‘आत्मा’ जिवन्त परमात्मा तत्वको तँपाईमा उपस्थित चेतन ‘अंश’ हो । सृष्टिको आदिकालमा जिवन्त परमात्मा तत्व जून स्वयंको सूक्ष्म अंशलाई त्रिगुणी प्रकृतिमा स्थापना गर्यो
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।।१५–७।।
यो देह वा जीव लोकमा यी सनातन जिवात्माहरु मेरो अंश हुन् । तर यही (अंश आत्मा) त्रिगुणी प्रकृतिमा स्थित मन र पाँच इन्द्रियहरुलाई आकर्षित गर्दछ ।
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।
त्यो अंश नै आत्मा हो । यो आत्मा नै तँपाईको यर्थाथ स्वरुप हो ।
आत्मा तत्व स्वयं परमात्मा तत्वको अंश भएकाले परम तत्वका सम्पूर्ण मौलिक गुणहरु, श्रेष्ठ विभूतिहरु र शाश्वत नियमहरु यो आत्मा तत्वमा उपस्थित छन् । परमात्मा तत्वका गुणहरु, विभूतिहरु र नियमहरुको व्याख्या अध्याय……………मा गरिसकिएको छ । गीताका यि विभिन्न श्लोकहरुमा भगवानले आत्माको बारेमा गर्नुभएको व्याख्याहरुबाट पनि आत्मा के हो ? आत्माको स्वरुप कस्तो छ ? आत्मा तत्वमा के छिपेको छ ? के छ ? आदि बारेमा बुझ्न सकिन्छ ।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।२–१९।।
यो जो आत्मालाई मार्ने सम्झन्छ । तथा जो यसलाई मरेको मान्दछ । ति दुबै जान्दैनन् । किनभने यो आत्मा न मर्दछ, न मारिन्छ ।
न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।२–२०।।
यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हँुदैन ।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।२–२१।।
हे पृथापुत्र अर्जुुन ! जुन पुरुष यो आत्मालाई नाशरहित, नित्य, अजन्मा, अव्यय भन्ने जान्दछ । त्यो पुरुष कसरी कसैलाई मार्न लगाउँछ र कसरी कसैलाई मार्दछ ?
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२–२३।।
हे अर्जुन ! यो आत्मालाई शस्त्रले काट्न सक्दैन । यसलाई आगोले जलाउन सक्दैन । यसलाई पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।
यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२–२५।।
यो आत्मा अव्यक्त, अचिन्त्य –चिन्तन गर्न नसकिने) छ । यसलाई निर्विकार (विकार रहित) भनिन्छ । यसकारण यो आत्मालाई यस्तो जानेर तिमिले शोक गर्नुु उचित छैन ।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२–२६।।
(तर) यदि तिमी यो आत्मालाई सधैँ जन्मने वा सधैँ मान्छौ भने पनि हे महावाहु ! तिमीले यस प्रकार शोक गर्नु योग्य छैन ।
आश्चर्यवत्पश्यति कश्चिदेन–
माश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।२–२९।।
कोहि महापुरुष यो आत्मालाई आश्चर्य मानेझँै देख्दछ (अनुभव गर्दछ) । त्यस्तै दोस्रो महापुरुष यो आत्मालाई आश्चर्य माने झैँ वर्णन गर्दछ । अन्य यो आत्मालाई आश्चर्य माने झैँ सुन्दछन् । कोहि सुनेर पनि यो आत्मालाई जान्दैनन् ।