आखिर के हो ईश्वर शरण ?

0 टिप्पणीहरू 403 आगन्तुकहरू

ईश्वर समभावमा स्थित छ (५–१९, ९–२१), यो समभाव वा समत्व नै योग हो । (२–४८), यो ‘योग’ ईश्वरको शरण विन्दू हो । जब कोहि साधना सांख्ययोग, कर्मयोग वा अन्य साधना विधिद्वारा जब योग स्थितिमा रहन्छन् । जब उ सांसारिक विषयहरुको राग द्वेषलाई त्यागेर स्वयंको अन्तर प्रदेशमा उपस्थित प्रभू तत्वसँग एकीभाव स्थित रहन्छ । त्यो साधना प्रकृया नै ईश्वर शरण बन्दछ । किनकि जब साधक समभाव वा ईश्वर शरणमा रहन्छ, यो स्थितिलाई ईश्वरीय नियमहरुले विस्तारित गरिदिदा नै मोक्ष प्राप्त हुन्छ । ईश्वर शरणको वाह्य रुपमा गरिने भावमय प्रार्थना होइन । यो ‘शरण’ रुपी साधना विधि वा प्रक्रियाको व्याख्या गर्दै भगवान भन्नुहुन्छ ।

योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२–४८।।

हे धनन्जय ! तिमी (फल) आशक्तिलाई त्यागेर तथा सिद्धि असिद्धिमा ‘सम’ बुुद्धि योगमा स्थित रहेर कर्म गर । समत्व (समस्थिति) लाई नै योग भनिन्छ ।

दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।२–४९।।

बुद्धियोग (कर्मसिद्धि असिद्धिमा सम) भन्दा सकामकर्म अत्यन्त तुच्छ छ । यसैले हे धनन्जय ! तिमी बुद्धि योगको आश्रय ग्रहण गर । किनभने (कर्म) फलको वासना गर्ने अत्यन्त हीन हुुन्छ ।

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।२–५०।।

समबुद्धियुक्त पुरुष पुण्य तथा पाप (त्रिगुणी विकार) दुबैलाई यहि लोकमा त्यागिदिन्छ । अर्थात (त्रिगुणी विकार) मुक्त हुन्छ । यसैले तिमी समत्व बुद्धि योगका लागी नै चेष्टा गर । यो समत्वरुप योग नै कर्ममा कुशलता हो । अर्थात् कर्मबन्धनबाट छुट्ने उपाय हो ।

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।२–५१।।

किनभने समबुद्धि युक्त ज्ञानीजन कर्मबाट उत्पन्न हुने (कर्म) फल (वा त्रिगुणी संस्कारहरु) लाई त्यागेर जन्मरुप बन्धनबाट मुक्त भएर निर्विकार परम पदलाई प्राप्त गर्दछन् ।

ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ।।१८–६१।।

(किनभने) हे अर्जुन ! ईश्वर सम्पूर्ण प्राणीहरुको हृदयमा निवास गर्दछ, (र) आफ्नो मायाले शरिररुपी यन्त्रमा स्थित वा आरुढ सम्पूर्ण प्राणीहरुलाई उसको गुण, स्वभाव अनुसार भ्रमण गराउँदछ । वा कर्म गराउँदछ ।

तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ।।१८–६२।।

यसैले हे भारत ! तिमी सम्पूर्ण भावले त्यस परमेश्वरको शरणमा जाऊ । त्यस परमात्माको कृपाबाट तिमी परम शान्ति तथा परम शाश्वत धामलाई प्राप्त गर्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 727 0
अवतरण के हो ? 1/9/2023 634 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 658 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 658 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 579 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 616 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 621 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 603 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 622 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 664 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 493 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 553 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 546 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 591 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 530 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 473 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 638 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 577 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 617 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 518 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 656 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 485 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 567 0
त्रिगुण के हो ? 1/9/2023 726 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 543 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 467 0
त्रिगुण र बन्धन 1/9/2023 600 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 500 0
सतगुण के हो ? 1/9/2023 518 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 429 0
मनुष्य उत्पति 1/9/2023 524 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 512 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 434 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 548 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 425 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 450 0
धर्मक्षेत्र के हो ? 1/9/2023 478 0
मोक्ष साधना के हो ? 1/9/2023 473 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 560 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 382 0
यज्ञ के हो ? 1/9/2023 422 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 469 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 420 0
के हो ईश्वर भजन ? 1/9/2023 463 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 389 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 320 0
कर्म के हो ? 1/9/2023 767 0
कर्मको गति किन गहन छ ? 1/9/2023 405 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 630 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 423 0
कर्मयोग के हो ? 1/9/2023 476 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 442 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 393 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 452 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 437 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 403 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 411 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 437 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 486 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 488 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1076 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 575 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 567 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 466 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1403 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 487 0
वेद के हो ? 1/10/2023 541 0
देवता के हो ? 1/10/2023 543 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 488 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 530 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 513 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 477 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 500 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2811 0