(समाधिनिष्ठ पुरुष र परमात्मभाव प्राप्तिको वर्णन गरिन्छ ।)
सति सक्तो नरो याति सद्भावं ह्येकनिष्ठया ।
कीटको भ्रमरं ध्यायन् भ्रमरत्वाय कल्पते ।।३५९।।
एकनिष्ठ ब्रह्ममा समाहित चित्त भएको पुरुष ब्रह्मभावलाई प्राप्त गर्दछ । जसरी भ्रमरको भयले एकाग्र भएर ध्यान (स्मरण) गर्दा किरा भ्रमण स्वरूप हुनजान्छ । ।।३५९।।
चित्त जब अर्को वस्तु वृत्तिसँग सम्पर्कमा आउँछ । यसले तत्क्षण त्यही वस्तुको भाव वृत्ति गहण गरि त्यो वस्तु वृत्तिसँग एकाकार हुनजान्छ । यसैले मनुष्य जीवनमा चित्तको दशा अत्यन्त महङ्खवपूर्ण छ । चिन्तनबाट चित्तको दशा निर्माण हुने हुनाले मोक्षका साधकहरू चित्तको अवस्थाप्रति अत्यन्त सावधान हुन आवश्यक छ ।
जब साधक एकनिष्ठ गहन भावले ब्रह्मको अतिरिक्त यो जगत्मा देह आदि केही पनि छैन भन्ने विचार लिई ब्रह्मको सत्, चित्त, आनन्द, अद्वितीय स्वरूपको अविरल चिन्तन गर्दछ । उ स्वयंको चित्तब्रह्मको स्वरूपसँग एकाकार भई पूर्ण ब्रह्मभाव प्राप्त गर्दछ । एउटा पुरानो कथाको दृष्टान्त यहाँ दिइएको छ, कथा यस्तो छ । कुनै भ्रमर, ससाना किरालाई समोतर आफूले माटोले
बनाएको गुँडमा किराहरूलाई राखेर आफ्नो भुन भुन शब्दमा भुनभुनाउँथ्यो । यो आवाजले स–सना किराहरू अत्यन्त भयभित हुन्थे । आवाजबाट भयभित भएको कारणले यी किराहरू नित्य अविरल भ्रमराको स्वरूपको चिन्तन गर्नथाले । यही नित्य भ्रमर चिन्तनको परिणामले गर्दा कालान्तरमा किराहरू स्वयं नै आफ्नो स्वरूप त्याग गरेर भ्रमरा जस्ता देखिए । यिनीहरूमा पखेटा निस्किए र उड्न समर्थ भए । सारांशमा जुन चिजको गहिरो चिन्तन गरिन्छ त्यो प्राप्त हुन्छ ।
क्रियान्तरासक्तिमपास्य कीटको ध्यायन् यथालिं ह्यलिभावमृच्छति ।
तथैव योगी परमात्मतङ्खवं ध्यात्वा समायाति तदेकनिष्ठया ।।३६०।।
जसरी किरा अन्य क्रियाको आसक्तिलाई छोडेर मात्र भ्रमरको ध्यान गर्दै भ्रमरको भाव प्राप्त गर्दछ । त्यस्तै योगी एकनिष्ठ भएर परमात्म तङ्खवको ध्यान (चिन्तन) गर्दै उसलाई प्राप्त गर्दछ । ।।३६०।।
जसरी भ्रमरको आवाजबाट भयभित भएका किराहरूले नित्य भ्रमर चिन्तन गर्दा भ्रमरकै स्वरूपलाई पाएझैं परमतङ्खव प्राप्तिको मात्र लक्ष्य लिएका योगीहरू पनि जगत्को चिन्तन त्यागी नित्य परमतङ्खव चिन्तन गर्दछन् । जब नित्य ब्रह्म चिन्तनको प्रक्रिया सुरू हुन्छ, त्यो अवस्थामा चित्त स्वभावत ब्रह्मसँग एकाकार भई ब्रह्मकै गुण धर्म ग्रहण गरेर साधक स्वयं ब्रह्म बन्दछ ।
अतीव सूक्ष्मं परमात्मतङ्खवं न स्थूलदृष्ट्या प्रतिपत्तुमर्हति ।
समाधिनाऽत्यन्तसुसूक्ष्मवृत्त्या ज्ञातव्यमार्यैरतिशुद्धबुद्धिभिः ।।३६१।।
अत्यन्त सूक्ष्म परमात्म तङ्खवलाई स्थूल दृष्टिद्वारा प्राप्त गर्न सकिँदैन । उसलाई अत्यन्त शुद्ध बुद्धि भएका सज्जन सत्पुरुषले समाधिद्वारा अत्यन्त सूक्ष्म वृद्धिद्वारा बुझ्नु वा प्राप्त गर्नु पर्दछ । ।।३६१।।
निर्गुण वा अत्यन्त सूक्ष्म, पाँचकोशहरूबाट पृथक्, इन्द्रियबोध अगम्य, बोधरूप भएको कारण स्थूल दृष्टिबाट देहादि पदार्थलाई झै आत्मालाई सहजै बुझ्न प्राप्त गर्न सकिँदैन । यो परमतङ्खव आत्मालाई साधनाद्वारा बुद्धिका क्लेशलाई नष्ट गरी निर्मल शुद्धबुद्धि प्राप्त गरेका साधकहरूले समाधिको अवस्थामा अत्यन्त सूक्ष्मबुद्धि वा समाधि अवस्थामा प्राप्त हुने ब्रह्मको आनन्दमय नित्य रस (अनुभूति) बाट बुझ्न सक्दछन् ।
यथा सुवर्णं पुटपाकशोधितं त्यक्त्वा मलं स्वात्मगुणं समृच्छति ।
तथा मनः सङ्खवरजस्तमोमलं ध्यानेन सन्त्यज्य समेति तङ्खवम् ।।३६२।।
जसरी अग्निद्वारा सोधन गरिएको सुन, मल विकारलाई त्यागेर आफ्नो स्वाभाविक गुणलाई प्राप्त गर्दछ । त्यस्तै प्रकार ध्यानद्वारा सङ्खव, रज, र तमरूपी मल (विकार) हटाएको मनले पनि परमतङ्खव (वा आफ्नो स्वाभाविक स्वरूपलाई प्राप्त गर्दछ । ।।३६२।।
जब विकार वा अन्य धातुहरू मिसिएको सुनलाई अग्निमा सोधन गरेपछि, सुनमा मिसिएका मल विकारहरू नष्ट भई सुनले आफ्नो स्वाभाविक प्राकृतिक शुद्ध गुणलाई प्राप्त गर्दछ । त्यस्तै अज्ञानको कारण मनमा संग्रहित तम, रज, सत् रूपी गुण वा वासनाहरू स्व–स्वरूपको नित्य ध्यानबाट क्षीण (नाश) हुँदै गई साधकले आफ्नो स्वाभाविक स्वरूपलाई प्राप्त गर्दछ ।
निरन्तराभ्यासवशात्तदित्थं पक्वं मनो ब्रह्मणि लीयते यदा ।
तदा समाधिः सविकल्पवर्जितः स्वतोऽद्वयानन्दरसानुभावकः ।।३६३।।
निरन्तर अभ्यासबाट परिपक्व भएको मन जब ब्रह्ममा लीन हुन्छ तब स्वभाविक अद्वितीय आनन्दको अनुभव गराउने निर्विकल्प समाधि सिद्ध हुन्छ । ।।३६३।।
नित्य स्व–स्वरूप ध्यानको अभ्यासबाट परिपक्व साधनाको कारणले जगत् चिन्तनबाट पूर्ण अंसग भएको मन ब्रह्मकै गुणहरूलाई ग्रहण गर्दै ब्रह्ममा लीन हुन्छ । साधक स्वयं ब्रह्म बन्दछ । ब्रह्मरूपी रस आनन्द प्राप्त भएको अवस्थामा मन क्षणिक विषय आनन्दको आशामा जगत्को स्मृति नगर्ने भएकाले नित्य यही अद्वितीय आनन्द खोज्ने हुनाले ऊ झन्–झन् ब्रह्मचिन्तनको गहिराइमा गई निर्विकल्प समाधि–सिद्ध हुन्छ ।
समाधिनानेन समस्तवासनाग्रन्थेर्विनाशोऽखिलकर्मनाशः ।
अन्तर्बहिः सर्वत एव सर्वदा स्वरूपविस्फूर्तिरयत्नतः स्यात् ।।३६४।।
यो निर्विकल्प समाधिद्वारा समस्त वासनारूपी ग्रन्थीहरूको नाश हुन्छन् । वासनाहरू नाश भएपछि सम्पूर्ण कर्महरू नासिन्छन् । भित्र र बाहिर सर्वत्र विनाप्रयत्न आत्मस्वरूपको प्रतीति स्वफूर्त (विनाप्रयत्न) प्राप्त हुन जान्छ । ।।३६४।।
मनका अनन्तः वासनाहरूको कारणले गर्दा मन जगत््प्रति आकर्षित भई मनुष्य वासनामय कर्महरूमा प्रवृत्त हुन्छ । जगत््को बन्धन, दुःखरूपी भवसागर, जन्म–मरणको चक्र प्राप्त गर्दछ भनी माथि नै विभिन्न श्लोकहरूमा व्याख्या गरिसकिएको छ ।
साधक जब साधन मार्गद्वारा मनका तम, रज, सत् गुणीय वासनालाई नष्ट गर्दै आत्मज्ञान प्राप्त गर्दछ तब आफ्नो वास्तविक स्वरूपको वा आत्माको ज्ञान प्राप्त गर्दछ । यो आत्म–साक्षात्कारको स्थिति हो ।
साधक जब पुनः नित्य ब्रह्मस्वरूपको ध्यान (निदिध्याशन) गरी, स्वयं ब्रह्ममा विलय भई, जब ब्रह्मकै सत्, चित्, आनन्दरूपी गुण प्राप्त गर्दछ, तबनिर्विकल्प समाधिको स्थिति प्राप्त गर्दछ । यो स्थिति प्राप्त भएपछि मनुष्य स्वयं सदानन्दरूप ब्रह्ममा परिणति हुने हुनाले भित्र र बाहिर सर्वत्र आत्मस्वरूपको प्रतीति (वा म नै ब्रह्म हुँ) प्राप्त गरी परम्शान्ति र आनन्(दमा डुब्दछ । यो नै पूर्ण मोक्षको स्थिति हो ।