गीताका विभिन्न अध्यायहरुमा भगवान कृष्णले यो जड चेतन संयोजनरुप मानव जीवन संरचनाको व्याख्या गर्नुभएको छ । यि व्याख्याहरुमा चेतन पक्षलाई परा, क्षेत्रज्ञ, पुरुष आदि संज्ञा दिइएको छ । त्यस्तै जड पक्षलाई अपरा, क्षेत्र, प्रकृति आदि संज्ञाहरु दिइएको छ । मानिसको जीवन संरचनाको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।७–४।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।।७–५।।
पृथ्वी, जल, अग्नी, वायू, आकाश (पंचमहाभुत), मन, वुद्धि र अहंकार – यसप्रकार यो आठ प्रकारले विभाजित यो मेरो अपरा वा जड प्रकृति हो र हे महावाहु ! यो अपरा प्रकृति भन्दा भिन्न जिवरुप परा अर्थात् चेतन प्रकृतिलाई जान । जसमा यो सम्पूर्ण जगत धारण गरिएको छ ।
तत्क्षेत्रं यच्च यादृक्च यद्विकारि यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे शृणु ।।१३–३।।
यसैले त्यो क्षेत्र (देह) जुन हो । जस्तो हो तथा जुन विकारहरु छन् र जुन कारणले भएको हो । तथा त्यो क्षेत्रज्ञ (आत्मा) जुन छ, जुन प्रभाव छ, त्यो सम्पूर्ण संक्षेपमा म बाट सुन ।
महाभूतान्यहङ्कारो बुद्धिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः ।।१३–५।।
त्यही म तिम्रो लागी भन्छु – पाँच महाभूूत, अहंकार, बुद्धि र अव्यक्त वा त्रिगुणी मूल प्रकृति तथा दश इन्द्रियहरु, एक मन र पाँच इन्द्रियका विषय ।
इच्छा द्वेषः सुखं दुःखं सङ्घातश्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ।।१३–६।।
इच्छा, द्वेष, दुःख सुख, सङ्घात (शरिर रुप समुह), चेतना (प्राणशक्ति), धृति (धारणा शक्ति) यसप्रकार यो क्षेत्र विकार सहित संक्षेपमा भनिएको छ ।
श्रीभगवानुवाच ।
ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।।१५–१।।
माथि परमात्मा तत्व नै जसको मूल छ, तल प्रकृति नै जसको शाखाहरु छन्, यस्तो संसाररुपी पिपलको वृक्षलाई अविनाशी भनिन्छ । तथा वेद जसका पातहरु भनिएका छन्, यो संसाररुप वृक्षलाई जुन पुरुष तत्वले जान्दछ, त्यही वेदवित् वा वेद ज्ञाता हो ।
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा
गुणप्रवृद्धा विषयप्रवालाः ।
अधश्च मूलान्यनुसन्ततानि
कर्मानुबन्धीनि मनुष्यलोके ।।१५–२।।
त्यो संसार वृक्षमा तीन गुणी जलद्वारा बढेका विषयका भोगरुप कोपिलायुक्त शाखाहरु तल, मध्य, माथि (देव, मनुष्य, तिर्यक योनी वा लोक) सर्वत्र फैलिएका छन् । मनुष्य लोकमा कर्म अनुसार बाँध्ने अहंता, ममता र वासनारुप जराहरु पनि तल, माथि सम्पूर्ण लोकमा व्याप्त छन् ।