धृतराष्ट्रको जीवनको मर्म के हो ?
मिति: 1/10/2023
गीताको प्रथम श्लोकका प्रथम पात्र हुन् राजा धृतराष्ट्र । तिनी विशाल साम्राज्यका सम्राट हुन् । सर्वत्र सम्मानित छन् । अतूल वैभवशाली छन् । विशाल सुन्दर दरवार छ । सुनका कक्षहरु छन् । सुनको सिंहासनमा आसिन छन् । अमूल्य रत्नहरु जडित...पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ?
मिति: 1/10/2023
पूर्वजन्मको अर्थ हो – जिवात्मा (देह छुटेर आत्मारुपमा संस्कारहरु सहित उपस्थित मनुष्य) पुनः अर्को शरिर प्राप्त हुन । पुनर्जन्मको अर्थ पुनः मनुष्य जन्म होइन । त्रिगुणको परिणाम अनुसार मानिसले उच्चलोक, मनुष्यलोक र नीचलोक वा योनी (पशु, किरा, भूत, प्रेत आदि)...परम गति, परमधाम कसले प्राप्त गर्दछ ?
मिति: 1/10/2023
यो जगतमा प्रत्येक मानिसको आध्यात्मिक स्थिति पृथक छ । कोहि मानिस तमोगुण प्रधान छन् । कोहि मानिस रजोगुण प्रधान छन् । कोहि मानिस सतगुण प्रधान छन् । सतगुणी प्रधान पुरुषहरु स्वभावतः धर्म, ईश्वर, मोक्ष, परम जीवन आदि प्रति आकर्षित हुन्छन्...मृत्यु के हो ?
मिति: 1/10/2023
गीतामा भगवान कृष्णले मानिसलाई जड् (देह) र चेतन (आत्मा) को संयोजनबाट उत्पन्न (७–४,५) बताउँदै मानिसको दुई पक्षहरु मध्ये देहपक्ष विनाशी र चेतन पक्ष अविनाशी बताउनुभएको छ । यि दुई पक्षहरु मध्ये पनि मनुष्य रुपमा चेतन पक्ष मात्र भएकाले मृत्यूको अवस्थामा...नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ?
मिति: 1/10/2023
ति मानिसहरु जो जीवनमा संसारका तमोगुणी, रजोगुणी विषयहरु तर्फ आकर्षित हुन्छ । ति वस्तुहरुको प्राप्ति, संग्रह र भोगको चिन्तन र कर्ममा अनवरत लागिरहन्छन् । यि प्रकृतिका मानिसहरुले मनको सत्तामा तमगुण, रजगुण विस्तारित गरिरहन्छन् । यो प्रक्रिया जब मानिस जीवनमा रजोगुण...स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ?
मिति: 1/10/2023
यो जगतमा अनेकन् लोकहरु छन् (६–४१) । भगवान बुद्ध स्वयंले यो सत्यलाई पुष्टी गर्नुभएको छ । भगवान बुद्धको प्रथम वचन धर्मचक्र प्रवद्र्धन सूत्तमा कैयन् उच्च लोकहरुको व्याख्या गरिएको छ । स्वर्ग वा उच्च लोकहरु मानिस (जिवात्मा) ले मृत्यू पश्चात प्राप्त...किन देवता पूजा विधियुक्त छैन ?
मिति: 1/10/2023
देवताहरु मात्र सद्गुणी पवित्र आत्मा हुन् । स्वर्गलोक, देवलोकवासी देवताहरु सत्गुण प्रधान आत्मा हुन् । ति मुक्त आत्मा होइनन् । ति ईश्वर होइनन् । ति स्वयं त्रिगुणको नियन्त्रणमा छन् । स्वप्रकृतिको नियन्त्रणमा छन् । वर्तमान जीवन होस् वा मृत्यूपश्चातको जीवन,...देवता के हो ?
मिति: 1/10/2023
देवता सतगुण प्रधान पवित्र आत्माहरु हुन् । जो मृत्यू पश्चात स्वर्गलोक, देवलोक आदि पुण्य लोकहरु प्राप्त गर्दछन् । ति लोकहरुमा दीर्घकालसम्म निवास गर्दछन् । पुनः मनुष्य जीवन नै प्राप्त गर्दछन् । त्रिगुण र परमात्माको अंश आत्माबाट उत्पन्न मानिस वा जीवात्मा...वेद के हो ?
मिति: 1/10/2023
वेद स्वयं परमात्मा तत्व, त्यो तत्वको जो साकार कृष्ण रुप लिएर धर्तिमा आएको छ, जो गीता बाचन गरिरहेको छ, को वचन हो । सृष्टिको आदिकालमा जब सृष्टिकर्ता ब्रम्हा (स्मरण रहोस् – मानिसको सृष्टि कुनै चतुर्मुखी ब्रम्हाबाट नभई परमात्मा तत्वले स्वयंको...मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि
मिति: 1/10/2023
मोक्ष पुरुष त्यो पुरुष हो – जो नश्वर भौतिक वस्तुहरु प्रतिका मिथ्यात्व प्रति वैराग्य भाव उत्पन्न भएको कारण नै शाश्वतताको खोजीमा साधनामा प्रवेश गर्दछ । साधनाद्वारा परम प्रभुसँग एकाकार वा विलय स्थिति प्राप्त गर्दछ ।परमात्मा तत्व आन्तरिक जीवनमा प्रकट भई...मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया
मिति: 1/10/2023
त्रिगुणी संस्कारहरु मूलतः तमोगुणी र रजोगुणी संस्कारहरु नै ति कारणहरु हुन् जसको कारण मानिस अनेकन् वाह्य इन्द्रिय विषयहरु प्रति मानिस आकर्षित भइरहन्छ । अशान्त, द्वन्द्वपूर्ण भइरहन्छ । यि इन्द्रिय विषयहरु माझमा पनि भोग काम लालसा त्यो भयानक इन्द्रिय विषय हो,...मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति
मिति: 1/10/2023
मानिसको जीवनमा गुण नै प्रकट हुन्छ (३–२७) । मानिसमा भित्र जुन गुणको वाहुल्यता छ, मूलतः मानिसमा त्यहि गुण अनुरुप कै विचारहरु उत्पन्न हुन्छन् । उ त्यहि अनुरुप नै वाह्य कर्महरु गर्दछ । ज्ञानवान वा मोक्ष पुरुषले पनि स्वगुण अनुरुप नै...मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था
मिति: 1/10/2023
जब साधकले मोक्ष प्राप्त गर्दछ, जब उ सम्पूर्ण त्रिगुणी नाश भएर परमात्मा तत्वसँग एकाकार स्थिति प्राप्त गर्दछ । जब उ परम तत्वमा विलय हुन्छ । त्यो स्थितिमा मोक्षपुरुष आत्मामा नै सन्तुष्ट (२–५६) दुःख, सुख प्राप्तिमा सम (२–५७) । समाहित चित्त,...मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ?
मिति: 1/10/2023
मोक्ष त्यो शिखर स्थिति हो, जुन जीवन स्थितिमा मानिसका सम्पूर्ण प्रकारका त्रिगुणी संस्कारहरु साधनाद्वारा नष्ट हुन पुगी मानिसले शुद्ध आत्मा वा चित्त स्थिति प्राप्त गर्दछ । मोक्ष जीवन स्थितिमा त्रिगुणी संस्कारहरु सम्पूर्ण रुपमा अनुपस्थित हुने भएकाले मोक्ष पुरुष संसारका विषयहरु...सन्यास के हो ? सन्यासी के हो ?
मिति: 1/10/2023
भगवान भन्नुहुन्छः श्रीभगवानुवाच ।अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।६–१।। जो पुरुष कर्मफलको आश्रय नलिइकन (अनाशक्त) कर्तव्य कर्म गर्दछ । त्यो नै सन्यासी तथा योगी हो । केवल अग्नीलाई त्याग्ने सन्यासी होइन...के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ?
मिति: 1/10/2023
प्रायशः सांख्ययोगका भाष्यहरु वा प्रवचनहरुमा सांख्ययोग निराकार मूल परमात्मा तत्वको चिन्तन हो भनेर व्याख्या गर्नुभएको पाइन्छ । तर गीता अध्याय २ श्लोक ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८,...सांख्य योगी साधकका आवश्यकता के हुन् ?
मिति: 1/10/2023
सांख्ययोग होस्, वा कर्म होस्, वा मोक्ष साधनाका कुनै पनि विधिहरु किन नहुन् । यि सम्पूर्ण विधिहरुको मूल ध्येय नै मोक्ष वा परमात्मा प्राप्ति भएकाले यि सम्पूर्ण मोक्ष साधना विधिहरुमा साधक परमात्मा प्राप्तिमा एक बुद्धियुक्त, स्वर्गादी विषयहरुमा अनाशक्त, परमात्मा तत्व...सांख्ययोगको अपभ्रंसता
मिति: 1/10/2023
जब विद्या सुक्ष्म हुन्छ । जब विद्या बुझ्न, साधनामा उतार्न असहज हुन्छ । अनि, जब यस्तो सुक्ष्म विद्या अनेकन् मानिसहरुले प्राप्त गर्दछन्, प्रत्येक मानिसले यो विद्या स्वयंका गुण जनित चेतनाको स्तर अनुसार नै ग्रहण गर्दछ । वौद्धिक क्षमता अनुरुप ग्रहण...विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ?
मिति: 1/10/1023
अवलोकन गरी मोक्ष प्राप्त गर्ने विधि जब विषय र इन्द्रियको मिलन हुन्छ । स्वयंमा विषय प्रति संग्रहित संस्कारको कारण मानिसको मनमा कि सुखद कि दुःखद अनुभूति (संवेदना) हरु उत्पन्न हुन्छन् । त्यो स्थितिमा अज्ञान वा म देह हुँ भन्ने भावको...सांख्य योग के हो ? कसरी गरिन्छ ?
मिति: 1/10/2023
सांख्य योग मूल रुपमा कुनै विषय वा वस्तु हो कि ? असत् हो कि ? भनी सुक्ष्म अवलोकन गर्ने साधना प्रकृया हो । यो साधन विधिमा साधक कुनै विषय वा वस्तुलाई यो विषय सत्, नित्य, अविनाशी तत्व हो कि असत्,...किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ?
मिति: 1/10/2023
गहिराइमा गीतालाई अध्ययन गर्दा यो स्पष्ट छ कि गीता मूलतः कर्मयोग ग्रन्थ हो । गीतामा कर्मयोगको गहन व्याख्या गर्नुभएको छ । मूलतः गीता अध्याय २ देखि अध्याय ६ सम्म, अनि अन्य अध्यायहरुका विभिन्न श्लोकहरुमा पनि कर्मयोगका विविध पक्षहरुमाथि विस्तृत व्याख्या...भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ?
मिति: 1/10/2023
मानिस मूलतः मन र इन्द्रियका तृष्णाहरुको कारण नै कर्म गर्दछ । मान, सम्मान, प्रशंसा आदि जस्ता मनका तृष्णाहरु, प्रत्येक इन्द्रियका विषय भोगसँग जोडिएका तृष्णाबाट प्रेरित भएर नै उ कर्ममा प्रवेश गर्दछ । यहि कारण नै सकाम कर्ममा उ जीवन नै...कर्मयोगका परिणामहरु के के हुन् ?
मिति: 1/10/2023
जब कर्मयोग साधना प्रारम्भ हुन्छ, कर्मयोग साधनाको प्रथम विन्दूबाट नै साधकमा नयाँ त्रिगुणी संस्कारहरु वा कर्म बन्धनहरु सृजना हुने प्रक्रिया अवरुद्ध हुन पुग्दछ । साथै, जन्म जन्मान्तर देखि संग्रह भएका कर्म संस्कारहरु भष्म हुने प्रक्रिया पनि प्रारम्भ हुन पुग्दछ ।...कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ?
मिति: 9/10/2023
गीताका विभिन्न अध्यायहरु भगवान कृष्णले व्याख्या गर्नुभएको कर्मयोग साधना वा कर्मयोगी साधकका आवश्यकताहरुलाई गहिरिएर अवलोकन गर्दा कर्मयोग साधनाका आवश्यकताहरुलाई मूलरुपमा चार भागहरुमा विभाजन गर्न सकिन्छ । कर्म र कर्मफल सम्बन्धि आवश्यकताहरु कर्मयोग साधनामा जब कर्म सम्पादन गरिन्छ । वा जब...कर्मयोग साधना कसरी गरिन्छ ?
मिति: 1/10/2023
जब कर्मयोग साधना भनिन्छ, यो साधनाको अर्थ हुन्छ, जीवनका प्रत्येक क्षणमा घटित हुने कर्महरुलाई नै मोक्ष साधनाको साधन बनाएर मोक्ष वा योग स्थिति प्राप्त गर्नु । कर्ममा योग स्थिति मूल रुपमा कर्मको फल प्रतिको आशाले नै स्थापित हुन दिदैन ।...कर्मयोग कहिले लुप्त भयो ?
मिति: 1/10/2023
कर्मयोग वा जगतका मोक्ष विद्याहरु मूल रुपमा तीन कारणहरुको कारण नै लुप्त हुन्छन् । प्रथम कारण – जगतका विषयहरुको असाधारण माया शक्ति, दोस्रो कारण – मनुष्य जीवन संरचना र छिपेका शाश्वत नियमहरु, तेस्रो कारण – मोक्ष विद्याहरुको सुक्ष्मता र गहनता...कर्मयोग के हो ?
मिति: 1/9/2023
मोक्ष प्राप्तिको नाममा कुनै विशेष वाह्य आध्यात्मिकता (पूजा, पाठ, वस्त्र, आभुषण, गुरु, सम्प्रदाय आदि) ग्रहण नगरिकन जीवनको जुन स्थितिमा जे कर्तव्य कर्म प्राप्त भएको छ । त्यो कर्तव्य कर्म प्रति अत्यन्त जागरुक, न राग, न द्वेष वा समभावी बन्दै स्वयंमा...कुन कुन कर्महरु त्याग्न हुँदैन ?
मिति: 1/9/2023
सर्वप्रथम, गुणहरुले कर्म गराउने यो जीवन संरचनामा (३–५,३–३३) कर्म त्याग नै असम्भव छ । गीताको प्रथम अध्यायमा अर्जुनको युद्ध (कर्म) त्यागको जुन दृश्य छ, त्यो कर्म त्याग स्वयंमा पनि कर्म नै हो । किनकि कर्म नगर्नु पनि ‘कर्म’ नै हो...सकाम कर्मका समस्याहरु के के हुन् ?
मिति: 1/9/2023
सकाम कर्मको अर्थ हो – कुनै पनि वाह्य सांसारिक फलको आशाले कर्म गर्नु । सकाम कर्ममा मानिस वाह्य सांसारिक विषयहरु प्राप्तिको लागि कर्म गर्दछ । उ मूलतः सांसारिक वैभव, सम्मान, भोग सामाग्रीहरुको प्राप्तिको लागि नै कर्म गर्दछ । प्रयास गर्दछ...कर्मको गति किन गहन छ ?
मिति: 1/9/2023
कर्मको प्रारम्भिक स्वरुपलाई चिन्न वा बुझ्न नसकी कर्मको रागपूर्ण वा द्वेषपूर्ण स्वरुपलाई भोग नगर्दा अनेकन् बन्धनहरु प्राप्त भई यो जीवन मात्र नभई भविष्यका जीवनहरुमा पनि मात्र दुःख र पतन आदि प्राप्त हुने, अनि त्यस्तै कर्मको स्वरुपलाई बुझी त्यो स्वरुप प्रति...कर्म के हो ?
मिति: 1/9/2023
जब कर्म भनिन्छ । साधारण अर्थमा यो शव्दले वाह्य रुपमा सम्पादन हुने शारिरीक क्रिया भन्ने बुझाउँदछ । तर मोक्ष साधना दृष्टिले कर्मको यो परिभाषा आंशीक र त्रुटीपूर्ण छ । यो परिभाषामा मूलतः वाह्य वा शारिरीक रुपमा कुनै पनि कर्म घटित...साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ?
मिति: 1/9/2023
मोक्ष त्रिगुणी विनास र समभावको विकासको एक क्रमिक प्रकृया हो । मोक्ष सहज प्राप्त जीवन स्थिति होइन । सहज प्राप्त स्थिति भएको भए मोक्ष यति असाधारण महत्व पनि हुने थिएन । जन्मजन्मान्तर देखि संग्रहित शक्तिशाली संस्कारहरु, सांसारिक विषयका शक्तिशाली मोहिनी...मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ?
मिति: 1/9/2023
साधना प्रवेश मार्ग पृथक पृथक झै प्रतित भएता पनि कर्मयोग, सांख्ययोग, भक्तियोग वा कुनै पनि समत्वबुद्धि योगको मात्र एक लक्ष्य हो – स्वयंमा छिपेको परमात्मा तत्वमा योग स्थिति प्राप्त गर्नु, एकीभाव प्राप्त गर्नु । मोक्ष साधनामा साधक जुनसुकै मार्गबाट किन...के हो ईश्वर भजन ?
मिति: 1/9/2023
ईश्वर तत्व स्वयंमा अकर्ता, रुप छ । फेरि यो जिवन्त तत्वमा ६ वटा शाश्वत नियमहरु छिपेका छन् । (प्रथम अध्यायमा यि नियमहरुको विस्तृत व्याख्या गरिएको छ ।) यि शाश्वत नियमहरु नै बन्धन र मोक्षलाई सृजना गर्दछन् । जब कोहि साधक...आखिर के हो ईश्वर शरण ?
मिति: 1/9/2023
ईश्वर समभावमा स्थित छ (५–१९, ९–२१), यो समभाव वा समत्व नै योग हो । (२–४८), यो ‘योग’ ईश्वरको शरण विन्दू हो । जब कोहि साधना सांख्ययोग, कर्मयोग वा अन्य साधना विधिद्वारा जब योग स्थितिमा रहन्छन् । जब उ सांसारिक विषयहरुको...ईश्वर भजन के हो ? कसरी गरिन्छ ?
मिति: 1/9/2023
ईश्वर दर्शन झैँ अप्रभ्रंशित, अतिरन्जित र भ्रमपूर्ण बनाइएका अध्यात्म जगतका शव्दहरु हुन् – ‘ईश्वर शरण’ र ‘ईश्वर भजन’ । ईश्वर निराकार, जिवन्त ‘तत्व’ हो । ईश्वर (वा ईश्वरीय अंश आत्मा) स्वयंभित्र छिपेको छ । ईश्वर शरण, ईश्वर भजन आदि आन्तरिक...धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ?
मिति: 1/9/2023
धर्मयुद्ध वा साधनामा समाहित नहुनुको अर्थ हो – जगतका विषयहरुलाई भोग गरिरहनु, जीवनको आन्तरिक क्षेत्रमा त्रिगुणी संस्कारहरुलाई विस्तार गरिरहनु, स्वयं भित्रका विषवृक्षहरुलाई मलजल गरिरहनु, स्वयंका आन्तरिक जीवनलाई नष्ट गरी प्रति क्षण मात्र दुःख, आँसु, व्यथा प्राप्त गरिरहनु । अनि वर्तमान...धर्मयुद्ध के हो ?
मिति: 1/9/2023
मानिस स्वयंमा साक्षात ईश्वर स्वरुप छ । (४–१०) । जब यो ईश्वर स्वरुप स्थिति प्राप्त हुन्छ, त्यो जीवन स्थिति अक्षय सुखपूर्ण (५–२१) छ । स्वयंको आत्मामा सन्तुष्ट सुख दुःखमा सम, शुभ–अशुभ प्राप्त हुँदा न खुसी, न दुखी, मात्र ब्रम्हानन्दमय आनन्दपूर्ण...यज्ञ के हो ?
मिति: 1/9/2023
यज्ञ मोक्ष साधना हो । यज्ञ वाह्य पूजा होइन । यो जौ, तील, घिउ आदि अग्नीकुण्डमा स्वाहारुपी यज्ञ होइन । गीतामा भगवानले वर्तमान वा मृत्यू पश्चातको अनेकन् लाभहरुको तृष्णाले गरिने सम्पूर्ण पूजा, यज्ञ आदिलाई ‘अविवेक’ ‘भोग, ऐश्वर्यद्वारा हरीत चित्त’ ‘ईश्वर...शील, सदाचार सम्बन्धी साधना विधिहरु
मिति: 1/9/2023
इन्द्रिय निग्रहका साधना विधिहरुलाई शील, सदाचारको साधना विधिहरु अन्तर्गत पनि राख्न सकिन्छ । तर मोक्ष साधनामा इन्द्रिय संयमलाई ‘विशेष’ महत्व दिइएको, अनि शील, सदाचारको साधना परिधि विस्तृत भएकोले इन्द्रिय संयमका साधना……………. शील वा सदाचारका साधना विधिहरु ति साधना विधिहरु हुन्,...दुई प्रकारका मोक्ष साधनाहरुः
मिति: 1/9/2023
गीतामा भगवान कृष्णले अनेकन् मोक्ष साधनाहरु वा विधिहरुको व्याख्या गर्नुभएको छ । यि मोक्ष साधनाहरुलाई मूल रुपमा दुई भागमा बाँड्न सकिन्छः १) मूल मोक्ष साधना विधिहरु२) पूरक वा सहयोगी मोक्ष साधना विधिहरु मूल मोक्ष साधना विधिहरु ति विधिहरु हुन्, जुन...मोक्ष साधना के हो ?
मिति: 1/9/2023
ईश्वर तत्व के हो ? ईश्वर तत्वमा के के छिपेको छ ? त्रिगुण के हो ? त्रिगुण तत्वमा के के छिपेको छ ? जगतका त्रिगुणी विषयहरु, मानिसमा उपस्थित त्रिगुण र शाश्वत ईश्वरीय नियमहरुको संयोजनबाट कसरी बन्धन (संस्कार, पाप, विकार, कर्मविज,...धर्मक्षेत्र के हो ?
मिति: 1/9/2023
कुरुक्षेत्र कौरव पाण्डवको युद्धभूमी होइन । यो मात्र मनुष्य स्वयंमा विहीत तमोगुणीय संस्कारहरु, रजोगुणीय संस्कारहरु र सतगुणीय संस्कारहरु (स्मरण रहोस् – ज्ञानको अभिमान, सतगुणबाट उत्पन्न हुने सुख आदि बन्धनमा नै पर्दछन् । तर मूलरुपमा सतगुणी……………………………………….हरु विचको युद्धक्षेत्र हो । गीता...त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु
मिति: 1/9/2023
जब त्रिगुणी विषयहरु, मानिसका मनका त्रिगुणी तत्वहरु र ईश्वरीय नियमहरुको संयोजनबाट मानिसमा संस्कारहरु वा बन्धनहरु उत्पन्न हुन प्रारम्भ हुन्छन् । तत्पश्चात मानिसको जीवन वा जीवन संरचनामा ‘तीन मूल समस्याहरु’ उत्पन्न हुन्छन् । प्रथम – संस्कारहरु मनमा संग्रह हुनु जब मनमा...मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ?
मिति: 1/9/2023
दुःख (संवेदना वा अनुभूति) प्राप्त हुँदा दुःख हुन्छ । सुख (सुखद संवेदना) प्राप्त हुँदा खुशी हुन्छ । जब उ यसरी विषय (संवेदना) हरुलाई भोग्दछ, उ पुनः संस्कार नै निर्माण गर्दछ । उ एक अन्तहीन संस्कार निर्माणको प्रकृयाले चलाइरहन्छ । बन्धन...मानिसको जीवन संरचना कस्तो थियो ?
मिति: 1/9/2023
गीताका विभिन्न अध्यायहरुमा भगवान कृष्णले यो जड चेतन संयोजनरुप मानव जीवन संरचनाको व्याख्या गर्नुभएको छ । यि व्याख्याहरुमा चेतन पक्षलाई परा, क्षेत्रज्ञ, पुरुष आदि संज्ञा दिइएको छ । त्यस्तै जड पक्षलाई अपरा, क्षेत्र, प्रकृति आदि संज्ञाहरु दिइएको छ । मानिसको...सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ?
मिति: 1/9/2023
जब जड र चेतन पक्षको संयोजनबाट मानव अस्तित्व उत्पन्न भयो । सृष्टिका त्यो प्रथम घडीमा यो मनुष्य अस्तित्वमा त्रिगुण तत्वहरु त उपस्थित थिए । तर, यो अस्तित्वले देह प्राप्त नगरेकोले त्रिगुणी संस्कारहरु उपस्थित थिएन । त्यो क्षणमा देह अनुपस्थिती कै...मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ?
मिति: 1/9/2023
परमात्मा तत्वमा छिपेका तीन मूल गुण वा विशेषताहरुको व्याख्या अध्याय २ मा गरिएको छ । त्यस्तै त्रिगुण रज, तम, सत्गुणको मूल तत्व वा विशेषताहरुको व्याख्या अध्याय तीनमा गरिएको छ । जब त्रिगुणी महत प्रकटी र ईश्वरीय चेतन अंशका संयोजनबाट जब...मनुष्य उत्पति
मिति: 1/9/2023
प्रथम अध्यायमा अवतारको विविध पक्षहरु बारेमा व्याख्या गरियो । दोस्रो अध्यायमा ईश्वर मूलरुपमा ‘तत्व’ भएकाले ईश्वर तत्वका विविध पक्षहरुको व्याख्या गरियो । यो सम्पूर्ण सृष्टि ईश्वरीय तत्व र त्रिगुणी तत्वहरुको संयोजनबाट उत्पन्न भएकोले तेस्रो अध्यायमा त्रिगुणी तत्वहरुको विविध पक्षहरुको व्याख्या...त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ?
मिति: 1/9/2023
त्रिगुणीलाई नाघ्नु वा गुणातित अवस्था प्राप्त गर्नुको अर्थ हो – स्वयंको चित्त वा मनमा उपस्थित त्रिगुणी संस्कारहरुलाई पूर्णरुपमा नाश गरी शुद्ध चित्तको अवस्था प्राप्त गर्नु वा आत्मा साक्षात्कारको स्थिति प्राप्त गर्नु । जबसम्म मानिसमा त्रिगुणी संस्कारहरु उपस्थित रहन्छन् त्यो अवस्थासम्म...सतगुण के हो ?
मिति: 1/9/2023
तीन गुणहरु मध्ये सतगुण श्रेष्ठ वा विशिष्ट गुण हो । यो गुणको मूल तत्वहरु निर्मलता, प्रकाश, चेतना, ज्ञान, जागरुकता, सुख (अन्तःकरणमा सतगुणले जन्माउने सात्वीक सुख) र उच्च विकार रहितता आदि हुन् । ( १४–६,१७) प्रकाश, चेतना, जागरुकता आदि परमात्मा तत्वका...त्रिगुण र मृत्यूपश्चातको गति
मिति: 1/9/2023
मनुष्य अविनाशी आत्मा हो । (२–१२) जब मानिसको मृत्यू हुन्छ, वायूले गन्धलाई ग्रहण गरेर लगे झैँ जीवात्मा (वा आत्मा) ले पनि मानिसको मन सहित सम्पूर्ण संस्कारहरुलाई ग्रहण गर्दछ । (१५–८) ईश्वरीय नियम अनुसार तीन गुणहरु मध्ये जुन गुण शक्तिशाली छ,...त्रिगुण र बन्धन
मिति: 1/9/2023
तम, रज, सत गुणमा केहि तत्वहरु छिपेका छन् । यि तत्वहरुको प्रकृति नै यस्तो छ कि यि तत्वहरुले मानिसको जीवनमा केहि न केहि भाव उत्पन्न गरिदिन्छन् । बन्धन उत्पन्न गरिदिन्छन् । भगवान यो तथ्यको व्याख्या गर्दै भन्नुहुन्छः सत्त्वं रजस्तम इति...त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ?
मिति: 1/9/2023
यो त्रिगुणी संस्कारहरुले कसरी मानिसलाई कस्तो प्रभाव पार्दछन् ? त्रिगुणी संस्कारहरुको मानिसको जीवनमा के महत्व छ ? वा असर पार्दछन् ? यो प्रश्नको जवाफ प्राप्त गर्न कुनै शास्त्र अध्ययन गर्नु पर्दैन । भगवान कृष्णका वचनहरु सुन्नु पर्दैन । न त...मानिसमा त्रिगुण कसरी प्रवेश भयो ?
मिति: 1/9/2023
सृष्टिको आदिकालमा जब ‘जिवन्त’ परमात्मा तत्वलाई मानिसको रचनाको इच्छा जाग्रत भयो । यो तत्वले स्वयंको एक अंश (आत्मा) लाई महत त्रिगुणी प्रकृतिमा स्थापना गर्यो । यसरी त्रिगुण (तमगुण, रजगुण, सतगुण) र ईश्वरीय अंश (ईश्वरका मौलिक गुणहरु, ईश्वरीय श्रेष्ठ विभूतिहरु र...त्रिगुण के हो ?
मिति: 1/9/2023
स्वयं भगवानले मामिकाम प्रकृति वा मेरो प्रकृति (९–७) भनेर व्याख्या गर्नुभएको त्रिगुण वा तमगुण, रजगुण, सतगुण सृष्टिमा उपस्थित ति रहस्यमय अनादी (१३–१९) तत्वहरु हुन्, जहाँ प्रत्येक तत्वका पृथक पृथक गुणहरु र कार्यहरु छन् । (प्रत्येक गुणहरुको विस्तृत व्याख्या यहि अध्यायमा...को ईश्वरमा आकर्षित हुँदैन ?
मिति: 1/9/2023
कुन मानिस ईश्वर प्रति आकर्षित हुन्छ ? कुन मानिस ईश्वर प्रति श्रद्धा, भक्ति आदि भावहरु स्वतः उत्पन्न हुन्छ ? कुन प्रकृतिको मानिस ईश्वर प्रति आकर्षित हुँदैन ? कुन मानिसमा ईश्वर प्रति अश्रद्धा, उपेक्षा, अस्वीकारका भावहरु रहन्छन् ? ईश्वर प्रतिको श्रद्धा–अश्रद्धा,...परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ?
मिति: 1/9/2023
जब परमात्मालाई मान्ने कि नमान्ने भन्ने चर्चा चल्दछ, यो क्षणमा प्रथम प्रश्न यो उठ्दछ कि तँपाई कुन परमात्माको चर्चा गरीरहनु भएको छ ? तँपाई ‘व्यक्ति परमात्मा’ प्रति अश्रद्धा, अविश्वास र अस्वीकारको चर्चा गरिरहनु भएको छ कि ‘तत्व–परमात्मा’ प्रति अश्रद्धा, अविश्वास...परमात्मा दर्शनले के प्राप्ति हुन्छ ?
मिति: 1/9/2023
यदि तँपाईले बाह्य रुपमा परमात्माको दर्शन प्राप्तीको लागि पुजा, प्रार्थना, बाह्य भक्ति वा अन्य साधनाहरु गर्नुहुन्छ भने तँपाई यी साधना प्रक्रियाहरुद्वारा यर्थाथतामा केही पनि प्राप्त गर्न सक्नुहुन्न । यी बाह्य साधना प्रक्रियाद्वारा तँपाईमा आत्माको रुपमा छिपेको परमात्मालाई कहिल्यै प्राप्त गर्न...आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ?
मिति: 1/9/2023
मोक्ष साधनामा जब परमात्मा दर्शन भनिन्छ, परमात्मा दर्शनको अर्थ परमात्मा तत्वको बाह्य साकार रुप दर्शन भन्ने बुँझाउँदैन । मोक्ष साधनामा परमात्मा दर्शनको अर्थ स्वयंमा आतमाको रुपमा छिपेको परमात्मा तत्वको ‘अनुभूति’ प्राप्त गर्नुलाई बुझाउँदछ । जब तँपाई साख्ययोग, कर्मयोग, भक्तीयोग, ध्यानयोग...के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ?
मिति: 1/9/20239
परमात्मा, परमात्मा दर्शन, परमात्मा प्राप्ति, परमात्मा साक्षात्कार आदि शव्द आध्यात्मिक जगतका चर्चित शव्दहरु हुन् । फेरि वर्तमान समयमा यि शव्दहरु अपभं्रशित भएका छन् । परमात्मा यो भ्रम मूलत ईश्वर भन्नु ‘निराकार तत्व’ नभई ‘साक्षात् साकार रुप’ हो भन्ने मानिसहरुको भ्रमपूर्ण...जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ?
मिति: 1/9/2023
तँपाईको जिवन सत्तामा दुई पक्षहरु (जड र चेतना) मधये जिवन सत्ताको जडपक्ष नाशवान, परिवर्तनशील, विनाशी आदि प्रकृतिको छ । समयको धारामा जिवन सत्ताको यो चेतन पक्ष अविनाशी, शाश्वत, अमर आदि गुणयुक्त छ । तँपाईको देह सत्ताको जडपक्ष स्वरुपमा असत्, असत्य,...जिवात्मा वा मानिस के हो ?
मिति: 1/9/2023
आत्मालाई देहमा धारण गरेर प्राणी नै जिवात्मा हो । सृष्टिका आदिकालमा जब परमात्मा तत्वले स्वयंको एक अंश (आत्मा) लाई त्रिगुणी महत् प्रकृतिमा स्थापना गर्यो, त्यहि क्षणबाट त्रिगुणी प्रकृति र चेतना तत्व (आत्मा) संयोजित एक अस्तित्व प्रकट भयो मम योनिर्महद् ब्रह्म...आत्मामा के के छिपेको छ ?
मिति: 1/9/2023
‘आत्मा’ जिवन्त परमात्मा तत्वको तँपाईमा उपस्थित चेतन ‘अंश’ हो । सृष्टिको आदिकालमा जिवन्त परमात्मा तत्व जून स्वयंको सूक्ष्म अंशलाई त्रिगुणी प्रकृतिमा स्थापना गर्यो ममैवांशो जीवलोके जीवभूतः सनातनः ।मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।।१५–७।। यो देह वा जीव लोकमा यी सनातन जिवात्माहरु मेरो...ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ?
मिति: 1/9/2023
परमात्मा तत्व मूल तत्व हो । आत्मा यहि ‘मूल’ परमात्मा तत्वले त्रिगुणी प्रकृतिमा स्थापना गरेका एक ‘अंश’ वा ‘विज’ हो ।मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।। हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी...मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ?
मिति: 1/9/2023
सर्वप्रथम मानिस पनि सृष्टिको अङ्ग भएकाले जसरी ब्रम्हाण्डका अन्य वस्तुहरु परमात्मा तत्व भित्र माला झैँ बुनिएर रहेको छन् मानिस पनि बाह्यरुपमा यो व्रम्हाण्डमा अन्य वस्तुहरु झै नै उपस्थित छ । तर मानिस यो व्रम्हाण्डको अत्यन्त चेतनशील प्राणी भएको र परमात्मा...ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ?
मिति: 1/9/2023
यो सृष्टीमा उपस्थित जति पनि पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु आदि छन् । यि पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु आदि उपग्रह भित्र नदी, पर्वत, वायू, पानि आदि जे जति वस्तुहरु उपस्थित छन्, ब्रम्हाण्डमा उपस्थित यि सम्पूर्ण वस्तुहरुको कण–कण वा सृष्टिको कण कणमा...परमात्मा तत्व कहाँ छ ?
मिति: 1/9/2023
भगवान् कृषणको मत अनुसार तत्व नै यो सम्पूर्ण जगतको उत्पतिको कारण हो । (७–६१) छैन । यो सृष्टि (पृथ्वी, ताराहरु, ग्रहहरु, नक्षत्रहरु, लोकहरु सहित ब्रम्हाण्डमा उपस्थित सम्पूर्ण वस्तुहरु) परमात्मा तत्वको कारण नै उत्पन्न भएका हुन् । यसरी सम्पूर्ण सृष्टि नै...शाश्वत ईश्वरीय नियमहरु
मिति: 1/9/2023
परमशान्त, परम आनन्द, सम, अकर्ता, आदि जस्ता मौलिक गुणहरु, मानिसमा प्रकट भइरहेका शक्ति, सामथ्र्य, संकल्प आदि जस्ता विभूति बाहेक परमात्मा तत्वमा छिपेको तेस्रो अत्यन्त असाधारण, अलौकिक र विशिष्ट गूण हा, यो तत्वमा छिपेका ६ वटा शाश्वत नियमहरु जब तँपाई गहीरीएर...मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु
मिति: 1/9/2023
जब तँपाई यो जगतका प्रसिद्ध महापुरुष महातमागान्धी, मदर टेरेसा, अब्राहम लिंकन, नेपोलिएन बोनापार्ट, अल्बर्ट आइन्सटाइनको जिवनलाई गहिरिएर अवलोकन गर्नुहुन्छ, तँपाई यि महापुरुष असाधारण संकल्प शक्ति, साहस, विरता, सुरता, प्रेम, करुणा, रचनात्मक्ता, संघर्ष शक्ति आदि विभूति वा विशिष्ट गूणहरु प्रकट भइरहेको...परमात्मा तत्व कस्तो छ ?
मिति: 1/9/2023
ईश्वर तत्व निराकार वा आकारहीन रुप छ । ईश्वर तत्व अव्यक्त, अदृष्य, निराकार तत्व भएकाले यो तत्व वाह्य रुपमा कस्तो छ ? भन्ने प्रश्न नै अप्रासांगीक हुन पुग्दछ । अदृश्य, निराकार, अव्यक्त परमात्मा तत्व कस्तो छ ? भन्ने प्रश्नको उत्तर...अवतारको मानिसको जीवनमा महत्व के हो ?
मिति: 1/9/2023
तँपाईले अमूल्य मानिसको जीवन प्राप्त गर्नुभएको छ । फेरि तँपाईको जीवन प्रतिक्षण सतत् दुखी छ । तँपाई झै जगतको प्रत्येक मानिस ‘मूलतः’ गहिराइमा दुःखी नै छ । उ प्रतिपल द्वन्द्व, भय, व्याकुलता, निरास, अस्थिर र अशान्त नै छ । यो...किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ?
मिति: 1/9/2023
यो धरतीमा सत्य मोक्ष विद्याको पूर्न स्थापनाको लागि विभिन्न समयमा विभिन्न अवतारहरुले जन्म लिएको सत्य इतिहास छ । यि अवतारहरुको अवतरण वा जन्म कुनै मीथ्या कल्पना वा भ्रमपूर्ण कथा नभई सत्य हो भन्ने तथ्यको प्रमाण शिव सुत्र, बाइबल, त्रिपिटक, गीता...अवतारहरु के गर्न सक्दैनन् ?
मिति: 1/9/2023
अवतारहरु अत्यन्त शक्तिशाली छन् । सामथ्र्यवान् छन् । अनेकन् सिद्धिहरुले युक्त छन् । यि अवतारहरुले अनेकन् असाधारण कार्यहरु सम्पन्न गरेका उदाहरणहरु पनि छन् । असाधारण रुपमा शक्तिशाली दैत्यहरुलाई नाश गरेका छन् । मात्र स्पर्शद्वारा अन्धा, बहिरा, दीर्घरोगीहरुलाई स्वस्थ बनाएका छन्...अवतारहरुले के गर्न सक्दछन् ?
मिति: 1/9/2023
जब तँपाई अवतारहरुको जीवनलाई अध्ययन गर्नुहुन्छ, तँपाई यो स्पष्ट देख्नुहुन्छ कि यि अवतारहरु झट्ट हेर्दा साधारण मानिस झै प्रतित भएपनि आन्तरीक रुपमा यी अवतारहरु असाधारण रुपमा शक्तिशाली, असम्भव झैँ प्रतित हुने अनेकन् कर्महरु गर्न समर्थवान् र अनेकन् सिद्धिहरुले युक्त आदि...अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ?
मिति: 1/9/2023
अवतारहरु कति समयको अन्तरालमा पृथवीमा जन्मिन्छन् ? यिनिहरु कुन कुन समयमा पृथ्वीमा अवतरण हुन्छन् ? अवतारहरुको जनम अनतराल सम्बन्धी यि प्रश्नहरुको कुनै निश्चित उत्तर प्राप्त गर्न सकिँदैन । गीतामा भगवान कृष्णले जुन जुन समयमा सतय मोक्ष साधना विधि नष्ट भई...अवतारहरु किन पृथ्वीमा आउँछन् ?
मिति: 1/9/2023
यर्थाथतामा प्रत्येक मानिसको जिवन पूर्ण रुपमा परमशान्त, परम आनन्दीत, परम स्वतन्त्र, पूर्ण जागरुक, श्वाशत, मोक्षरुप आदि प्रकृतिको छ । मानिसको जिवनमा ‘दुख’ नामक कुनै वस्तुको उपस्थिति नै छैन । फेरि यो जगतको प्रत्येक मानिसको यर्थाथता यस्तो छ कि यो जगतमा...अवतारको जन्म र कर्म कस्तो हुन्छ ?
मिति: 1/9/2023
अवतार साधारण मानिसहरु होइनन् । यद्धपी अवतारहरु साधारण मानिस झैँ नै जन्मिन्छन् । मानिसको शरिरमा उपस्थित भएकाले वाह्य रुपमा झट्ट हेर्दा मानिसहरु झैँ नै देखिन्छन् । भगवान् कृष्ण वाह्य रुपमा मानिस झैँ नै देखिनुहुन्छ । तर, अवतार त्रिगुणी प्रकृतिको नियन्त्रणमा...के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ?
मिति: 1/9/2023
कृष्ण ईश्वर हुन् कि होइनन् ? कृष्ण ईश्वका अवतार हुन् की होइनन् ? आदि प्रश्नहरुको स्पष्ट उत्तर प्राप्त गर्न कृष्णको जन्म कहाँ भयो ? कृष्णको जन्म कस्तो परिस्थितिमा तिनको जन्म भयो ? कृष्णको जन्मको क्षणमा के कस्ता अलौकिक घटनाहरु घटे...अवतरण के हो ?
मिति: 1/9/2023
यो जगतमा एउटा यस्तो रहस्यमय परमतत्व उपस्थित छ, जून परमात्मा तत्व जिवन्त छ । बोधपूर्ण छ । सर्वशक्तिमान छ । यो परमात्मा तत्व पनि सर्वशक्तिमान छ, स्वयं मनुष्यको रुपमा जन्म दिन सक्दछ । जब यो तत्व एक मनुष्यको रुपमा जन्म...ईश्वर के हो ?
मिति: 1/9/2023
झट्ट सुन्दा यो प्रश्न अत्यन्त सरल, सहज आदि झै प्रतित हुन्छ । फेरि यथार्थतामा ईश्वर के हो ? यो साधारण प्रश्न होइन । यो प्रश्न संसारको सबैभन्दा गहन प्रश्न हो । यो प्रश्नको उत्तर यति जटील छ की यो प्रश्नमा...