सन्यास के हो ? सन्यासी के हो ?

0 टिप्पणीहरू 1635 आगन्तुकहरू

भगवान भन्नुहुन्छः

श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।६–१।।

जो पुरुष कर्मफलको आश्रय नलिइकन (अनाशक्त) कर्तव्य कर्म गर्दछ । त्यो नै सन्यासी तथा योगी हो । केवल अग्नीलाई त्याग्ने सन्यासी होइन । (तथा) केवल क्रियालाई त्याग्ने योगी होइन ।

न कर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोऽश्नुते ।
न च संन्यसनादेव सिद्धिं समधिगच्छति ।।३–४।।

मनुष्य न त कर्मलाई आरम्भ नगरीकन निष्कर्मता (वन्धन निरंतरता) वा योग निष्ठालाई प्राप्त गर्दछ । र न कर्म त्याग मात्र बाट सिद्धि वा सांख्य निष्ठालाई प्राप्त गर्दछ ।

कर्मफलको आश्रय नलिइकन कर्म गर्नु नै सन्यास हो । कर्मफल प्रति अनाश्रित साधक नै सन्यासी हो । कर्म त्यागी, अग्नी त्यागी सन्यासी होइन (६–१) । कर्मलाई प्रारम्भ नगरेर वा कर्म त्यागबाट निष्कर्मता प्राप्त हुँदैन (३–४) ।

तर भगवान कृष्णको समयमा जब सांख्ययोग वा सन्यास मार्ग भनिन्थ्यो, सन्यासको मूल अर्थ अपभ्रमशित भइसकेको थियो । जब सन्यास भनिन्थ्यो, सन्यासी भनिन्थ्यो । त्यसको अर्थ, कर्म, घर, परिवार आदि त्याग गरी हिमाल, पहाडका एकान्त स्थल, आश्रम आदिमा गई मोक्ष प्राप्तिको लागि साधना गर्नु भन्ने बुझिन्थ्यो । वर्तमान समयमा पनि सन्यास, सन्यासी आदि शव्दहरुसँग घर, गृहस्थ, कर्म आदि त्याग कुनै न कुनै रुपमा जोडिएको छ ।
गीतामा अर्जुन मोक्ष अभिलाषी छन् । तर तिनि युद्धलाई साधन बनाएर मोक्ष प्राप्त गर्न अनिच्छुक छन् । कर्मत्याग रुपी

सन्यास प्रतिको आकर्षणलाई बुझ्नुहुन्छ । कर्मयोगलाई व्याख्या गर्ने क्रममा गीताका विभिन्न अध्यायहरु भगवानले अर्जुनलाई सांख्ययोग वा सन्यास जीवनका समस्याहरुको व्याख्या गर्नुभएको छ । सांख्ययोगका यि समस्याहरुलाई बुँदागत रुपमा राखिएको छ ।

१) कर्मत्यागबाट बन्धन प्राप्ति

सन्यास मार्गमा मूलत कर्मबाट कर्मफलरुपी बन्धन प्राप्त हुन्छ कि भन्ने भयले नै कर्म त्याग गरिन्छ, कर्मत्यागले निष्कर्मता कर्मफल प्राप्त नहुने मात्र नभई बन्धन प्राप्त हुन पुग्दछ । भगवान भन्नुहुन्छः

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक् ।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ।।१३–४।।

यो क्षेत्र (देह) तथा क्षेत्रज्ञ (आत्मा) को तत्व ऋषिहरुले विस्तारपूर्वक भनेका छन् । तथा वेदका मन्त्रहरुद्वारा पनि धेरै प्रकारले विभाजित गरेर भनिएको छ र राम्रोसँग निश्चय गरिएको युक्तियुक्त ब्रम्हासुत्रका पदहरुद्वारा पनि भनिएको छ ।

नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।१८–७।।

तर नियत कर्मलाई त्याग गर्नु उचित होइन, त्यसैले मोहको कारण नियत कर्मलाई त्याग गर्नु तामस त्याग भनिएको छ ।

दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ।।१८–८।।

जुनसुकै कर्महरु किन नहुन्, ति दुःख रुप छन्, यस्तो सम्झिएर यदि कोही शारिरीक दुःख वा परिश्रमका भयले कर्मको त्याग गर्दछ भने यस्तो राजस त्याग गरेर त्यागको फललाई कुनै प्रकारले पनि प्राप्त हुँदैन ।

२) गुणहरुको कारण कर्मत्याग नै असम्भव

असंख्य त्रिगुणी संस्कारहरु संग्रहित मानिसको जीवन संरचना नै यस्तो छ कि यो जीवन संरचनामा मानिसले नचाहँदा नचाहँदै पनि विज (संस्कार) प्रकटिकरणको नियमको कारण मानिसमा गुणहरु प्रकट भइरहन्छन् । स्वगुण अनुरुप नै विचारहरु उठिरहन्छ । कर्महरु घटित भइरहन्छ ।

यो जीवन्त प्रक्रिया सन्यास ग्रहण पश्चात पनि अवश्य घटित हुन्छ । गुणहरुको प्रकटिकरणको कारण कर्मत्याग रुपी सन्यास जीवन ग्रहण गरी अरण्य स्थानमा साधनारत साधक गुणहरुको प्रकृति अनुरुप कै कर्म गर्न विवश भइरहन्छ । कर्मत्याग, कर्म बन्धन त्यागको स्थिति प्राप्त गर्न असमर्थ रहन्छ । भगवान भन्नुहुन्छः

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।३–५।।

निःसन्देह कोहि पनि पुरुष कुनै कालमा क्षण मात्र पनि कर्म नगरी रहन सक्दैन । किनकि सम्पूर्ण मनुष्य समुदाय प्रकृति जनित गुणहरुद्वारा परवश हुँदै कर्म गर्दछन् वा प्रकृतिजन्य गुणहरुले नै कर्म गराउँदछ ।

यदहङ्कारमाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ।।१८–५९।।

अनि अहंकारको आश्रय लिएर तिमी जुन ‘म युद्ध गर्दिनँ’ भन्ने मानिरहेका छौ, तिम्रो यो निश्चय झुठो वा मिथ्या छ । किनकी तिम्रो (क्षेत्रीय) प्रकृति वा स्वभाव तिमीलाई युद्धमा लगाउने छ ।

३. साधनामा संघर्ष वा मिथ्या चरिताको सम्भावना

गृहस्थ जीवनमा साधनारत रहँदा इन्द्रिय विषयहरु अझ मूल रुपमा कामवासना माथि विजय प्राप्त गरी मोक्ष प्राप्त गर्न असम्भव हुने हुनाले नै सांख्य योगका साधकहरु गृहस्थ त्याग गर्दछन् । सन्यास जीवन ग्रहण गर्दछन् । ब्रम्हचारिताको संकल्प गर्दछन् । कैयन साधकहरु अविवाहित पनि रहन्छन् । कामवासनालाई अन्य मोक्षको मूल सूत्र मानिएकाले यि साधकहरु साधनाकालमा हठपूर्वक इन्द्रियहरुलाई रोक्दछन् । तर शाश्वत नियमहरु क्रियाशील मानिसको जीवन सत्तामा गुणको कारण कामवासना विचारहरु उठिहाल्दछन् । यो अवस्थामा साधक एकातिर हठपूर्वक इन्द्रियहरुलाई रोक्दछ तर मनमा कामभोगका विषयहरुको चिन्तन गर्न पुग्दछ । यसरी साधक एक आन्तरिक संघर्ष र मिथ्याचारको दलदलमा फस्दछ । योगेश्वर भन्नुहुन्छः

यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन ।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ।।३–७।।

तर हे अर्जुन ! जो पुरुष मनद्वारा इन्द्रियहरुलाई वसमा गरेर अनाशक्त भई सम्पूर्ण इन्द्रियहरुद्वारा कर्मयोगको आचरण गर्दछ, त्यो श्रेष्ठ छ ।

४. इन्द्रिय विषयहरुको आशक्ति निवृत्तिको कठिनता

जब विषयहरुबाट बन्धन प्राप्त हुन्छ भन्ने भयले विषयहरु त्यागिदिन्छ । द्वेषभावको कारण विषयहरुलाई ग्रहण गर्दैन । यो अवस्थामा सर्वप्रथम त विषयहरु प्रतिको द्वेषभावले साधकमा बन्धन नै सृजना गर्दछ । दोस्रो, जब विषयहरुलाई वाह्य रुपमा त्याग तर गुण प्रकटिकरणले आन्तरिक रुपमा चिन्तनको प्रक्रिया चलिरहन्छ । यो अवस्था विषयहरुको निवृत्ति त हुन पुग्दछ, तर विषय आशक्तिको निवृत्ति प्राप्त हुँदैन । भगवान भन्नुहुन्छः

विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।२–५९।।

इन्द्रियहरुद्वारा विषयहरुलाई ग्रहण नगर्ने पुरुषको विषय त निवृत्त हुन्छ । रस वा (आशक्ति) निवृत्त हँुदैन । तर स्थितप्रज्ञ पुरुषको आशक्ति पनि परमात्मालाई साक्षात्कार भएपछि निवृत्त हुन्छ ।

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।।२–६०।।

हे अर्जुन ! आशक्तिको नाश नभएको कारण यि प्रमथनशील वा दुःख दिने स्वभाव भएका इन्द्रियहरुले यत्न (शील) बुद्धिमान पुरुषको मनलाई पनि बलपुर्वक हरण गर्दछन् ।

५. श्रेष्ठ पुरुषका कर्महरुलाई समाजले पछ्याउने समस्या

जब समाजको कुनै श्रेष्ठ पुरुष घर गृहस्थ कर्म आदि त्याग गरी सन्यास ग्रहण गर्दछ । अरण्य वास गर्दछ । त्यो अवस्थामा समाजमा श्रेष्ठ पुरुषको कर्मबाट अवश्य प्रभावित बन्दछ । समाजमा यसको चर्चा चल्दछ । कैयन् मानिसहरु अज्ञानपूर्ण लहडतामा नै घर, गृहस्थ त्याग गरी सन्यास ग्रहण गर्ने सम्भावनाको जन्म हुन्छ । जसको असर घर, परिवार, समाज आदिमा पर्दछ ।

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।३–२१।।

श्रेष्ठ पुरुष जुन जुन आचरण गर्दछन्, अन्य पुरुषहरु पनि ति ति आचरण गर्दछन् । श्रेष्ठ पुरुषले जे प्रमाणित गर्दछ, समस्त मनुष्य समुदाय पनि त्यहि अनुरुप व्यवहार गर्दछ ।

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।३–२३।।

किनभने हे पार्थ ! यदि कदाचित म सावधान भएर कर्तव्य कर्म नगरुँ भने सम्पूर्ण मनुष्य मेरो मार्ग (आचरण) को अनुशरण गर्नेछन् ।

६. गृहस्थ जीवन नै उपस्थित

सन्यासको अर्थ हो संसारका सम्पूर्ण विषयहरु प्रतिको कामनाहरुको त्याग । सन्यासको अर्थ गृह त्याग, स्त्री त्याग, अग्नी त्याग, वस्त्रादी वाह्य आभूषण ग्रहण आदि होइन । सन्यास वाह्य आध्यात्मिकता होइन । सन्यास मनको आन्तरिक अवस्था हो । जब कुनै साधक संसारका सम्पूर्ण विषयहरु प्रतिको संकल्पहरु वा कामनाहरु त्याग गरिदिन्छ । सन्यास तत्क्षण घटित हुन्छन् । मनका विषयहरु प्रतिको कामनाहरु……………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 987 0
अवतरण के हो ? 1/9/2023 876 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 854 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 885 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 783 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 850 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 856 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 717 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 675 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 726 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 893 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 750 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 864 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 697 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 882 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 773 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 855 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 852 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 675 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 787 0
त्रिगुण के हो ? 1/9/2023 1028 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 717 0
त्रिगुण र बन्धन 1/9/2023 822 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 703 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 724 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 748 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 610 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 798 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 619 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 650 0
मोक्ष साधना के हो ? 1/9/2023 647 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 735 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 669 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 656 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 620 0
के हो ईश्वर भजन ? 1/9/2023 693 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 571 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 468 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 647 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 756 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 635 0
कर्मयोग के हो ? 1/9/2023 664 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 668 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 700 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 671 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 750 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 953 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 589 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 569 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 638 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 670 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 779 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 708 0
देवता के हो ? 1/10/2023 765 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 736 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 745 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3323 0