भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.४ अन्धकारमय आध्यात्मिक जगत

0 टिप्पणीहरू 482 आगन्तुकहरू

भगवान् बुद्धले निर्वाण प्राप्त गुरु खोजको क्रममा जतिजति तत्कालीन भारतवर्षको आध्यात्मिक जगतलाई सूक्ष्मतमरूपले नियाल्दै जानुभयो त्यतित्यति उहाँको दृष्टिमा आध्यात्मिक जगतका कटु दृश्य उद्भासित हुँदै आए । प्रजवित जीवन ग्रहण गर्नुपूर्व यस आध्यात्मिक जगत जति सुन्दर, आध्यात्मिक र आकर्षक देखिन्थ्यो, यथार्थमा त्यहाँ त्यस्तो सुन्दरता, आकर्षण, आध्यात्मिकता केही देखिएन । सांसारिक वृत्तिलाई नाश गरी निर्वाणको पवित्र लक्ष्य प्राप्त गर्न सम्प्रदाय वा आश्रममा साधनारत गुरु र साधकहरूका पनि सांसारिक वृत्ति नाश भएको थिएन । एउटै सम्प्रदाय वा आश्रमका सदस्यहरू पनि एक सुन्दर परिवारझैँ प्रेम, सौहार्दता, सहयोग, मेलमिलाप, शान्तिका भावले ओतप्रोत भएर बस्न सकिरहेका थिएनन् ।

प्रत्येक सम्प्रदाय वा आश्रममा शिष्यहरू र गुरुहरूमाझ स्पष्ट सांसारिक वृत्ति उपस्थित थियो । परिव्राजकको जीवन ग्रहण गरेर पनि यी गुरु वा साधक खुसी, हाँसो, आनन्द आदिले ओतपोत आध्यात्मिक किरणले दिप्त, स्वतन्त्र, उन्मुक्त जीवन बाँच्न सकिरहेका थिएनन् । आश्रममा हाँसो, खुसी, आनन्द आदिको नामोनिसान थिएन । उल्टै गुरु र शिष्यहरूबीच बेमेल, वैमनष्यता, अस्वस्थ प्रतिस्पर्धा, आन्तरिक अशान्ति प्रष्ट देखिन्थ्यो । यस्तो आवरणीय आध्यात्मिक संसारमा फैलिरहेका सांसारिक वृत्तिहरूका माझमा ‘म’ आध्यात्मिक हुँ । ‘म’ गुरु हुँ । ‘म’ साधक हुँ । ‘म’ जान्ने हुँ भन्ने जस्ता अहङ्कारका बोझ थपिएर आध्यात्मिक परिवेशलाई झन्झन् बोझिलो बनाइरहेको थियो । प्रतिदिन सम्पन्न गरिने कर्मकाण्डीय साधनाहरू, बाह्य वस्त्र आभूषणहरू, आन्तरिक रूपान्तरण गर्न असमर्थ व्यर्थ ज्ञानका चर्चाहरूले सांसारिक वृत्तिलाई नै गहिराइमा पुगेर पोषण गरिरहेका थिए । अध्यात्मको नाममा बोझिलो सांसारिक परिवेश सम्पूर्ण सम्प्रदाय वा आश्रममा उपस्थित थियो । सबैभन्दा बढी डरलाग्दो पक्ष त के थियो भने यी सम्पूर्ण भ्रमलाई देख्ने अन्तरदृष्टि गुमाइसकेका यी गुरु र साधकहरू यिनै अनेक आध्यात्मिक भ्रमलाई नै सत्य मानेर बाँचिरहेका थिए ।

कैयौँ वर्ष (जन्म) देखि भगवान्को सत्य खोजको यात्रा एक विद्रोहको यात्रा थियो । जब भगवान्को जागरुक दृष्टिमा कुनै विषय असत प्रतीत हुन्थ्यो उहाँले त्यसलाई तत्काल छोडिदिनुहुन्थ्यो । यही क्रममा भगवान्ले सत्य खोजको मार्गमा आजसम्म देखा परेका अनेक गुरु, मिथ्या मोक्ष निर्वाण विद्या र साधनाविधिलाई त्याग गर्दै आइरहनुभएको थियो । भगवान्ले सत्य खोजको यही मर्मअनुरूप एकपछि अर्को गर्दै विभिन्न आश्रम, गुरु आदिलाई त्याग गर्दै सत्य गुरु खोजको यात्रालाई निरन्तरता दिइरहनुभयो तर लामो समय बितिसक्दा पनि उहाँले मोक्ष प्राप्त गुरु, मोक्ष प्रदान गर्ने विद्या प्राप्त गर्न सक्नुभएन । निर्वाण प्राप्त गुरु खोजको यस क्रममा भगवान् गुरु आलार कालमको आश्रममा आइपुग्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 823 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 510 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 467 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 476 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 572 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1842 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 577 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 567 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 559 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 503 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 455 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 610 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 503 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 512 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 503 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 547 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 580 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 472 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 434 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 479 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 518 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 421 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 469 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 829 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 868 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 706 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 466 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 771 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७.१ सम्यक कर्म साधना 1/11/2023 591 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 482 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 516 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 560 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 482 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 507 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 396 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 568 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 494 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 549 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 504 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 545 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 519 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 478 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2127 0