प्रथम अध्यायमा अवतारको विविध पक्षहरु बारेमा व्याख्या गरियो । दोस्रो अध्यायमा ईश्वर मूलरुपमा ‘तत्व’ भएकाले ईश्वर तत्वका विविध पक्षहरुको व्याख्या गरियो । यो सम्पूर्ण सृष्टि ईश्वरीय तत्व र त्रिगुणी तत्वहरुको संयोजनबाट उत्पन्न भएकोले तेस्रो अध्यायमा त्रिगुणी तत्वहरुको विविध पक्षहरुको व्याख्या गरियो । यो अध्यायमा मूलरुपमा त्रिगुणी तत्व र परम तत्वको जुन मानिसको जीवनको उत्पति भयो । यो जीवन कसरी उत्पन्न भयो ? यो जीवनको कसरी विकास भयो ? यो जीवन सत्तामा कुन कुन पक्षहरु छन् ? कसरी यो जीवन सत्तामा बन्धन (संस्कार) हरु उत्पन्न भए ? आखिर किन मानिसहरु प्रतिपल दुखी भयो ? आदि प्रश्नहरुमा भगवान कृष्णले दिनुभएका उत्तरहरु संगालिएका छन् ।
मानिसको उत्पति कसरी भयो ?
दोस्रो अध्यायमा नै मानिस लगायत यो सम्पूर्ण चराचर जगतको उत्पति परम तत्वबाट नै भएको हो भन्ने तथ्यको व्याख्या गरिएको छ । प्रश्न उठ्दछ कि, आखिर मानिसको उत्पति कसरी भयो ? यो तथ्य माथि प्रकाश पार्दै भगवान भन्नुहुन्छः
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।
स्पष्ट छ – सृष्टिका आदिकालमा यो अस्तित्वमा त्रिगुणी महत्व र परमात्मा तत्व मात्र उपस्थित थिए । सृष्टिको त्यहि आदिकालमा यहि ‘जिवन्त’ परमात्मा तत्व (जुन साकार रुप लिएर पृथ्वीमा आउन सक्दछ ।) ले त्रिगुणी महत प्रकृतिमा स्वयंका एक अंश स्थापना गर्यो । यसरी जड र चेतना पक्षको संयोजनबाट नै मानिस अस्तित्वमा आयो । मानिसको उत्पति भयो ।