कुरुक्षेत्र कौरव पाण्डवको युद्धभूमी होइन । यो मात्र मनुष्य स्वयंमा विहीत तमोगुणीय संस्कारहरु, रजोगुणीय संस्कारहरु र सतगुणीय संस्कारहरु (स्मरण रहोस् – ज्ञानको अभिमान, सतगुणबाट उत्पन्न हुने सुख आदि बन्धनमा नै पर्दछन् । तर मूलरुपमा सतगुणी……………………………………….हरु विचको युद्धक्षेत्र हो । गीता मोक्ष ग्रन्थ हो । साधना ग्रन्थ हो । गीताले संकेत गरेको युद्ध त्रिगुणीको विनाश हो । त्रिगुणी नाशको क्षेत्र हृदय–प्रदेश हो । स्वयंको आन्तरिक जीवन हो ।
जब मानिसमा तमोगुणको विस्तार हुन्छ । त्यो स्थितिमा प्रमाद, आलस्य, निन्द्रा (अज्ञान) आदिद्वारा चेतना ढाकिएको मानिस (१४–८) संसारका निकृष्ट विचार र कर्महरुमा प्रवेश गर्दछ । अन्धकारमा प्रवेश गर्दछ । त्यस्तै जब मानिसमा रजोगुणको विस्तार हुन्छ । त्यो स्थितिमा लोभ, स्वार्थबुद्धि, विषय लालसा आदिबाट प्रेरित मानिस (१४–९) सकाम कर्म र जगतका नश्वर वस्तुहरुको संग्रहमा प्रवेश गर्दछ । जीवनलाई अधोगतीमा डोर्याउन थाल्दछ । फेरि मानिसको जीवन स्थिति इन्द्रिय, मन, बुद्धि भन्दा उच्च चेतना स्थिति हो । (३–४२) । यो उच्च चेतना स्वयं परमात्मा तत्वको अंश हो । यो उच्च चेतनाले नश्वर पदार्थको संग्रह र भोगमा छिपेका असत् पक्षलाई सहजै बोध गर्दछ । सत्गुणमा छिपेको मौलिक गुणहरु निर्मलता, प्रकाश, विवेक शक्तिको कारण उ जीवनलाई सत्य, मोक्ष, ईश्वर, शाश्वतता डोर्याउन प्रयास गर्दछ ।
जीवनको उत्थान गर्न प्रयास गर्दछ । यसरी तमोगुण र रजोगुणबाट उत्पन्न आसुरी सम्पदाहरु र सतगुणबाट उत्पन्न दैविक सम्पदाहरुको विचमा युद्ध प्रारम्भ हुन पुग्दछ । यो नै साधना युद्ध हो । यो कुरु क्षेत्र जब आसुरी सम्पदाहरुको वाह्य वाहुल्यता हुन्छ, यो अधर्मक्षेत्र बन्दछ । जब यो कुरु क्षेत्रमा दैविक सम्पदाहरुको बाहुल्यता हुन्छ, यो धर्म क्षेत्र बन्दछ ।
ईश्वर, अवतार र बन्धन
– ईश्वरले सृष्टिको प्रथम विन्दुमा नै यज्ञ बनाउनुभयो । यज्ञको व्याख्या गर्नुभयो ।
– फेरि मोक्ष विद्या सुक्ष्म छ । समभावमा कर्म सहज छैन ।
– बारम्बार आउनुभयो ।