विपश्यना वा सत्य निर्वाण साधनाविधिको जन्म

३.१ प्रथम ध्यानको स्मृति

0 टिप्पणीहरू 288 आगन्तुकहरू

जीवनका मार्ग सबैतिरबाट अवरुद्ध भएका यिनै दिनमध्ये एक दिन भगवान् बोधिवृक्षको सघन छायाँमुनि शान्त बसिरहनुभएको थियो । मध्याह्नको समय थियो, वातावरण शान्त मौन थियो, वसन्तको मधुर हावा निरन्जना नदीको शीतलता र शान्तिलाई बोकेर बगिरहेको थियो । शान्त वातावरण, मध्याह्नमा चम्किरहेको सूर्य, क्षितिजसम्म विस्तारित मौन आकाश, समग्र परिवेशसहित सम्पूर्ण सृष्टि ध्यानमयझैँ प्रतीत हुन्थ्यो । भगवान् जन्म–जन्मान्तरदेखि ध्यान साधना गर्दै आइरहनुभएको थियो । भगवान्मा ध्यानको संस्कार जन्मजन्मान्तरदेखि सङ्ग्रहित थियो । धम्मका शाश्वत नियमहरूले गुण नै प्रकट गरिदिने मानिसको जीवनमा त्यस क्षण भगवान्को पूर्वजन्महरूदेखि सङ्ग्रहित ध्यानको संस्कार प्रकट भयो । गुण प्रकटीकरण नियमका कारण भगवान्लाई अनायास प्रथम ध्यानको स्मृति उत्पन्न भयो । भगवान्लाई त्यस ध्यानको स्मृतिको उदय भयो, जुन ध्यान उहाँ नौ वर्षको बालक हुँदा घटित भएको थियो ।

जब भगवान् नौ वर्षको हुनुहुन्थ्यो एक कृषि उत्सवको दिन धाइआमाहरूले उहाँलाई छोडेर उत्सव अवलोकन गर्न जाँदा उहाँ जामुन वृक्षको सघन छायाँमुनि एक्लै बसिरहनुभएको थियो । त्यस दिन अत्यन्त स्वभाविकरूपमा भगवान् वृक्षको सघन छाँयामुनि एकान्त वातावरणको मौनतासँगै कम्पित भइरहेको ब्रह्माण्डीय लयसँग एकाकार हुन पुग्नुभएको थियो । यही ब्रह्माण्डीय लयसँग एकाकार हुँदै ध्यान मग्न हुन पुग्नुभएको थियो । हेर्दाहेर्दै उहाँको श्वास शान्त, लयवद्ध र एकाग्र भएको थियो । उहाँ स्वतः जन्मन गएको प्राकृतिक सहज समाधिमा लामो समयसम्म डुबिरहनु भएको थियो । अवचेतन मनमा छिपेको त्यस प्रथम ध्यानको मधुर स्मृति आज पुनः त्यही शान्त वातावरण, एकान्त परिवेश, सघन वृक्ष छायाँ, ब्रह्माण्डीय कम्पन आदिका स्पष्ट अनुभूति प्राप्त हुँदा पुनः जाग्रत भएर उठेको थियो ।

बाल्यकालको यस प्रथम ध्यानको स्मृतिसँगै भगवान्मा पुनः त्यही प्रथम ध्यानको उदय भयो । प्रथम ध्यानावस्थामाझैँ उहाँ ब्रह्माण्डीय लयसँग एकाकार हुनु भयो । यस ब्रह्माण्डीय लयसँगको एकाकारले उहाँको श्वासप्रश्वास प्रक्रिया धिमा हुँदै गयो । प्रकृतिको गर्भबाट उदाएको गहन ध्यानले उहाँलाई छोप्दै लग्यो । भगवान् ध्यानको प्रथम, दोस्रो, तेस्रो, चौथो आदि अवस्था पार गर्दै गहन समाधिको स्थितिमा प्रवेश गर्नुभयो । भगवान्ले ध्यानलाई श्वाशप्रश्वासमा एकाग्र गर्दै ध्यानको उच्च स्थितिमा प्रवेश गर्ने कला गुरु कालम र रामपुत्तबाट सिक्नुभएको थियो ।

चित्तको एकाग्रताका कारण ध्यान साधनामा साधकले सातौँ र आठौँ ध्यान गहन समाधिस्थिति प्राप्त गरे पनि यस गहन समाधिस्थितिले चित्तका संस्कारहरूलाई नष्ट गरी निर्वाण प्रदान गर्न असमर्थ रहन्छ भन्ने अनुभव पनि भगवान्ले आफ्नै असफल साधना यात्राबाट गरिसक्नुभएको थियो ।

जब भगवान्मा अनायास गहन प्राकृतिक ध्यान उदय भयो भगवान्ले स्वतः उत्पन्न यस गहन समाधिस्थितिप्रति जागरुक दृष्टि दिन थाल्नुभयोे । प्रकृतिको गर्तबाट उत्पन्न भएको त्यस गहन ध्यानमा कुनै पनि प्रकारको हस्तक्षेप वा प्रतिक्रिया नगरी भगवान्ले निष्पक्ष द्रष्टाभावले यस गहन ध्यान वा समाधिकोस्थितिलाई लामो समयसम्म अवलोकन गरिरहनुभयो । श्वासप्रश्वासले स्पष्टरूपमा ब्रह्माण्डीय लय समातिरहेको थियो । गहन ध्यानको सतत धारा निरन्जना नदीको प्रवाह जस्तै अविरल प्रवाहित थियो ।

जब भगवान्ले यस गहन ध्यानलाई जागरुक र द्रष्टाभावले अवलोकन गरिरहनुभएको थियो देह र चित्तको क्षेत्रमा अनेक प्रकारका सुखद र दुखद अनुभूति (संवेदना) हरू उदय भइरहेको र ती संवेदना केही क्षण स्थिर रही पुन विलय भइरहेको आदि कुराको बोध प्राप्त गर्नुभयो । यसभन्दा अगाडिका ध्यान साधनाहरूमा भगवान्को दृष्टि काय र चित्तको क्षेत्रमा उत्पन्न हुने संवेदनामाथि परेको थिएन । किनकि कुनै पनि गुरुले कायर चित्तको क्षेत्रमा प्रकट भइरहेका यस्ता संवेदनामाथि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भएको थिएन । गुरु कालम र गुरु रामपुत्तको ध्यान साधना विधिमा पनि श्वासप्रश्वासको एकाग्रतामाथि नै जोड दिइएको थियो ।

नदी किनाराको व्यक्तिले प्रवाहित नदीलाई निष्पक्ष भावले अवलोकन गरे जस्तै भगवान् देह र चित्तमा स्वतः उत्पन्न भइरहेका यी दुःखद र सुखद संवेदनाका गुण, धर्म र स्वभावलाई यथाभूतरूपमा हेरिरहनुभयो । यी अनेक दुःखद र सुखद संवेदना उत्पन्न, परिवर्तन र पुनः व्यय हुन्थे । क्षणभङ्गुर वा अनित्यता नै यिनीहरूका मूल गुण, धर्म र स्वभाव थियो ।

जब भगवान् काय र चित्त क्षेत्रका यी सुखद र दुःखद संवेदनालाई न राग न द्वेषको समभावी दृष्टिले अवलोकन गरिरहनुभएको थियो यी संवेदनाका उदय र व्ययको समभावी अवलोकनसँगै भगवान्लाई स्वयंको आन्तरिक क्षेत्रमा अनेक परिवर्तन हुँदै गइरहेको स्पष्ट अनुभूति प्राप्त भइरहेको थियो । मनको आन्तरिक क्षेत्र शान्त, विस्तारित, समभावीहुँदै गइरहेको अनुभूति प्राप्त भइरहेको थियो । विकारहरू नष्ट भएर चित्त निर्मल हुँदै गएको अनुभूति प्राप्त भइरहेको थियो । देह र कायका जडपन नष्ट भएर देह र कायको क्षेत्र पनि झन्झन् विस्तार हुँदै गएको अनुभूति प्राप्त भइरहेका थिए ।

संवेदनाहरूका अनित्य स्वभावलाई जागरुक र साक्षीभावपूर्ण अवलोकनबाट प्राप्त आन्तरिक रूपान्तरणका यी नवीन अनुभूति भगवान्ले गुरु कालम र रामपुत्रबाट प्राप्त सातौँ र आठौँ ध्यानमा पनि प्राप्त गर्नुभएको थिएन । यी संवेदनामाथिको ध्यान नितान्त पृथक प्रतीत हुन्थे । यस पृथकताको मुख्य क्षेत्र संवेदनाको सतत उदय र व्ययरूपी अनुभूति नै थियो । स्वयंको आन्तरिक प्रदेशमा प्राप्त भइरहेको असाधारण रूपान्तरण नै थियो । चित्तका विकारहरू उखेलिएर चित्त शान्त र निर्मल हुँदै गएको अनुभूति नै थियो । संवेदनाहरूको जागरुक र समभावपूर्ण अवलोकनरूपी ध्यान असाधारण प्रतीत हुन्थ्यो ।

भगवान् यस स्वतः उत्पन्न ध्यान र संवेदनामाथिको यथाभूत अवलोकनबाट स्वयंलाई प्राप्त भइरहेको आन्तरिक रूपान्तरण र चित्तमा प्राप्त भइरहेको निर्मल अनुभूतिबाट अत्यन्त प्रभावित हुनुभयो । यस्तो प्रतीत हुन्थ्यो कि मानौँ कुनै असाधारण ध्यान मार्गको स्वतः जन्म भइरहेको छ । भगवान्ले यस नवीन ध्यानलाई निरन्तरता दिने अठोट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 316 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 663 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 514 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 527 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 410 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 336 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 372 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 327 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 373 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 350 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 317 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 320 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 440 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 332 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1420 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 549 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 417 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 391 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 372 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 363 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 309 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 430 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 307 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 476 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 381 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 348 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 377 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 401 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 555 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 367 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 419 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 392 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 347 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 346 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 350 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 389 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 342 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 326 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 357 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 368 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 301 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 336 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 349 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 693 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 744 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 444 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 378 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 305 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 337 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 493 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 360 0
७.५ सम्यक समाधि साधना 1/11/2023 547 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 369 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 542 0
७.२ सम्यक वाणी साधना 1/11/2023 429 0
७.१ सम्यक कर्म साधना 1/11/2023 395 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 382 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 348 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 307 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 300 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 399 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 421 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 449 0
६.१ दुःख आर्य सत्य 1/11/2023 368 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 390 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 322 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 331 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 289 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 274 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 332 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 381 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 304 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 406 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 404 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 317 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 362 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 365 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 377 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 295 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 358 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 370 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 390 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 393 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 346 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 361 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 397 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 310 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 357 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 421 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 1742 0