अन्ततः केही दिनको विश्राम पश्चात् भगवान्को देह र मनको अन्योल र असहजताका भाव छाँटिदै गए । मनमा उत्पन्न भएको शान्तिसँगै भगवान्को मनमा पुनः स्वयंको असफल साधना यात्राको अनेक विचार उत्पन्न हुन थाले । ती अनिश्चयपूर्ण दिनहरूमा भगवान् स्वयंको असफल यात्राप्रति एक जागरुक दृष्टि दिइरहनुहुन्थ्यो । मनको केन्द्रमा एक मूल प्रश्न स्थापित गरेर स्वयंलाई सोधिरहनुहुन्थ्यो कि आखिर उहाँ के कारण निर्वाण प्राप्त गर्न असमर्थ हुनुभयो रु वा आखिर के कारण ती अनेक निर्वाण साधनाविधि उहाँलाई मोक्ष प्रदान गर्न असमर्थ रहे रु तर भगवान्सँग यी प्रश्नका स्पष्ट उत्तर थिएनन् ।
ती अत्यन्त असहज दिनहरूमा पनि भगवान्ले आफ्नो निर्वाणको आशालाई भने मर्न दिनुभएन, आफ्नो मनको कुनै कुनामा बलिरहेको आशाको किरणलाई निभ्न दिनुभएन । त्यस्तो जटिल समयमा पनि उहाँको मनको एक कुनामा उहाँ वा असंख्य साधकहरूले निर्वाण प्राप्त गर्न असमर्थ रहे पनि निर्वाण स्वयंमा मिथ्या वा भ्रम होइन । यो सत्य निर्वाण साधना विधिद्वारा प्राप्त हुन सम्भव परम जीवनस्थिति हो भन्ने जस्ता विचार उठिरहन्थे । भगवान्लाई निर्वाण प्राप्तिको सत्य साधना मार्ग यस जगतमा अवश्य उपस्थित छ । एक दिन अवश्य यो सत्य निर्वाण मार्गलाई पहिल्याएर निर्वाण प्राप्त गरेरै छोड्नेछु भन्ने आशाका किरण मनमा जागिरहन्थ्यो ।
अन्ततः यसरी विषम स्थितिमा उत्पन्न भएका मनका यी आशापूर्ण विचारसँगै भगवान्का मनका द्विविधा पनि छाँटिदै गए । भगवान्को मन पनि शनैःशनैः शान्त हुँदै गए । शान्त मनमा चिन्तनका लागि क्षितिज फराकिलो हुँदै गयो । यी दिनमा भगवान्ले पुनः दरबारको भोगपूर्ण जीवन, दरबार त्यागपछिका मोक्ष गुरु खोजका अनेक असफल प्रयास, अनेक आंशिक र भ्रमपूर्ण मोक्ष विद्या, असत्य गुरुहरूका कारण क्षत–विक्षत भएको आध्यात्मिक जगत, आध्यात्मिक जगतको भ्रमपूर्ण भासमा अट्किएर नष्ट भइरहेका असङ्ख्य साधक, स्वयंले ग्रहण गरेका अनेक आध्यात्मिक साधना, ती साधनाका त्रुटिहरूप्रति गम्भीर चिन्तन गर्न प्रारम्भ गर्नुभयो ।
यसरी चिन्तनको गहिराइमा डुब्दाडुब्दै एक दिन भगवान्को मनमा के इन्द्रियहरू र मनलाई कठोरतापूर्वक नियन्त्रणमा लिन असफल भएकै कारण निर्वाण साधना यात्रा असफल भएको हो त रु के देह इन्द्रियहरू र मनलाई कठोरतापूर्वक पूर्ण नियन्त्रणमा लिन सकेको खण्डमा निर्वाण प्राप्ति सम्भव छ त रु भन्ने जस्ता विचारहरू उठे, उठिरहे ।
एकातर्फ निर्वाणप्रति गहन प्यास र अर्कोतर्फ साधनामा अगाडि बढ्ने मार्ग नै अवरुद्ध भएको स्थितिमा मनमा उत्पन्न यी विचारसँगै भगवान्को मनमा कठोर देह तपस्याका विचार प्रबल हुँदै आए । अन्ततः यही प्रबल विचारका प्रभावमा भगवान्ले निर्वाण प्राप्तिका लागि देह, इन्द्रिय र मनको कठोर तपको सङ्कल्प लिनुभयो र घोर देहपीडक तपस्याको मार्गमा प्रवेश गर्नुभयो । अनेक परम्परागत मोक्ष शास्त्रहरूमा निर्वाण प्राप्तिका लागि तपस्वीहरू जाडोमा हिमालय, गर्मीमा मरुभूमिमा पन्चाग्नि तापेर देह, इन्द्रिय र मनलाई नियन्त्रणमा लिएका कथा प्रचलनमा थिए । यिनै शास्त्रका वचनबाट प्रभावित भएर भगवान्ले यस मार्गलाई रोज्नुभएको थियो । निर्वाण प्राप्तिका लागि कुनै मार्ग वा साधनाविधि नै अनुपस्थित रहेको एक विषम स्थितिमा भगवान्ले यस देहपीडक कठोर साधनामार्ग रोज्नुभएको थियो ।