मोक्ष साधनामा जब परमात्मा दर्शन भनिन्छ, परमात्मा दर्शनको अर्थ परमात्मा तत्वको बाह्य साकार रुप दर्शन भन्ने बुँझाउँदैन । मोक्ष साधनामा परमात्मा दर्शनको अर्थ स्वयंमा आतमाको रुपमा छिपेको परमात्मा तत्वको ‘अनुभूति’ प्राप्त गर्नुलाई बुझाउँदछ । जब तँपाई साख्ययोग, कर्मयोग, भक्तीयोग, ध्यानयोग आदि जस्ता मोक्ष साधनाहरुमा प्रवेश गर्नुहुन्छ । जब तँपाई यि साधनाद्वारा तँपाईका चित्तको संस्कार (संवेदनालाई भोग गर्ने स्वभाव) हरुलाई नाश गर्दै जानुहुन्छ । योे आध्यात्मीक रुपान्तरको प्रक्रियासँगै शनै शनै तँपाई स्वयंमा छिपेको परमात्मा तत्वको अनुभूतिहरु परमशान्ती, परम आनन्द, मनका समभाव, विस्तारीत जागरुकता, आदिको रुपमा प्राप्त गर्दै जानुहुन्छ । तँपाई साधनाकालमा स्वयं भीत्र उत्पन्न हुने यी आध्यात्मीक अनुभूतीहरुलाई प्रारम्भीक परमात्मा दर्शन वा प्रारम्भीक परमात्मा तत्वको अनुभूति बोधको रुपमा बुझ्न सक्नुहुन्छ । जब तँपाई एक दिर्घकालीन साधना प्रक्रियाद्वारा चित्तका सम्पूर्ण संस्कार सहित मूल अज्ञान रुप ‘म’ भावलाई पनि नाश गर्नुहुन्छ, त्यो क्षणमा परमात्मा तत्वको सम्पूर्ण गूणहरु स्वयंमा प्रामाणीक रुपमा प्रकट भइरहेको बोध गर्नुहुन्छ । वा पूर्ण ईश्वरीय अनुभूतिहरुको बोध गर्नुहुन्छ । यसरी स्वयंमा छिपेको परमात्मा तत्वको स्पष्ट र प्रामाणीक बोध अनुभूति (परमशान्ती, परम आनन्द, परम खुसी, आदि ) को रुपमा प्राप्त गर्नु नै ईश्वर दर्शन हो ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२–४८।।
हे धनन्जय ! तिमी (फल) आशक्तिलाई त्यागेर तथा सिद्धि असिद्धिमा ‘सम’ बुुद्धि योगमा स्थित रहेर कर्म गर । समत्व (समस्थिति) लाई नै योग भनिन्छ ।
समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ।।१३–२८।।
किनकी सम्पूर्ण प्राणीमा समभावमा स्थित परमात्मालाई समान देख्ने मनुष्य स्वयंद्वारा स्वयंलाई नष्ट गर्दैन । यसैकारणउ परम गतिलाई प्राप्त हुन्छ ।
ते तं भुक्त्वा स्वर्गलोकं विशालं
क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना
गतागतं कामकामा लभन्ते ।।९–२१।।
(अनि) उ विशाल स्वर्गलोकलाई भोगेर पूण्य क्षीण भएपछि मृत्यू लोकलाई प्राप्त गर्दछ । यसप्रकार स्वर्गको साधनरुप तीन वेदमा उल्लेखित सकाम कर्मको शरणमा गएका, भोगहरुको कामना भएका पुरुष बारम्बार आवागमन (पुनर्जन्म) लाई प्राप्त गर्दछन् ।
यो स्थितिको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ।।६–२८।।
पापरहित योगी यसप्रकार आत्मालाई निरन्तर परमात्मामा लगाउँदै सुख पूर्वक परब्रम्हा परमात्माबाट प्राप्त हुने (परम सुख) को अनुभव गर्दछ ।
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ।।६–२९।।
सर्वव्यापी अनन्त चेतनामा एकीभावले स्थित तथा समदर्शी योगी आफ्नो स्वरुप (आत्मा) को सम्पूर्ण प्राणीहरुमा व्याप्त देख्दछ । (र) सम्पूर्ण प्राणीहरुलाई एक स्वरुप आत्माको रुपमा देख्दछ ।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।।६–३०।।
जुन पुरुष सम्पूर्ण भूतमा म परमात्मालाई व्याप्त देख्दछ, (र) सम्पूर्ण भूतहरुलाई म वासुदेव अन्तर्गत देख्दछ । उसको लागी म अदृश्य हुन्न । उ मेरो लागि अदृश्य हुँदैन ।