Description
पछिल्लो बाहिरी पृष्ठबाट
भगवान बुद्धको विश्व प्रशिद्ध प्रथम धर्म प्रवचन
धर्मचक्र प्रवर्तन सुत्त
अप्रमाणित वा मोक्ष प्राप्त नगरेका गुरुहरूले प्रदान गरेका अपूर्ण, आंशिक, अस्पष्ट, भ्रामक, मिथ्या, बौद्धिक वा मानसिक आदि प्रकृतिका आध्यात्मिक साधनाका कारण भगवान् बुद्धको समयमा झै वर्तमान समयमा पनि असङ्ख्य साधक-साधिकाहरू अनेकन् आध्यात्मिक भ्रम, द्विविधा, सङ्घर्ष आदिमा फसी यथार्थ आध्यात्मिक रूपान्तर वा निर्वाणको अमृतलाई प्राप्त गर्न असमर्थ हुनुहुन्छ । यो स्थितिमा स्वयम् भगवान्द्वारा प्रमाणित एवम् कल्याणकारी धर्म उपदेश धर्मचक्र प्रवर्तन सुत्तले निर्वाणाभिलाषी साधक-साधिकाहरूलाई सत्य मोक्ष साधना मार्ग प्रर्दशित गराउने छ भन्ने तथ्यमा कोही दुई मत हुन सक्दैन । निर्वाणाभिलाषी साधकहरूलाई भगवान्को विश्वप्रसिद्ध धर्मचक्र प्रर्वतन सुत्तलाई अझ स्पष्टसँग बुझी स्वयम्को जीवनमा उतारेर धर्मचक्र उत्पन्न गर्न सहयोग होस् भन्ने ध्येयले यो पुस्तकलाई तीन खण्डमा विभाजन गरी व्याख्या गरिएको छ।
१ भगवान् बुद्धको निर्वाण साधना सङ्घर्ष कथा २ धर्मचक्र प्रवर्तन सुत्तको भाषा र भाव व्याख्या ३ धर्मचक्र प्रर्वतन (चरणबद्ध) साधना विधि
डा.मुरली अधिकारी
आध्यात्मीक चिन्तक, सत्य मोक्ष साधना विधि अन्वेषक, तत्वसोध कर्ता, पशुपति-बुद्ध मन्दिर डलास अमेरिकाका संस्थापक अध्यक्ष डा. मुरली अधिकारी मूलतः सत्य मोक्ष विद्या वा साधना विधिको अनुसन्धान, स्व-साधना, प्रर्वधन आदिमा रुची राख्नुहुन्छ । समाजसेवा, सामाजीक, धार्मिक, सांस्कृतिक, आध्यात्मीक उत्थान वा आदि क्षेत्रहरुमा पनि कियाशील डा. अधिकारीका धर्मचक प्रवर्तन, महासतिपट्ठान सुत्त, विपश्यना साधना विधि, सरल सत्य गीता, गीता विपश्यना विज्ञान, सांख्ययोग, कर्मयोग, भक्तीयोग, परमात्माका छ श्वाशत नियमहरु, विवेक चुडामणी आदि जस्ता झण्डै एक दर्जन आध्यात्मीक पुस्तकहरु लेखन समाप्त भई सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन् ।