प्रतित्यसमुत्पाद तपाईंको जीवनमा क्रियाशील धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जुन नियमले तपाईंको जीवनसत्तामा रोपिएको एउटा कारण (बीज) को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त हुँदैन । अपितु यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरी कारण→परिणाम→कारण→परिणाम वा बीज→फल→बीज→फल रूप एक सृङ्खला वा चक्र उत्पन्न गर्दै तपाईंको जीवनमा अनेक परिणाम दिँदै जान्छ । प्रतित्यसमुत्पाद नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यस्तै फल प्राप्त हुने नियम पनि भनिन्छ ।
प्रतित्यसमुत्पाद नियमको व्याख्या अध्याय चारमा गरिएकाले यस नियमको पुनः व्याख्या यहाँ गरिएको छैन । तल भगवान्ले धम्मपदका विभिन्न श्लोकमा उल्लेख गर्नुभएको प्रतित्यसमुत्पादको शाश्वत नियम वा जस्तो बीज रोप्यो त्यहीअनुरूपको फल प्रदान गर्ने नियमका केही उदाहरण राखिएका छन् ।
कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।
अर्थात् जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ त्यसैगरी राम्ररी ग्रहण नगरिएको श्रामण्यले प्रतित्यसमुत्पाद नियमका कारण नरकतिर लैजान्छ ।
अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।
अर्थात् जुन कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्छ त्यसमा लाज नमान्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्ति गर्छन् ।
अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।
अर्थात् जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्छ त्यसमा डर नमान्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्त गर्छ ।
अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।
अर्थात् जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्त गर्छन् ।
वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिसमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।
अर्थात् वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण सद्गति प्राप्त गर्छ ।
मधु’ वा मञ्ञति बालो, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ बालो दुक्खं निगच्छति ।।६९।।
अर्थात् पापकर्म परिपक्व भएर तिनको परिणाम नआउँदासम्म मूर्खले पाप कर्मलाई महजस्तै गुलियो ठान्छ । प्रतित्यसमुत्पाद नियमका कारण पापको नतिजा आउन÷देखिन थालेपछि त्यस्तो मूर्ख दुःखले सन्तप्त हुन्छ ।
पेमतो जायती सोको, प्रेमतो जायती भयं,
पेमतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१३।।
अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण माया÷प्रेमबाट शोक उत्पन्न हुन्छ, माया÷प्रेमबाट भय उत्पन्न हुन्छ । जो माया/प्रेमबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?।
रतया जायती, रतीया जायती भयं ।
रतिया विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१४।।
अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण रति/आशक्तिबाट शोक उत्पन्न हुन्छ, रति÷आशक्तिबाट भय उत्पन्न हुन्छ । जो रति/आशक्तिबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?
कामतो जायती सोको, कामतो जायती भयं ।
कामतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१५।।
अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण काम–वासनाबाट शोक उत्पन्न हुन्छ, काम–वासनाबाट भय उत्पन्न हुन्छ । जो काम–वासनाबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?
तण्हाय जायती सोको, तण्हाय जायती भयं ।
तण्हाय विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१६।।
अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण तिर्सनाबाट शोक उत्पन्न हुन्छ, तिर्सनाबाट भय उत्पन्न हुन्छ । जो तिर्सनाबाट विमुक्त छन् तिनलाई गुण प्रकटीकरण नियमका कारण कुनै शोक हुँदेन अनि कहाँको डर ?
अयसा व मलं समुट्ठितं, तदुट्ठाय तम् एव खादति ।
एवं अतिधोनचारिनं, सककम्मानि नउन्ति दुग्गतिं ।।२४०।।
अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण जसरी खियाले फलामबाट उब्जेर फलामलाई नै खाइदिन्छ त्यसैगरी सदाचार उल्लङ्घन गर्ने व्यक्तिलाई आफँैबाट भएका कर्मले आफैँलाई खाई दुर्गतिमा पु¥याउँछ ।