धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम

0 टिप्पणीहरू 559 आगन्तुकहरू

उच्छेदको अर्थ हो जरादेखि नै उखेलेर नष्ट गर्नु । संस्कार वा गुण उच्छेदको नियम धम्म वा प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको चित्तमा जन्म–जन्मान्तरदेखि सङ्ग्रहीत संस्कार (संवेदनाप्रतिको राग प्रक्रिया) नष्ट हुन पुग्छ । जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तपाईं जन्म–जन्मान्तरदेखि सङ्ग्रहीत संस्कारका कारण प्रकट भइरहेका सुखद र दुखद संवेदनालाई भोग नगर्ने वा समभावी रहन चित्तलाई प्रशिक्षण दिनुहुन्छ । यस क्षणमा विपरीत विद्युतीय धारा परस्परमा मिल्दा तीव्र विपरीत प्रतिक्रिया भएझैँ चित्तका दुई विपरीत स्वभाव (संवेदनाप्रति रागद्वेषपूर्ण प्रतिक्रिया गर्ने स्वभाव र संवेदनाप्रति रागद्वेषपूर्ण प्रतिक्रिया नगर्ने स्वभाव) बीच एक विपरीत प्रतिक्रिया हुन पुगी जन्म–जन्मान्तरदेखि तपाईंको चित्तमा जरा गाडेर बसेको संस्कार प्रकृतिको यही शाश्वत नियमका कारण ‘नष्ट’ हुन्छन्, ‘भष्म’ हुन्छन् । जरैदेखि ‘उच्छेद’ भएर नष्ट हुन्छन् ।

यदि तपाईंको चित्तमा संस्कार वा गुण उच्छेदको शाश्वत नियम क्रियाशील नभएको भए वा यस नियमका कारण तपाईंको चित्तका संस्कार उखेलिएर नष्ट नहुने भएको भए तपाईंले जीवनमा निर्वाण प्राप्त गर्ने सम्भावना सधँैका लागि समाप्त हुन पुग्छ । विपश्यना साधनामा प्रज्ञा क्षेत्र (मूलतः सम्यक दृष्टि) त्यस्तो साधना क्षेत्र हो, जहाँ प्रकृतिको संस्कार वा गुण उच्छेद नियम क्रियाशील हुने गर्छ । मूलतः यही नियम क्रियाशीलता कारण नै तपाईंमा जन्म–जन्मान्तरदेखि सङ्ग्रह र विस्तार भएका संस्कार पूर्णरूपमा नष्ट हुन पुग्छ ।

विपश्यना साधना बाहेकका अन्य निर्वाण साधना, जुन साधनामा ईश्वर वा गुरु प्रतिमा, प्रकाश, मन्त्र, श्वासप्रश्वाश आदिलाई साधनाको आधार बनाइन्छ ती निर्वाण साधनामा संवेदनाप्रति साधना नगरिने वा चित्तलाई संवेदनाप्रति समभावी बन्न प्रशिक्षण नदिइने हुनाले यस्ता साधनाविधिमा दुई विपरीत स्वभावबीच विपरीत प्रतिक्रिया उपस्थित हुँदैन, जसका कारण यी साधनाविधिमा प्रकृतिको यस शाश्वत नियम क्रियाशील हुनै सक्दैन । मूलतः यही कारण विपश्यना बाहेकका संसारका सम्पूर्ण साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ छन् । मूलतः यही कारणले नै विपश्यना संसारको एक मात्र सत्य मोक्ष साधनाविधि बन्न पुगेको छ ।

प्रकृति वा धम्मको यही संस्कार वा गुण उच्छेद नियम क्रियाशील भएर चित्तमा छिपेका संस्कार नष्ट हुने अनुभूतिलाई व्याख्या गर्दै विश्व प्रसिद्ध विपश्यना गुरु गोयन्का भन्नुहुन्छ– ‘जब सङ्ग्रहित संस्कार र शुद्ध सम चित्तबीचमा सम्पर्क हुन्छ त्यस क्षण विपरीत स्वभावबीच एक तीव्र विपरीत प्रतिक्रिया हुन्छ । त्यस क्षणमा एक तुफान उठ्छ, एक ज्वालामुखी फुट्छ । यही प्रतिक्रियाले गर्दा साधकमा शरीर तन्किएझैँ, कामेझैँ, टाउको दुखेझैँ, कम्मर दुखेझैँ, शरीरको जडपन नष्ट भएझैँ, देहको स्थूलपन नष्ट भएझैँ जस्ता अनेक अनुभूति स्पष्टरूपमा बोध हुन्छ ।’

हेरौँ भगवान्द्वारा धम्मको संस्कार वा गुण उच्छेद नियमको व्याख्या गर्दै चित्तका संस्कार विपश्यना साधनाबाट नष्ट हुन्छन् भन्ने सत्यलाई व्याख्या गरिएका केही उदाहरण–

संस्कार वा गुण उच्छेद नियमका कारण वासना प्रहीण भएकाले, जराबाट उखेलिएर गएकाले, शिर काटिएको ताडजस्तै भएकाले, अभावको अवस्था प्राप्त भएकाले, भविष्यमा उत्पन्न नहुने भएकालेहे वत्स ! तथागत् मुक्त भए । (अग्गिवच्छसूत्त)

सो करोहि दीपम् अत्तनो, खिप्पं वायम पण्डितो भव ।
निद्धन्तमलो अनङ्गणो, दिब्बं अरियभूमिम् एहिसि ।।२३६ ।।

अर्थात् आफ्नो आत्मरक्षाका लागि एक टापु बनाऊ वा मोक्षमार्गको पथप्रदर्शक बत्तीस्वरूप बनाऊ । द्रुत गतिमा अध्यास गरेर विद्वान् बन । संस्कार वा गुण उच्छेद नियमद्वारा सबै मल धोएर निष्पाप बनेका तिमी दिव्य आर्य भूमिमा पुग्नेछौ ।

गहकारक ! दिट्ठोसि, पुन गेहं न काहसि ।
सब्बा ते फासुका भग्गा, गहकूटं विसङ्गितं
विसङ्खारगतं चित्तं, तण्हानं खयम् अज्झगा ।।१५४।।

अर्थात् हे गृह निर्माता ! संस्कार वा गुण उच्छेदको नियमद्वारा तिमीलाई मैले खेदेँ, तिमी फेरि अर्को पटक घर बनाउँने छैनौ !, तिम्रा सबै दारपात भाँचिए, घरको धुरी भत्काइयो, ढलाइयो । चित्त संस्काररहित अवस्थामा पुग्यो, तृष्णा जति सबै नाश गरेँ ।

ये रागरत्तानुपतन्ति सोतं, सयंकतं मक्कटको व जालं ।
एतं पिछेत्वान वजन्ति धीरा, अनपेक्खिनो सब्बदुखं पहाय ।।३४७।।

अर्थात् जो रागरञ्जित छन् तिनीहरू आफैँले बनाएको स्रोतमा त्यसैगरी फस्छन् जसरी माकुरो आफ्नै जालमा अल्झिन्छ । कुनै अपेक्षा नराख्ने निस्पृह मानिस यस्ता बन्धनका स्रोतलाई संस्कार वा गुण उच्छेद नियमद्वारा छिन्नभिन्न गरी चुँडालेर

कामभोगको सुखलाई छोडेर प्रव्रजित बन्छन् ।
यस्सासवा परिक्खीणा, आहारे च अनिस्सितो ।
सुञ्ञतो अनिमित्तो च, विमोक्खो यस्स गोचरो ।
आकासे व सकुन्तानं, पदं तस्स दुरुन्नयं ।।९३।।

अर्थात् जसको संस्कार वा गुण उच्छेद नियमका कारण आश्रव वा विकार पूरै नष्ट÷विध्वस्त भएका छन् । जो भोजनमा अनाशक्त र असंलग्न छ । जसलाई शून्यता र स्वरूपरहित निर्वाण छर्लङ्ग छ । उसको बाटो आकाशमा उड्ने चराहरूको जस्तै जान्न नसकिने (अज्ञेय) छ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वे दिवा रत्तिं वा, समाधिं अधिगच्छति ।।२५०।।

अर्थात् यस्ता विचार जसका नष्ट भएका छन् वा संस्कार वा बीज उच्छेद नियमका कारण जरैदेखि उखेलिएका छन् उसले दिनमा र रातमा पनि शान्ति प्राप्त गर्न सक्छ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वन्तदोसो मेधावी, साधुरुपो ति वुच्चति ।।२६३।।

अर्थात् अनि जसका त्यस्ता खराब प्रवृत्ति छिन्नभिन्न, टुक्राटुक्रा भएर जरैदेखि पूर्णरूपमा उखेलिएर संस्कार वा गुण उच्छेदको नियमका कारण नष्ट भएका छन् । त्यो दोषरहित मेधावीलाई नै साधुरूप भनिन्छ ।

सब्बाभिभू सब्बविदू’हम् अस्मि, सब्बेसु धम्म्मेसु अनूपलित्तो ।
सब्बञ्जहो तण्हक्खये विमुत्तो, सयं अभिञ्ञाय कं उद्दिसेय्यं ।।१५३।।

अर्थात् म सर्वविजयी हुँ, सर्वज्ञानी हुँ, सबै मानसिक प्रवृत्तिमा अलिप्त छु, सर्वत्यागी हुँ, संस्कार वा गुण उच्छेद नियमद्वारा तृष्णा नाश गरेर तिनबाट विमुक्त छु, यस्ता कुरा आफैँले छर्लङ्ग जाने–बुझेपछि म कसलाई गुरु मानूँ वा कसलाई यो कुरा बताऊँ !

अनुपुब्बेन मेधावी, थोकं थोकं खणे खणे ।
कम्मारो रजतस्सेव, निद्धमे मलम् अत्तनो ।।२३९।।

अर्थात् कुनै स्वर्णकारले चाँदीको कसर निखारेर फलेझैँ ज्ञानी पुरुषले क्रमिकरूपमा थोरैथोरै गरेर छिनछिनमा आफूभित्रको कसर संस्कार वा बीज उच्छेद नियमका सहयोगमा धोएर निखार्नुपर्छ ।

सदा जागरमानानं अहोरत्तानुसिक्खिनं ।
निब्बानं अधिमुत्तानं, अत्थं गच्छन्ति आसवा ।।२२६।।

अर्थात् सधैँ जागरणशील रहने, दिनरात अध्ययन (सिकाइ) मा लागिरहने तथा निर्वाणलाई आफ्नो उद्देश्य बनाउनेका सबै आश्रव संस्कार वा गुण उच्छेद नियमका कारण अस्त (नष्ट) हुन्छन् ।

सो करोहि दीपम् अत्तनो, खिप्पं वायम पण्डितो भव ।
निद्धन्तमलो अनङ्गणो, न पुनं जातिजरं उपेहिसि ।।२३८।।

अर्थात् आफैँलाई एक द्वीप (टापु) बनाऊ, (आत्मदर्शनको दीप÷प्रकाश बनाऊ) द्रुतगतिमा अध्यास गरेर विद्वान् बन, संस्कार वा गुण उच्छेदको नियमद्वारासबै मल धोएर निष्पाप बनेका तिमीलाई फेरि जन्म, बुढ्यौली र मृत्युको अवस्था प्राप्त हुनेछैन ।

अनुपुब्बेन मेधावी, थोकं थोकं खणे खणे ।
कम्मारो रजतस्सेव, निद्धमे मलम् अत्तनो ।।२३९।।

अर्थात् कुनै स्वर्णकारले चाँदीको कसर निखारेर फालेझैँ ज्ञानी पुरुषले संस्कार वा गुण उच्छेदको नियमद्वाराक्रमिकरूपमा थोरैथारै गरेर छिनछिनमा आफूभित्रको कसर धोएर निखार्नुपर्छ ।

ततो मला मलतरं, अविज्जा परमं मलं ।
एतं मलं पहत्वान, निम्मला होथ भिक्खवो ।।२४३।।

अर्थात् मलहरूमा सबैभन्दा अधिकतर मल अविद्या हो । भिक्षुहरूहो ! यस अविद्याको मलाई संस्कार वा गुण उच्छेदको नियमद्वारा परित्याग गरी निखारेर निर्मल (मलरहित) बन ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वे दिवा वा रत्तिं वा, समाधिं अधिगच्छति ।।२५०।।

अर्थात् जसका खराब विचार नष्ट भएका छन् अथवा संस्कार वा गुण उच्छेदको नियमद्वारा जरैदेखि उखेलिएका छन् उसले दिनमा र रातमा पनि शान्ति प्राप्त गर्छ ।

यस्स च्’एतं समुच्छिन्नं, मूलघच्चं समूहतं ।
स वन्तदोसो मेधावी, साधुरुपो ति वुच्चति ।।२६३।।

अर्थात् अनि जसका खराब प्रवृत्ति छिन्नभिन्न टुक्राटुक्रा भएर संस्कार वा गुण उच्छेदका कारण जरैदेखि पूर्णरूपले उखेलिएर नष्ट भएका छन् त्यस्तो दोषरहित मेधावीलाई नै “साधुरूप” भनिन्छ ।

वनं छिन्दथ मा रुक्खं, वनतो जायती भयं ।
छेत्वा वनञ्च वनथञ्च, निब्बना होथ भिक्खवो ।।२८३।।

अर्थात् संस्कार वा गुण उच्छेदको नियमद्वारा वासनारूपी वनलाई सखाप पार, वृक्षलाई होइन । वनबाट भय उत्पन्न हुन्छ । वन तथा कामनारूपी झाडी फाँडेर हे भिक्षु हो ! तिमीहरू वासनारूपी वनले रहित बन ।

याव हि वनथो न छिज्जति, अणुमत्तोपि नरस्स नारिसु ।
पाटिबद्धमनो व ताव सो, वच्छो खीरपकोव मातरि ।।२८४।।

अर्थात् जबसम्म पुरुषहरूमा स्त्रीप्रतिको कामनारूपी झाडी अणु बराबर अर्थात् थोरै मात्रामा रहे पनि त्यसलाई संस्कार वा गुण उच्छेदको नियमद्वारा काटेर नष्ट गरिन्न तबसम्म जसरी दूधमुखे बच्चाको लगाव आमामा निरन्तर रहन्छ त्यसैगरी पुरुष महिलाप्रति आसक्त हुन्छ ।

येसञ् च सुसमारद्धा, निच्चं कायगता सति ।
अकिच्चं ते न सेवन्ति, किच्चे सातच्चकारिनो ।
सतानं सम्पजानानं, अत्थं गच्छन्ति आसवा ।।२९३।।

अर्थात् जसको शारीरिक स्मृति निरन्तर स्थिर रहन्छ, जो मानिस गर्न नहुने कामको कहीँल्यै अनुसरण गर्दैन र गर्नुपर्ने काममा दृढ रहन्छ त्यस्ता सचेत एवं स्मृतिवान्का आश्रव संस्कार वा गुण उच्छेदका कारण नष्ट भएर जान्छन् ।

तं वो वदामि भद्दं वो, यावन्त्’एत्थ समागता ।
तण्हाय मूलं खणथ, उसीरत्थो व बीरणं ।
मा वो नलं सोतो व, मारो भञ्जिं पुनपुनं ।।३३७।।

अर्थात् यहाँ जेजति जुटेका छौ तिमीहरू सबैलाई मेरो शुभेच्छाको अभिवादन छ । तिमीहरूले तिर्सनाका जरालाई संस्कार वा गुण उच्छेदको नियमद्वारा यसरी खनखोतल गर कि जसरी ‘उशीर’ भन्ने घाँसको जरो खोज्नेले पहिले बिरण (ढड्डी, बन्सो) लाई पन्छाउँदै खोतल्छ । तिमीलाई मारले त्यसरी नष्ट नपारोस् जसरी पानीको उर्लँदो भेलले कमलको नाल (डाँठ) लाई छिन्नभिन्न पार्छ ।

धम्मपद र त्रिपिटक ग्रन्थहरूमा पनि भगवान्ले संस्कार वा गुण उच्छेदका नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । विपश्यनाका साधकहरू यी ग्रन्थका अध्ययन गरी प्रकृतिको यस शाश्वत नियमप्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 823 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 655 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 508 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 465 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1836 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 577 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 565 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 557 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 608 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 508 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 503 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 578 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 434 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 475 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 518 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 421 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 706 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 466 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 771 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७.१ सम्यक कर्म साधना 1/11/2023 591 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 516 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 482 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 503 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 394 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 498 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 566 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 494 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 547 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 502 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 543 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 517 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 478 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2126 0