झट्ट सुन्दा यो प्रश्न अत्यन्त सरल, सहज आदि झै प्रतित हुन्छ । फेरि यथार्थतामा ईश्वर के हो ? यो साधारण प्रश्न होइन । यो प्रश्न संसारको सबैभन्दा गहन प्रश्न हो । यो प्रश्नको उत्तर यति जटील छ की यो प्रश्नमा संसारका विभिन्न धर्मशास्त्रहरु, विशिष्ट विद्वानहरु, वैज्ञानिक, गुरुहरु पनि अल्मलिएका छन् । स्पष्ट उत्तर दिन असमर्थ छन् । ईश्वरको सरल र स्पष्ट उत्तर दिन असमर्थ भएकै कारण आज यो संसारका “ईश्वर” शब्दको वरीपरि भ्रमको एक पहाड खडा भएको छ ।
आखिर के हो त ईश्वर ? यो प्रश्नको स्पष्ट उत्तर गीताका श्लोकहरुमा छिपेका छन् । गीतामा धर्मरक्षाको लागि अवतरण हुन भएको स्वयं भगवानका शब्दहरुमा यो प्रश्नको उत्तर छिपेको छ । कृष्णले ईश्वर के हो ? यो प्रश्नको स्पष्ट उत्तर दिनुभएको छ । ईश्वर के हो ? को उत्तर दिँदै भगवान् भन्नुहुन्छ ।
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।।४–६।।
म अजन्मा र अविनाशी स्वरुप भएर पनि (तथा) सम्पूर्ण प्राणीहरुको ईश्वर भएर पनि स्वाम् प्रकृतिम् वा आफ्नो प्रकृतिलाई अधिन गरेर आफ्नो योगमायाबाट प्रकट हुन्छु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।
हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४–८।।
साधु (साधक) पुरुषहरुको उद्धार गर्न, दुष्कृताम् वा (मोक्ष विद्या लुप्त भएकोले संस्कार विनास गर्ने विधि ज्ञात नहुँदा पाप वा विकार कर्म गर्न विवशहरुको सत्य मोक्ष विद्याद्वारा पाप वा विकार) विनाश गर्न र धर्मलाई स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।
(भावार्थ) हे अर्जुन, म अजन्म, अविनाशी, निराकार तत्व हुँ । तर, म शून्य, निर्जिव तत्व होइन । म जिवन्त चेतन तत्व हुँ । म यति जिवन्त वा बोधपूर्ण छु कि यो पृथ्वीमा धर्मको नाश भइरहेको छ । अधर्मको विस्तार भइरहेको छ । अधर्म वा सांसारिकताको विस्तारले साधु (साधक) हरु धर्म मार्गबाट बिचलित भइरहेका छन् । पाप, विकार, संस्कारहरु प्राप्त गरिरहेका छन् । तिनिहरुलाई उद्धार वा सहयोगको अवश्यकता परिरहेको छ आदि जस्ता धरतीमा घटिरहेका अदृश्य घटनाहरुलाई स्पष्ट रुपमा बोध गर्न सक्दछु । बुझ्न सक्दछु । यस्ता क्षणहरुमा सर्वशक्तिमान ‘म’ आफ्नो योगमाया शक्तिद्वारा मनुष्य रुपमा जन्म लिई साकार रुपमा नै सत्यमोक्ष विद्याद्वारा धर्म स्थापना गर्न पृथ्वीमा अवतरित हुन्छ ।
भगवानको माथिको श्लोकबाट नै स्पष्ट छ कि ईश्वर वा परमात्मा भनेको अजन्मा, अविनाशी, जिवन्त, बोधपूर्ण, सर्वशक्तिमान, निराकार तत्व हो । परमात्मा स्वयंले स्वयंको एक अंशलाई जड त्रिगूणीमा सथापना गर िमानिसको रचना गर्नुभएकोले (…..) तँपाई यहि ईश्वरको एक अंग हुनुहुन्छ । मोक्ष साधनाको ध्येय नै स्वयंमा छिपेका यहि ईश्वरीय अंगको प्रामाणीक अनुभूति प्राप्त गर्नु हो ।
ईश्वर साकार व्यक्ति हो कि निराकार तत्व हो ?
माथिका भगवानका वचनहरुबाट नै यो स्पष्ट छ कि ईश्वर ‘मूलरुपमा’ निराकार तत्व नै हो । कृष्ण, शिव, जिसस् आदि जति पनि साकार रुप ईश्वरहरु यो धरतिमा मानिसको रुपमा प्रकट भए, ति ईश्वरहर मात्र यहि निराकार तत्वको साकार रुपमा प्रकटिकरण वा अवतरण मात्र हो ।