन् । जुन मनुष्यमा देह, मन, प्राण अनि जगत्का अनात्मा वस्तुप्रतिको आसक्ति रहन्छ, त्यो अवस्थामा उसको मनको सम्बन्ध जगत्का वासनासँगभई चित्तका रजोगुण, तमोगुणका शक्तिहरू झाँगिई उसको बन्धन शक्तिशाली हुनाले यस्तो पुरुषलाई मुक्ति सम्भव हुँदैन ।

जब पुरुष मुक्त हुन्छ जगत्सँग मनको सम्बन्ध समाप्त हुन्छ । आत्मज्ञान प्राप्त गरेको त्यो विद्वान्मा देहाभीमान कसरी उपस्थित हुन सक्छ र ?जसरी पृथक् गुणहरूमा आश्रित भएकोले सुतेका पुरुषलाई जागृत र जागृत पुरुषलाई सपनाको अवस्थाको अनुभव हुँदैन । त्यस्तै बन्धनमा परेको पुरुषलाई मोक्ष र मोक्ष पुरुषलाई बन्धनमा परको मनुष्यको अवस्थाको अनुभव हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 640 0
मंगलाचरण 1/15/2023 647 0
मुक्तिको दुर्लभता 1/15/2023 540 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 794 0
विचारको महङ्खव 1/15/2023 519 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 633 0
शिष्य प्रार्थना 1/15/2023 693 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 511 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 560 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 919 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 571 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 984 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 557 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 498 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 588 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 724 0
आवरण र विक्षेपशक्ति 1/15/2023 724 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 627 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 465 0
आत्मस्वरूप निरूपण 1/15/2023 533 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 555 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 638 0
वासना त्याग 1/15/2023 649 0
अध्यास निराकरण 1/15/2023 640 0
अहंपदार्थ निरूपण 1/15/2023 558 0
अहंकार – मुख्यवाधा 1/15/2023 466 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 587 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 654 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 572 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 541 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 575 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 576 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 567 0
प्रारब्ध कर्म विचार 598 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 552 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 1001 0
परमार्थता 1/15/2023 1480 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35538 0