मनुष्य अविनाशी आत्मा हो । (२–१२) जब मानिसको मृत्यू हुन्छ, वायूले गन्धलाई ग्रहण गरेर लगे झैँ जीवात्मा (वा आत्मा) ले पनि मानिसको मन सहित सम्पूर्ण संस्कारहरुलाई ग्रहण गर्दछ । (१५–८) ईश्वरीय नियम अनुसार तीन गुणहरु मध्ये जुन गुण शक्तिशाली छ, त्यहि नै मृत्यूको क्षणमा पनि प्रकट हुन्छ । जीवनपर्यन्त तमोगुण प्रधान, रजगुण प्रधान मानिएको मृत्यूको क्षणमा सतगुण प्रकट हुन सक्दैन । यि गुणहरुले मृत्यूपश्चातको गतिलाई कसरी प्रभावित पार्दछ ? यसको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ।।१४–१४।।
यदि मनुष्यलाई सत्वगुुणको बृद्धिकाल (अवस्था) मा मृत्यूू प्राप्त भयो भने उत्तम कर्म गर्नेहरुले प्राप्त गर्ने निर्मल दिव्य (स्वगादी) लोक प्राप्त हुुन्छ ।
रजसि प्रलयं गत्वा कर्मसङ्गिषु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ।।१४–१५।।
रजोगुणको बृद्धि हुुँदा मृत्युु प्राप्त भएमा (कर्ममा आशक्त) मनुुष्य योनी प्राप्त गर्दछ, तथा तमोगुणको बृद्धि हुँदा मृत्यु प्राप्त भएमा पशु, किरा आदि मूढ योनी प्राप्त गर्दछ ।
कर्मणः सुकृतस्याहुः सात्त्विकं निर्मलं फलम् ।
रजसस्तुफलं दुःखमज्ञानं तमसः फलम् ।।१४–१६।।
सात्विक कर्मको फल सात्विक वा सात्विक सुुख, ज्ञान, वैराग्य आदि निर्मल फल भनिएको छ । अनि राजस कर्मको फल दुःख (सन्ताप, पिडा, व्यथा आदि) र तामस कर्मको फल अज्ञान (मूढता) भनिएको छ ।