देवताहरु मात्र सद्गुणी पवित्र आत्मा हुन् । स्वर्गलोक, देवलोकवासी देवताहरु सत्गुण प्रधान आत्मा हुन् । ति मुक्त आत्मा होइनन् । ति ईश्वर होइनन् । ति स्वयं त्रिगुणको नियन्त्रणमा छन् । स्वप्रकृतिको नियन्त्रणमा छन् ।
वर्तमान जीवन होस् वा मृत्यूपश्चातको जीवन, मानिस वा जिवात्माले जे परिणाम प्राप्त गर्दछ, त्यो ईश्वरले शाश्वत ईश्वरीय नियमहरु मार्फत नै प्रदान गर्दछ । मानिस जीवनमा जे विचार वीज रोप्दछ, त्यहि विचार विजलाई विस्तार गर्दछ, त्यहि विचार विज अनुरुप नै परिणामहरु प्रदान गर्दछ ।
फेरि मानिसहरु सृष्टिको यि शाश्वत नियमहरु प्रति अनभिज्ञ छन् । जीवनमा फल प्राप्तिको मूल नियमसँग आपरिचित छन् । पण्डितहरुले तिनिहरुले वेद र अन्य शास्त्रहरुमा व्याख्या गरिएका (जुन मूलतः समयको धारामा मूल विद्या अपभ्रमशित भई सृजना भएका हुन् ।) देवताहरु, यज्ञहरु अनि यि यज्ञहरु सम्पादन गर्दा वर्तमान जीवनमा प्राप्त हुने लाभहरु (वैभव, सम्मान, शत्रु नाश, पुत्र आदि) मृत्यू पश्चात प्राप्त हुने लाभहरुको बारेमा सुनेका छन् । लाभहरुको तृष्णाले देवता, देव पुजन, यज्ञ आदि प्रति तिनिहरुको मनमा राग उत्पन्न भएको छ । चित्त अपहरण भएको छ ।
विषयहरुबाट ‘बन्धन’ प्राप्त भएका स्वर्ग सद्गुण बृद्धि गर्ने साधकले प्राप्त गर्दछ । विषय प्रति राग विस्तार गर्न मानिसले प्राप्त गर्दैनन् । स्वर्गादी भई विपरित परिणाम प्राप्त गर्दछ । मूल लक्ष्य परमात्माबाट मन विचलित भएको छ । यो यज्ञ पूजा व्यर्थ छ । भगवान भन्नुहुन्छः
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।२–४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।२–४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।। २–४४।।
हे अर्जुन ! जो कामनामा तन्मय छन् । वेदका व्याख्या गरिएका सकाम वाक्य वा कर्ममा प्रिति राख्दछन् । जसको बुद्धिमा स्वर्ग नै परम प्राप्य बस्तु छ । जो स्वर्गभोग भन्दा दोस्रो वस्तु केहि छैन भन्दछन् । यि अविवेकि मनुष्यहरु जुन पुष्पित (देखावटी शोभायुक्त) वाणीहरु बोल्दछन्, ति जन्मरुपी कर्मफल दिने अनि भोग र ऐश्वर्य प्राप्तीको लागी धेरै कृयाहरुको वर्णन गर्ने हुन्छन् । ती पुुष्पीत वाणीहरुले जसको अन्तकरणलाई हरण गरेको छ, जो भोग तथा ऐश्वर्यमा आशक्त छ । त्यो मनुष्यको परमात्मा एक निश्चयपूर्ण बुद्धि हुँदैन।
कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेऽन्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।।७–२०।।
जुन जुन कामनाहरुद्वारा जसको ज्ञान (चेतना) हरित भएको छ । ति मनुष्यहरु स्व–स्वभाव वा प्रकृतिबाट प्रेरित भएर त्यो त्यो नियमलाई अपनाएर अन्य देवताहरुलाइ भज्दछन् वा पूजा गर्दछन् ।
यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।।७–२१।।
जो जो सकाम भक्त जुन जुन देवताहरुको स्वरुपलाई श्रद्धापूर्वक पुज्न चाहन्छन् । म त्यस भक्तको श्रद्धालाई त्यो देवतामा स्थिर गर्दछु ।
येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।।९–२३।।
हे अर्जुन ! यद्यपी श्रद्धाले युक्त सकाम भक्तहरु जो अन्य देवताहरुलाई पूजा गर्दछन् । ति पनि मलाई नै पूजा गर्दछन् । तर उनिहरुको यो पूजा विधिपूर्वक हुँदैन । अर्थात अज्ञानपूर्वक हुन्छ ।