अवतारको जन्म र कर्म कस्तो हुन्छ ?

0 टिप्पणीहरू 657 आगन्तुकहरू

अवतार साधारण मानिसहरु होइनन् । यद्धपी अवतारहरु साधारण मानिस झैँ नै जन्मिन्छन् । मानिसको शरिरमा उपस्थित भएकाले वाह्य रुपमा झट्ट हेर्दा मानिसहरु झैँ नै देखिन्छन् । भगवान् कृष्ण वाह्य रुपमा मानिस झैँ नै देखिनुहुन्छ । तर, अवतार त्रिगुणी प्रकृतिको नियन्त्रणमा रहेका आत्माहरु झैँ ईश्वरीय श्वाशत नियमहरु अनुसार जन्म प्राप्त गरी पृथ्वीमा आइपुगेका मानिसहरु होइन । अवतारको जन्म त्रिगुणी प्रकृतिद्वारा निर्धारण हुँदैन । उ स्व–इच्छाले मानिस जन्म ग्रहण गर्दछ ।

अवतार मूलतः करुणाको कारण यो धरतिमा जन्म लिन्छन् । यो जगतमा प्रत्येक मानिसको जिवनमा मोक्षको संभावाना छिपेको छ । ‘बुद्धत्व’को संभावना छिपेको छ । प्रत्येक मानिस परम शान्ती, परम आनन्द, परम स्वतन्त्रतामा बाँच्न सक्ने संभावना छिपेको छ । यो जगतमा मानिसले दुख, अशान्ती, भय, ब्याकुलता आदि प्राप्त गर्नुपर्ने कुनै कारण नै छैन । तर समस्या के छ भने प्रतिक्षणको यो दुखपूर्ण मानिसको जिवनबाट मोक्ष जिवन स्थितिसम्म कसरी पुग्ने भन्ने साधना मार्ग पहिल्याउन अत्यन्त दूरुह छ । यो संसार जतिपनि दुख नाश गरी निर्वाण प्रदान गर्ने भनिएका विद्याहरु, साधना विधिहरु आदिहरु छन् यि सम्पूर्ण भ्रामक, आंशीक, मीथ्या आदि प्रकृतिका छन् । जून साधकहरु मोक्ष प्राप्तीको लागि साधनारत छन्, ति साधकहरु पनि मोक्ष विद्या ‘असत्’ भएको कारण साधना संघर्षमा फसन पुग्दछन् । जब जब पृथ्वीमा ‘सत्य मोक्ष’ विद्या नष्ट हुन्छ, सत्य मोक्ष साधना विधि नष्ट भएको कारणले मानिस स्वयंको श्वाशत रुपसँग परिचित हुन सक्दैन । यो स्थितिमा उ स्वयंलाई स्थूल देहधारी मानिस मान्दै मूल अज्ञानबाट बाँधिन पुगी सुख र शान्तिको खोजीमा संसारका विषयहरुप्रति आकर्षित हुन पुग्दछ । जसको परिणाम स्वरुप मानिसहरुमा अर्धम (सांसारिकता) को वृद्धि र धर्म (आध्यात्मिकता वा स्वयंको खोज) क्षय हुन थाल्दछ । यि क्षणहरुमा मानिसमा त्रिगूणी संस्कारहरु झन् झन् विस्तारीत हुन थाल्दछ ।

शनैः शनैः यसको प्रभाव परिवार, समाज राष्ट्रमा पनि पर्दछ । यसरी व्यक्ति, समाज, राष्ट्र आदि सम्पूर्ण नै अधर्म वा सांसारिकताको भयानक पतनमुखी द्वन्द्वपूर्ण मार्गतर्फ अग्रसर हुन पुग्दछन् । जब जब धरतीमा यस्तो धर्म विनाशको विषम स्थिति सृजना हुन्छ, त्यो अवस्थामा जिवन्त परमात्मा सत्ताले साकार रुप रच्दछ । उ सत्य मोक्ष विद्याद्वारा धर्मको स्थापना गर्न अवतारको रुपमा जन्म लिन्छ । उ प्रकृतिलाई स्वयंको योगमाया शक्तिद्वारा वशमा लिई मनुष्य रुपमा जन्म लिन्छ । स्मरण रहोस् – अवतारहरु अधर्मी व्यक्तिलाई नष्ट गर्न वा मार्न जन्मिएका हुँदैनन् । एकाध उदाहरणको रुपमा अवतारहरुले एक दुई असाधारण शक्तिशाली दैत्य, राक्षसलाई वध गरेका उदाहरणहरु पाइए पनि समाजमा अधर्मी व्यक्तिहरुलाई छानी छानी नष्ट गरेको पाइँदैन । कृष्णले दूर्योधन, सकूनी आदिलाई नाश गर्नुभएको छैन । वा अवतार अधर्मी नभई अधर्मलाई विनाश गर्न जन्मिएका हुन्छन् । यो नै दिव्य जन्म प्रक्रिया हो । अवतारको जन्म र कर्म दिव्य रहने व्याख्या गर्दै भगवान भन्नुहुन्छः

जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।।४–९।।

हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य छ । यसप्रकार जो पुरुष (मेरो यो करुणाप्रेरित जन्म र निष्कामभाव कर्मलाई मोक्ष पश्चात्) यो तत्वले जान्दछ, उ शरीरलाई त्यागेर फेरि जन्मलाई प्राप्त हँुदैन । उ मलाई नै प्राप्त हुन्छ ।

दिव्य कर्म

अवतारको आन्तरिक स्थिति पूर्ण वैराग्यको स्थिति हो । अवतारहरु केही असत् सांसारीक वस्तुहरु संग्रह गर्ने आशाले यो धरतिमा जन्म लिएका हुँदैनन् । यो जगतमा धर्म वा मोक्षको मार्ग प्रदर्शित गर्नु भन्दा मअवतारहरुको दोश्रो कुनै लक्ष्य नै हुँदैन । यो संसारबाट केहि वस्तुहरु प्राप्त गर्ने इच्छा नै अनुपस्थित भएकाले यथार्थतामा अवतारलाई कुनै कर्म गर्नुपर्ने आवश्यकता नै पर्दैन । जब तँपाईलाई यो संसारमा प्राप्त हुने वस्तुहरु असत् हुन्, क्षणभंगूर हुन्, व्यर्थ हुन् भन्ने स्पष्ट बोध हुन्छ, के तँपाई कर्म गर्नुपर्ने आवश्यकता रहन्छ र ? भगवान् कृष्णलाई कर्म गर्नुपर्ने आवश्यकता नै छैन । तर यो संसारको मानिसहरुको स्थिति कस्तो छ भने एक श्रेष्ठ मानिसले जस्तो कर्म वा आचरण गर्दछन् संसारका मानिसहरुले त्यही आचरणलाई उदाहरणको रुपमा ग्रहण गरी त्यहि अनुरुप नै कर्म वा आचरण आदि गर्दछन् । जब कुनै श्रेष्ठ पुरुष सांसारीक कर्मको व्यर्थतालाई बुझेर सांसारीक कर्मलाई त्यागीदिन्छ, समाजका साधारण जनहरुले पनि श्रेष्ठ पुरुषको अनुकरण गर्दै कर्मलाई त्यागी दिनछन् । जब कुनै श्रेष्ठ पुरुष मोक्ष प्राप्तीको लागि घर, गृहस्थ आदि त्याग गरी सन्यास जिवन ग्रहण गर्दछ, समाजका साधारण मानिसहरुले पनि यदि आचरणको अनुकरण गर्दछन् । यो अन्ध अनुकरणले घर, गृहस्थ, समाज, राष्ट्रमा अनेकन् समस्याहरु सिर्जना गर्दछ । अवतारहरु संसारका मानिसहरुको यो प्रकृतिप्रति परिचित हुन्छन् । यसैले अवतार अनेकन् सांसारीक गुणहरुबाट मोहित मानिसहरुलाई अनेकन् प्रकारका आध्यात्मिक साधनाहरु, सिद्धान्तहरु र विधिहरुद्वारा विचलित गर्दैन । उ कर्मत्यागरुप आध्यात्मीकतालाई प्रेरित गर्दैन । उ कर्मफल प्रति अनाशक्त रही सकामी मानिस झैँ सक्रिय रुपमा सांसारीक कर्तव्यहरु गर्दछ । समस्थितिमा रहेर अनाशक्त भावले कर्मलाई सम्पादन गरी स्वयंको कर्मको उदाहरणद्वारा साधारण मानिसहरुलाई पनि निस्काम वा अनाशक्त भावले कर्म गर्न प्रेरित गर्दछ । कर्महरु गर्दछ । कसरी कर्म गर्दागर्दै योग स्थिति (कर्मयोग) प्राप्त गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई उदाहरणद्वारा नै देखाउँछ । जब कर्म समभावी बन्दछ । जब कर्मले बन्धनहरु उत्पन्न नगरी मोक्ष प्रक्रियालाई प्रारम्भ गर्दछ । त्यो कर्म नै दिव्य कर्म बन्दछ । अवतारहरुका कर्महरु सदैव दिव्य वा मोक्ष प्रति मानिसहरुलाई प्रेरित गर्ने कर्महरु नै हुन्छन् । भगवान स्वयंको सांसारिक आकांक्षा निरत दिव्य कर्मको व्याख्या गर्दै भन्नुहुन्छः

न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते ।।४–१४।।

कर्मका फलहरुमा मेरो स्पृहा (भोक्ता अभिमान) छैन । यसैले मलाई कर्मले लिप्त (स्पर्श) गर्दैनन् । यस प्रकार जो मलाई तत्वले जान्दछ, त्यो पनि कर्म (बन्धन) हरुबाट बाँधिदैन ।

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।३–२१।।

श्रेष्ठ पुरुष जुन जुन आचरण गर्दछन्, अन्य पुरुषहरु पनि ति ति आचरण गर्दछन् । श्रेष्ठ पुरुषले जे प्रमाणित गर्दछ, समस्त मनुष्य समुदाय पनि त्यहि अनुरुप व्यवहार गर्दछ ।

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।३–२२।।

हे अर्जुन ! यद्धपी तिनै लोकमा न त मेरो कुनै कर्तव्य छ, न त केहि प्राप्त गर्न योग्य वस्तु अप्राप्त छ, तर पनि म कर्म गरिरहन्छु ।

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।३–२३।।

किनभने हे पार्थ ! यदि कदाचित म सावधान भएर कर्तव्य कर्म नगरुँ भने सम्पूर्ण मनुष्य मेरो मार्ग (आचरण) को अनुशरण गर्नेछन् ।

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः ।।३–२४।।

यदि मैले कर्म गरिन भने सम्पूर्ण मनुष्य नष्ट – भ्रष्ट हुनेछ । र (म) वर्णशंकरलाई सृजना गर्ने कारण बन्नेछु । सम्पूर्ण प्रजालाई नष्ट गर्ने बन्नेछु ।

सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।
कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसङ्ग्रहम् ।।३–२५।।

हे भारत ! कर्म (फल) मा आशक्त अज्ञानीजन जसरी कर्म गर्दछन्, आशक्तिरहित विद्वान पनि लोकसंग्रहको चाहना गर्दै कर्म गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 725 0
अवतरण के हो ? 1/9/2023 634 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 658 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 579 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 616 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 621 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 601 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 622 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 664 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 493 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 553 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 546 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 591 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 530 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 469 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 638 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 577 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 613 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 518 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 654 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 483 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 567 0
त्रिगुण के हो ? 1/9/2023 726 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 543 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 465 0
त्रिगुण र बन्धन 1/9/2023 600 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 498 0
सतगुण के हो ? 1/9/2023 518 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 427 0
मनुष्य उत्पति 1/9/2023 522 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 512 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 432 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 548 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 423 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 450 0
धर्मक्षेत्र के हो ? 1/9/2023 476 0
मोक्ष साधना के हो ? 1/9/2023 473 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 558 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 380 0
यज्ञ के हो ? 1/9/2023 420 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 469 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 420 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 402 0
के हो ईश्वर भजन ? 1/9/2023 462 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 387 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 320 0
कर्म के हो ? 1/9/2023 767 0
कर्मको गति किन गहन छ ? 1/9/2023 403 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 628 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 423 0
कर्मयोग के हो ? 1/9/2023 476 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 442 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 393 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 452 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 435 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 401 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 409 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 437 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 486 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 488 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1076 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 573 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 565 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 464 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1401 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 485 0
वेद के हो ? 1/10/2023 541 0
देवता के हो ? 1/10/2023 541 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 488 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 528 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 511 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 475 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 498 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2811 0