ईश्वर तत्व निराकार वा आकारहीन रुप छ । ईश्वर तत्व अव्यक्त, अदृष्य, निराकार तत्व भएकाले यो तत्व वाह्य रुपमा कस्तो छ ? भन्ने प्रश्न नै अप्रासांगीक हुन पुग्दछ । अदृश्य, निराकार, अव्यक्त परमात्मा तत्व कस्तो छ ? भन्ने प्रश्नको उत्तर दिन नै असम्भव छ । साधकहरुले परमात्मा तत्वलाई जिवन्त निराकार तत्वको रुपमा बुझे पुग्दछ ।
परमात्मा तत्व भित्र के के छिपेको छ ?
जब परमात्मा निराकार तत्व हो भन्ने स्पष्ट हुन्छ, यो स्थितिमा एक प्रश्न स्वाभाविक रुपमा नै मनमा उठ्दछ कि आखिर यो ‘निराकार तत्व’ कस्तो छ ? वा यो निराकार तत्व भित्र के के गुण, धर्म, स्वभावहरु छिपेका छन् ? गीताका विभिन्न अध्यायहरुका विभिन्न श्लोकहरुमा भगवान कृष्णले ईश्वर तत्व कस्तो छ ? यो ईश्वर तत्व भित्र के के गुण वा विशेषताहरु छिपेका छन् ? आदिको व्याख्या गर्नुभएको छ । भगवान कृष्णले गर्नुभएको व्याख्याको आधारमा निराकार परमात्मा तत्वमा मूल रुपमा तीन प्रकारका तत्वहरु, गुणहरु वा स्वभाव (नियम) हरु स्पष्ट रुपमा उपस्थित रहेको देख्न सकिन्छ ।
१) परमात्मा तत्वका नैसर्गिक मौलिक गुणहरु
२) मानिसमा प्रकट हुने विभूति वा विशिष्ट गुणहरु
३) शाश्वत ईश्वरीय नियमहरु
परमात्मा तत्वका नैसर्गिक मौलिक गुणहरु
परमात्मा तत्व स्वयंमा अनेकन् मौलिक गुणहरु छिपेका छन् । यि गुणहरु निराकार ईश्वरीय तत्वका ‘मूल गुणहरु’ हुन् । यि गुणहरुलाई परमात्मा गुणहरु पनि भन्न सकिन्छ । परमात्मा तत्व स्वयंमा विशुद्ध तत्व भएकाले परमात्मा तत्वमा यि गुणहरु पूर्णरुपमा नै प्रकट छन् ।
तँपाई स्वयंमा परमात्मा तत्वको एक सुक्ष्म अंश (आत्मा) हुनुहुन्छ । परमात्मा तत्वको यि मौलिक गुणहरु तँपाईमा पनि उपस्थित छन् । तर तँपाईमा उपस्थित त्रिगुणी (तम, रज, सत) संस्कारहरु यो ईश्वरीय गूणलाई छोपिदिएकाले तँपाईमा यि गुणहरु प्रकट हुन सकिरहेको छैन । मोक्ष साधना भन्नु नै परमात्मा तत्वको नैसर्गिक गूणलाई स्वयं प्रकट गर्नु हो । मोक्ष जीवन स्थितिमा जुन परम शान्ति, परमानन्द आदि मोक्ष पुरुषले प्राप्त गर्दछ भनिएको छ, त्यो परमात्मा तत्वको मौलिक गुणहरुको प्रकटिकरण हो । परमात्मा तत्वमा असंख्य मौलिक गुणहरु छन् । गीतामा स्वयं भगवानले ईश्वर तत्वका अनगिन्ती मौलिक गुणहरुको व्याख्या गर्नुभएको छ । यहाँ भगवानले गीतामा उल्लेख गर्नुभएका परमात्मा तत्वका केहि ‘मुख्य’ मौलिक गुणहरुलाई राखिएको छ । जुन यस प्रकार छन्ः
चेतना वा बोधपूर्ण
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।
हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।
…. (७–३१) छैन …..
अकर्ता, अलिप्त
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते ।।४–१४।।
कर्मका फलहरुमा मेरो स्पृहा (भोक्ता अभिमान) छैन । यसैले मलाई कर्मले लिप्त (स्पर्श) गर्दैनन् । यस प्रकार जो मलाई तत्वले जान्दछ, त्यो पनि कर्म (बन्धन) हरुबाट बाँधिदैन ।
निर्दोश, सम
न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थितः ।।५–२०।।
(जुन पुरुष) प्रियलाई प्राप्त गरेर हर्षित हँुदैन । अप्रियलाई प्राप्त हुँदा उद्धिग्न वा द्वेषपूर्ण हँुदैन । (यस्तो) स्थिर बुद्धि, शंशयरहित ब्रम्हावेत्ता पुरुष ब्रम्हा (तत्व) मा स्थित छ ।
अक्षय परम् सुख
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।५–२१।।
बाह्य विषयमा आशक्तिरहित अन्तःकरणयुक्त (साधक) आत्माको सात्विक सुख प्राप्त गर्दछ । फेरि त्यो ब्रम्हा (तत्व) मा एकीभाव स्थित पुरुष अक्षय सुखलाई अनुभव गर्दछ ।
परम् शान्ति
लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।।५–२५।।
परमात्मा साक्षात्कारको कारण जसको सम्पूर्ण पाप वा विकार नष्ट भएको छ । जसको सम्पूर्ण संशय नष्ट भएको छ । जो सम्पूर्ण प्राणीका हितमा लागेको छ । जसको वशमा आएको मन निश्चल भावले परमात्मामा स्थित छ । त्यो ब्रम्हावेत्ता पुरुष ब्रम्हा निर्वाणलाई प्राप्त हुन्छ ।
स्वार्थरहीत, दयालु वा परम् दयालु
स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवोः ।
प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ।।५–२७।।
यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।
अनन्त परम आनन्द
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्तियत्र न चैवायं स्थितश्चलति तत्त्वतः ।।६–२१।।
अनि इन्द्रियबाट अतीत, केवल शुद्ध भएको सुक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य, जुन अनन्त आनन्द छ, त्यस आनन्दको जुन अवस्थामा उ अनुभव गर्दछ । त्यो अवस्थामा स्थित भएको त्यो योगी भगवत्स्वरुप तत्वबाट विचलित हुँदैन । वा स्वरुपबाट विचलित हुँदैन ।
अप्रत्यक्ष, अदृश्य, जन्मरहीत, अविनाशी
नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः ।
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम् ।।७–२५।।
अनि आफ्नो योगमायाद्वारा छोपिएको म सबैको सामुन्ने प्रत्यक्ष हुन्न । यसैले यि अज्ञानी जनसमुदाय म जन्मरहित अविनाशी परमात्मालाई जान्दैन । अर्थात् मलाई जन्मने, मर्ने ठान्दछन् ।
त्रिकालदर्शी
वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
भविष्याणिच भूतानि मां तु वेद न कश्चन ।।७–२६।।
अनि हे अर्जनु ! भूतकाल, वर्तमान तथा भविष्यमा हुने सम्पूर्ण प्राणीहरुलाई म जान्दछु । तर मलाई (ज्ञानी पुरुष बाहेक) कोही पनि जान्दैन ।
अन्तर्यामी
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ।।८–४।।
उत्पति र विनाश धर्म (प्रकृति) भएका पदार्थ अधिभूत हुन् । प्रकृति भन्दा परको परम पुरुष नै अधिदैव हुन् । यस देहमा अन्तरयामी रुपमा स्थित म नै अधियज्ञ हुँ ।
सर्वज्ञ, अनादी, नियन्ता, सुक्ष्म भन्दा पनि अत्यन्त सुक्ष्म
कविं पुराणमनुशासितार–
मणोरणीयंसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरूप–
मादित्यवर्णं तमसः परस्तात् ।।८–९।।
प्रयाणकाले मनसाऽचलेन
भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्
अचित्य स्वरुप, आदित्य वर्ण (सूर्य झैँ प्रकाशरुप),
कविं पुराणमनुशासितार–
मणोरणीयंसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरूप–
मादित्यवर्णं तमसः परस्तात् ।।८–९।।
प्रयाणकाले मनसाऽचलेन
भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्
अविधानिरत, शुद्ध
कविं पुराणमनुशासितार–
मणोरणीयंसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरूप–
मादित्यवर्णं तमसः परस्तात् ।।८–९।।
प्रयाणकाले मनसाऽचलेन
भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्
समभावमा व्यय
समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः ।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।।९–२९।।
म सम्पूर्ण प्राणीमा ‘सम’ छु । न कोहि मेरो अप्रिय छ । न प्रिय छ । तर जुन भक्त मलाई प्रेमपूर्वक भज्दछ । उ ममा छ । म उसमा छु । वा उसमा प्रकट हुन्छु ।
अजन्मा, अनादी
वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।।१०–३७।।
अनि वृष्णि वशींहरुमा वासुदेव पुत्र कृष्ण, पाण्डवहरुमा धनन्जय वा अर्जुन, मूनीहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि म हुँ ।
अनन्त, सिमारहीत
दिव्यमाल्याम्बरधरं दिव्यगन्धानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।।११–११।।
अनेक मुख तथा नेत्रले युक्त, अनेक अद्भुत दर्शन भएका, अनेकौ अलौकिक आभुषणले युक्त, हातमा धेरै प्रकारका दिव्य शस्त्रहरु उठाएका, दिव्य माला र वस्त्र धारण गरेका, दिव्य गन्ध (चन्दन, कुकुम आदि) लगाएका, सम्पूर्ण प्रकारबाट आश्चर्यले युक्त, सिमारहित, सम्पूर्ण तर्फ मुख भएका, विराट स्वरुप परमेश्वरलाई अर्जुनले देखे ।