जब तँपाई यो जगतका प्रसिद्ध महापुरुष महातमागान्धी, मदर टेरेसा, अब्राहम लिंकन, नेपोलिएन बोनापार्ट, अल्बर्ट आइन्सटाइनको जिवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ, तँपाई यि महापुरुष असाधारण संकल्प शक्ति, साहस, विरता, सुरता, प्रेम, करुणा, रचनात्मक्ता, संघर्ष शक्ति आदि विभूति वा विशिष्ट गूणहरु प्रकट भइरहेको स्पष्ट देख्नुहुन्छ । विश्व प्रसिद्ध महापुरुषहरु झै असाधारण परिणाममा नभए पनि कुनै न कुनै परिणाममा तँपाई यो जगतका असंख्य मानिसहरुमा कुनै न कुनै विभूति वा विशिष्ट गूणहरु प्रकट भइरहेको देख्नुहुन्छ । यो स्थितिमा प्रश्न उठ्छ कि आखीर मानिस प्रकट भइरहेका यी विभूतिहरु के हुन् ? के मानिसमा प्रकट भइरहेका यी विभूति वा विशिष्ट गूणहरुको श्रोत वा उत्पत्ति सथल के हो ? गीतामा भगवान् कृष्णले व्याख्या गर्नुभए अनुसार मानिसमा प्रकट भइरहेका शक्ति, सामथ्र्य, संकल्प, कला, रचनात्मकता आदि विभूतिहरु मानिस स्वयंका गुण होइनन् । ती विभूतिहरु तँपाईमा छिपेका परमात्मा तत्वको गूणहरु मात्र हुन् । तँपाईमा आत्मा रुपमा उपस्थित परमात्मा तत्वका साहस, शक्ती, संकल्प, प्रेम, करुणा आदि अनेकन् विशिष्ट गूणहरु छिपेका छन् । जब तँपाई यि गूणहरुलाई मलजल गर्दै जानुहुन्छ, शनै शनै यी गूणहरु तँपाईमा पनि विभूतिको रुपमा प्रकट हुन थाल्दछन् । गीतामा भगवान् कृष्णले उद्धरण गर्नुभएका मानिस प्रकट भइरहेका परमात्मा तत्वका विभूति वा विशीष्ट गूणहरु केहि उदाहरणहरुः
– पुरुषको पुरुषार्थ, तपस्वीको तप, तेजस्वीको तेज
रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।।७–८।।
हे अर्जुन ! म जलमा रस हुँ । चन्द्रमा र सूर्यमा प्रकाश हुँ । सम्पूर्ण वेदहरुमा ओमकार हुँ । आकाशमा शव्द हुँ । पुरुषमा पुरुषार्थ हुँ ।
बलवान पुरुषको सामथ्र्य बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ।।७–११।।
हे भरत श्रेष्ठ ! म बलवानहरुको आशक्ति र कामनाहरुले रहित बल वा सामथ्र्य हुँ । सम्पूर्ण प्राणीहरुमा धर्मको अनुकूल काम हुँ ।
बुद्धिमान मानिसको बुद्धि बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।७–१०।।
हे पार्थ ! तिमी सम्पूर्ण भूत (प्राणी) हरुको सनातन कारण मलाई नै जान । म बुद्धिमानहरुको बुद्धि, तेजस्वीहरुको तेज हुँ ।
मानिसको निश्चय गर्ने शक्ति, यथार्थज्ञान, असमूढता, क्षमा, सत्य, दम (इन्द्रिय निग्रह), मन निग्रह, अभय, अहिँसा, समता, सन्तोष, तप, दान, किर्ति, अपकिर्ति
बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ।।१०–४।।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ।।१०–५।।
अर्जुन ! निश्चयात्मक बुद्धि, ज्ञान (मोक्ष, सत्य साधना ज्ञान), असम्मोह, क्षमा, सत्य, दम (इन्द्रिय निग्रह), शम (मन, निग्रह), तथा सुख दुख, उत्पति प्रलय, भय, अभय, अहिंसा, समता, संतोष, तप, दान, कीर्ति, अपकीर्ति यि प्राणीहरुका अनेकन प्रकारका भावहरु मबाट नै (उत्पन्न) हुन्छन् ।
स्त्रीमा किर्ति, श्री, वाक, स्मृति, मेधा, धृति, क्षमा
मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ।।१०–३४।।
म सम्पूर्ण नाश गर्ने मृत्यू र भविष्यमा हुने उत्पतिको कारण तथा स्त्रीहरुमा कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति र क्षमा हुँ ।
प्रभावशाली पुरुषको प्रभाव
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।
म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।
विजयी पुरुषको विजय, निश्चय शक्ति
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।
म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।
सात्वीक पुरुषको सात्वीक भाव
द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम् ।।१०–३६।।
म छल गर्नेहरुमा जुवा, (र) तेजस्वी पुरुषहरुको तेज हुँ । म जित्नेहरुको विजय हुँ । निश्चय गर्नेहरुको निष्चय र सात्वीक पुरुषहरुको सात्वीक भाव हुँ ।
वृष्णि वंशीमा वासुदेव, पाण्डवमा अर्जुन, मूनिमा वेदव्यास
वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ।।१०–३७।।
अनि वृष्णि वशींहरुमा वासुदेव पुत्र कृष्ण, पाण्डवहरुमा धनन्जय वा अर्जुन, मूनीहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि म हुँ ।
कविमा शुक्राचार्य

ज्ञानवानको तत्वज्ञान
दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ।।१०–३८।।
दमन गर्नेहरुमा दण्ड हुँ । जित्ने इच्छा गर्नेहरुको नीति हुँ । गुप्त राख्न योग्य भावहरुमा मौन हुँ । तथा ज्ञानवानहरुको तत्वज्ञान म नै हुँ ।
समृद्धिमा धनको स्वामी कुवेर
रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् ।।१०–२३।।
म एकादश रुद्रमा शंकर हुँ । यक्ष तथा राक्षसमा कुवर हुँ । आठ वसुदेवतामा अग्नि हुँ । शिखर भएको पर्वतहरुमा सुमेरु हुँ ।
पुरोहितमा वृहस्पति
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।।१०–२४।।
पुरोहितमा मूख्य वृहस्पति भन्ने जान । हे पार्थ ! म सेनापतिहरुमा कार्तिके र जलाशयमा समून्द्र हुँ ।
मनुष्यमा राजा
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।।१०–२४।।
पुरोहितमा मूख्य वृहस्पति भन्ने जान । हे पार्थ ! म सेनापतिहरुमा कार्तिके र जलाशयमा समून्द्र हुँ ।
शासकमा यम राजा
यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम् ।।१०–३९।।
अनि हे अर्जुन ! सम्पूर्ण प्राणीहरुको विज (उत्पतिको कारण) त्यो पनि म हुँ (किनभने) चर र अचर त्यस्तो प्राणी छैन, जो मबाट रहित होस् ।