सृष्टिको आदिकालमा जब ‘जिवन्त’ परमात्मा तत्वलाई मानिसको रचनाको इच्छा जाग्रत भयो । यो तत्वले स्वयंको एक अंश (आत्मा) लाई महत त्रिगुणी प्रकृतिमा स्थापना गर्यो । यसरी त्रिगुण (तमगुण, रजगुण, सतगुण) र ईश्वरीय अंश (ईश्वरका मौलिक गुणहरु, ईश्वरीय श्रेष्ठ विभूतिहरु र शाश्वत ईश्वरीय नियमहरु) को संयोजनबाट ‘मनुष्य अस्तित्व’ सृष्टिमा उत्पन्न भयो । यसरी मानिस अस्तित्वमा उत्पन्न भएको क्षण नै मानिसमा त्रिगुण प्रवेशको विन्दूलाई भगवानको यो श्लोकबाट बुझ्न सकिन्छ ।
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ मानिसमा त्रिगुणी संस्कार कसरी उत्पति भए ?
प्रथम घडिमा जब त्रिगुणी कृति र ईश्वर तत्वको संयोजनबाट मानिस अस्तित्वमा आयो यो क्षणमा मानिसमा ‘त्रिगुणी तत्व’ त उपस्थित थियो । तर ‘त्रिगुणी संस्कारहरु’ उत्पन्न भइसकेका थिएनन् । उत्पतिको प्रथम मनुष्य अस्तित्व स्थितिमा त्रिगुणहरु समपरिमाण वा अनुपातमा उपस्थित थिए । अस्तित्वपूर्ण मुक्तिको अवस्थामा थियो । मानव अस्तित्वमा त्रिगुणी संस्कारहरुको उपस्थिति नभइसकेकोले मानिसको अवस्था अत्यन्त परमानन्दमय भयो । समयको धारामा सृष्टिको नियमानुसार यो अस्तित्वले मानव शरिर प्राप्त ग¥यो । शरिर प्राप्ति सँगै इन्द्रियहरु, मन, बुद्धि, अहंकार (म भाव) प्राप्त ग¥यो । अन्ततः यो देहधारी मानिस त्यो धरतिमा आइपुग्यो, जुन त्रिगुणी प्रकृतिका विषयहरु वा पदार्थहरुले भरिएका थिए । पाँच इन्द्रियहरुका अनन्त विषयहरुले भरिएका थिए । अन्ततः मानिसका इन्द्रियहरु र इन्द्रियका त्रिगुणी विषयहरुको मिलन हुन पुग्यो । यो इन्द्रिय विषय मिलनबाट राग–द्वेषपूर्ण अनुभूतिहरु उत्पन्न भए । अनि शाश्वत ईश्वरीय नियमहरुले यि इन्द्रिय विषय मिलनबाट प्राप्त रागपूर्ण–द्वेषपूर्ण अनुभूतिहरुलाई संग्रह गर्दै गए । विस्तारित गर्दै गए । कार्य–कारण–कार्य चक्र (१३–२०) उत्पन्न गर्दै गए । यसरी मानिसमा बन्धन (संस्कार, विकार, पाप, स्वभाव) हरु उत्पन्न हुँदै गए । जसको परिणाम स्वरुप मानिसको मनमा अनन्त त्रिगुणी संस्कारहरुको संग्रह हुँदै गए । तम, रज, सत् गुणको प्रारम्भिक ‘सम–स्थिति’ भनि भत्किएर गयो । अन्ततः समयको धारामा ईश्वरीय नियमहरु कै कारण मानिस तमोगुण प्रधान, रजगुण प्रधान वा सत्गुण प्रधान हुन पुग्यो । अन्ततः यि संस्कारहरु यति शक्तिशाली भए कि मानिसहरुमा प्रतिपल गुणहरु नै प्रकट हुन थाले । यि गुणहरुले मानिसलाई घिसारेर विषयहरुमा प्रवेश गराउन सक्षम भए । अन्ततः गुणहरु कै कारण मानिसहरु प्रतिपल दुःखी, व्यायत, प्रताडित, अशान्त बन्न थाले । जीवन नै दुःखमय बन्दै गयो ।