कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ?

0 टिप्पणीहरू 701 आगन्तुकहरू

गीताका विभिन्न अध्यायहरु भगवान कृष्णले व्याख्या गर्नुभएको कर्मयोग साधना वा कर्मयोगी साधकका आवश्यकताहरुलाई गहिरिएर अवलोकन गर्दा कर्मयोग साधनाका आवश्यकताहरुलाई मूलरुपमा चार भागहरुमा विभाजन गर्न सकिन्छ ।

कर्म र कर्मफल सम्बन्धि आवश्यकताहरु

कर्मयोग साधनामा जब कर्म सम्पादन गरिन्छ । वा जब साधक कर्मयोग साधना गर्दछ, त्यो अवस्थामा अत्याग (२–४५), कर्तव्य (४–२०) कर्मलाई साधना कर्म झैँ सम्पादन (२–४८), कर्मफलको सम्पूर्ण आशा वा आशक्ति त्याग (२–४८), यज्ञ कर्म रुप कर्म (३–२), कर्म प्रतिका सम्पूर्ण आशक्तिहरुलाई त्याग (३–९), (४–२०) आशक्ति रहित कर्म (३–१९) सकामी मानिस झैँ लगनशील भएर निष्काम कर्मको आचरण (३–२५), कर्मलाई परमात्मा तत्वमा अर्पण वा कर्ममा ‘म’ भाव निरतता (३–३०), आशा रहित, ममता रहित, संताप रहित, कर्म (३–३०), निष्काम भाव कर्म (६–३) कर्ममा कुनै पनि प्रकारका संकल्पहरुको अभाव (६–४), अन्तःकरण शुद्धिको लागि कर्म (५–११) आदि जस्ता कर्मसँग सम्बन्धित पक्षहरु जोडिनु पर्दछ । कर्मयोगमा जब कर्म सम्पादन गरिन्छ, ति कर्महरुमा माथि उल्लेख गरिएका विशेष पक्षहरु उपस्थित हुनु पर्दछ ।

ईश्वर वा परम तत्व सम्बन्धि आवश्यकताहरु

कर्मयोग साधनामा साधनारत कर्मयोगी साधकमा परमात्मा प्राप्तिमा एक निश्चय बुद्धिपूर्ण (२–४०), स्वर्ग, स्वर्गमा प्राप्त भोगहरु प्रति अनाशक्त (२–४२, ४३, ४४), वेदका सकाम यज्ञहरु प्रनि उदासीन (२–४२), योग वा परमात्मामा स्थित (२–४५), अन्तरयामी परमात्मामा एक चित्त (३–३०), परमात्मा तत्व प्रति श्रद्धावान (४–३९), मात्र परमात्मा तत्व चिन्तन (६–२५), प्रभु प्रति अनन्य भाव, परायण भाव (७–१) आदि जस्ता पक्षहरुको आवश्यकता पर्दछ ।
मन, इन्द्रिय, देह आदिसँग सम्बन्धित आवश्यकताहरु

कर्मयोग वा कर्मयोगी साधनामा साधनारत साधकमा स्वाधीन अन्तःकरण (२–४५), इन्द्रिय निग्रह (२–४८), विषय प्रति अनाशक्त इन्द्रिय (३–९), जागरुक वा इन्द्रिय मन, बुद्धि भन्दा उच्च स्थितिमा स्थित (३–४३), जितेन्द्रिय (४–३९), अन्तःकरण वश (४–४१), मन, इन्द्रिय, शरिर वश (६–१०), ब्रम्हचारी ब्रत (६–१४), साधना प्रति धैर्य, उत्साहयुक्त चित्त (६–२३), मनमा वैराग्य भाव (६–३५), सन्यासयुक्त चित्त (९–२७) आदि जस्ता पक्षहरुको उपस्थिति हुन अत्यन्त आवश्यक छ ।

कर्मयोगको परिणामसँग सम्बन्धित आवश्यकता

कर्मयोग साधनामा कर्मफल प्रतिको आशक्ति त्याग त गरिन्छ, तर जब कर्म प्रारम्भ हुन्छ, त्यो अवस्थामा कर्मका परिणामहरु शनैः शनैः प्राप्त हुन थाल्दछन् । जब कर्मका परिणामहरु प्राप्त हुन थाल्दछन्, त्यो अवस्थामा साधक कर्मका परिणामबाट विचलित हुन सक्दछ । तर कर्मयोग साधनामा साधनारत साधकमा कर्मका परिणामहरु प्रति हर्ष–शोक रहित (२–४३), कर्म सिद्धि–असिद्धिमा सम (२–४८), आशा रहित, ममता रहित, संग्रह रहित मनस्थिति (३–३०) आदि युक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 987 0
अवतरण के हो ? 1/9/2023 876 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 854 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 885 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 783 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 850 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 856 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 717 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 675 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 726 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 893 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 750 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 864 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 697 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 882 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 773 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 855 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 852 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 675 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 787 0
त्रिगुण के हो ? 1/9/2023 1028 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 717 0
त्रिगुण र बन्धन 1/9/2023 822 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 704 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 724 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 748 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 610 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 798 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 619 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 650 0
मोक्ष साधना के हो ? 1/9/2023 647 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 735 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 669 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 656 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 620 0
के हो ईश्वर भजन ? 1/9/2023 693 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 571 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 468 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 647 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 756 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 635 0
कर्मयोग के हो ? 1/9/2023 664 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 668 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 671 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 750 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 953 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 589 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 569 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 638 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 670 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1636 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 779 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 709 0
देवता के हो ? 1/10/2023 765 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 736 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 745 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3323 0